मकवानपुर । सरकारले भाइटिकाकाे भाेली पल्ट मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको कात्तिक २४ गते बसेको बैठकले नेवाः समुदायले किजा पूजा अर्थात् भाइ पूजा अवसरमा मंसिर २ गते मंगलबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
भाइटिकाको भोलिपल्ट नेवाः समुदायले किजा पूजा अर्थात् भाइ पूजा मनाउने गर्छन्। गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले विज्ञप्ति जारी गरी मंसिर २ गते सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्था, शिक्षण संस्थासमेतमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए ।

मकवानपुर । हेटौंडा औद्योगिक क्षेत्रमा रहेको युनिक शोप एण्ड केमिकल इण्डष्ट्रिज पुन संचालन भएकाे छ । विगत २ बर्षदेखि बन्द अवस्थामा रहेको उद्योग ५ करोड लागतमा बुधबार बाट पुन संचालनमा ल्याइएको हाे ।
बुधबार हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र कंडेल, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेल र उद्योग संघ मकवानपुरका निवर्तमान अध्यक्ष नवराज अर्यालले रिबन काटेर उद्योग पुन सचालनकाे उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कंडेलले औद्योगिक क्षेत्रमा बन्द अवस्थामा रहेका उद्योगहरु यसैगरी पुन संचालनमा ल्याउनुपर्ने र उद्योगीलाई विभिन्न तहका सरकार र अन्य निकायबाट सहयोग प्राप्त हुनुपर्ने बताए । त्यसैगरी उद्योग संघ मकवानपुरका अध्यक्ष पोखरेलले बन्द अवस्थामा रहेका उद्योगहरु संचालनमा ल्याउन सके मकवानपुरे जनतालाई रोजगारीको अवसर प्राप्त हुनुको साथै नेपाली बजारमा नेपाली कम्पनीबाट उत्पादित सामग्री बिक्रिबितरण गर्न सकिने बताए ।
‘उद्योग बुधबारबाट पुन संचालनमा ल्याइएको छ’ उद्योगका संचालक एवम् उद्योग संघ मकवानपुरका सदस्य बुद्धराज अर्यालले भने ‘उद्योगले ‘सन्रे’ नामक भाँडा माझ्ने सर्फ, ‘उर्जा’ नामक कपडा धुने सर्फ, माँडा माफ्ने साबुन, कपडा धुने नाङ्गो साबुन लगायतका सामग्री मासिक ७ सय टनसम्म उत्पादन गर्ने लक्ष्य लिएको छ ।’ उद्योगमा १ सय ४५ जनाभन्दा बढीले प्रत्येक्ष रोजगारी प्राप्त गर्नेछन् भने अप्रत्येक्ष रुपमा करिब ५ सय जनाले रोजगारी प्राप्त गर्ने संचालक अर्यालले बताए ।
उद्योगमा केही नयाँ मेसिनहरु थप गर्नुको साथै विदेशी कम्पनीको तुलनामा राम्रो र सेवामुलक बनाइने र बजारको माग अनुसार उत्पादन तथा लागतमा समेत बृद्धि गरिने संचालक आर्यालको बताए । उद्याेगबाट उत्पादित सामग्रीलाई सुरुवातमा मकवानपुर, काठमाडौँलगायतका जिल्लाहरुमा बिक्रिवितरण गरिने र केही महिनाभित्रै बागमती प्रदेशभर बजार विस्तार गर्दै लैजाने बताइएकाे छ ।
मकवानपुर । लोक सेवा आयोग केन्द्रीय कार्यालयले निजामती सेवा तर्फ प्राविधिकलगायत विभिन्न पदमा विज्ञापन आह्वान गरेको छ। आयोगले करिब तीन सय पदका लागि बुधबार सूचनाप्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो ।
आयोगले राजपत्रांकित तृतीय श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका सातौं र आठौं तहका पदमा खुला र समावेशीतर्फ लिखित परीक्षाको विज्ञापन गरेको छ। ३० प्रतिशत आन्तरिक बढुवा र बाँकी खुलाबाट यी पदमा पदपूर्ति गरिनेछ।
दरखास्त मंसिर १६ गतेसम्म दिइसक्नुपर्ने छ। परीक्षा मिति भने पछि तय गरिने आयोगले जानकारी दिएको छ ।
निजामति सेवातर्फ २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र स्वास्थ्य सेवातर्फ २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको तथा महिला तथा अपाङ्ग तर्फका उम्मेदवारहरुकाे हकमा ४० बर्ष ननाघेकाे हुनु पर्नेछ । तर बहालवाला निजामति कर्मचारीको हकमा भने उमेरहद लाग्ने छैन।
हेर्नुहाेस सूचना
मकवानपुर । पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ५३ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ जना पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा थप २७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ४८ पुगेको छ ।
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारविरुद्ध जनसंघर्ष गर्ने भएको छ । राप्रपाका अध्यक्षत्रयबीच मंगलबार बसेको बैठकले देशको राजनीतिक अवस्था र पार्टी संगठनको समिक्षा गर्दै भावी कार्यक्रमबारे छलफल गरेको अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
थापाले आफ्नाे केटीथापा ट्विटर ह्यान्डलमा ट्विट गर्दै मंगलबारकाे बैठकमा स्थानीय तहमा पार्टी समायोजनलाई तिव्रता दिने तथा कोरोना नियन्त्रणमा सरकारको असफलता, भ्रष्टाचारलगायतका विषयलाई लिएर जनसंघर्ष गर्नेबारे छलफल भएको बताएका छन् ।
थापाले बैठकबारे जानकारी दिँदै ट्विटरमा लेखेका छन्,‘राप्रपा त्रय अध्यक्षहरूको मंगलबार बसेको बैठकले देशको राजनीतिक अवस्था र पार्टी संगठनको समिक्षा गर्दै भावि कार्यक्रमवारे छलफल गरेको छ। स्थानीयतहमा पार्टी समायोजनलाई तिव्रता दिने तथा कोरोना नियन्त्रणमा सरकारको असफलता,भ्रष्टाचार लगायतका विषयलाई लिएर जनसंघर्ष गर्ने वारे समेत छलफल भएको छ ।”
