मकवानपुर/समताको सवालमा कानुन प्रर्याप्त बनेको भएपनि कार्यान्वयनको पाटोमा सशक्त नभएकोले अबको अभियान यसतर्फ आवश्यक भएको गैरसरकारी संस्था महासंघ केन्द्रीय सदस्य तथा बागमती प्रदेश इन्चार्ज बुद्ध शरण लामाले बताएका छन् ।
‘महिला तथा बालिकाहरुमाथि हुने हिंसा, दुव्र्यवहार विरुद्ध कानुनहरु बनेको भएपनि कानुनलाई व्यावहारिक गर्न सकिएन,जघन्य अपराधलाई सामान्य कुराको रुपमा लिनेगर्दा प्रोत्साहन भएको छ’ लामाले भने ‘अब कानुनी कार्यन्वयनको सवालमा एड्भोकेसी जरुरी छ ।’ महिलाहरू क्षमतावान भएपनी अवसर पाएका छैनन् । अवसर पाए पनि पहुँचमा पु-याउन नसकीएको बताउँदै लामाले महिलाको मनोबल उठाउन काम गर्नुपर्ने बताए ।
१११ औं अन्तरास्ट्रिय महिला दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रम लामाले यस्तो बताएका हुन् । महिलाको सुरक्षा, सम्म्मान र रोजगार : समृद्ध नेपालको आधार भन्ने नाराका साथ आयोजित कार्यक्रममा सहभागीहरुले महिलाको सुरक्षा अवस्था नाजुक भएको बताएका थिए ।
कार्यक्रममा अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश संयोजक कृष्ण गौतमले दण्डहीनताको विरुद्ध, मानव अधिकारको पक्षमा लगातार लाग्नुपर्ने बताए ।
आफूहरु विरुद्ध हिंसा हुदासमेत उजुरीको प्रक्रिया नजान्ने महिलाहरुको लागि हिंसा विरुद्ध उजुरिको लागि पहुँच बढाउनु पर्ने गौतमले बताए बताए । यसैगरी नागरिक समाज कमजोर भएको कारण मौलिक हकका प्रावधान लागू गराउन नसकिएको शान्तिको लागि साझा अभियान (कोक्याप)का अर्जुन ढकालले बताए ।

महिला दिवसहरुमा मात्रै नभइ सधैंभरी महिला तथा बालिकाहरुको पक्षमा आमसञ्चारबाट एड्भोकेसी गर्न र अधिकारको सवालमा हालेमालो गर्न तयार रहेको सञ्चारिक समूह नेपाल बागमती प्रदेश संयोजक सरिता दाहालले बताइन् । कुनै पनि विषम परिस्थिति आइपरेमा सबैभन्दा पहिले सबैभन्दा बढी प्रताडित हुने समूह महिला र बालिकाहरु नै रहेको भन्दै संयोजक दाहालले बताइन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुर, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, प्रहरी सहायक निरीक्षक दीपा तामाङले कार्यपत्र प्रस्तुत गरेकि थिइन् । महिलाको अवस्था अझै पनि धेरै नाजुक रहेको प्रहरी सहायक निरीक्षक तामाङले बताइन् ।
यसैगरी सिविन बाल हेल्प लाइन मकवानपुर प्रमुख झविन्द्र ज्ञावलीले बालिकाको पहिचानको लागि संघर्ष गर्नु परेको बताए । ‘जन्मदर्तामा समस्या छ, सफ्टवेयरले नलिने बाहानामा बालिका माथी अन्याय भएको छ’, ज्ञवलीले भने ‘राज्यले पनि विशेष प्रकारका बालबालिकोको पहिचानको समस्या भएको अवस्थामा बिशेष प्रकारको व्यवस्था गरेर जन्मदर्ता गरिदिनुपर्छ ।’ समाजमा अझैपनि छिटो विवाह हुने क्रम रोक्ने चुनौती रहेको ज्ञावलीले बताए ।
अभिभावकले केयर नगर्दा बालबालिका बेवारिसे बन्ने क्रम बढेको पनि ज्ञावलीले बताए ।
यसैगरी गैसस मकवानपुर कोषाध्यक्ष इन्दिरा न्यौपानेले महिलाहरू गर्भदेखी घाटसम्म सुरक्षित नभएको बताइन् । महिलाको असुरक्षाले महिलामात्रै जोखिममा रहेको नभई यसले सिङ्गो समुदायलाई असर पु-याएको न्यौपानेले बताइन् ।

मानव अधिकार संरक्षण तथा मानव वेचबिखन विरुद्धको सञ्जालको आयोजना तथा गैसस महासंघ नेपाल बागमती प्रदेश, जिल्ला प्रहरी कार्यालय मकवानपुर, प्लान नेपाल, डेक नेपालसँगको सहकार्यमा भएको कार्यक्रममा सञ्जाल संयोजक आरति पाठकले दिवसको अवसरमा आयाजना हुने विभिन्न कार्यक्रम बारे जानकारी गराइकी थिइन् । कार्यक्रममा संयोजक पाठकले महिलाको अवस्थामा सुधार ल्याउन अझै धेरै संघर्ष बाँकी रहेको बताइन् । ‘रोजगार दिनेले नै पनि हिंसा गरेको हुनसक्छ खबरदारी गरौं’ पाठकले भनिन् । पाठकका अनुसार दिवसको अवसरमा -याली, गीति नाटक, मास क्वुज, रक्तदान जस्ता कार्यक्रम हुनेछ ।
अन्तरक्रिया कार्यक्रममा सञ्जाल उपाध्यक्ष माया लामाले स्वागत गरेकी थिइन भने सचिव जगन्नाथ सुवेदीले सञ्चालन गरेका थिए ।
मकवानपुर । पछिल्लो २४ घण्टामा थप ८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । याे सँगै नेपालमा हालसम्म कोरोना मुक्त हुनेको संख्या दुई लाख ७० हजार ७ सय ६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ सय २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार नेपालमा हालसम्म २ लाख ७४ हजार छ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन ।
मकवानपुर । आज शुक्रबारदेखि ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ।
कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो। याे कम्पनीकाे कुल जारी पूँजीको ३० प्रतिशत हाे । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हाे।
कम्पनीको आइपीओमा छिटोमा फागुन २६ गते आवेदन दिन सकिनेछ। त्यस अवधिमा पर्याप्त आवेदन नपेरमा चैत ६ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत पनि आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ।
कम्पनीलाई क्रेडिट रेटिङ्ग नेपालले ‘केयरएनपी-आइआर बीबी प्लस’ रेटिङ्ग प्रदान गरेको छ। यसले समय नै कम्पनीको दायित्व पुरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित रहेकोे जनाउछ।
हाल कम्पनीको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी २ अर्ब २० करोड र चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ। सर्वसाधारणलाई आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ भने धितोपत्र प्रत्याभुत गर्ने संस्थामा लक्ष्मी क्यापिटल रहेको छ।
पछिल्लो समय आइपीओमा १५ लाखभन्दा बढी लगानीकर्ताले आवेदन दिन थालिसकेका छन्। डिम्याट खाता खाेल्नेकाे संख्या २५ लाख माथी रहेकाे बताइएकाे छ । कम्पनीले सर्वसाधारणमा ६६ करोड रुपैयाँको ६६ लाख कित्ता शेयर मात्र बिक्रीमा ल्याएको छ। धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार हरेक आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गर्दै जानुपर्ने हुन्छ। यसअनुसार गोलाप्रथाबाट ६ लाख ६० हजार जनाले न्यूनतम १० कित्ता शेयर पाउनेछन्। बाँकी आवेदकको हात खाली हुनेछ।
काठमाडौं । सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ । ‘हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता व्यक्त गरेकाले प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको छ’ एक मन्त्रीले भने, ‘दुबै वार्ता टोलीबीच भएको सहमति पनि अनुमोदन गरेका छौं ।’
सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको छ ।
मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भने, ‘प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्याएर छाड्न आजै निर्देशन भइसकेको छ, अन्यको हकमा सहजीकरण हुन्छ ।’
मन्त्रालयको निर्देशनपछि काभ्रेमा हिरासतमा रहेका विप्लव समूहका तेस्रो वरियताका नेता धमेन्द्र बास्तोलालाई शुक्रबार रिहा गर्ने तयारी छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी भुपेन्द्रबहादुर खत्रीका अनुसार बास्तोलालाई रिहा गर्ने प्रक्रिया सुरु भएको छ । ‘केही कागज तयार गर्न आज ढिला भयो, भोलि दिउँसोसम्ममा उहाँ छुट्नुहुन्छ’ उनले भने ।
चितवनका एसपी ओम अधिकारीले विप्लवका दाइ चन्द्रबहादुर चन्द वीरजंगलाई रिहा गर्ने प्रक्रिया अघि बढाउन नवलपरासीबाट मुद्दाको विवरण मगाएको बताए । उनले अनलाइनखबरसँग भने ‘उहाँको मुद्दा नवलपरासीमा थियो, उपचारका लागि मात्र यहाँ राखेका थियौं ।’
केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार २७ फागुन २०७५ मा प्रतिबन्ध लागेयता विप्लव समूहका २०९८ जना नेता कार्यकर्ता पक्राउ परेका थिए । तीमध्ये १२६ जना पुर्पक्षका लागि थुनामा छन् भने १८ जना अझै हिरासतमै छन् ।
गृह मन्त्रालयले विप्लव समूहका नेता कार्यकर्तालाई लगाएको मुद्दाको पूर्ण विवरण ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयसँग मागेको छ । अनलाइन खवरबाट साभार ।
- अनिल पराजुली
कतार । घरबाट फर्किएको ६ महिना नबित्दै सल्यान जिल्ला कपुरकोट गाउँपालिका वडा नम्बर ४ का छविलाल बुढाले अकल्पिनीय घट्नाको सामाना गर्नु प¥यो । कम्पनीको साइडबाट साँझको काम सक्काएर क्याप फर्कने बेलामा गाडी छुटेपछि उनी साइडको सानो पिकमामा फर्किए । कतारको समल रोड (१६ नम्बर) मा क्याम्प जानका लागि बाटो काट्ने क्रममा उनी सडक दुर्घटनामा परे ।
उनले त्यो नमिठो दिनको सम्झ्ना गर्दै भने २०१७ नोभेम्बर ७ तारिक मेरा लागि कालो दिन नै सिद्ध भयो । बाटो काट्दै थिए, गाडी धेरै स्पीड थियो, गाडीले ठक्कर दियो, मलाई ४८ घण्टा सम्म होस नै आएन, कतारको हमाद अस्पतालमा एक हप्ता उपचार पश्चात २ महिना कोठामै रेष्ट गरे । दुई महिनाको अवधिमा ४ पटक मेरो खुट्टाको अप्रेशन भयो ।
इमर्जेन्सी भएकाले लागेको सबै खर्च यहाँको सरकारी अस्पताल हमालले नै करिव ५५ सय रियाल भन्दा बढीको सबै खर्च व्यहो¥यो । अस्पतालबाट डिसचार्ज भएर जाने क्रममा एक थान वाकर र एक थान ह्लिय चियर पनि पाए । सडक दुर्घटनामा परेपछि खुट्टा काट्न प¥यो, मेरो जीवन नै अधुरो भयो, उनले टेलिफोन संवादमा भने ।
उनकोे कृतिम खुट्टामा प्लाष्टिकको कभर भएकाले घाम, पानी र आगोबाट जोगाउन चिकित्सकले सल्लाह दिएको सुनाउँदै अब अर्को बर्ष कृतिम खट्टा फेर्न पर्ने मिति नजिकिदै गर्दा उनी चिन्तामा छन् । उनले २०१८ मा कृतिम खुट्टा हालेको जानकारी दिए । वैशाखीको सहाराले यता उता गरेर जीवन धानिरहेका उनी अब फेरि कृतिम खुट्टा हाल्न खर्च जुटाउने तनावमा छन् । करिव १४ हजार ५ सय कतारी रियाल अर्थात करिव नेपाली ५ लाख भन्दा बढी खर्च कृतिम खुट्टाको लागि लाग्ने उनले बताए ।
उनी सन् २००८ मा कतार छिरेका थिए । हालसम्म ४ पटक बिदामा घर गएर फर्किएका उनी २०१७ देखि कतारमै रहेका छन् । एउटा खुट्टा गुमाएका उनले लकडाउन र कोरोना कहरको सामना गर्नुप¥यो । ३ छोरा सहित ७ जनाको परिवारको जिम्मेवारी बोकेका छविलाललाई भाग्यले भने ठगेको छ । परिवारले स्वदेश फर्कन भने पनि उनी स्वदेश फर्कन सकेका छैैनन्, उनले भने–परिवारले आउ भनेर भनिरहेकोछ, म अशक्त भए अब गएर के गर्नु, खुट्टा फेर्न आर्थिक जोहो पनि गर्न नसक्ने भए, बोझ भएर कसरी जाउँ ।
सडक दुर्घटनामा परेपछि दुर्घटना गराउने विरुद्ध कतारको हाइकोटमा मुद्दा दर्ता गरेर मुद्दा लडे पनि हाइकोटले आफूलाई दोषी देखाएको छविलाले बताए । उनले हाइकोटले दोषी देखाएपछि केही क्षितिपूर्ति नपाएको गुनासो गरे । सडक दुर्घटनामा खुट्टा गुमाएका छविलाल कतारको अल वाकरा स्थित आइटिसीसी (इमपीरियल ट्रेडिङग् एण्ड क्न्ट्राक्टिङ) कम्पनीको स्काफोल्डीङ्गमा काम गर्थे । खुट्टा गुमाएपछि छविलाल हाल कम्पनीकै स्टोरमा हल्का फुल्का काम गरिरहेका छन् । उनलाई चिकित्सकले ५ केजी भन्दा माथिको तौल नउठाउन भनेका छन् । परदेशमा उनी अहिले जीवन जिउनकै लागि संघर्ष गरिरहेका छन् ।
यसैबिच सडक दुर्घटनामा खुट्टा गुमाएका छविलाललाई एनआरएनए कतारले ह्वीलचियर प्रदान गरेको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले समन्वय गरी ह्वीलचियर प्रदान गरेको हो । लामो समयदेखि कतारमा कार्यरत बुढालाई त्यहाँको परोपकारी संस्था कतार रेडक्रिसेन्टले उक्त ह्वीलचियर उपलब्ध गराएको थियोे ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले छविलालको अफिसियल डकुमेन्ट उपलब्धपछि कृत्रिम खुट्टा जडान गर्ने कार्यमा सहयोग गर्ने बताए । संघ अध्यक्ष मुसलमानले छविलाल जस्ता समस्यामा रहेका अन्य नेपालीलाई पनि गैर आवासीय नेपाली संघ कतारले सहयोग गरिरहेको बताए ।