मकवानपुर / नेपाल पत्रकार महासंघको आउँदो चैत २५ निर्वाचनमा प्रेस चौतारी नेपाल मकवानपुर शाखाले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको निर्वाचनमा बालकृष्ण अधिकारीको नेतृत्वमा निर्वाचनमा जाने भएको छ।
शुक्रबार राति पूर्वी मकवानपुरको बागमती-६ को फेर्सीनीमा भएको प्रेस चौतारी मकवानपुरको विस्तारित बैठक तथा भेलाले चौतारीका प्रदेश सस्दस्य अधिकारीलाई आउँदो निर्वाचनमा अध्यक्षको पदमा उठाउने निर्णय गरेको हो।
विगत २० वर्ष देखि विभिन्न संचारमाध्यममा आबद्ध प्रदेश सदस्य पत्रकार अधिकारी हाल कान्तिपुर टेलिभिजनको मकवानपुर संवाददाता र हेटौंडा स्थित टिम टेलिभिजको समाचार प्रमुखको जिम्मेवारीमा रहेका छन्
शुक्रबारको बैठकमा बोल्दै चौतारीका प्रदेश सदस्य अधिकारीले आफ्नो टिम नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको नेतृत्वमा आउँदा श्रमजीवि पत्रकारहरुको हकहितको लागि काम गर्न तयार रहेको बताए । उनले आफु नेतृत्वमा आउँदा आफ्नो पहिलो एजेन्डा श्रमजीवि पत्रकारहरुको पृष्ठपोषण गर्ने र संचारगृहहरुको सवलिकरण गर्ने कार्ययोजना रहेको बताए । अधिकारी भन्छन्,‘संचारगृहहरुको सवलिकरण भएनन् भने ति संचारगृहहरुले श्रमजीवि पत्रकारहरुलाई तलब दिनसक्ने वातावरण बन्दैनन् ।’
मकवानपुरको सन्दर्भमा मकवानपुरमा श्रमजीवि पत्रकारहरुले संचालन गरेको संचारगृहहरुमा व्यक्ति,संघसंस्थाहरुले विज्ञापन छाप्न लगाउने तर विज्ञापनको भुक्तानी समयमा नगर्ने परिपाटीले सास्ती खेप्नु परेको समस्या रहेको बताउँदै उनले आफ्नो नेतृत्वमा आएको टिमले त्यो समस्यालाई आफै गएर भुक्तानी उठाउने काम गर्ने समेत बताए । उनले सम्बन्धितहरु संग सम्झौता गरेर मात्र विज्ञापन छाप्नुपर्ने बताए ।उनले भने,‘संचार गृहहरुलाई सवलिकरण गर्छौ । त्यो संचारगृहले पत्रकार आचारसंहिता अनुसार नेपाल सरकारले लागू गरेको श्रम ऐन अनुसार तलब दिदैन्न भने ति संचारमाध्यमहरुलाई के गर्नु पर्छ ? अब श्रमजीवि पत्रकारहरुको पक्षमा बोल्नुपर्छ । श्रमजीवि पत्रकारहरु सबैले नियुक्ति पत्र लियर काम गर्नुस् । तलब रोकिन्छ भने श्रम अदालतमा उभिनु पर्छ भने पनि हामी उभिन तयार छौ ।’
उनले आफु महासंघको नेतृत्वमा आउँदा संचारगृहरुले विज्ञापनको पैसा उठानन नसक्ने र श्रमजीवि पत्रकारलाई श्रममा लगाएर तलब दिन नसक्ने परिपाटीको अन्त्य गर्न अग्रसर हुने बताए ।
उनले पत्रकारिता क्षेत्रलाई मर्यादित ढङ्गले अगाडी बढाउनु पर्ने बताउँदै पत्रकारलाई समाजले हेर्ने दृष्टिकोण बदल्न जरुरत रहेको बताए । उनले भने: पत्रकार आउने बित्तिकै आतंकवादी आयो भनेर हाम्रो समाजले महशुस गर्नु हुदैनन् । किनभने हामीले पब्लिक र प्राईभेट म्याटरबीचको भिन्नता छुट्याउनु पर्छ । कसैका व्यक्तिगत कमिकमजोरी खोज्ने हैन ,व्यक्तिगत कमिकमजोरले यदि कसैको समुदायलाई असर पर्छ भने त्यो हाम्रो एजेन्डा हुनुपर्छ । समाचार बाहिर ल्याउनुपर्छ ।
उनले पत्रकारिता क्षेत्रमा आएका नयाँ पुस्तालाई क्षमता अभिवृद्धिको तालिमको आवश्यक रहेको भन्दै त्यस तर्फ आफुहरुको ध्यान गएको बताए । उनले हालको महासंघको नेतृत्वले सुरु गरेको पत्रकार उपचार कोष हाल पत्रकारले मात्र काषबाट उपचार गर्न पाउने अवस्था रहेको बताउँदै उनले आफु नेतृत्वमा आउँदा आउँदो दिनमा कोषलाई बढाएर कोषबाट पत्रकारको परिवारको सदस्यलाई समेत उपचार दिनसक्ने वातावरण बनाउने योजना रहेको बताए ।
उनले श्रमजीवि पत्रकारहरुले तलब नपाएको र परिवारको सदस्यहरु बिरामी पर्दा उपचार गर्न समस्या पर्ने गरेको समस्याहरु आईपर्ने बताउँदै महासंघले त्यस समस्या समाधान गर्न तर्फ ध्यान जाने बताए । उनले जिल्लामा रहेका पत्रकारहरुको व्यक्तिगत समस्यामा व्यक्ति÷संघसंस्थासंग सार्वजनिक विषयमा कुनैपनि सम्झौता गर्दैनन् आचारसंहितामा हिड्छन् भन्ने सन्देश समाजमा दिनुपर्छ भन्ने बाटो तर्फ बढाउन पत्रकारको हरेक समस्यलाई समाधान तर्फ लैजान महासंघलाई संगै अगाडी बढाउने आफ्नो कार्ययोजना रहेको बताए ।
उनले हाल जिल्लामा महिला पत्रकारहरु पेशाबाट पलाएन भईरहेको अवस्था रहेको बताउँदै पत्रकारिता क्षेत्रमा टिकाईराख्ने वातावरण आफ्नो नेतृव्वको महासंघले काम गर्न कार्ययोजना तयार रहेको बताए । उनले हाल नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले स्थापना गरेको जेष्ठ पत्रकार पेन्सन कोषको कार्यविधि बनाउन आफुले महत्वपूर्ण भूमिका निर्वाह गरेको समेत बताए । उनले हाल महासंघको आफ्नै भवन र पुस्तकालय रहेको बताउँदै त्यसलाई व्यवस्थित र मर्यादित गरेर महासंघलाई अगाडी बढाउनुको साथै संचारगृहहरु संग समन्वयकारी भूमिकामा रहँदै श्रमजीवि पत्रकारहरुको हकहितको लागि काम गर्न आफुलाई विजयी बनाउन सम्पूर्ण मकवानपुरका संचारकर्मीहरुलाई आग्रह गरे ।
भेलाले नेपाल पत्रकार महासंघको निर्वाचनमा गत निर्वाचनमा जस्तै चौतारीको नेतृत्वलाई विजयी गराउन अभियान सञ्चालन गर्ने समेत निर्णय गरेको प्रेस चौतारी नेपाल,मकवानपुरका सह–संयोजक पुष्पराज अधिकारीले जानकारी दिए । सह–संयोजक अधिकारीले अध्यक्षको उम्मेदवारी तय गरेको बताउँदै अन्य पदबारे भने केही दिनमै टुङ्गो लगाइने बताए । भेला तथा बैठक प्रेस चौतारी नेपाल, मकवानपुर शाखाका अध्यक्ष धर्मेन्द्र दाहालको अध्यक्षतामा भएको हो । ( खबरब्रेकबाट)
- गीताश्री शर्मा
१.
कलिलो घामको झुल्कोसँग सधैं हाँसेकी छौ
डाँफे मुनाल मैना चरीसँगै तिमी नाचेकी छौ
तिमीलाई सम्झँदा गौरवले छाती फुल्छ कन्चन
दुवै देशको सम्बन्धलाई दह्रो बनाई गाँसेकी छौ।
२.
ह्दयको बगैँचामा ढकमक फुलहरू फुलेसरी
भमराहरू खुशी खुशी फुलबारीमा झुलेसरी
कहिले लाग्छ यो जिन्दगी छरिएको बतास झैं
संसार हेर्ने रहर बोकी मनै मनले डुलेसरी।
३.
चुँडिएको सारंगी बोकी धून खोज्न निस्कन्छन् कोही
औंशीको रातमा पनि जून खोज्न निस्कन्छन् कोही
गाग्रो बोकी मरुभूमिमा पानी खोज्नु पर्ने विडम्बना कतै
उमालेको तरकारीमा केवल नुन खोज्न निस्कन्छन् कोही।
४.
मनकी चरी मेची पारी कहिले वारी तर्छे
कहिले हिमाल चढ्छे फेरि तराई झर्छे
दिएर नसकिने जिन्दगीको परीक्षा भन्दै
जित्ने कोशिश गर्छे सधैं हारको सूचीमा पर्छे।
५.
खुसी तिमी भयौ भने म त यसै खुसी हुन्छु
आँखा सामु देख्दा सधैँ हृदयले पाउ धुन्छु
मन प्राण र वचनले आफ्नो ठानिसकें मैले
छेउमा आई बसिदेऊ नयनले मुहार छुन्छु।
६.
दुई दिनको जिन्दगीमा हाँसेर जिउने गरे
च्यातिएको लुगालाई जतनले सिउने गरे
दुःख-पीर पछिसरी समेटिन्छन् खुसीहरू
कुवाको पानी पनि गंगाजल सोची पिउने गरे।
७.
कहिले ढक पल्लामा यो शरीर जोखिने
हिँड्दा हिँड्दै बिच बाटोमै ठप्प रोकिने
बाँचुन्जेल तेरो-मेरो गरेर के पाइन्छ खोई
खरानी बनेर कुन दिन पानीमै हो पोखिने।
८.
तिम्रो प्रत्येक प्रश्नको उत्तर खोजेँ तर पाइनँ
मान–सम्मान नघटोस् भनेर म छेउमा आइनँ
अफ्ठ्यारो परिस्थितिमा पार्दिनँ निर्धक्क बस्नु
आँखाको नानीभित्र राखेर बसौंला सामु छाइनँ।
९.
तिम्रा पनि पक्कै थिए मनभरि रहरहरू
सपनाका महल अनि घुम्न जाने सहरहरू
परिस्थिले बाँधिएर घर छोडी परदेशिंदा
पोलेको त्यो मनभित्र चाहनाका कहरहरू।
१०.
सकिनँ मैले खुसी हुन तिम्रो हृदय दुख्दाखेरी
थामिएन आँखाको झरी तिम्रो दह सुक्दाखेरी
दुई ज्यान एउटै मुटु भएर हामी हाँसेका थियौँ
हेरेर गगन कसरी हिँडौँ तिम्रो शिर झुक्दाखेरी।
११.
कहिले काहीँ मन पनि एकान्तमा रमाउँछ
झर्न खोज्ने मोतीलाई परेलीले समाउँछ
उपहारमा यादहरू गाड़ा भई बसिदिन्छ
गाडधनलाई जोगाएर नयाँ नाता कमाउँछ।
१२.
मिठो वचन सधैं हृदयबाट बोलिदिए
नराम्रा विचार र धारणालाई पोलिदिए
हरेक दिन प्रणय दिवस बन्ने थियो यहाँ
निश्वार्थ माया एक आपसमा घोलिदिए।
गान्तोक, सिक्किम
मकवानपुर । अख्तियर दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राही संग घुस लिएको आरोपमा विहीबार २ जना सरकारी कर्मचारी पक्राउ गरेको छ । मालपोत कार्यालय कञ्चनपुरका शाखा अधिकृत र काठमाडौ महानगरपालिकाका वडा सचिव सेवाग्राहीसँग घुस लिएको आरोप पक्राउ परेका हुन ।
मालपोत कार्यालयका शाखा अधिकृत लोकराज जोशीलाई सेवा ग्राहीसँग २४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
जग्गाको कित्ताकाटका लागि सहजीकरण गरेबापत सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा कार्यालय नजिकैको खाजा घरबाट बिहीबार स्रोत नखुलेको ५५ हजारसहित नियन्त्रणमा लिएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।
यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका ३० नम्बर वडा कार्यालय ज्ञानेश्वरका वडा सचिव भरतकुमार पोखरेलाई चार लाख रुपैयाँ घूस रकम सहित पक्राउ गरेको छ ।
निर्माण कार्य सम्पन्न पश्चात् बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग घूस रकम माग गरेको उजुरीपछि आयोगको कार्यालय टंगालबाट खटिएको आयोगको टोलीले अधिकृत छैटौँ तहका पोखरेललाई बिहीबार रंगेहात पक्राउ गरेको हो।
पोखरेललाई रकम सहित उनकै कार्यकक्षबाट आयोगले नियन्त्रणमा लिएको हो ।