मकवानपुर । बागमती प्रदेश सरकारले मन्त्रीण्डल बिस्तार गरेको छ । नेपाली कांग्रेस तर्फबाट थपिएका ४ मन्त्रीले आज सपथ लिएका छन । अब १३ मन्त्रालय रहेको बागमतीमा १४ मन्त्री भएका छन् । मुख्यमन्त्री बहादुरसिंह लामाले नियुक्त गरेका ४ मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराएका हुन् ।
प्रदेश प्रमुख शर्माले कांग्रेसका सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन, हरिप्रभा खड्गी र विमल ठकुरीले शपथ ग्रहण गरेका हुन् ।
उनीहरूको शपथपछि मन्त्रालयको कार्यभार समेत तोकिएको छ । बुधवार नियुक्त भएका ३ र बिहीबार नियुक्त भएका ४ जना गरी कांग्रेसका ७ मन्त्रीको जिम्मेवारी तोकिएको हो ।
लामिछानेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, महर्जनले युवा तथा खेलकुद मन्त्रालय, खड्गीले सामाजिक विकास मन्त्रालय र ठकुरीले संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
यसअधि नियुक्त भएका कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् भने श्यामबहादुर खड्काले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय पाएका छन् । मदुकुमार श्रेष्ठलाई बिना बिभागिय मन्त्री बनाइएको हो ।
मकवानपुर । नेकपा एमाले मकवानपुरको गत जेठ १८ र १९ गते सम्पन्न १२ औ जिल्ला अधिवेशनबाट निर्वाचित उज्वल चौलागाईं र प्रकाश दाहाललाई प्रेस चौतारी मकवानपुरले सम्मान गरेको छ ।
पार्टी जिल्ला कमिटी सदस्य निर्वाचित चौलागाईंलाई प्रचार बिभाग प्रमुख र दाहाललाई प्रेस चौतारी इन्चार्जको जिम्मेवारी दिएपछि चौतारी मकवानपुरले शुक्रबार सम्मान तथा स्वागत गरेको हो ।
चौतारी मकवानपुरको नियमित बैठकले चौलागाईं र दाहाललाई बधाई समेत ज्ञापन गरेको जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीले बताए । सन्चार उद्यमी चौलागाईं हेटौंडा एफ एम तथा नेशनल गोल्ड टेलिभिजनसंग आम्बद्ध छन् । प्रेस चौतारी नेपालको बागमती प्रदेश महासचिव समेत रहेका दाहाल हाल हिमालय टाइम्स अंग्रेजी पत्रिकामा आवद्ध छन् ।
चौलागाईं र दाहाललाई नेतृत्वको रुपमा पाउँदा प्रेस चौतारी मकवानपुरमा सांगठनिक प्रगतिमा योगदान प्राप्त हुने अपेक्षा गरिएको छ ।
मकवानपुर । सत्ता समिकरणको नयाँ गठबन्धन अनुसार बागमती प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी पाएका बहादुर सिं लामाले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
मंगलबार बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका लामाको बुधबार सपथ ग्रहण गरेका हुन् । बुधबार नै मुख्यमन्त्री लामासहित प्रदेशको १० मन्त्रालयको मन्त्रीहरूको पनि सपथ लिएका छन् ।
लामालाई मंगलबार प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
एमाले २७ र कांग्रेसका ३७ गरी ६४ सांसदहरूको समर्थन उनी मुख्यमन्त्री नियुत्त भएका हुन् ।
प्रदेश सभाको दुई ठुला दलहरु मिलेर सरकार सञ्चालनमा गएको यो पहिलो पटक हो । यो संगै बागमती प्रदेशमा नेपाली काँग्रेसले पहिलो पटक सरकारको नेतृत्व गरेको हो ।
नेपाली काँग्रेसको नेतृत्वमा रहेको प्रदेश सरकारमा एमालेले ६ वटा मन्त्रालय पाएको छ भने काँग्रेसले मुख्यमन्त्री सहित ७ मन्त्रालय पाएको छ ।
एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी, किरण थापाले स्वास्थ्य, कृष्णप्रसाद सिलवालले वन तथा वातावरण, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन, अमन मास्केले भौतिक पूर्वाधार विकाश र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
कांग्रेसले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय पाएको छ ।
जसमा कुन्दन राज काफ्ले, श्याम बहादुर खड्का र मधुकुमार श्रेष्ठलाई जिम्मेवारी पछि तोकिने गरि मन्त्री नियुक्त भएका छन् ।
नियुक्त भएका सबै मन्त्रीहरुले बुधबार नै पद तथा गोपनीयताको सपथ लिएका छन् ।
मकवानपुर । बागमती प्रदेश, कृषि तथा पशुपन्छी विकास मन्त्री राजेन्द्रमान श्रेष्ठले आफ्नो कार्यकालमा भएको कार्यको प्रगति विवरण सार्वजनिक गरेका छन् । मन्त्री श्रेष्ठले साेमबार १४ महिनाको अवधिमा भएको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
उक्त अवधिमा लम्पी स्किन डिजिज नियन्त्रण तथा रोकथामको लागि १ हप्ते अभियान चलाइ ४८ हजार ३ सय ६४ गाईमा निःशुल्क रुपमा खोप लगाइएको जानकारी दिए । कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रमा प्रतिकुल असर पार्ने प्राकृतिक र गैर प्राकृतिक विपद्बाट प्रभावित किसानलाई हालसम्म २ करोड ३० लाख राहत रकम ५९ हजार ८३ रुपैयाँ कृषकको खातामा पठाइसकेको उनकाे प्रगतिमा समावेश गरिएकाे छ ।
भेडाबाख्रामा लाग्ने पिपिआर रोग नियन्त्रणका लागि बागमती प्रदेशको १३ वटै जिल्लामा सप्ताहव्यापी खोप अभियान सञ्चालन गरी ११ लाख ४२ हजार ३ सय २७ भेडाबाख्रालाई पिपिआर रोगविरुद्धको खोप लगाइएको समेत प्रगतिमा उल्लेख गरिएकाे छ । स्थानीय तहसँगको समन्वयमा प्रदेशका २६ स्थानमा ‘एक वडा, एक पशु स्वास्थ्य क्लिनिक’ स्थापनाका लागि निमार्ण कार्य अन्तिम चरणमा रहेको समेत उनले बताए ।
मन्त्री श्रेष्ठले प्रदेशका ८ जिल्लाको १० स्थानमा निर्माणाधिन शीत भण्डारहरुको निमार्ण कार्य ८६ प्रतिशत सम्पन्न भएको जानकारी दिए । उनले हेटाैैडाकाे तरकारी बजार निर्माणका लागि ४ करोड रकम विनियोजित गरेको समेत बताए ।