मकवानपुर/सन्चारिका समूह मकवानपुरले पत्रकार महिलाहरूको लागि नि:शुल्क सेनिटरी प्याड उपलब्ध गराउंदै आएकोमा पत्रकार महासंघ जिल्ला शाखाले यसको अभिभावकत्व ग्रहण गरेको छ ।
सन्चारिका समूह मकवानपुरले गत ८ मार्च (महिला दिवसको दिन) बाट निशुल्क सेनिटरी प्याड उपलब्ध गराउंदै आएकोमा आगामी दिनमा प्याडको उपलब्धताको जिम्मेवारी पत्रकार महासंघ जिल्ला शाखाले लिएको हो । “पत्रकार माहिलाको लागि चाहिए जति सेनिटरी प्याडको व्यवस्थापन गर्ने जिम्मेवारी महासंघले लिएको छ,वितरणको पाटो सन्चारिकाले नै गर्ने छ” महासंघ जिल्ला अध्यक्ष मणिराज गौतमले भने ।
सेनिटरी प्याड सन्चारिका समूह जिल्ला शाखालाई हस्तान्तरण कार्यक्रम अध्यक्ष गौतमले महासंघ पत्रकार महिलाको स्वास्थ्य प्रति सचेत र साथसाथा रहेको बताए ।
सेनिटरी प्याड वितरण कार्यक्रममा पत्रकार महासंघ केन्द्रिय सदस्यीय सुनिल खड्काले मानवीय संवेदनाको विषय भएकाले सञ्चारगृहहरुमा अनिवार्य सेनेटरी प्याड तथा प्राथमिक उपचारका सामग्री राखिनु पर्ने बताए ।
कार्यक्रम पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष सम्झना कार्की, पुर्व अध्यक्ष प्रताप बिस्ट, सन्चारिका समूह बागमती प्रदेश अध्यक्ष सरिता दाहाललगायतले
आर्थिक रूपमा सेनिटरी प्याड खरिदको बिषय सामान्य भए पनि यो कार्यले महिलाको स्वास्थ्य संवेदनशीलतामा पुरूषहरू पनि संगै छौ भन्ने दर्शाउने बताए ।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षमा कार्यक्रम भएको हो । कार्यक्रममा अध्यक्ष गौतमले महिला पत्रकारहरुका लागि सुत्केरी भत्तालाई, फिचर लेखन तथा भिडियो सम्पादन तालिम माग रहेकाले यस्तो कार्यक्रम गर्ने जमर्को जारी रहेको बताए ।
कार्यक्रममा मकवानपुरका सन्चारकर्मीहरू, सञ्चारिका समूह मकवानपुरका अध्यक्ष सम्झना रिजाल सहित जिल्ला शाखाका पदाधिकारी तथा सदस्यहरू, बिभिन्न संगठनका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नयाँ बर्ष २०७९ को अवसरमा शुभकामना आदनप्रदान समेत गरिएको थियो ।
मकवानपुर । मकवानपुर जिल्लाको ठुलो दल नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयर उपमेयरको लागि आज पनि नाम टुङ्ग्याउन सकेन ।
लामो रस्साकस्सी गर्दा पनि आकाक्षिहरू बिच सहमति हुन नसकेपछि आज एमाले नगर कमिटीले जिल्ला कमिटिलाई मेयरको ३ आकाक्षि र उपमेयरको ३ आकाक्षिको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीको बैठक भोलि ३० चैतमा बस्नेछ ।
जसमा १ महिला सहित ३ जना मेयरका आकाक्षि छन् भने, १ पुरूष सहीत ३ जना उपमेयरको आकाक्षि छन् ।
आसन्न स्थानीय तह निर्वाचनका लागि बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा नेकपा एमालेबाट ९ जनाले मेयरको दाबि गरेका थिए । भने ७ जनाले उपमेयरको दाबि गरेका थिए ।
३ दिन अघिको बैठकमा सहमति जुटाउन नसकेपछि आज मंगलबार फेरी आकाक्षिहरू सहित नगर कमिटीको बैठक बसेको थियो । आजपनि सहमति नभएपछि एमाले नगरकमिटी बैठकले मेयरका लागि हालका मेयर हरिबहादुर महत, संविधानसभा सदस्य अनन्त प्रसाद पौडेल र हालका जिल्ला समन्वय समिति सदस्य गणेशकुमारी प्रधान सिफारिस गर्ने निर्णय गरेको हो ।
हेटौंडाको मेयरका लागि एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, संबिधानसभा सदस्य अनन्त पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, बाहालबाला मेयर महत, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, जिल्ला सचिवालय सदस्यहरु मदन दाहाल, ध्रुव चौलागाईं, जिसस सदस्य प्रधान र संगठित सदस्य विके महर्जनले आकांक्षा व्यक्त गरेका थिए ।
यस्तै बैठकले उपमेयरमा अनेमसंघ जिल्ला अध्यक्ष सुमित्रा काफ्ले, एमाले महिला नेतृ आरती पाठक र हाल हेउमनपा वडा १० का सदस्य तथा हेउमनपा न्यायीक समिती सदस्य ईन्द्र नेपालको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
हेटौंडाको उपमेयरका लागि ७ जनाले आकांक्षा व्यक्त गरेको भएपनि तीन जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको हो । उपमेयर पदका लागि काफ्ले, पाठक र नेपालसहित सीता बिष्ट, मेनुका दाहाल, प्रतिमा श्रेष्ठ र रमिला सापकोटाले इच्छा राखेका थिए ।
जिल्ला कमिटीमा सिफारिस भएका उमेदवारहरुबीचमा पुन छलफल गराएर सकेसम्म एक/एक जनाको नाम प्रदेश कमिटीमा पठाइने छ र प्रदेश कमिटीले केन्द्रिय कमिटीमा नाम पठाएपछि केन्द्रले अन्तिम टुङ्गो लगाउने छ ।
मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनको लागि बागमती प्रदेशमा सत्ता साझेदार दलको ५ दलीय गठबन्धन सहमति नजिक पुगेको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको गठबन्धनको बैठकमा सहमतिकाे नजिक पुगिएकाे हाे । छलफलमा बागमती प्रदेशका १ सय १९ स्थानीय तहहरुमा १ हजार १ सय २१ वडामा नै आवश्यकता र औचित्यको आधारमा गठबन्धन गरेर जाने सहमतिमा पुगेको ५ दलीय गठबन्धन संयन्त्रका सचिव राजु नेपालले बताए ।
हिजाे आईतबार र आज सोमबार काठमाडौंमा बसेको गठबन्धनकाे बैठकमा बागमती प्रदेशका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका पार्टी प्रमूखहरुको उपस्थिति रहेको थियो ।
यसअघि बागमती प्रदेशका ५ दलीय गठबन्धनले आआफ्नो दलमा स्थानीय र वडामा मतको विश्लेषण र प्रतिवेदन बुझाउन मातहतका निकायलाई निर्देशन दिईसकेका छन् । बागमती प्रदेश गठबन्धनले पनि तत्कालै साझा सहमति गरेर केन्द्रमा प्रतिवेदन बुझाउने तयारी रहेको सचिव नेपालले बताए ।
‘विगतकाे अवस्थालाई भुल्दै र आगामी निर्वाचनमा सफलता हासिल गर्न तर्झ एकमत हुँदै हामी साझा सहमतिकाे नजिक पुगेका छाै’ नेपालले भने ।
मकवानपुर /जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागु औषध र गांजा सहित ६ जनालाई नियन्त्रमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरीले मनहरी गाउँपालिका वडा नं. ६ पूर्व पश्चिम लोकमार्ग सडक खण्डबाट लागुऔषध गांजा बरामद गरेको छ ।
चितवनबाट हेटौडा तर्फ जाँदै गरेको बा ८ ख ८१०६ नं. को यात्रुवाहक बसको पछाडिको सिटमा सवार चितवन राप्ती नगरपालिका वडा नं. १ बस्ने १९ बर्षीय सरोज तामाङ, वडा नं. ११ बस्ने २५ बर्षीय सुर्य बहादुर स्याङबो, २८ बर्षीय होमनाथ मुक्तान, २५ बर्षीय यमराज मुक्तान र ३४ बर्षीय एबी लाल तामाङ्को साथबाट लागुऔषध गाँजा ३५ किलो बरामद गरेको हो ।
यसैगरी अस्थायी प्रहरी पोष्ट हरीयाली मकवानपुरबाट प्रहरी सहायक निरीक्षक लक्ष्मण बि.क. को कमाण्डमा खटिएको प्रहरीले मकवानपुर हे.उ.म.न.पा. वडा नं. ७ नागस्वती बस्ने २२ बर्षीय सन्देश ब्लोनको घरमा जाँच गर्ने क्रममा दराज र प्लङमा लुकाई राखेको लागुऔषध ट्रामा १०४० ट्याबलेट, नाईट्रोभेट ५२५ ट्याब्लेट र मोरेक्स १० बोतल फेला परेपछी सन्देश ब्लोनलाई उक्त लागुऔषध सहित पक्राउ गरेको जिप्रका मकवानपुरले जनाएको छ ।

मकवानपुर । पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन्। हिजो चैत २६ गते राती पाकिस्तानी संसद्ले अविश्वास प्रस्ताव पारित गरेसँगै खान पदमुक्त भएका हुन्। उनी पाकिस्तानको इतिहासमा अविश्वास प्रस्तावबाट हटाइएका पहिलो प्रधानमन्त्री हुन्।
विपक्षी दलले दर्ता गराएको अविश्वास प्रस्तावमाथि शनिबार मध्यराति मतदान भएको थियो। अविश्वास प्रस्तावको पक्षमा १ सय ७४ मत परेको छ। यो प्रस्ताव पारित गर्न १ सय ७२ मत आवश्यक थियो।
पाकिस्तानी सभामुख असद क्वेसरले राजीनामा गरेपछि सांसद अयाज सदिकले संसद्को अध्यक्षताका ग्रहण गरेका थिए। पास्कितानी सर्वोच्च अदालतले राति १२ बजेभित्र अविश्वास प्रस्तावमाथि मत विभाजन गर्न आदेश दिएको थियो।
खानको पार्टीका सभामुख क्वेसरले राति १२ बज्नुभन्दा १५ मिनेट अघि राजीनामा दिएका थिए। त्यसअघि उपसभामुखले पनि राजीनामा दिएका थिए।
सांसद सदिकले संसद् चलाएका थिए। राति १२ बजेपछि भएको मतदानमा अविश्वास प्रस्तावका पक्षमा १७४ मत परेको हो। अन्य सांसदले मतदानमा भाग लिएनन्। यो प्रस्ताव पारित भएसँगै खान प्रधानमन्त्रीबाट हटेका छन्।
पाकिस्तानमा यसअघि २ पटक अविश्वास प्रस्ताव आएको थियो। सन् २००६ मा सौकत अजिज र सन् १९८९ मा बेनिजिर भुट्टोविरुद्ध दर्ता अविश्वास प्रस्ताव पारित हुन सकेको थिएन।
प्रधानमन्त्री खानको बहिर्गमनसँगै आज पाकिस्तानमा नयाँ प्रधानमन्त्री चयन प्रक्रिया शुरु हुने भएको छ। संसदको नेतृत्व गरिरहेका प्यानल अध्यक्ष सदिकले आज दिउसो २ बजे प्रधानमन्त्रीका लागि मनोनयन दर्ता गर्ने समय दिएका छन्। त्यसपछि सोमबार बिहान ११ बजे संसद् बैठक बस्नेछ। त्यसमा प्रधानमन्त्रीका लागि मतदान हुनेछ।
विपक्षी पार्टीहरुका तर्फबाट शेहबाज सरिफ प्रधानमन्त्रीका उम्मेदवार बन्ने भएका छन्। ४ वर्षअघि भएको निर्वाचनमा प्रधानमन्त्री खानको पार्टी पाकिस्तान तेहरिक-ई-इन्साफ (पीटीआई)ले १ सय ३३ सिट जितेको थियो। खानले अन्य साना दलसँग मिलेर सरकार गठन गरेका थिए। तर, अहिले साना दलले समर्थन फिर्ता लिएका छन।
अहिले उनको पक्षमा ४ वटा मात्रै साना दल छन्। पाकिस्तान मुस्लिम लिग (नवाज) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) गरी ९ वटा पार्टी विपक्षमा छन्।
पाकिस्तानको संसद् ३ सय ४२ सदस्यीय छ। सरकार गठनका लागि १ सय ७२ सांसद आवश्यक पर्छ।