मकवानपुर । काठमाडौँकोे बसन्तपुर (काल भैरव) डबलीमा जारी थाहा फोटो प्रर्दशनी २०७९ मा मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर– २ का उम्मेदबार महेश कुमार बर्तौलाले अवलोकन गरेका छन् । उत्तरी मकवानपुरकाे पर्यटन प्रवर्द्धनकाे लागि कात्तिक १८ गते शुक्रबारबाट सुरु फाेटो प्रदर्शनकाे नेकपा एमाले तर्फका उम्मेद्वार बर्ताैलाले शनिबार अवलाेकन गरेका हुन् ।
थाहा नगरपालिकाकाे आयाेजनामा भइरहेकाे फाेटाे प्रदर्शनीकाे अवलोकनमा क्रममा बर्तौलाले आफ्नो क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयाेग गर्ने बताए । बर्ताैलाले निर्वाचनपछि आफूले विशेषगरी चित्लाङ् चन्द्रागिरी हुँदै थाहा जोड्ने सडकलाई स्तरिकरण गरेर काठ्माडाैं, भक्तपुर, ललितपुर लगायतका स्थानबाट आन्तरिक पर्यटकलाई थाहानगर भित्रयाउने सहयाेग गर्ने प्रतिवद्धता समेत गरेका छन् ।
बर्तौलाले आफू उम्मेदवार रहेकाे क्षेत्रमा पर्यटन विकासकाे राम्राे संभावना रहेकाे भन्दै थाहाको नगरको चित्लाङ दामन, पालुङ, बज्रबाराहीसहित कैलाश गाउँपालिकाको कैलाश बैकुण्ठ, भिमफेदीको मैत्री बगैचाँ बाह्रघुम्तीहुँदै भिमफेदीको एतिहासिक महत्व बाेकेकाे चिसापानीगढीको क्षेत्र र ईन्द्रसरोवर गाउँपालिकाको ताललाई पर्यटन मार्ग बनाएर अघि बढ्ने बताए ।
शुक्रवार नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठले उद्धघाटन गरेको प्रदर्शनीमा थाहा र ईन्द्रसरोबरका करिव एक सय तस्विरहरु प्रदर्शनीमा राखिएकाे छ । नेपाल पर्यटन बोर्डले प्रबर्द्धन गरेको फोटो प्रदर्शनी प्रदर्शनी उपत्यकाका विभिन्न संघ संस्था, शैक्षिक संस्थाहरु, पर्यटन व्यवसायी, ट्राभल एजेन्सी र आम नागरिकलाई लक्षित गरी गरिएको कार्यक्रम संयोजक ईन्द्र बहादुर श्रेष्ठले जानकारी दिए । प्रर्दशनीमा थाहा र इन्द्रसरोबरको विभिन्न विधाका करिब एक सय तस्वीरहरु अवलोकनको लागि राखिएको छ । यसैगरी तस्वीरको बारेमा जानकारी खुल्ने लेख समेत राखिएका छन ।
प्रर्दशनीमा थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिका क्षेत्रको प्राकृतिक सुन्दरता, हिमश्रृङखलाको दृश्यावलोकन, एतिहासिक मठमन्दिर, पार्टी पौवा, सम्यता संस्कृती, धार्मीक क्षेत्र मेलाजात्रा, ग्रामिण जीवनशैली, स्वच्छ तथा सफा वातावरणको फोटोहरु राखिएको थाहा नगरपालिकाका नगरप्रमुख बिष्णुबहादुर बिष्टले बताए । कात्तिक २० गतेसम्म हुने प्रदर्शनी हरेक दिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म अवलोकन गर्न सकिने छ ।
मकवानपुर । पर्यटन प्रर्वद्धनका लागि थाहा फोटो प्रर्दशनी शुक्रबारबाट शुरु भएको छ । काठमाडौंको बसन्तपुरको कालभैरव डवलीमा शुरु फोटो प्रदर्शनीको नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठले उद्धघाटन गरेका थिए ।
प्रदर्शनी उद्घघाटन गर्दै मन्त्री श्रेष्ठले नेपाल सरकारले जारी गरेको ७३ बुँदे पर्यटन विकासको कार्ययोजनालाई समेटेर थाहा नगरलाई विकास गर्ने बताए ।
थाहा नगरपालिका प्रमुख बिष्णुबहादुर बिष्टले नगरलाई चिनाउन प्राकृतिक सुन्दरता, ऐतिहासिक संरचना, सभ्यता र संस्कृति, जीवनशैली, स्वच्छ र सफा वातावरणका तस्विरहरु राखिएकोे बताए । थाहा फोटो प्रर्दशनी ०७९ को पहिलो दिन करिब ३ हजारले अवलोकन गरेको आयोजकले जनाएको छ । प्रदर्शनी उपत्यकाका विभिन्न संघ संस्था, शैक्षिक संस्थाहरु, पर्यटन व्यवसायी, ट्राभल एजेन्सी र आम नागरिकलाई लक्षित गरी गरिएको कार्यक्रम संयोजक ईन्द्र बहादुर श्रेष्ठले जानकारी दिए ।

प्रदर्शनीमा थाहा र ईन्द्रसरोबरका करिव एक सय तस्विरहरु रहका छन् । नेपाल पर्यटन बोर्डले प्रबर्धन गरेको फोटो प्रदर्शनीको ब्यवस्थापन फरक ढंगले गरेको छ । प्रर्दशनीमा थाहा र इन्द्रसरोबरको विभिन्न विधाका करिब एक सय तस्वीरहरु अवलोकनको लागि राखिएको छ । यसैगरी तस्वीरको बारेमा जानकारी खुल्ने लेख समेत राखिएका छन ।
कात्तिक २० गतेसम्म हुने प्रदर्शनी हरेक दिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म अवलोकन गर्न सकिने छ । कार्यक्रमम स्थलमा फोटोबारे जानकारी दिन सूचना केन्द्र र स्वयंसेवकहरुको समेत व्यवस्था गरिएको छ ।प्रर्दशनीमा थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिका क्षेत्रको प्राकृतिक सुन्दरता, हिमश्रृङखलाको दृश्यावलोकन, एतिहासिक मठमन्दिर, पार्टी पौवा, सम्यता संस्कृती, धार्मीक क्षेत्र मेलाजात्रा, ग्रामिण जिवनशैली, स्वच्छ तथा सफा वातावरणको फोटोहरु राखिएको नगरप्रमुख बिष्टले बताए ।
संयोजक ईन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटनमा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, ईन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, राष्ट्रिय सभाका पूर्व सांसद रामनारायण बिडारी लगायतको सहभागिता थियो ।

अमृत पाैडेल
मोरङ । मोरङ ३ का महिला पहिलो पटक महिला उम्मेदवार पाएकोमा उत्साहित भएका छन् । इतिहासमै पहिलो पटक महिला उम्मेदवार पाएको भन्दै माेरङ पथरीशनिश्चरे ८ का माहिलाहरू उत्साहित भएका हुन् ।
शुक्रबार चुनावी घरदैलो कार्यक्रमका क्रममा पथरीशनिश्चरे ८ स्थित मिलन चोकमा महिलाहरूको समूहले राप्रपाकी उम्मेदवार रेखा थापालाई स्वागत गरेका हुन् । यो क्षेत्र पहिलो पटक महिलाहरूको प्रतिनिधित्व गर्ने व्यक्ति पाएको आफूहरू उत्साहित रहेको उनीहरूले बताएका छन् ।
थापालाई स्वागत गर्न आएकी मन्जरा कार्कीले भनिन् ‘यो क्षेत्रमा यस अघी महिला प्रतिनिधि भएर कोही पनि आएको थिएन । पहिलो पटक आफ्नो प्रतिनिधि पाएको अनुभूति भएर स्वागत गर्न गएकी हुँ । पहिले पर्दामा मात्रै देखिएको थियो आज आफैँ हाम्रो ठाउँमा आउनु भएको छ । हामी उहाँलाई जिताउने अभियानमा लागेका छौँ ।’
त्यस्तै स्वागत गर्न आएकी अर्की महिला दुर्गा पोखरेल भन्छिन् ‘हामी महिलाहरू धेरै नै उत्पीडनमा परेका छौँ । पुरुष प्रतिनिधि आउँदा हामी हाम्रो समस्या सुनाउन पनि सक्दैनौँ । महिला नै प्रतिनिधि हुँदा आत्मीयताको महसुस गरेर उहाँलाई स्वागत गरेका हौँ ।’
थापाले महिलालाई तालिम दिने र क्षमता अनुसारको सिप सिकाउने प्रतिबद्धता जनाउँदै आएकी छन् । उनको यो अभियानले आफूलाई राहत मिलेको मन्जरा बताउँछिन् । ‘एक त हामी महिलाहरूलाई चुल्हो र घर धन्दाबाटै फुर्सद हुँदैन । त्यसमा पनि हाम्रा पढेलेखेकै दिदी बहिनीहरू पनि काम बिना त्यसै बस्न बाध्य छन् । अवसर सिर्जना गराइदिने जनप्रतिनिधि भइदिए हामी पनि आर्थिक रूपमा परिवारलाई सहयोग गर्न सक्छौँ ।’
नेपाली चलचित्रमा नायिकाकाे भूमिकाबाट ख्याति कमाएकी थापालाई मोरङ ३ मा महिलाहरूले दरिलो साथ दिँदै आएका छन् । निर्वाचनबाट उनकाे उपस्थिति संसदमा हुने नहुने भने मत परिणामबाटै छिनाेफानाे हुनेछ ।
मकवानपुर । नेकपा एमाले मकवानपुर निर्बाचन क्षेत्रनम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार कमल थापाले एमाले अध्यक्ष केपी ओलीकाे नेतृत्वमा राष्ट्रबादी सरकार बन्ने बताएका छन् ।
नेकपा एमाले निर्बाचन परिचालन कमिटीले हेटाैंडा उपमहानगरपालिका वडा नम्बर १२ र १३ मा पदमपाेखरीमा आयाेजना गरेकाे प्रचार प्रसार कार्यक्रममा बाेल्दै राप्रपा नेपालका अध्यक्ष थापाले निर्वाचन पछी ओलीकाे नेतृत्वमा राष्ट्रबादी सरकार बन्ने उद्घाेष समेत गरेका छन् ।
मकवानपुरकाे बिकासमा याेगदान दिँदै आएकाे एमाले र राप्रपा नेपाल एकै ठाऊमा उभिँदा मकवानपुरकाे बिकासले गति लिने भएकै कारण आफू सुर्य चिन्हबाट उम्मेदवार बनेकाे थापाले बताए । ‘मुलुकमा राजनैतिक स्थायित्वका लागि पनि राष्ट्रबादी शक्ती एकजुट हुनु आबश्यक रहेकाे छ’ थापाले भने ।
कार्यक्रमका प्रदेश सभाका उम्मेद्वार एकालाल श्रेष्ठले एमालेका उम्मेद्वारहरू जिल्लाकाे बिकासकाे संकल्प बाेकेर चुनाबी प्रतिस्पर्धामा आएकाे बताए । चुनावी प्रचारप्रसारका क्रममा उम्मेदवार सहित एमालेका नेताहरू मतदाताकाे घरदैलाेमा पुग्दा दहि सगुन खुवाएर माला र खादाले स्वागत गरेका थिए । कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डाेरमणि पाैडेल, एमालेकी केन्द्रीय सदस्य जुनेली श्रेष्ठले पदमपाेखरीकाे बिकासका लागि एमालेकाे नेतृत्वमै सरकार बन्नुपर्ने बताएका छन् ।
मकवानपुर । मकवानपुर क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले भीमफेदिको निबुवाटारमा बन्दै गरेको रंगाशाला स्तरीकरणमा आफूले ध्यान दिने बताएका छन । राष्ट्रिय खेलाडी उत्पादन गर्नु पर्ने बताउदै नेकपा एमाले भीमफेदी ४ वडा कमिटीले आयोजना गरेको बैठकमा बर्तौलाले भने आफुले निर्वाचन जितेपछी रंगाशालाको स्तरीकरणमा ध्यान दिने छु।
बर्तौलाले रंगाशालाको लागि आवश्यक भौतिक पूर्वाधार र सबै व्यवस्थापनमा योजना बनाएर काम गर्ने बताए । बागमती प्रदेसमा अघिल्लो सरकार एमालेको हुंदा र पालिकामा एमालेको नेतृत्व हुंदा कामको सुरुवात भएको बताउदै उनले भने भीमफेदीको बिकासको लागि आवश्यक योजना रहेको छ । २ सय बिद्यार्थी अटाउने छात्रावास, प्रत्यक घरमा खानेपानीको सुनिश्चितता, चिसापानी गढि र मैत्री बगैंचाको पर्यटन व्यवस्थापन, होमस्टे, कृषि उधम लगायको क्षेत्रमा योजना बैक तयार गरेर काम गरिने बर्तौलाले बताए ।
कार्यक्रममा बोल्नुहुंदै संघीय निर्वाचन क्षेत्र नम्बर–२ को (क) का उम्मेदवार बिष्णु प्रसाद ढकालले बिपक्षी गठबन्धनले नेपालको मौलिकता र सहिष्णुता भड्किने गरि जातको कुरा गरेको बताउदै एमालेले पनि प्रदेश सभामा समानुपातिक तर्फ बलराम बललाई उम्मेदवार बनाएको बताए । उम्मेदवार ढकालले आफू लामो समय पार्टी काममा भीमफेदिसंग जोडिएको बताउदै भने थाहानगर भीमफेदीसंग जोडिएकोले समृद्धिको लागि आफुले योजना बनाएर बिकासको काम जनता संग सल्लाह गरेर गर्ने बताए ।
कार्यक्रममा सहभागी पार्टिको नेता, कार्यकर्ता संग उम्मेदवार बर्तौला र ढकालले सुझाब लिएका थिए । उम्मेदवार द्वयले जनतासंग आफुहरुको मन गाँसिएको र आफ्नो गठबन्धन जनतासंग भएको बताउदै आफुहरु जनताले दिएको सुझाव अनुसार अघि बढ्ने प्रष्ट पारे । सहभागी कान्छी थापाले एमालेले चुनाब जितिसकेको बताउदै २०७४ मा जितेका बिरोध खतिवडा जस्तो गाउँ नफर्किने काम नगर्न आग्रह गरेकी थिइन् ।