मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ४३ जना काेराेना संक्रमणमुक्त भएका छन् । याे सँगै हाल सम्म ३ लाख ६६ हजार ९ सय ४६ जना संक्रमणमुक्त भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
यसै गरी गत २४ घण्टाकाे अवधीमा ८ हजार ३ सय ५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । मन्त्रालयका अनुसार २२ हजार ८७ नमुना परीक्षण गर्दा ८ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८ सय ५२ पुगेको छ । हालसम्म ४ लाख ८८ हजार ६ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सक्रिय संक्रमित मध्ये १ लाख ८ हजार ३८ होम आइसोलसेसनमा छन् । संस्थागत आइसोलेसनमा ७ हजार ८ सय १४ जना संक्रमित छन् । उनीहरुमध्ये १ हजार ७ सय ४८ जना आईसीयूमा रहेकाेमा ४ सय ९२ जनालाई भेल्टिलेटरकाे सपोर्टमा रहेकाे मन्त्रालयले जनाएकाे छ ।
यसै गरी गत २४ घण्टाकाे अवधीमा कोरोना संक्रमणबाट थप १ सय ९० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाकारी दिएकाे छ । याे सँगै मृत्यु हुनेकाे संख्या ५ हजार ८ सय ४७ जना पुगेकाे छ ।
मकवानपुर/ बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा मतदान कार्यक्रम प्रदेशको राजधानी हेटौंडामा विहीबार सम्पन्न भएको छ । हेटौंडाको भुटनदेवी माध्यमिका विद्यालयमा बिहान ९ बजेबाट सुरु भएको मतदान कार्यक्रम अपराह्न ३ बजे सकिएको मुख्य निर्वाचन अधिकृत न्यायधिश डिल्लीरत्न श्रेष्ठले बताए । कुल ३४७ मतदाता रहेको निर्वाचनमा ३ सय ३८ मात्र मत खसेको छ ।
२ सय ३८ स्थानीय र १ सय १० प्रदेश सभासहित २ सय ४८ मतदाता रहेको निर्वाचनमा प्रदेश सभा सदस्य पशुपति चौलागाईको निधन भएपछि प्रदेश सभा सदस्य १ सय ९ रहेको छ । यस मध्ये ३ सय ३८ मात्र मत खसेको निर्वाचन आयोगले जनाएको छ । प्रदेश सभा सदस्यमा १ सय ५ जना र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा २ सय ३३ जना गरी ३ सय ३७ जनाले मतदान गरेको आयोगले जनाएको छ । उपनिर्वाचनमा प्रदेश सदस्य र अध्यक्ष/उपाध्यक्ष गरी ९ जनाले मत दिएनन् ।
मुख्य निर्वाचन अधिकृत श्रेष्ठका अनुसार उपनिर्वाचनमा प्रदेश सभाका ४ जना सदस्यहरुले मतदान गरेनन् । उनका अनुसार हिमाली गोले (माओवादी केन्द्र), रमेश पौडेल (विवेकशील साझा पार्टी), बिराज भक्त श्रेष्ठ (विवेकशील साझा पार्टी), शोभा शाक्य (विवेकशील साझा पार्टी) ले मतदान नगरेका हुन् । यसैगरी उपनिर्वाचनमा मत नहाल्ने ६ स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु रहेका छन् । निमा ग्याल्जेन शेर्पा (अध्यक्ष हेलम्बु गाउँपालिका) कोपिला पण्डित (उपाध्यक्ष हेलम्बु गाउँपालिका) सुनिल प्रजापति (नगर प्रमुख भक्तपुर नगरपालिका) युधिष्ठिर खड्का (अध्यक्ष विगु गाउँपालिका) कल्पना भण्डारी (उपाध्यक्ष,मेलुङ गाउँपालिका) रहेका छन् ।
बागमती प्रदेशमा रिक्त राष्ट्रियसभामा उपनिर्वाचन ३ जनाको उम्मेद्वारी रहेको छ । एमालेबाट गृहमन्त्री रामबहादुर थापा मगर,नेमकिपाबाट कृष्णबहादुर तामाङ र स्वतन्त्रबाट खिमलाल देवकोटा रहेका छन् । राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दिएका गृहमन्त्री थापालाई सूर्य चिन्ह, नेमकिपाका उम्मेदवार तामाङलाई मादल चिन्ह र काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका डाक्टर खिमलाल देवकोटालाई कलम चुनाव चिन्ह रहेको थियो । आवश्यक प्रक्रिया पुरा गरे पश्चात् केहि समयमै मतगणना सुरु हुने र मत परिणाम आज साँझसम्म सार्वजनिक हुने आयोगले जनाएको छ । आयोगले मत गणनाको नतिजा विहीबार नै सार्वजनिक गर्ने तयारी गरेको छ मतगणना कार्य भर्चुअल विधिबाट सुरु गरिसकिएको छ ।
- बैकुण्ठ पोखरेल
थाहा छ तिम्रो नयनमा
आँसु लुकेको छ
थाहा छ तिम्रो मुटुको
घाउ दुखेको छ
बिबस भएर नियाली रा छु
म मूकदर्शक भएर
थाहा छ तिम्रो मायाको
मुहान सुकेको छ।
के बदला लिन्छौ एक अर्का सँग,
दुबै जना खोक्रि सकेसी?
रस निचोरे को ऊखु झै चोक्री सकेसी?
कस्लाई देखाउदै छौ
त्यो खोक्रो स्वाभिमान?
पढ़ेलेखेको बौद्विक बर्ग भन्छौ
खै त तिम्रा पहिचान?
बदला ले हैन बदलिएर हेर
भेट्टाएर हैन भेटीएर हेर।
थाहा छ तिम्रो मन
भतभत पोलको छ
नियतिले सम्बन्धमा बिष घोलेको छ।
बिबस बनी नियलिराछु
म मुकदर्शक भएर
थाहा छ बितृष्णाले
अचार मोलेकोछ।
तिम्रो धरती बाँझो छैन भने
तिम्रो हलो खिईएको छैन भने
जोत धर्तीलाइ, सिंचाउ धर्तीलाइ,
मलजल गर, उरबराउ धर्तीलाई।
सास छउँजेल आस हुन्छ रे
हॅसाऊ धरती लाई।
अजम्बरी माया गाँस धरतीसँग।
थाह छ धरती रोएको छ
माया अनि अपनत्व खाेसिएकाे वेला
बिबस बनी नियालीराछु
म मूकदर्शक बनेर
थाहा छ शनि ले उसलाई छोएको छ।
गोदावरी, ललितपुर
मकवानपुर/ प्रदेशवासीकाे शान्ति सुरक्षाका साथै कोरोना नियन्त्रणलाई केन्द्रविन्दुमा राखेर स्थानीय प्रशासन र सुरक्षा निकायका जनशक्तिलाई उच्च मनोबल बनाएर सम्बन्धित कार्यक्षेत्रमा खटिन गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिएका छन् ।
आज विहीबार प्रदेशकाे राजधानी हेटौँडामा प्रमुख जिल्ला अधिकारी, बागमती प्रदेशका सुरक्षा निकाय, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतसँग भेटघाट गर्दै उनले यस्ताे बताएका हुन् । कोरोना नियन्त्रणका लागि प्रदेश सरकारसँग समन्वय गरेर जनतालाई कोरोनाबाट भयभित हुनबाट मुक्त तुल्याई उनीहरुको उपचार कार्यमा सहजीकरण तुल्याउन सम्बन्धित कार्यालय प्रमुखले आफ्नो स्रोत साधन परिचालन गरी सहयोग गर्न आग्रह गरे ।
मन्त्री थापालाई मकवानपुरका प्रजिअ भरतमणि पाण्डेले मकवानपुर जिल्लामा कोभिड सङ्क्रमण नियन्त्रणका लागि भइरहेको प्रयास जिल्लाको शान्ति सुरक्षाको अवस्था र जिल्लामा हाल जनतालाई पु¥याउनैपर्ने सेवाको लागि सामान्यरूपमा भए पनि कर्मचारी राखेर सेवा सुविधा दिइएको पनि जानकारी दिएका थिए । गृहमन्त्री थापाले जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनका विभिन्न कार्यकक्षको पनि अवलोकन गरेका थिए ।
मन्त्री थापाले प्रदेशका हरेक जिल्लामा जनतालाई शान्ति, सुरक्षा मानवअधिकारको प्रत्याभूति दिलाउन एवं अपराध नियन्त्रणका लागि सङ्घीय सरकारले हरप्रयासका साथ सीमित स्रोत साधन परिचालन गरी जनतालाई विश्वस्त तुल्याउन सरकार कटिबद्ध रहेको पनि उल्लेख गरे ।