मकवानपुर । पहिरोले पुरीएका मध्ये अर्को एउटा शव फेला परेको छ । मंगलबार बिहान पहिरोमा परेर बेपत्ता भएका मध्ये एक महिलाको शब फेला परेको छ ।
सिन्धुली जिल्ला हरिहरपुरगढी गाउँपालिका १ कोकरे स्थित बागमती नदिको बिच बगरमा मकवानपुर बागमती गाउँपालिका ५ सिक्रे दोभान बस्ने अन्दाजी ६० वर्षिय अक्कल बहादुर स्याङ्तानको छोरी अन्दाजी २२ वर्षीया शिला पहरी मृत अवस्थामा फेला परेकी छिन् ।
ससस्त्र प्रहरी बल नेपाल १४ नं गढ हेडक्वाटर मकवानपुरबाट सहायक प्रहरी नायब उपरीक्षकको कमाण्डमा सिन्धुली तर्फ खटिगएकोको उद्धार टोलीले दुबै जनाको लास फेला पारेको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीले यस अघि अल्लक बहादुरको पनि शव भेटिएको भनेर गरेको रिपोटिङ सच्याएको छ । “उहाँको खोजि जारी, कपडा भेटिएको हो शव हैन” जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले भने । पहिरोमा परेर बेपत्ता भएका अझै ४ जनाको खोजि कार्य जारी रहेको कार्कीले बताए ।
मकवानपुर । महिला विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । अन्तिम प्रि–क्वाटरफाइनल खेलमा मोरक्को फ्रान्ससँग ४–० ले पराजित भएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हाे ।
पहिलो हाफमै ३ गोल खाएको मोरक्कोले फ्रान्सका खेलाडीलाई रोक्न सकेन । पराजित मोरक्कोले पनि गोल गर्ने अवसर प्रशस्त पाए पनि अवसरकाे सदुपयोग गर्न सकेन । महिला विश्वकपकाे दुई क्वाटरफाइनल खेल न्यूजिल्यान्डमा हुनेछ । यस्तै दुईवटा क्वाटरफाइनल खेल अस्ट्रेलियामा हुने कार्यतालिका छ ।
क्वाटरफाइनलमा स्पेन र नेदरल्यान्ड वालिङटनमा भिड्दा अकल्यान्डमा जापान र स्वीडेनले शुक्रबार खेल्ने भएका छन् । फ्रान्सले शनिबार आयोजक अस्ट्रेलियासँग ब्रिसवनमा क्वाटरफाइनल खेल्दा सिड्नीमा इग्ल्यान्डले कोलम्बियाको सामना गर्नेछ ।
पहिराे हराएका ६ जनामध्ये १ जनाकाे जीवितै उद्दार
Tags: No Comments
मकवानपुर । मकवानपुरको बागमती गाँउपालिका वडा नम्बर-५ सिक्रे दोभानमा पहिरोले घर बगाउँदा हराइरहेका ६ जनामध्ये १ जनाकाे घाइते अवस्थामा उद्धार गरिएको छ । उद्धार गरिएकामा सिन्धुली हरिहरपुर-१ कोकटीका बस्ने १७ बर्षीय पासाङ घिसिङ रहेका छन् ।
सोमबार रातिदेखि परेको अबिरल वर्षाको कारण साउन २३ गते बिहान ४ बजे पहिरोले घर बगाउँदा हराइरहेका घिसिङलाई १४ घण्टापछि उद्दार गरिएकाे हाे । उनलाई घटनास्थलदेखि ६/७ किलोमिटर तल बगेरीस्थित बागमती खोलामा मुढामा तैरिएको अवस्थामा उद्धार गरिएको मकवानपुर प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
घिसिङकाे खुट्टा भाँचिएको तथा प्रहरी आफन्त र स्थानीयकाे सहयाेगमा उद्दार गरी उपचारका लागि हेटौंडा ल्याउने तयारी भइरहेको प्रहरीले जानकारी दिएकाे छ । अन्य हराइरहेकाहरुकाे खाेजी जारी रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
मंगलबार विहान गएकाे पहिराेले स्थानीय अक्कल बहादुर स्याङतानकाे घर बगाउँदा स्याङतानसहित छोरी २२ बर्षीय शिला पहरी, शिलाका श्रीमान २५ बर्षीय जिबन पहरी, शिलाकी ४ बर्षीय छोरा मिलन पहरी, डेढ बर्षीया छोरी दिब्या पहरी तथा पासाङ घिसिङ वेपत्ता भएका थिए ।
पहिरोमा परेकी अक्क्ल बहादुरकी श्रीमती ५५ बर्षीया सन्त माया स्याङ्तानकाे मंगलबार विहानै उद्दार गरी फापरवारीस्थित स्वास्थ्य संस्थामा उपचारको क्रममा मृत्यु भएको थियो । काभ्रे जिल्लाको खानीखोला गाउँपालिका–५ स्थायी घर भएका स्याङतान मकवनपुरको बागमती गाउँपालिका–५ सिक्रेदोभानमा बस्दै आएको थिए ।
मकवानपुर । नेपालमा मनसुनी वायुको साथै बङ्गलादेशको उत्तरी भू-भागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
अहिले मकवानपुरसहित देस भर वर्षा भइरहेको छ । वर्षाको कारण बाढी पहिरोको जोखिम बडेको छ भने केही सडक अबरुद्ध भएको छ ।
देशभर सामान्य देखि पूर्ण बदली रहेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम बिज्ञान बिभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, मंगलबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। मधेस र बागमती प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसगरी, राती कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशहरूको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
वर्षाको कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय तथा हावा हुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
डोल्पामा भूतले सिँचाइ कुलो भत्काएको भन्दै भूतको पुजा गरिएको छ । त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ अन्तर्गत पर्ने मसानजाड देखि चुकेनीसम्मको पुरानो कुलो भूत रिसाएर भत्किएको भन्दै पुजा गरिएको हो ।
बुढापाकाका अनुसार ७८ वर्ष पुरानो सेजकुलो भत्केपछि देउताले भूत रिसाएको र पुजाआजा गरेर शान्त बनाउन भनेपछि त्रिपुराकोटका सम्पूर्ण स्थानीयले भूतको पूजा गरेका हुन् । भत्केको कुलाको माथिल्लो भागमा स्थानीय ८३ वर्षीय धनप्रसाद हमाल र तल्लो भागमा ८६ वर्षीय रविप्रसाद न्यौपानेको हातबाट पूजाआजा गरिएको हो ।
विस २००२ मा पनि कुलो बनाउनेक्रममा मसानजाड भूत रिसाएर नवनिर्मित कुलो भत्काउनेगरेको र देवीदेवताको भने अनुसार बोका, भालेसहित ध्वजापतका चढाएर पुजा गरेदेखि हालसम्म कुनै क्षति नभएको स्थानीय बयोबृद्ध धनप्रसाद हमाल बताउँछन् ।
आव २०७९/८० को खानेपानी सिंचाइँ तथा उर्जा विकास कार्यालय डोल्पाको मातहतमा निर्माण उपभोक्ताले नयाँ कुलो निर्माण गर्नेक्रममा भूतपूजा नगरेकाले पटक पटक गरेर तीन पटक पक्की कुलो भत्केपछि स्थानीय धामाघाडी देवताले भूत रिसाएको र शान्तिपूजा नगरेसम्म कुलो बलियो नहुने भनेपछि स्थानीयले ७८ बर्षपछि दोस्रो पटक भूतको पूजा गरिएकोभ जनाएका छन् ।
भूतपूजा गरेपछि नवनिर्मित सेजकुलो बलियो भई सिंचाइँ सुविधा सहज हुने अपेक्षा स्थानीयले गरेका छन् । राजधानीबाट