मकवानपुर । हेटौंडा -७ मा रहेको न्युरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समुहको ३० औं वार्षिक साधारणसभा शनिबारदेखि शुरु भएको छ । समुहका अध्यक्ष ज्ञान बहादुर चौलागाईंको अध्यक्षता तथा सामुदायिक वन उपभोक्ता महासङ्घ मकवानपुर अध्यक्ष साधुराम चौलागाईंको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि फेकोफन जिल्ला अध्यक्ष चौलागाईंले सामुदायिक वनलाई उधम मार्फत उपभोक्ताको आर्थिक जिबनस्तर माथी उठाउन समूह लाग्नुपर्ने बताए । वन ऎन संसोधनको लागि फेकोफनले गरेको निरन्तरताकै कारण अहिले प्रदेश सरकारले वनजन्य उधम स्थापना गर्न कुनै दस्तुर नलाग्ने निर्णय गरेको बताए । अब सामुदायिक बन समूह बन संरक्षण गर्ने मात्र नभई उधमशिलता तर्फपनि अघिबढ्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा समुहका अध्यक्ष चौलागाईंले समुहको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरि समुहले आज शनिबार र अाइतबार साधारणसभा संचालन गरेको जानकारी दिए। यस्तै समुहले दुनाटपरी बनाउनको लागि मेसिन खरिद गरि उपभोक्तालाई तालिम समेत प्रदान गरिसकेको उनले बता।
यसैगरी समुहका सचीव शान्ती तिमल्सिनाले समुहले गरेका गतिविधि सहितको प्रगती प्रतिवेदन र कोषाध्यक्ष भरत अधिकारीले समुहको आर्थिक प्रतिवेदन र आगामी बर्षको लागि १२ लाख बराबरको अनुमानित आयब्यय प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा समुहका सल्लाहकार रघु आचार्य, रानी सामुदायिक वन समुहका अध्यक्ष कृष्ण बिडारी, डिभिजन वन कार्यालय हेटौंडाका वन प्राबिधिक निश्चल घिमिरे लगायतले मन्तव्य व्यक्त गरेका थिए।
समुहको भवनमा शुरु भएको साधारणसभा आईतवार नयाँ कार्यसमिति चयन गरि समापन हुने समुहका उपाध्यक्ष रामचन्द्र अधिकारीले बताए । ७१दशमलव १२ हेक्टर क्षेत्रमा फैलिएको वन समुहमा कुल २ सय ३३ सदस्य घरधुरी रहेका समुहले जनाएकाे छ ।
मकवानपुर । शनिबार नेपाल उद्योग बाणिज्य माहासंघका केन्द्रीय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले फार्मको बिक्रीकेन्द्रको उद्घाटन गरे सँगै हेटौंडा ११ नवलपुरमा रहेको हेटौंडा भिलेज कृषी फार्मले हेटौंडा बजारमा बिक्रीकेन्द्र सुरु गरेको छ ।
उद्घाटनका क्रममा सुमार्गीले राज्यले कृषि उद्यम केन्द्रको विभिन्न कुरामात्र गरेको तर व्यवहारमा लागू गर्न नसकिरहेको अवस्थामा हेटौंडा भिलेज कृषी फार्मले उपभोक्ताको हितमा हुनेगरी अफैले उत्पादन गरेको चिज सिधै उपभोक्तासामु पु¥याउने काम गरेको बताए । आफ्नै फार्ममा उत्पादन गरिएका कुखुराहरुको मासु सिधै उपभोक्ता सामु पु¥याउने उदेश्यले सस्तो दरमा बिक्रीकेन्द्रको स्थापना गरिएको हेटौंडा भिलेज कृषी फार्मका सन्चालक राजु लामिछाने बताए ।
सञ्चालक लामिछानेका अनुसार आफ्नो मात्र हैन साच्चै आफ्नो फार्म, लोकल मात्र हैन साक्चिकै लोकल’ भन्ने नाराका साथ उपभोक्तालाई सुलभ मुल्यमै अर्गानिक मासु दिनेगरी बिक्रीकेन्द्र सुरु गरिएको हो । हेटौंडाको मकवानपुर क्याम्पस अगाडी रहेको बिक्रीकेन्द्रमा टर्की, लोकल कुखुरा, लोकल खसी, कडकनाथ, लोटन, ब्रोइलर लगायतका मासु सस्तो मुल्यमा उपलब्ध हुने हेटौंडा भिलेज कृषि फार्मले जनाएको छ ।
उत्पादन गर्ने किसानलाई कम मूल्य तिरी उपभोक्तालाई बढी मुल्य त्यसैमा पनि अस्वस्थकर मासु खान बाध्य भैरहेको अवस्थामा आफुले सोझै फार्मबाट उपभोक्ता सामु सुलभ मुल्यमै स्वस्थ्यकर मासु उपलब्ध गराउने कोसिस गरेको लामिछानेले बताए । हेटौंडाका विभिन्न स्थानमा बिक्रीकक्षको सेवा बिस्तार गर्दै लाने उनले बताए ।
मकवानपुर । गजल मञ्च मकववानपुरले हरेक महिना पहिलो शनिबार आयोजना गर्दै आएकाे गजल यात्राको एक सय ७५ औं शृङ्खला सम्पन्न गरेकाे छ ।
मञ्चका उपाध्यक्ष सीएम रिमालको अध्यक्षतामा शनिबार भएको गजल यात्रा कार्यक्रम गीतकार/गजलकार तुलसी घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा एक दजनभन्दा बढी गजलकारले आफ्नो गजल गायन तथा बाचन गरी सुनाएका थिए ।
कार्यक्रममा चितवनका गजलकार चेतनाथ रुवाली, झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतम, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष गणेशकुमार पौडेल, मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोखरेल, गजलकार पुरुषोत्तम आचार्य, किसन पौडेल, सुन्दर कार्की, हरिप्रसाद पौड्याल, साहित्य संगम मकवानपुरका सचिव डिबी वर्तौला, मञ्चका सचिव केशव समर्पण, नवसर्जक साहित्य चौतारीकी अध्यक्ष प्रसन्ना चौलागाई, सचिव समर्पण न्यौपाने, सहसचिव रचना भण्डारीलगायतले गजल गायन तथा बाचन गरेकाथिए ।
मकवानपुर । शनिबार स्थानीय तह कर्मचारी युनियन मकवानपुरको तदर्थ समिति गठन भएको छ । हेटौंडामा भएको भेलाले राक्सिराङ गाउँपालिकाका अधिकृत चुननारायण श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा शान्ति हिमडुङ, सचिवमा लक्ष्मण अधिकारी र कोषाध्यक्षमा सीताराम रिमाल चयन भएका छन् । सदस्यहरुमा गोन्दिव अधिकारी, अमिर दाहाल र शिवध्वज गोदार रहेका छन् । नेपाली कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय तह कर्मचारी युनियनका केन्द्रीय महासचिव रामप्रसाद पौडेल, बागमती प्रदेश प्रमुख शिवजी भट्टराई, प्रदेश सचिव गोपाल घिमिरे, नेपाल निजामति कर्मचारी युनियन मकवानपुरको अध्यक्ष राजकुमार अर्याल, नेपाली कांग्रेस मकवानपुर काठमाडौं सम्पर्क समितिका अध्यक्ष पुरुषोत्तम ठकुरी, तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकलगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर । तत्कालिन विद्रोही नेकपा (माओवादी) नेतृत्वमा शुरू भएको जनयुद्धको सम्झनामा शनिवार २६ औं जनयुद्ध दिवस मनाइएको छ । संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै माओवादीले रोल्पा, सिन्धुली र गोरखाका विभिन्न प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको शुरूवात गरेको थियो।
दिवसकाे वसरमा मकवानपुर जिल्लाकाे जनयुद्धका शहिद रूद्र पाख्रिनकाे शालिकमा माल्यार्पण गरीएकाे छ भने सम्मान कार्यक्रम समेत गरी मनाइएकाे छ । कार्यक्रम मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ मा रहेको शहिद रुद्र बाटिका स्मृति पार्कमा शहिद रुद्र पाख्रीनको शालिकमा माल्यापर्ण तथा सम्मान कार्यक्रम गरी मनाइएको हो । दिवस कार्यक्रम नेकपा प्रचण्ड माधव समूह मकवानपुरले आयोजना गरेको थियो ।

नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा विघठित प्रतिनिधि सभाका सांसद तथा नेकपाका केन्द्रिय नेता बिरोध खतिवडा, नेकपा मकवानपुरका सचिव तथा प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, नेकपा मकवानपुरका नेतृ मान कुमारी पाख्रीन, बालकृष्ण चौलागाई, नेता बद्री लम्साल लगायत नेकपाका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
वि.सं. २०५२ साल फागुन १ गतेदेखि शुरू भएको सशस्त्र विद्रोह २०६२/६३ सालको जनआन्दोलनसँगै अन्त्य भएको थियो। जनयुद्ध शुरू भएको १४ दिनपछि गोरखाको पन्द्रुङ, जराङ ९हाल बारपाक सुलिकोट गापा-८० मा प्रहरीले चलाएको गोली लागि स्कुले विद्यार्थी दिलबहादुर रम्तेल मारिएका थिए। त्यसपछि राज्य र विद्रोही पक्षबाट गरी झन्डै १७ हजार नेपालीको सो युद्धमा ज्यान गएको थियो।

२०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि शसस्त्र विद्रोह औपचारिक रूपमा अन्त्य भएको थियो। शसस्त्र विद्रोह शुरू भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ।
जनयुद्ध हाँकेको माओवादी पार्टी भने अहिले छिन्नभिन्न भइसकेको छ। जनयुद्ध नेतृत्व गरेका अर्का नेता डा.बाबुराम भट्टराई नयाँ शक्ति पार्टी हुँदै अहिले जनता समाजवादी पार्टी संघीय परिषद्को अध्यक्ष भएका छन् । मोहन वैद्य ‘किरण’ ले नेकपा क्रान्तिकारी माओवादी र नेत्र विक्रम चन्द ‘विप्लव’ ले नेपाल कम्युनिष्ट पार्टी खोलेका छन्। विप्लवको पार्टीलाई भने वर्तमान सरकारले प्रतिबन्ध लगाएको छ।