मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । थपिएका ९ सयमा काठमाडौँ उपत्यकामा मात्र ३ सय ४८ जना संक्रमित भएका छन् ।
६ हजार १ सय ५८ जनामा परीक्षण गर्दा पीसीआरबाट ८ सय ३६ र एन्टिजेनबाट ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा संक्रमितको कूल संख्या २ लाख ८२ हजार ८ सय ९० जना पुगेको छ । पछिल्लाे २४ घण्टामा थप २ सय ८ जना काेराेना संक्रमण मुक्त भएका छन् भने थप ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ ।
हेटौंडामा काेराेना संक्रमित बढ्दै
यसै गरी बागमती प्रदेशको राजधानी हेटौंडामा पछिल्लो केहि दिनदेखि काेराेना संक्रमितकाे संख्या बढ्दै गएकाे छ । शुक्रबार हेटौंडामा थप २ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पुष्टि हुनेमा हेटौंडा-८ की २२ वर्षीया महिला र हेटौंडा-११ का ३४ वर्षीय पुरुष रहेका छन् । शुक्रबार १६ जनाको स्वाब परीक्षणमा थप २ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । विहीबार पनि हेटौंडामा १ जनामा संक्रमण पुष्टि भएको थियो । पुष्टि हुनेमा हेटौंडा ४ का ५० वर्षीय पुरुष रहेका थिए ।
शुक्रबार थपिएकाे २ जना सहित मकवानपुर जिल्लामा सक्रिय संक्रमितको संख्या १९ पुगेको छ । सक्रिय संक्रमितमा १२ जना पुरुष र ७ जना महिला रहेका छन् । सक्रिय संक्रमितमा १८ जना हेटौंडा उपमहानगरपालिका र १ जना थाहा नगरपालिकाका रहेका छन् ।
मकवानपुरमा हालसम्म पुष्टि भएका ३ हजार ९ सय १३ जना सक्रमितमा ३ हजार ८ सय ६२ जना संक्रमण मुक्त भएका छन् । मकवानपुरमा कोरानाको कारण हालसम्म ३२ जनाको मृत्यु भएको छ । काेराेनाकाे कारण मृत्यु हुनेमा सबैभन्दा बढी हेटौंडा उपमहानगरापलिकाका २६ जना,थाहा नगरपालिकाकमा र मनहरी गाउँपालिकाका २/२ जना रहेका छन् भने बकैया र बागमती गाउँपालिकामका १/१ जना रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
मकवानपुर । हेटौंडा–४ मा रहेको हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टी भएको छ ।
शुक्रबार विहान क्याम्पसको शौचालयमा तारसहितको शंकास्पद बस्तु देखिएको थियो । क्याम्पस गएका विद्यार्थीले शंकास्पद बस्तु देखेपछि व्यवस्थापनलाई जानकारी दिएका थिए । त्यसपछि व्यवस्थापनले प्रहरीलाई खबर दिएको थियो ।

भैसेबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले म्यानेजमेन्टमा भेटिएको बस्तु बम नभएको पुष्टी गरेको हो । क्याम्पसमा भेटिएको शंकास्पद बस्तु मानिसलाई झुक्याउन राखिएको बस्तु (होक्स) रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शंकास्पद बस्तु सेनाले डिस्पोज गरेको छ ।
मकवानपुर। हाल देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभावले ३ दिन मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाे अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बादल र बाँकी भू–भागमा आंशिक बादल रहेको उल्लेख छ। आज दिउँसो प्रदेश १ र सूदरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश १ र सूदरपश्चिम प्रदेशका लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुका थोरै स्थानमा मेघगर्जन, चट्टयाङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।
लमौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम बुलेटिनमा राती प्रदेश १ र सूदरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुने छ। प्रदेश १ र सूदरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकि पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन,चट्टयाङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार शनिबार दिउँसो देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा र तराईका एक दुई स्थानमा मेघगर्जन,चट्टयाङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राती देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन,चट्टयाङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। आइतबार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको र बाँकी भू–भागमा आंशिक बदली रहेको छ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राती देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। पहाडी भू–भागका थोरै स्थानमा अपरान्ह र साँझतिर मेघगर्जन,चट्टयाङ्ग रहावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
(जारी मिति २०७८-०१-०३ बिहान ६:०० बजे)
मौसम विश्लेषण (Meteorological Analysis):
हाल देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभाव रहेको छ।
हाल मौसमको अवस्था (Present Weather Status):
हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बादल र बाँकी भू-भागमा आंशिक बादल रहेको अवस्था छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ बैशाख ३ गते (शुक्रबार)
दिउँसो: प्रदेश १रसूदरपश्चिम प्रदेश लगायत अन्य प्रदेशकापहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १रसूदरपश्चिम प्रदेशका लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।
राती: प्रदेश १रसूदरपश्चिम प्रदेश लगायत अन्य प्रदेशकापहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १रसूदरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकि पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।
२०७८ बैशाख ४ गते (शनिबार)
दिउँसो: देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा र तराईका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।
२०७८ बैशाख ५ गते (आइतबार)
दिउँसो: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)
देशका पहाडी भू-भागका थोरै स्थानमा अपरान्ह/साँझतिर मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
२०७८ सालको पहिलो दिन बिताएका छौ । नयाँ वर्षको पहिलो दिनलाई पर्वकै रुपमा मनाउने गरिए पनि यो वर्ष कोरोना भाइरसको कारण खासै उल्लाषमय बन्न सकेन । यसो त २०७७ साल पनि कोरोनाकै कहरको बेलामा सुरु भएको थियो । २०७७ साल नेपालको ईतिहासमा धेरैले दुखको साथ सम्झने वर्षको रुपमा रह्यो । कोरोनाको महामारी, राजनीतिक अस्थिरतालगायतको कारण धेरैले पीडादायी रुपमा विश्लेषण गर्ने भए २०७७ लाई । राजनीतिक परिवर्तनमार्फत प्राप्त ऐतिहासिक उपलब्धिसँगै देशमा २०७७ सालमा फेरी राजनीतिक अस्थिरताको लागि दाउपेच सुरु भयो । जसले केन्द्रीय स्तरमा मात्रै हैन, स्थानीय स्तरसम्म राजनीतिक रुपमा गहिरो प्रभाव परेको छ।
गत वर्ष आर्थिक—सामाजिक रुपान्तरणसहित समृद्धितर्फको यात्रालाई तिब्र गतिमा अगाडि बढाउने र राष्ट्रलाई आत्मनिर्भर बनाउन तर्फ स्थानीय, प्रादेशिक तथा संघीय सरकारको तहबाट उल्लेख्य काम हुन सकेन । यसको दोष कोरोनालाई नै देखाइयो । जुन आमनागरिकको पनि जिम्मेवारी र दायित्वको सवाल थियो । स्वास्थ्य सुरक्षा र रोजिरोटीको जोहोमा मात्रै बितेको २०७७ लाई अब विस्तारै भुलेर नयाँ जोश, जाँगर र योजनाहरु लिएर हामी उठ्नुपर्छ । आम नेपालीले पीडादायी त्यो समयलाई बिर्सनको लागि प्रगतिका नयाँ आयामहरु खुल्नुपर्छ । तब मात्रै उल्लासका मुनाहरु टुसाउने छन्।
समृद्ध नेपाल र सुखी नेपाली नारालाई साकार पार्न, गलेका मनहरु, ढलेका जोश र हिम्मतहरु उठाउन अब नयाँ उत्साहको जरुरत छ । नयाँ उत्साहको लागि विगत जे जस्तो भए पनि त्यसलाई भुलेर, शोकलाई शक्तिमा बदलेर कर्म (काम) मा लाग्नु एकमात्रै विकल्प हो । तब मात्रै गन्तव्यलाई टु·ोमा पु¥याउन सकिन्छ । मर्म छाडौं कर्ममा विश्वास गरौं । नयाँ वर्ष २०७८ मा सबैलाई सकारात्मक उर्जा र सफलता प्राप्त होस् । बाधा व्यबधानबाट उन्मुक्ति मिलोस् सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना।