मकवानपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।
मकवानपुर जिल्लामा यस बर्ष २६ वटा केन्द्रबाट ६ हजार विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइई ) मा सहभागी भएका थिए । जिल्लामा नियमित तर्फ ५ हजार ७ सय ५०, प्राविधिक धार तर्फ २ सय ६४ जना विद्यार्थी सहभागी थिए । यसैगरी भने पुरक तर्फ १ सय ४९ जना सहभागी थिए ।
नियमित, प्राविधिक तर्फ र पुरक गरी ६ हजार १ सय ७१ जना विद्यार्थी एसइई परीक्षामा सामेल रहेकाे शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरले जनाएको छ ।एसइई परीक्षाका लागि मकवानपुरका १० स्थानीय तह मध्ये ९ स्थानीय तहका २६ वटा विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको थियाे । सामुदायिक तर्फ १ सय र संस्थागत तर्फ ३६ विद्यालय गरी १ सय ३६ विद्यालयका विद्यार्थी एसइई परीक्षामा सामेल थिए ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा सञ्चालित उद्यमशिलता तथा सिप विकास तालिम साेमबार समापन भएकाे छ ।
प्रदेश युवा परिषद बागमतीको आर्थिक सहयोग र सामुदायिक विकास तथा सचेतना नेपालको आयोजनामा सञ्चालित थोरै लगानीमा गर्न सकिने साना व्यवसाय प्रर्वद्धनका लागि ७ दिने तालिम समापन गरिएकाे हाे ।
सात दिन सम्म सञ्चालन गरिएको तालिममा प्रशिक्षकले व्यवसायको स्व-विश्लेषण/मुल्यांकन र पृष्ठपोषणको आवश्यकता र महत्व, सफल उद्यमीका विशेषता, व्यवसायिक योजना, आवश्यकता र महत्व, उत्पादन योजना, स्व-रोजगार, व्यवसायमा जोखिम तथा जोखिम व्यवस्थापन, व्यवसाय दर्ता प्रक्रिया तथा सरकारी नीतिनियमका विषयमा सहजिकरण सामुदायिक बिकास तथा सचेतना नेपालका अनन्त बानियाले बताए ।
चटपटे, पानीपुरी , मम, चाउमिन लागायत निर्माण तालिम तथा अभ्यासात्मक क्रियाकलाप समेत गरिएको तालिममा
हेटौंडा वडा नम्वर २, ३, ४, ५ , ६, ७, ८, १५, १७ र मकवानपुरगढी गाँउपालिकाका २० जना प्रशिक्षार्थीको सहभागिता रहेको उनले जानकारी दिए ।
सामुदायिक बिकास तथा सचेतना नेपालका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा अध्यक्ष सुशील घिमिरेको प्रमुख आतिथ्यतामा तालिम समापन कार्यक्रम गरिएकाे हाे । कार्यक्रम हेटौंडा ५ का वडा सदस्यहरु ज्ञान बहादुर थापा, राम बहादुर राई, पिप्ले पोखरा सामुदायिक वन उपभोक्ता समितिका सचिव शारदा कुमारी सुवेदीलगायतकाे उपस्थिति थियाे ।
मकवानपुर । मकवानपुरमा जङगली च्याउ खादाँ बिरामी भएका १ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा
जिल्लाकाे राक्सिराङ दुगुवाङ बस्ने ५५ वर्षीय बल बहादुर प्रजा रहेका छन् ।
आइतबार जङगलबाट ल्याएको च्याउ खादाँ एकै परिवार ५ जना बिरामी परेकाेमा बल बहादुरकाे उपचारकाे क्रममा मृत्यु भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
याे पनि
मकवानपुर । मकवानपुरमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन् ।
मकवानपुरकाे राक्सिराङ गाउँपालिका वडा नम्वर ७, दगुवाङमा जंगली च्याउ खाँदा पाँच जना बिरामी भएको प्रहरीले जनाएको छ ।
स्थानीय बल बहादुर प्रजा, उनको ४५ वर्षीय श्रीमती जालिमाया प्रजा, १५ वर्षीय छोरी रेन्जु प्रजा, ८ वर्षीय सविना प्रजा र १० वर्षीय छोरा सुशल प्रजा जंगली च्याउ खाँदा बिरामी भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
बिरामीहरुलाई चितवनको भरतपुर उपचारको लागि पठाइएको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार बलबहादुरको अवस्था गम्भीर र अन्यको मध्यम रहेको छ ।
मकवानपुर । हेटाैंडामा रहेकाे हिरण्य नेपालले बालबालिकाहरुमा हुने याैन दुर्व्यवहार विरुद्ध सचेतना कार्यक्रम गरेकाे छ ।
बालबालिकाहरुमा हुनसक्ने गलत छुवाइबाट कसरी बच्ने, संभावित दुर्व्यहारबाट कसरी बच्ने र दुर्व्यहार भइहालेमा त्यसकाे उजुरी कहाँ कसरी गर्ने, परिवार,विद्यालय,यात्रालगायतकाे स्थलमा सुरक्षित कसरी रहने भन्नेबारे प्रशिक्षण गराइएकाे हाे । उनीहरुलाई संस्थाकाे सचिव तथा मनाेविमर्षकर्ता एलिना ढुङ्गानाले प्रशिक्षण दिएकी थिइन् ।
कार्यक्रममा हेटाैंडा उपमहानगरपालिकाकाे १९ वटै वडाकाे वडा बालसञ्जालकाे अध्यक्ष/सचिवहरु, नगरस्तरीय बाल सञ्जालकाे अध्यक्ष/सचिवहरु र विभिन्न बाल गृहमा बस्दै आएका प्रतिनिधि बालिकाहरुकाे उपस्थिति रहेकाे थियाे । बालबालिकाहरुलाई नैतिक शिक्षा, बाल समूह तथा सञ्जाल सञ्चालनकाे क्रममा बैठक व्यवस्थापन,माइन्युट लेखन सिप बारे पनि कक्षा सञ्चालन गरिएकाे थियाे ।
यसै गरी बालबालिकाहरुलाई रिस व्यवस्थापन तथा तनाव व्यवस्थापनबारे पनि प्रशिक्षण गराइएकाे हिरण्य नेपालकाे अध्यक्ष कल्पना शर्माले बताइन् ।
प्रशिक्षण कार्यक्रमकाे उद्घाटन गर्दै हेटाैडा उपमहानगरपालिका २ नम्बर वडा सदस्य तथा बालमैत्री सम्पर्क व्यक्ति सुरज बर्ताैलाले बालबालिकाहरुलाई हर क्षेत्रमा सुरक्षित राख्नकाे लागि आवश्यक पर्ने सिप, क्षमता विकास जस्ता कार्यमा सहकार्य गर्न स्थानीय सरकार तयार रहेकाे बताए । यसैगरी ग्रामीण असायह बालबालिका सामुदायिक पुनर्थापना केन्द्रका प्रमुख देपेन्द्र राईले विशेषगरी बालिकाहरुलाई आत्मारक्षाकाे सिप आवश्यक रहेकाे बताए ।
प्रशिक्षण कार्यक्रममा सरिता दाहाल, हार्दिका राउतले सहजिकरण गरेका थिए । कार्यक्रम ग्रामीण असायह बालबालिका सामुदायिक पुनर्थापना केन्द्रकाे आर्थिक सहयाेग तथा हिरण्य नेपालकाे आयाेजनामा भएकाे थियाे ।