बसन्त हरियाली
तिमी कस्तो छौ, तिम्रो बानीले पनि देखाउँछ।
ऐनाले देखाउने आकृति पानीले पनि देखाउँछ।
माटोको गाग्रोमा भरेको पानी हुँ भन्ने बिर्सिएर
एक समयमा औकात जवानीले पनि देखाउँछ।
मध्य रात सपनीमा पैशाले चिमोट्नेहरुलाई
मध्य दिनमा तारा जिन्दगानीले पनि देखाउँछ।
माया गर्छु भन्नेलाई म कसरी विश्वास गरूँ खै?
दुधको जस्तै रङ्ग त चौलानीले पनि देखाउँछ।
पहिले खाडी मुलुक पस्दा सत्र अठारको थिएँ
ऐले उमेर ढल्केको राहदानीले पनि देखाउँछ।
अछाम हाल किर्तिपुर
मकवानपुर । अखिल नेपाल महिला संघ (अनेमसंघ) को केन्द्रीय कमिटिमा मकवानपुरका तीनजना चयन भएका छन् ।
नेकपा एमाले निकट अनेमसंघको काठमाडौंमा सम्पन्न सातौ राष्ट्रिय अधिवेशनबाट मकवानपुरका २ जना चयन भएका हुन । त्यस्तै अधिवेशनपछिको पहिलो बैठकले १ जनालाई केन्द्रीय कमिटिमा मनोनित गरेसँगै केन्द्रीय कमिटिमा मकवानपुरबाट ३ जनाको प्रतिनिधित्व भएको हो ।
अधिवेशनले मकवानपुरबाट पदमा पौडेल तथा मेनुका दाहाललाई केन्द्रीय सदस्यमा चयन भएका हुन । केन्द्रीय अधिवेशनपछिको पहिलो बैठकले पार्वती रानालाई केन्द्रीय सदस्य मनोनित गरेको नेकपा एमाले केन्द्रीय सदस्य जुनेली श्रेष्ठले बताईन् ।
मकवानपुर । हेटाैँडा उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नवीन सिग्देलले अबकाे विकास प्रविधि मैत्री हुनपर्ने बताएका छन् ।
आजकाे युग प्रतिस्पर्धी युग भएकाेले विकासमा प्रविधिलाई जाेड्नु पर्ने र तालिमले प्रविधिकाे प्रयाेगकाे प्रवर्द्वन गर्नुका साथै सीपले राेजगारीकाे सृजना गर्न, आत्मनिर्भर र व्यवसायिक बनाउन मद्दत गरेकाे बताए ।
जीभ करिअर ईष्टिच्युट प्रा.लि.काे आयाेजना, व्यवसायिक सीप विकास तालिम केन्द्र, भैसेपाटी ललितपुरकाे सहयाेग तथा बाग्मती एजुकेशन कन्सल्टेन्सी प्रालिकाे समन्वयमा सञ्चालित माेवाईल फाेन मर्मत तालिमकाे उद्घाटन कार्यक्रममा बाेल्दै अध्यक्ष सिग्देलले यस्तो बताएका हुन् ।
प्रविधिकाे प्रयाेग र प्रवर्द्वनमा सबै तहकाे सरकारकाे ध्यान जानुपर्ने र स्थानीय सरकारकाे भूमिका महत्वपूर्ण हुने उनले बताए ।
हेटाैँडा ४ स्कुलराेड स्थित प्रालिकाे कार्यालयमा ६५ दिनसम्म सञ्चालित हुने माेवाईल फाेन मर्मत तालिममा २० जनाकाे सहभागीता रहेकाे छ ।
बाग्मती एजुकेशन कन्सल्टेन्सी प्रालीका सञ्चालक शिव श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा मकवानपुर माेवाईल एसाेसिएसनका अध्यक्ष नवराज चाैलागाई, प्रशिक्षक उद्वव घिमिरेलगायतको उपस्थिति थियो ।
मकवानपुर । बागमती प्रदेश सरकारको मन्त्री परिषद बैठकले विभिन्न ४ वटा निर्णयहरु गरेको छ ।
आज बसेको बैठकले प्रदेश चिठ्ठा सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधेयक स्वीकृत तथा प्रदेश सभामा पेश गर्ने स्वीकृती सम्बन्धमा निर्णय गरेको छ ।
यसैगरी प्रदेश सन्चार माध्यम ब्यबस्थापन (चौथो संशोधन) नियमावली स्वीकृती सम्बन्धमा अर्को निर्णय गरेको छ भने प्रदेश उच्च शिक्षा नियमावली २०७९ स्वीकृत सम्बन्धमा छलफल गरि निर्णय गरेको सरकारका प्रबक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले बताए ।
मकवानपुर । देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको ।
महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही तराई भूभागको मौसम सामान्यतया सफा छ। सोमबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सोमवार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।
पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन,चट्याङ्ग सहित हल्का,क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन, चट्याङबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ।