मकवानपुर । राष्ट्रिय सभामा प्रस्तुत भएका ७ वटा अध्यादेश अस्वीकार गरेको सूचना संसद् सचिवालयमा दर्ता भएका छन् । राष्ट्रिय सभाका २ जना सदस्यले शुक्रबार ७ वटै अध्यादेश अस्वीकार गर्दै सूचना दर्ता गराएका हुन् ।
जनता समाजवादी पार्टी(जसपा)बाट सांसद प्रमीला कुमारी र मृगेन्द्रसिंह यादवले अध्यादेश अस्वीकार गर्नुको कारणसहित सूचना दर्ता गराएका छन् । उक्त अध्यादेशहरू संसद् छलेर ल्याएको, संविधानको भावना विपरीत रहेको, संसदीय अभ्यास र मान्यता विपरीत रहेको लगायतका कारण राष्ट्रिय सभाले अस्वीकृत गर्नुपर्ने सूचना पत्रमा उल्लेख छ ।
अस्वीकार गरिएका अध्यादेशहरूमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, शपथसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षासम्बन्धी अध्यादेश, आर्थिक अध्यादेश, रेलवे अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश र विनियोजन अध्यादेश छन् ।
त्यस्तै, काँग्रेसले पनि अध्यादेश अस्वीकारको सूचना संसद् सचिवालयमा दर्ता गराएको छ । राष्ट्रिय सभाको बिहिबारदेखि प्रारम्भ आठौँ अधिवेशनको पहिलो बैठकमा सरकारले विभिन्न १६ अध्यादेश पेश गरेको थियो ।
संसदमा छलफल गरेर अघि बढाउनुपर्नेमा प्रतिनिधिसभा विघटन गरी ल्याइएको अध्यादेश तथा कतिपय विधेयकहरु संसदमा विचाराधीन हुँदाहुँदै अध्यादेशमार्फत ल्याउँदा संसदीय अभ्यास र मर्यादा विपरीत भएको कांग्रसको तर्क छ । सांसदहरु राधेश्याम अधिकारी, अनिता देवकोटा, प्रकाश पन्थ र खिमलाल देबकोटाले आज सङ्घीय संसद् सचिवालयमा अध्यादेश अस्वीकार गर्ने सूचना सचिवालयमा दर्ता गरेका हुन् ।
राष्ट्रिय सभाकाे अर्काे बैठक असार २० गते बस्नेछ ।
मकवानपुर । नवोदय साहित्यिक बगैँचा बाल क्लवको आयोजनामा एकदिने मुक्तक प्रशिक्षण कार्यक्रम शुक्रबार भएको छ ।
विद्यार्थीमाझ मुक्तक लेखन सीपको विकास गराउनुको साथै मुक्तकप्रति रुची राख्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको नवोदय विद्यालयका नेपाली विषयका शिक्षक उपेन्द्रराना मगरले जानकारी दिए । कार्यक्रममा कक्षा ६ देखि १० सम्मका करिव १ सय जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा नेपाली विषयका शिक्षक रोशन चौलागाई, उपेन्द्रराना मगर, कल्पना निरौला, भवानी सापकोटालगायतको आतिथ्यता रहेको थियो ।
भर्चुअल प्रविधिबाट भएको प्रशिक्षण कार्यक्रममा हेटौंडा क्याम्पसका नेपाली विषय प्राध्यापक मनोज पोखरेलले सहजीकरण गरेका थिए । नवोदय साहित्यिक बगैँचा बाल क्लवका सदस्य तथा कार्यक्रम संयोजक स्तुती गुरागाईँको अध्यक्षतामा कार्यक्रम भएको हो ।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको माग अनुसार अध्यक्ष केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएमा ४६ जना केन्द्रीय सदस्य नेकपा (एमाले) केन्द्रीय कमिटीबाट बाहिरिनेछन्।
३ जेठ २०७५ मा नेकपा एकीकरण हुँदा एमालेबाट २४१ र नेकपा (माओवादी केन्द्र)बाट २०० गरी ४४१ जना केन्द्रीय कमिटीमा परेका थिए। एमालेले ४६ जना थपेर २४१ जनालाई केन्द्रीय कमिटीमा पठाएको थियो।
नेपाल पक्षले एमालेका सबै कमिटीहरू २ जेठमा फर्किए मात्रै आन्तरिक विवाद समाधान हुने बताएको छ।
यो पक्षको माग पूरा हुँदा ३ जेठ २०७५ मा थपिएका खगराज अधिकारी, गोकुल बाँस्कोटा, युवराज खतिवडा, महेश बस्नेत, रामेश्वर फुँयाल, देवी ज्ञवाली, नरेश खरेल लगायत केन्द्रीय कमिटीमा पर्दैनन्। थपिएकामध्ये अधिकांश ओली पक्षका छन्।
३ जेठमा थपिएका केन्द्रीय सदस्यहरूः
१) खगराज अधिकारी २) गोकुल बाँस्कोटा ३) महेश बस्नेत ४) विष्णु रिजाल ५) नरुलाल चौधरी
६) डोरमणि पौडेल ७) तिलकुमार मेन्याङ्बो ८) राजेन्द्र गौतम ९) आनन्द पोखरेल
१०) कैलाश ढुंगेल ११) गुरुप्रसाद बराल १२) युवराज खतिवडा १३) बलराम बाँस्कोटा
१४) केशवलाल श्रेष्ठ १५) रामेश्वर फुँयाल १६) कृष्ण राई १७) वसन्त मानन्धर १८) निरज आचार्य
१९) रवीन्द्र अधिकारी (नवलपुर) २०) विनोद ढकाल २१) महेश रेग्मी २२) भानुभक्त जोशी
२३) गौरी ओली ४) समिम मियाँ अन्सारी २५) प्रमोदनारायण यादव २६) लीला भण्डारी
२७) अइन्द्रसुन्दर नेम्वाङ २८) चन्द्रबहादुर शाही २९) देवेन्द्र दाहाल ३०) अच्युत मैनाली
३१) देवी ज्ञवाली ३२) रामेश्वर रानामगर ३३) नरेश खरेल ३४) विनोद श्रेष्ठ ३५) श्रीनाथ बराल
३६) एकबहादुर राना ३७) लक्ष्मण ज्ञवाली ३८) शारदा सुवेदी ३९) गोविन्दविक्रम शाह
४०) उमा कोइराला ४१) लालबहादुर विश्वकर्मा ४२) दीपक देवकोटा ४३) राजेन्द्रसिंह रावल
४४) विमला घिमिरे ४५) नारायण सिलवाल ४६) दिलकुमारी पन्त
https://www.himalkhabar.com/news/124753
मकवानपुर । एमाले मकवानपुर नेता खेमराज सापकोटासहित ७ जना कांग्रेस प्रवेश गरेका छन् ।
सापकाेटा सहित एमाले जिल्ला सदस्य कृष्णप्रसाद ढुंगाना, रामजी घिमिरे, गाउँ कमिटी सदस्य देवराज सापकोटा, युवा संघका केन्द्रीय सदस्य रामचन्द्र रेग्मी, जिल्ला सचिवालय सदस्य रामचन्द्र रेग्मी र एमाले संगठित सदस्य तिर्थराज हुमागाई शुक्रबार कांग्रेस प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा उनीहरूलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले पार्टीको सदस्यता प्रदान गरेका थिए । कार्यक्रममा नगरसभापति आनन्दराम पराजुली, हेटौंडा-६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, नेताहरू उत्सव इटेनी, विष्णु खनाल लगायतको उपस्थिति रहेको थियो ।
निर्वाचन आयोगलाई अर्थ मन्त्रालयले ७ अर्ब ७२ करोड दिने सहमती भएकाे छ ।अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाखसम्म खर्च गर्न दिने भएको हाे ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा अर्थबाट प्राप्त रकम खर्च हुने बताइन्छ ।
२०७८ कार्तिक २६ गते शुक्रवार पहिलो चरण र मंसिर ३ गते शुक्रवार दोस्रो चरण गरी दुई चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले उक्त सहमति दिएको बताइएको छ ।