मकवानपुर / विन्दवासिनी मिडिया प्रालिद्घारा सन्चालित रेडियो थाहा सन्चार ९९ दशमलव ६ एफएम, हेटौंडाले तेह्रौं वार्षिकोत्सवका अवसरमा आज (शुक्रबार) समाजका लागि योगदान पु-याउँने दुई जना व्यक्तित्वलाई सम्मानित गरेको छ ।
वार्षिकोत्सवका अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत वार्षिकोत्सव समापन एवम् साहित्य सम्मेलन गर्दै कृषि क्षेत्रमा योगदान पु¥याए बापत नारायणप्रसाद देवकोटा र साहित्यमा योगदान पु¥याएबापत मुना अर्याललाई ‘थाहासम्मान २०७७’ सम्मान प्रदान गरिएको हो ।
सम्मानित भएका मकवानपुरे सहकारी अभियन्ता देवकोटाले दुग्ध उत्पादक सहकारी संस्था स्थापना गरी जिल्ला तथा केन्द्रिय दुुग्ध उत्पादक सहकारी संस्थालाई नेतृत्व दिँदै दुग्ध यवसायलाई सहकारी अभियानमार्फत प्रबर्ध्दनका लागि योगदान पु-याएका छन् भने मकवानपुर, हेटौंडाक मुना अर्याल विगत सत्र वर्षदेखि साहित्यमा सक्रिय भई समाजलाई योगदान पु-याएकी छिन् ।
कार्यक्रममा दिपक गौतम, छवि अनित्य,एसके निधन , मनोज पोखरेल, भावना सापकोटा, दिनेश शर्मा न्यौपाने, डिवि बर्तौला, अनिता न्यौपाने लगायतका साहित्कारहरुले रचना वाचन गरेका थिए ।
रेडियो सन्चालक अरुणराज सुमार्गीको अध्यक्षता तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको प्रमुख आतिथ्यमा बार्षिकोत्सव समारोह आयोजना भएको हो । प्रमुख जिल्ला अधिकारी रिजालले रेडियोलाई वार्षिकोत्सवका अवसरमा बधाईं दिँदै थप सफलताका लागि शुभकामना व्यक्त गरे ।
रेडियोका सन्चालक सुमार्गीले रेडियो सधैं निष्पक्ष सक्रियताको अभ्यासमा आवाज विहीनहरुको आवाज बनेर लागिपर्ने प्रतिबद्ता व्यक्त गरे । रेडियोको सफलतामा साथ दिनेस्रोता, शुभचिन्तक, विज्ञापनदाताप्रति उनले आभार व्यक्त गरे ।
कार्यक्रममा साहित्यकार तुल्सी थापा,धनराज गिरी र बागमती प्रदेशका प्रेस रजिष्टार रेवतीप्रसाद सापकोटाको आतिथ्यता थियो । साहित्यकार पुष्प अधिकारी अञ्जली, रेडियोका संरक्षक विश्वकान्ती कलावती सुमार्गी, रेडियोका सञ्चालक अङ्किता सुमार्गी, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटवाल, पत्रकार महासंघ, बागमती प्रदेश समितिका अध्यक्ष प्रताप विष्ट, महासचिव कृष्ण सारु मगर, महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईं, उपाध्यक्ष कुमार अधिकारी पोष्टराज, महासंघ सचिव एवम् रेडियो मकवानपुरका स्टेशन म्यानेजर गणेशदर्पण अधिकारी, ब्रोडकास्टिङ एशोसिएसन अफ (नेपाल) बानका केन्द्रिय उपाध्यक्ष एवम् हेटौंडा एफएमका प्रबन्ध निर्देशक उज्जवल चौलागाईं, प्रेस सेन्टर नेपालका रामकुमार एलन,सुनील खड्कालगायतको आतिथ्यता थियो ।

वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत फागुन १ गते साइकल-याली तथा मकवानपुरगढी गाउँपालिकाको बालमैत्री अभियानबारे अन्तरक्रिया, फागुन२ गते सामुदायिक थाहा विकास भवन हस्तान्तरण र रुपचन्द्र विष्ट र थाहा आन्दोलनको मर्म विषयक अन्तरक्रिया, फागुन ३ गते रक्तदान, फागुन ४ गते मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ मसिनेमा व्यवसायिक माछापालन प्रबद्घ्र्रनमा मनहरी गाउँपालिकाको भूमिका विषयक अन्तरक्रिया, फागुन ५ गते ‘सवारी दुर्घटना न्यूनिकरण, कानूनी व्यवस्था र नागरिकको दायित्व विषयक माविस्तरिय वक्तृत्वकला प्रतियोगिता’ र फागुन ६ गते हेटौंडा भेट्रान्स र मकवानपुरका पत्रकारबीच मैत्रीपूर्ण फुटबल खेल भएको थियो । वि.सं.२०६४ साल फागुन ७ गते प्रजातन्त्र दिवशका दिन रेडियो थाहासन्चार हेटौंडा, ९९ दशमलव ६ एफएम शुभारम्भ भएको थियो ।
रेडियो प्रशारणको तेह्रौ वर्ष पूरा गरी चौधौं वर्ष प्रवेश गरेको अवसरमा स्टेशन म्यानेजर मणिराज गौतमले रेडियोका समस्त स्रोता, शुभचिन्तक, विज्ञापनदाताको आड, भरोसा तथा हौसलाकै कारण सूचना, शिक्षा तथा मनोरञ्जन प्रदान गर्दै आफ्ना पाइला अगाडी बढाउन पाइएको बताए ।
मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका ११ वडा समितिले सहिद स्मारकमा गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा र राप्रपा पार्टी परित्याग गरी २ सय २५ जना कांग्रेसमा प्रवेश गरेका छन् । प्रजातन्त्र दिवसको अवसरमा आज शुक्रबार कांग्रेस ११ नम्बर वडा समितिले गरेकाे कार्यक्रममा नवप्रवेशीलाई नेता बानियाँले सदस्यता दिई खाँदा लगाएर पार्टीमा स्वागत गरेका थिए ।
कांग्रेस ११ नम्बर वडा समितिले गरेकाे सभापति विष्णु खनालको सभाध्यक्षता एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता, मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा जनक लामिछाने, राजकुमार कप्रौलालगायत २ सय २५ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा कांग्रेसको सूचना तथा प्रचार विभागका केन्द्रीय सदस्य एवं कलाकार निर शाह, प्रतिनिधिसभा २ का संघीय सभापति यतिराज सापकोटा, हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली, कोभिड १९ मकवानपुरका संयोजक उत्सव ईटेनी, तरुण दल नगर अध्यक्ष सुनिल गिरी, ११ नम्बर वडा सदस्य अर्जुन शर्मा कंडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाबाट अटोमा २५ किलो गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपहानगरपालिका ११ नवलपुरमा हेटौंडा तर्फ आउँदै गरेको ना१ ह ७२३६ नम्बरको अटोलाई चेकजाँच गर्दा ४ वटा पोकामा ल्याएको २५ किलो लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको हो ।
गाँजा सहित पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ – १ पलासेका २१ बर्षीय नवराज थिङ र सोही ठाउँ बस्ने २० बर्षीय बाबुराम थोकर रहेको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी ईन्द्र बहादुर रानाले बताए। गाँजा सहित पक्राउ परेका र अटोमाथि नियन्त्रण गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।
मकवानपुर । शुक्रबार ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बागमती प्रदेश सरकारद्वारा हेटौंडामा आयोजित कार्यक्रममा मुख्यमन्त्री डाेरमणि पौडेलले सत्तारुढ दल नेकपालाई अत्याधिक बहुमत प्रदान गरेको जततालाई अहिले शान्ति–सुरक्षा, आर्थिक समृद्धि र प्रजातन्त्रको सुदृढिकरणको लागि दलहरु एकैढिक्का भएर अघि बढ्नुपर्ने चुनौती थपिएको बताएका छन् ।
मुख्यमन्त्री पौडेलले मुलुकमा राजनीति दलको नेतृत्वमा जनताले युगान्तकारी परिवर्तन गरिएको भएपनि दलका नेताहरुको सत्तास्वार्थको कारणले अहिले संसदीय प्रजातन्त्रप्रति संकट आएको बताए ।
७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मुख्यमन्त्री डाेरमणि पौडेलले व्यक्त गरेकाे मन्तव्यकाे पूर्ण पाठ
- अम्बु विहानी
केहि छैन यहाँ म सङ्ग भने धेरै चोटी ।
फिक्का छ योवनको रङ्ग भने धेरै चोटी ।
साँझ बिहान पटक–पटक उ धाउदा ,
गरिदेउ यो मोह भङ्ग भने धेरै चोटी ।
कहिले नसुन्ने केहि कुरा बानी अनौठो ,
शुरु नगर नया जङ्ग भने धेरै चोटी ।
मेरो लागि त्याग्ने भयो समाजलाई नि ,
फेरी देउ यो सोच्ने ढङ्ग भने धेरै चोटी ।
समिप आउँदा डरले मेरो मुटु काप्छ ,
नछोईदेउ मेरो अङ्ग भने धेरै चोटी ।