मकवानपुर । नेपाली काँग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान समय बढाएर ९ बजेसम्म कायम गरिएको छ। जारी रहेको छ। मंगलबार राति ८ बजेसम्म ३ हजार ४ सय मत खसेको छ निर्वाचन समितिले जनाएको छ ।
मतदानका लागि कुल ४ हजार ७ सय ४३ प्रतिनिधि रहेका छन् । दोस्रो चरणको मतदान हुँदा सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भएकाे छ ।
नेपाली काँग्रेसको सभापति पदका लागि भएको मतदान नतिजाविहीन बनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता कायम गरेता पनि विधानअनुसार ५० प्रतिशत भन्दा बढी मत पाउन नसकेपछि अब दोस्रो चरणको मतदान हुने भएको छ । दोस्रो चरणको मतदान आजै हुने र परिणाम पनि आजै आउने नेताहरुले बताएका छन् ।
कुल ४ हजार ६सय ८१ मतदातामध्ये देउवाले २ हजार २ सय ५८ मत पाएर पहिलो भएका छन् । तर, ५० प्रतिशत मत कटाउनका लागि उनलाई ८२ मतले साथ दिएन । दोस्रो स्थान हासिल गरेका डा. शेखर कोइरालाले १ हजर ७ सय २९ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा प्रकाशमानसिंहले ३ सय ७१ मत पाएका छन् भने विमलेन्द्र निधिले २ सय ४९ मत पाएका छन् । सभापतिका अर्का दाबेदार कल्याण गुरुङले २० मत पाएका छन् ।
नेपाली काँग्रेसमा शेरबहादुर देउवाको विकल्पमा नयाँ नेतृत्व आउनुपर्ने बताइरहेका प्रकाशमान, विमलेन्द्र निधि र कल्याण गुरुङले पाएको मतसमेत जोड्दा देउवाको भन्दा बढी हुन जान्छ । तर, देउवाको विकल्प खोज्नेहरुले साझा उम्मदेवार नउठाएका कारण पहिलो चरणमा कसैले पनि जित हात पार्न नसकेको हो ।
दोस्रो चरणको चुनावमा विमलेन्द्र निधिले देउवालाई नसघाउने यसअघि नै घोषणा गरिसकेका छन् भने प्रकाशमानले के गर्छन् भन्ने अझै खुलेको छैन । तथापि उनले मत माग्ने बेलामा नेपाली काँग्रेसमा नेतृत्व परिवर्तन हुनेपर्नेमा जोड दिएका थिए ।
मकवानपुर । नेपाली चलचित्र ‘चपली हाइट ३’ पुष १५ गते सार्वजनिक प्रदर्शनी हुने भएकाे छ। आगामी पुष २ शुक्रबारबाट रिलिजकाे तयारीमा रहेकाे चलचित्र ‘चपली हाइट ३’ दुई साता पछि रिलिज हुनेछ।
फिल्मका निर्माता अर्जुन कुमारले एक विज्ञप्ती जारी गर्दै आफूहरुले फिल्म सारेको जनाएका छन्। ‘यसपाली मेरो चलचित्र ‘चपली हाइट ३’ यही पौष २ गतेबाट प्रदर्शनमा आउने भनिएकोमा विविध कारणबस उक्त मितिमा ‘चपली हाइट ३’को प्रदर्शन नहुने जानकारी दुःखका साथ गराउदछु। हाम्रो चलचित्र आगामी पौष १५ गते रिलिज हुने जानकारी गराउदछु’, विज्ञप्तीमा उल्लेख छ।
अर्जुनले ‘विविध कारणबस’ भनेर उल्लेख गरे पनि पुष २ गते हलिउड फिल्म ‘स्पाइडर म्यान’ र दक्षिण भारतीय फिल्म ‘पुष्पा द राइज’ रिलिज हुँदैछ। जसकारण अर्जुनले आफ्नो फिल्मलाई दुई साता पछाडि सारेका छन्। निकेश खड्का निर्देशित फिल्म ‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, आमिर गौतम लगायतका कलाकारको अभिनय छ।
मकवानपुर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उम्मेदवारी दिएका पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ। निर्वाचन समितिले राष्ट्रिय सभागृहमा प्रकाशन गरेको नामावली अनुसार सभापतिमा ५, उपसभापतिमा ७, महामन्त्रीमा ६ र सहमहामन्त्रीमा १९ जनाको उम्मेदवारी छ।
कांग्रेसमा पदाधिकारी र केन्द्रीय सदस्यगरी १४३ पदका लागि निर्वाचन हुँदैछ। शनिबार ५ सय ४८ जनाले उम्मेदवारी दर्ता गराएको मा ५५ जनाले मनोनयन फिर्ता गरेका छन्। सभातिमा उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपानेले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
महाधिवेशनबाट केन्द्रीय समितिको विभिन्न पदमा उम्मेदवारी दिएका ५६ जनाले मनोनयन फिर्ता लिएका छन् ।
पदाधिकारीमा उम्मेदवारी दिएका २ जना र केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका ५४ जनाले आइतबार मनोनयन फिर्ता लिएका हुन् । शनिबार उम्मेदवारी दर्ता गरेकाहरुलाई शनिबार दिउँसो साढे १२ बजेसम्म मनोनयन फिर्ताको समय दिइएको थियो ।
उक्त समयमा सभापति पदमा उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपाने र सहमहामन्त्रीमा उम्मेदवारी दिएका सुरेन्द्र चौधरीले उम्मेदवारी फिर्ता लिए । न्यौपानेले शेखर कोइरालालाई समर्थन गरे भने चौधरीले शेरबहादुर देउवा प्यानलका सहमहामन्त्रीलाई समर्थन गरे ।
उम्मेदवारी फिर्ता लिने ५४ केन्द्रीय सदस्य भने विभिन्न क्लस्टरका छन् । उम्मेदवारी फिर्ता लिनेको सूची हेर्नुहोस् ।
फिर्ता लिनेहरुमा जंगीलाल राय (प्रदेश-२), सञ्जयकुमार राय यादव (मधेशी), गोविन्दबहादुर बोहरा (सुदूरपश्चिम), मीनबहादुर विश्वकर्मा (दलित), सीताराम महतो (मधेशी), जुनाकुमारी दानी (खसआर्य), दीपक अधिकारी (खसआर्य), भीमार्जन आचार्य (खुल्ला), इन्दिरा थापा (प्रदेश-१), गणेशकुमार मण्डल (मधेशी), बीना पौडेल (महिला) रहेका छन् ।
त्यस्तै भक्तबहादुर बलायर, माया राना (जनजाति), गोपीलाल विक (दलित), मीनाकुमारी थापा (महिला),विष्णु पौडेल (खसआर्य), अनु गुरूङ (जनजाति), शकुन्तला थापा (महिला), महेशकुमार कर्मैचा (आदिवासी जनजाति), सिंहबहादुर राना (जनजाति), संगीता मण्डल (खुल्ला), सीता पौडेल (प्रेदश-१), कमलप्रसाद भुसाल (लुम्बिनी प्रदेश), उमेश कुमार बस्नेत (खसआर्य)ले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
उम्मेदवारी फिर्ता लिनेहरुमा माधवप्रसाद आचार्य (लुम्बीनी प्रदेश), केशवप्रसाद चन्द (सुदूरपश्चिम प्रदेश), विमल धमला, निरबहादुर विक (दलित) राजुराज जोशी (बागमती प्रदेश) गजेन्द्रबहादुर हमाल (लुम्बlनी प्रदेश), रवीन्द्रमान श्रेष्ठ (खुल्ला), दामोदर भुसाल (खुल्ला), हरिमोहन भण्डारी (खसआर्य), गणेशबहादुर खत्री (अपाङ्ग), लोकप्रसाद संग्रौला (खस आर्य), महेश नेपाली (दलित), बाला अधिकारी (खुल्ला) रहेका छन् ।
मुरारीप्रसाद आचार्य (खुल्ला), डा. खगेन्द्र पाण्डव अधिकारी (खुल्ला), देवराज भट्टराई (अपाङ्ग), टेकनारायण महतो (थारु), राजेन्द्र जैसवाल (मधेशी), पार्वती शाह (खसआर्य), इस्तियाक मोहमद खाँ, वीरबल राई (प्रदेश-१), केशव थापा (खुल्ला), माया क्षेत्री बराल कार्की (खसआर्य)ले पनि उम्मेदवारी फिर्ता लिएक छन् ।
भूमिप्रसाद राजवंशी (आदिवासी जनजाति), प्रकाश महर्जन (आदिवासी जनजाति), रोहित विश्वकर्मा (दलित), टेकनारायण पाण्डे (अपाङ्ग), देवीप्रसाद चौधरी (थारु), उत्तमप्रसाद चापागाई (खुल्ला), युवराज गुरूङ (आदिवासी जनजाति), तिलप्रसाद सुब्बा (जनजाति) र राजेन्द्रबहादुर गोर्खाली (राजु) खुल्लाबाट उम्मेदवारी फिर्ता लिएका हुन् ।
















चितवन । गजल मन्च चितवनले स्वर्गीय अध्यक्ष द्वारिका नेपाललाई सम्झदै गजलसङ्ग साताैँ श्रृङखला सम्पन्न गरेकाे छ । चितवन साहित्य परिषदकाे सभाहलमा शनिबार आयोजना गरिएकि उक्त श्रृङखलामा गजलकारहरु दिलु थापा मगर ,नवराज ढकाल ,विक्रम ढकाल अनुराग , सरस्वती पाैडेल र अविरत शुमनले वेजाेड गजल वाचन गरेका थिए ।
साहित्यकार द्वारिका नेपालकाे निधन पश्चात् पहिलाे कार्यक्रम गरेकाे गजल मन्चले स्वर्गीय नेपालकाे आत्माको चिरशान्तिका लागि माैन धारण समेत गरिएको थियो ।

स्वर्गीय द्वारिका नेपालकाे स्मृतिमा गजल मन्च चितवनले स्थापना गरेकाे अक्षय काेषकाे घाेषणा गरिनुका साथै गजलकार चेतनाथ रुवालीकाे आमा र अमला अधिकारीकाे आश्रय गजल कृति लाई रमादेवी हिरालाल स्मृति पुरस्कार सँयुक्तरुपमा प्रदान गरिएको थियाे । पुरस्कारको राशि १० हजार १ सय१ रुपैयाँ रहेकाे छ । राशिकाे काेष वृद्धि गरिदैलै जाने कार्यवाहक अध्यक्ष लेखराम सापकाेटाले बताए । कार्यक्रम सापकोटाकाे सभाध्यक्षतामा भएकोमा सचिव रामकृष्ण अनायासद्वारा सहजिकरणगरिएको थियाे । सदस्य अम्विका कार्कीद्वारा स्वागत गरिएको थियाे ।
चितवन र आसपासका वरिष्ठ साहित्यकार , गजलकारहरुकाे वाक्लाे उपस्थिति रहेकाे साे गजलसङमा स्वर्गीय द्वारिका नेपालकाे याेगदानकाे चर्चा समेत गरिएको थियाे ।
द्वारिका नेपालको गत दशै समय्मा मस्तिष्कघातका कारण निधन भएकाे थियाे ।