नेकपा एमाले स्थायी कमिटीको बैठक जारी छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा स्थायी कमिटीको बैठक बसेको हो ।
शनिबारलाई बोलाएको बैठक एकताका लागि सहमति जुटाउन भन्दै स्थगित गरिएको थियो । तर, सहमति नजुटेपछि माधव नेपाल पक्षका नेताहरु आइतवारको बैठकमा सहभागी भएका छैनन् । उपाध्यक्ष वामदेव गौतम भने आइतबारको बैठकमा सहभागी छन् ।
आइतबारको बैठकमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरण छलफलका एजेण्डा तय गरिएपनि त्यसबाहेक माधव समूहका नेतामाथिको कारवाहीबारे समेत छलफल हुने ओली पक्षका नेताहरुको भनाइ छ ।
यसअघि ओली पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोध्ने र कारवाही गर्ने भनेपनि बीचैमा रोकिएको थियो । राताेपाटीबाट
मकवपानपुर । नेपालमा नेपालमा २ हजार ५ सय ६८ जना काेराेना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ हजार ५ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भए सँगै संक्रमित थपिएका हुन् । १२ हजार ६३६ जना मध्य पीसीआर विधिबाट १ हजार ९ सय ८१ जना र एन्टिजेन विधिबाट ५ सय ८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।
मन्त्रालयका अनुसार साेही अवधिमा थप २ हजार २० जना संक्रमणमुक्त भएका छन् । याे समेत नेपालमा कुल संक्रमितमध्ये ६ लाख ५६ हजार १ सय ९७ जना संक्रमणमुक्त भइसकेका छन् । सक्रिय संक्रमितमध्ये २८ हजार ६३ जना होमआइसोलेसनमा, ३ हजार २ सय ३५ जना संस्थागत आइसोलेसनमा, ६ सय ७७ जना आईसीयूमा र १ सय ६९ जना भेन्टिलेटरमा उपचाररत रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा ९ हजार ८७५ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ लाख ९५ हजार १ सय ३२ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । हालसम्म ४० लाख ६४ हजार २ सय ८८ जनाले पहिलो मात्रा र १८ लाख १३ हजार ४ सय ७१ जनाले पूर्ण मात्रा खोप लगाइसकेकाे मन्त्रायलकाे तथ्याङ्कमा उल्लेख छ ।
मकवानपुरमा थपिए ८८ जना काेराेना संक्रमित
मकवानपुरमा काेराेना संक्रमण पुष्टि हुनेको संख्या बढ्दै गएको छ। जिल्लामा पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना पुष्टि भएको छ । ८९ जनामा पीसीआर र ५६ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ७९ जना र ९ जना गरी ८८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या १३ हजार ३ सय ७७ पुगेको छ ।
यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमण निको भएका छन् । यो संगै जिल्लामा कोरोना निको हुनेको संख्या १२ हजार १ सय ७३ जना पुगेका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको कार्यलयले जनाएको छ । जिल्लामा हालसम्म कोरोनाबाट १ सय ४३ जनाको ज्यान गएको छ ।



मकवानपुर । नेपाली सेनाकाे कायम मुकायम प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।
सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी हुन् ।
नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाको तीन वर्ने पदावधि भदौ २४ बाट समाप्त हुँदैछ ।थापाले अनिवार्य अवकास पाउने भएपछि राष्ट्रपति भण्डारीले सो पदमा शर्मालाई नियुक्त गरेकाे राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत् जनाएको छ ।

उत्तरपूर्वी चीनमा भेटिएका हड्डीमा गरिएको खोज अनुसार भेटिएको नयाँ मानव प्रजाति नै मान्छेको सबैभन्दा नजिकका पुर्खा भएको वैज्ञानिकहरुले घोषणा गरेका छन् ।“ड्रागन म्यान” समेत भनेर चिनिने होमो लोंगी प्रजाति मान्छेको नजिकको पुर्खा भएको वैज्ञानिकहरुले बताएका छन् । १९३० को दशकमा हेइलोङजियाङ प्रान्तको सहरमा ‘हर्बिन क्रेनियम’ भेटिएका थिए । तर जापानी सेनाबाट जोगाउन त्यसलाई ८५ वर्षसम्म इनारमा राखियो ।
पछि २०१८ मा त्यसलाई उत्खनन गरी हेबेइ युनिभर्सिटीका प्राध्यापक जी कियाङलाई हस्तान्तरण गरिएको हो। “हाम्रो विश्लेषण अनुसार हर्बिन समूह अरु भन्दा ज्यादै नजिकबाट मानव जातिसँग सम्बन्धित छ । निएन्डरथल्स भन्दा पनि हर्बिन हाम्रा नजिकका पुर्खा हुन्,” लण्डनस्थित नेचुरल हिस्ट्री म्युजियमका अनुसन्धाता क्रिस स्ट्रिंगरले भने ।
स्ट्रिंगरले पछिल्लो ५० वर्षको अवधिमा हर्बिन हड्डी जत्तिको महत्वपूर्ण जीवाश्मा कहिल्यै नदेखेको प्रतिक्रिया दिएका छन् । “हर्बिन हड्डी पछील्लो ५० वर्षको अवधिमा मैले देखेको सबैभन्दा महत्वपूर्ण जीवाश्मा हो । यसले के देखाउँछ भने पूर्वी एसिया र चीनले मानव कथा सुनाउन कति महत्वपूर्ण छ त ।”
यो नयाँ खोजबारे विस्तृतमा लेखिएका तीनवटा निश्कर्ष सामग्री शुक्रबार द इनोभेशन जर्नलमा प्रकाशित भएका छन् । अनुसन्धान अनुसार होमिनी होमो लोंगी हेइलोङजियाङ क्षेत्र वा ब्ल्याक ड्रागन रिभरबाट आएका थिए । उक्त अनुसन्धान अनुसार ती हड्डी कम्तिमा १ लाख ४६ हजार वर्षअघिका हुन् । तिनको नाम ड्रागन म्यान राखिनुको कारण ड्रागन नदीको नाम भएको बताइन्छ ।
अनुसन्धाता स्ट्रिंगरले भनेका छन्, “यसले पूर्वी एसियामा आफ्नै विकासवादी इतिहाससँगै तेस्रो मानव वंशलाई स्थापित गर्छ । र मानव विकासका लागि यस क्षेत्र कति महत्वपूर्ण थियो भनेर पनि देखाउँछ ।” विभिन्न संचार माध्यममा प्रकाशित समाचार साभार गरिएकाे
अर्पण योन्जन ‘पारिजात’
प्यारो राजा
बिहानिको मधुर उज्यालोमा
मर्स्यङ्गदिको कलकल बहाब संगै
गैरी खेतको हरिया आलि
छङ्गछङ्ग गरेर झर्दै गरेको समहाका
सेता निला पानीको प्रवाहसंगै
तिमीसंग मेरो पहिलो भेट भएको थियो
र, तिमीलाइ जिस्काउदै भनेको थिए
आज कसै संग भेट हुन पनि
ब्याकरणहरु मिल्नु नपर्ने रहेछ !
कर्तव्य र जिम्मेवारीको
आकास जस्तो भारी पिठ्युँमा कसेर
सायद त्यो दिन म पर्देशिदै थिए
अनेकौ रहर र बाध्याताहरु बोकेर
भोलि उदाउने बिहानीसंगै
मेरो सुखको बिहानी उदाउने आसमा
जीवन भन्दा पनि लामा दुख बिर्सिएर
गोरखपुरको रेलको अन्तिम डिब्बामा बसेर
यात्रा नापिरहेका थियौ दुबै
छक छक छक छक छक
रेलको अट्टहास लाग्दो
बिरक्तिलो आवाज संगै
नभनेरै हृदयले सुनेका
शुरु गरेका थियौँ एउटा प्रेम कहानी
गोरखपुरबाट छुटेको रेलको डिब्बा
कटिहार र गंगा जमुना ब्रंहापुत्र हुँदै
लिकहरुको लम्बाई नापेर
बम्बै रवना भएको
रेलको झ्यालमा बसेर
तिनै झ्यालको सिसामा अनुहार देखाउदै
तिमिले भनेको थियौ,
महाराज !
हेरत, कति हसिलोछ तिम्रो अनुहार
मैले तिम्रो आखालाई जवाफ दिएको थिए
सायद !
तिम्रो आखाको रानी भित्र
पहिलोपटक प्रेमको स्पर्श गरेको थिए !
समिरको चिसो झोकाले हिर्काएर
तिम्रो केशरासी हरुले
मेरो अनुहारमा काउकुती लगाउन आइपुग्थे
म मदहोसी पिए झै भुतुक्क हुन्थे
तिमी लजाएर झनै पानीपानी हुन्थ्यौ
मानौ भर्खरै लालुपाते फक्रीएकोछ,
र, तिम्रो कोमल चेहेरामा बैँस फुलेको देख्थे
मानौ माथी आकाशमा पुर्णिामा को दिन
जुन बैशालु भएर लजाएको छ,
एउटा कथा बोकेर एक तमासले
सापना खोज्दै क्षितिज नियालेर
तिम्रो गालामा टप्लक्क मेरो आँसु झर्दा
पुलुक्क मलाइ नियालेर चस्मा झिक्दै
मलाइ आफ्नो अंगालोमा कसेर
सुटुक्क भनेको थियौ
‘पारिजात’, परदेश नजाउन है रु
तर मलाइ हतार थियो जिन्दगी संग
मलाइ हतार थियो धेरै पैसा कमाउनु सँग
तैपनि हतार छ भन्नै सकिन तिमी संग
किनकी !
हतार छ मलाइ भन्नू,
तिमि सँग टाढिनु जतिकै थियो
तिमी संग टाढिनु भनेको
म आफ्नै शरीर संग श्वास छुटाउनु जस्तै थियो
र, चुपचाप हिडिरहे तिमीसंगै
पुर्ब बाट पश्चिम दौडिरहेको घाम जस्तै
दिन महिना बर्ष बितेछ आज त्यो पल
जतिबेला तिमिले पर्देश नजाउ भन्दै
अंगालोमा बेरेर मेरो आँसु पुछेको थियौ
तर, आज बिहानै खबर सुने
तिमिले सिउदोको सिन्दुर भुल्यौरे
ममताको छाती भुल्यौरे
म संगैको त्यो जिन्दगी को यात्रा भुल्यौरे
र, मन चिसो भो
मन र तन तताउने भनेका यादहरुका टुक्रा रहेछन
तिमी संगको यादहरुमै आँखा ओसिलो पारे
धुजाधुजा भएको सपनाहरु
सम्झनामा तिमी संगको पहिलो यात्रा
मैले आज बाट बिट मारे
अनि सोचे–
जिन्दगी को जोडघटाउमा
मान्छेले पनि क्रय बिक्रय हुनुपर्ने रहेछ
भोगाइका क्याल्कुलेटर हरु पनि रोकिनुपर्ने रहेछ
र आज त्यो गोरखपुरको रेल रोकिए पनि
तिमी संगको याद हरु रोकिने छैनन निस्ठुरी
अनि मन गाठो पारेर दरो बाँधे
यदि कुनै गजलको रदिफ र काफिया जस्तो
कुनै कथाको अनुच्छेद जस्तो
कुनै कविताको हरफ जस्तो
कुनै गितको अन्तरा जस्तो
कुनै संगितको सरगम जस्तो
नमिलेका अलिअली काटेर मिलाए जस्तै
नमिल्ने रहेछ मान्छेको जिन्दगी
जस्तो चाहयो अक्षर हरु फेर्न सकियोस
शब्द र भाव हरु बदल्न सकियोस
नमिलेका हर्स्व दीर्घ बनाउन सकियोस
तिमीले अन्तिम पटक लेखेको पत्र हरु
आज पनि पल्टाउदै पड्दैछु
तिमिले लेखेका छौ
मर्स्याङ्दी पहिले झै संग्लो बग्दैन
गैरिखेतको समहा हरु पहिले झै झर्दैनन
तिमिले टालेर गएको खेतको आलि हरु
फुटेर झर्न मात्रै बाकी छ,
तिमी र मैले बगाएको त्यो कागजको डुङ्गा
कहाँ बिलायो अब कहिले भेटिने छैन
त्यसैले महाराज !
मनको मर्स्याङ्दिमा बाढी आएपछि
यस्पाली तन्को मझेरिमा धान रोपिएन
हामी संगैको तस्बिर धुमिल भैसक्यो
आदि, इत्यादी
हो रहेछ, प्यारो राजा
आज तिम्रो पत्रको भावहरु बल्ल बुझ्दैछु
न रहयो बाचा कसम
न रहयो त्यो खेत
त्यो नदि नाला
र रहेन अब मसंग केही
यादहरुसंगै
यो पत्र लेख्ने मान्छे पनि
२०७८ श्रावण ७