मकवानपुर । हेटौंडामा माघ १६ गतेबाट जारी भिडोल विजय यूथ हेटौंडा गोल्डकपमा आयोजक विजय युथ क्लबले मुस्किलले जित हात पारेको छ । जीत सँगै आयोजक क्लब र सेन्ट्रल कलेज भरतपुर पहिलो संस्करणको हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता,२०७७ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
आयोजक विजय युथ क्लबले सर्लाही जिल्ला फुटबल संघलाई २-० र सेन्ट्रल कलेज भरतपुरले काठमाडौंको एफसी रियालेलाई ४-१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । आयोजक विजय युथ हेटौंडाको जीतमा विदेशी खेलाडी साहिद र हिसुव थपलियाले गोल गरेका थिए । साहिदले खेलको छैठौं मिनेटमा र हिसुब थपलियाले ७२ औं मिनेटमा गोल गरेका थिए । हेटौंडाका विमल राना म्यान अफ दी म्याच घोषित भए ।
सर्लाहीका खेलाडीहरुले उच्च स्तरको प्रदर्शन गरेता पनि पटक पटकको प्रहार हेटौंडाका गोल रक्षक अशोक बरालले विफल तुल्याएका थिए । हेटौंडाको तर्फबाट ए डिभिजन लिगमा सहभागी भइसकेका अनुभवी खेलाडीहरुको अगाडि फिनिसिङमा चुकेको देखिन्थ्यो। हेटौंडाका तर्फबाट राष्ट्रिय टोली सदस्य समेत रहेका खेलाडी रञ्जन विष्ट समेत सहभागी थिए ।
यस अघि आईतबार नै भएको खेलमा एफसी रियाले काठमाडौंलाई सेन्ट्रल कलेज भरतपुरले हराएको थियो । भरतपुरको लागि विदेशी खेलाडी जोन ग्लोरीको ह्याट्रिक प्रेरित भरतपुरको जीतमा रञ्जित आले मगरले पनि थप एक गोल गरे । भरतपुरका ग्लोरीले ३५, ३७ र ६९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए । उनी प्रतियोगितामा ह्याट्रिक गोल गर्ने पहिलो खेलाडी बनेका ग्लोरी म्यान अफ दी म्याच समेत घोषित भए । भरतपुरका रञ्जितले १८ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । काठमाडौंका लागि रञ्जित तिवारीले ५७ औं मिनेटमा एकमात्र गोल गरेका थिए ।
एफसी विजय यूथको आयोजना भएको गोल्डकपमा १० टिमले सहभागिता जनाएका छन् ।
भिडाेलले प्रायाेजन गरेकाे प्रतियोगितामा १० टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेता हुने टिमले नगद ३ लाख रुपैयाँ र उपविजेता हुने टिमले नगद एकलाख ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको उत्कृष्ट गोलक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकलाई जनही पाँच हजार रपैयाँसाहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल माघ २३ गते हुनेछ ।
मकवानपुर । नवोदय साहित्यिक बगैंचाले भर्चुअल सहिद दिवस विशेष कार्यक्रम गरेको छ l माघ १६ गते सहिद दिवसको अवसरमा महान् ४ सहिदहरू गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दसरथ चन्द एवम् शुक्रराज सास्त्रीको जीवनीमा आधारित वृत्तचित्र प्रदर्शनी, रचना वाचन तथा वक्तृत्वकला प्रतियोगिता गरेकाे हाे ।
वक्तृत्वकला प्रतियोगिता जीएस निकेतनकी उषा अधिकारी, तुलसी मेहरका प्रमिश रानाभाट नवोदय शिशु सदनका प्रिन्स बर्तौला उत्कृष्ट ३ मा पर्न सफल भएका छन् । ९ वटा विद्यालयहरूले सहभागिता जनाएको उक्त प्रतियोगितामा निर्णायकको भूमिकामा विनिता कार्की र दिप्सिका घिमिरे रहेका थिए ।
विद्यार्थीको बोलाई क्षमता तथा खोज अनुसन्धानको अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको क्लबकी अध्यक्ष इलिशा पराजुलीले जानकारी दिइन् l उत्कृष्ट हुनेहरूलाई क्लबले विद्यालयमा नै बोलाएर पुरस्कार दिने पराजुलीले बताइन् ।
मकवानपुर । तामाङ समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा हेटौंडामा ल्होछार बिशेष बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । माघ ३० गते मकवानपुर तामाङ कलाकार संघको आयोजनामा हेटौँडाको टिसिएन चौरमा हुने सास्कृतिक कार्यक्रमको अाइतबार हेटौडामा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
विगतका वर्ष जिल्लाको गुम्बा, घेदुङ, तामाङ गुठी, लगायतले संयुक्त रुपमा ल्होछार महोत्सब गर्दै आएको थियो भने यस बर्ष मकवानपुर तामाङ कलाकार सघको आयोजनामा हुने भएको हो ।तामाङ समुदायको २८५७ औ लाङ ल्हो (गाई बर्ग) ल्हाेसारकाे सास्कृतिक कार्यक्रममा भेषभुषा, सस्कृति, मौलिक खानाको प्रदर्शन हुने, लामा झाक्रीहरुको बिशेष प्रस्तुत रहने कार्यक्रमको संयोजक धिरेन लामाले बताए ।
यस्तै संघका अध्यक्ष धिरेन लामाको संयोजकमा २५ सदस्यीय ल्होछार बिशेष बृहत सास्कृतिक कार्यक्रम मूल आयोजक समिति गठन गरिएको छ । सह-संयोजकमा अनराज मोक्तान, आर्थिक संयोजकमा माया घलान, प्रचारप्रसार संयोजकमा बिक्रम लुङबा, कलाकार संयोजकमा सुजना रुम्बा राधिका स्याङ्तान लगायत रहेका छन् ।
काठमाडाैं । प्रदेश सुशासन केन्द्र बागमती प्रदेशले प्रदेश तथा स्थानीय तहमा क्षमता विकास कार्यक्रमका बिद्यमान आयामहरु बिषयक मिडिया संवाद कार्यक्रम गरेको छ । प्रदेश नीति योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्यामप्रसाद बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा बागमती प्रदेश सरकारका महत्त्वपूर्ण उपलब्धिहरुबारे जानकारी गराईएको थियो । कार्यक्रम प्रदेश नीति योजना आयोगका कार्यवाहक उपाध्यक्ष बस्नेतले प्रदेश सरकारले सम्पन्न गरेको कार्य तथा उपलब्धि बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

बागमती प्रदेशले ३ बर्ष पूरा गरेकै दिन ललितपुर जावलाखेलमा आयोजना गरिएको कार्यक्रम संघीयताका बिज्ञ डा.श्यामकृष्ण भुर्तेलले प्रदेश सरकारले आफ्नो उपस्थिति महत्त्वपूर्ण देखाउदै आएको बताए । राज्य एकात्मकबाट संघीयतामा गएको कारण केही उपलब्धि देखिनु चुनौती देखिनु स्वभाविक भएको भन्दै उनले ३ तहबिचको कार्य बांडभाड अझै राम्रो गर्नु पर्ने बताए । संघीयता भित्र संघ, प्रदेश र स्थानीय तहहरु आपसमा समन्वय र सहकार्य जरुरी रहेको बताए । नेपालमा संघीयतको नयाँ आयाम भएकोले महत्वाकांक्षा अनुसार काम हुँदै आएको उनले बताए ।

केन्द्रका कार्यकारी निर्देशक बिमल पोखरेलले प्रदेश सरकारको व्यवस्थापछि स्थापना गरिएको केन्द्रले क्षेमता विकासको लागि तालीम प्रदान गर्ने, तालीमको लागि पाठ्यक्रम तयारी गर्ने, सरकार प्रती जनताको सन्तुष्टिलगायतको अध्ययन गर्ने जस्ता कार्य गर्ने बताए । प्रदेश सुशासन केन्द्रले स्थानीय तहको संस्थागत क्षमता विकासको कार्यक्रम गर्ने, राजश्व सुधार कार्यक्रम, सार्वजनिक उत्तदायित्वको बारेमा तालिम प्रदान गर्ने उनले बताए ।
जनताको माअग अनुसार अन्य काम पनि गर्ने उनले बताए । प्रदेश सरकारको क्षमता विकासमा केन्द्रले अन्य आवश्यक अनुसन्धानको काम गर्ने केन्द्रको रुपमा काम जारी राखेको उनले बताए ।
मकवानपुर । हेटौंडामा जारी ‘विजय युथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगितामा आइतबार दुई खेल हुने भएको छ ।
हेटौंडा-१० को फरेष्ट्री क्याम्पसको खेल मैदानमा आइतबार हुने पहिलो खेल १ बजे एफसी रियाले काठमाडौं र सेन्ट्रल कलेज भरतपुर फुटबल क्लबबिच हुने आयोजक एफसी विजय युथ क्लबले जनाएको छ । यसैगरि दोस्रो खेल ३ बजे सर्लाही जिल्ला फुटबल संघ र आयोजक एफसी विजय युथ क्लब बिच हुनेछ।

माघ १७ गते शनिबार भएको खेलमा हर्दि र दुधौली स्पोर्टस क्लब विजयी भएका थिए । शनिबार सम्पन्न पहिलो खेलमा वीरगञ्ज युनाइटेडलाई २-० गोल अन्तरले हराउँदै हर्दि युवा समाज राप्ती विजयी भएको थियो । त्यसैगरी शनिबार नै भएकाे दोस्रो खेलमा दुधौली स्पोर्टस् क्लब विजयी थियो । दुबै टिम निर्धारित समयमा १–१ गोलको बराबरी रोकिएपछि खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकर वीरगञ्ज युथ एकेडेमीलाई ४-२ गोल अन्तरले पराजित गर्दै दुधौली स्पोर्टस् क्लब विजयी बनेको हो।
प्रतियोगितामा विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने विधागतरुपमा उत्कृष्ट हुने गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकले जनही नगद पाँच–पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा मोफासलका १० टोलीको सहभागिता रहेको छ ।प्रतियोगिताको फाईनल खेल २३ गते हुने आयोजकले जनाएको छ ।