मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सहिद दिवस २०८१ को अवसरमा सहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।
प्रदेश प्रमुख देवकोटाले बुधबार सहिद दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्नुहुँदै सहिदहरुको योगदानलाई उच्च सम्मान सहित श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो ।
इतिहासका विभिन्न कालखण्डमा देशको निम्ति आफ्नो प्राणको आहुती दिने ज्ञात अज्ञात सहिदहरूप्रति उहाँले श्रद्धाञ्जली अर्पण गर्नु भएको हो ।
सहिदहरूको बलिदानको मर्मलाई बुझी समृद्ध नेपालको साझा सपना साकार पार्न जिम्मेवारी पूर्वक आ आफ्ना कर्तव्य पालन गर्नमा सबैलाई प्रेरणा मिलोस भन्ने कामना गर्नुभएको छ ।
“बर्षौं पहिले कसैले रोपेको बिरुवाले आज छहारी र शीतलता प्रदान गरेजस्तै देशको निम्ति जीवन उत्सर्ग गर्ने राष्ट्रप्रेमी मानवको बलिदानको परिणामले आज हामी सम्पूर्ण नेपाली स्वाधीन, स्वतन्त्र र स्वाभिमानी भएर अग्रगामी मार्गमा छौँ” सन्देशमा भनिएको छ “सहिदहरूको त्याग, साहस र बलिदानको गौरवपूर्ण गाथाले देशलाई माया गर्न र आफ्नो कर्तव्यमा निष्ठापूर्वक लागिरहन हामीलाई हौसला मिल्ने कुरामा म बिश्वस्त छु ।”
आजको यो महत्वपूर्ण दिनमा सम्पूर्ण राजनैतिक दल र आम नागरिक गम्भीर भई आत्मसमीक्षा गरेर देशको हीतलाई सर्वोपरी राखी अघि बढेमा मात्र सहिदप्रति वास्तविक सम्मान हुनेछ विज्ञाप्तीमा भनिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको यो उत्कृष्ट व्यवस्था तिनै महामानवका बलिदानको उपज भएको उहाँले उल्लेख गर्नु भएको छ ।
मकवानपुर । सञ्चारिका समूह नेपाल मकवानपुर शाखाको तेस्रो अधिवेशनले पत्रकार निशा गुरुङको नेतृत्वमा नयाँ समिति चयन गरेकाे छ ।
समूहको मंगलबार हेटौंडामा भएको तेस्रो अधिवेशनबाट गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएकाे हाे । अबको ३ वर्ष उनले नेतृत्व सम्हाल्ने भएकी छिन् । पत्रकार निशा रेडियो मकवानपुर र प्रदेश दैनिक पत्रिकामा हेटाैडामा कार्यरत छिन भने थाहा खबर अनलाइनमा मकवानपुर संवाददाताकाे रुपमा कार्यरत छिन । अधिवेशनले चयन गरेका अन्य सबै पदाधिकारहरु मकवानपुर तथा जिल्ला बाहिरका विभिन्न सञ्चार माध्यममा सक्रिय छन् । समूहको उपाध्यक्षमा जमुना थिङ, महासचिवमा मञ्जु मैनाली, सचिवमा अम्बिका बस्नेत, कोषाध्यक्षमा अन्जना न्यासुर चयन भएका छन् ।
यस्तै सदस्यमा सम्झना थापा, सुनिता विष्ट, स्मिता अर्याल, सुप्रभा चौलागाईँ, अस्मिता भट्टराई, रविना घिमिरे, आँचल तिमल्सिना र सुमिना चौलागाई चयन भएका छन् । सञ्चारिका समूह मकवानपुरकी निवर्तमान उपाध्यक्ष प्रिया पौडेलको अध्यक्षता एवम् सञ्चारिक बागमती प्रदेश अध्यक्ष सरिता दाहालको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाई, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस युनियनका सचिव बलराम पुडासैनी, प्रेस सेन्टर मकवानपुर अध्यक्ष एमपी शर्मा, समाजवादी प्रेस संगठन मकवानपुर अध्यक्ष शिव चौलागाई, स्वतन्त्र पत्रकार संघका मकवानपुर अध्यक्ष गोकुल अधिकारीको उपस्थिती रहेको थियो ।
बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख देवकोटाले प्रदेशसभाको पन्ध्रौँ अधिवेशन आह्वान गर्नु भएकाे प्रदेश प्रमुख कार्यायका प्रवक्ता देवेन्द्र सापकोटाले बताउनु भयाे । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो । सदनका लागि पर्याप्त ‘बिजनेस’ नभएपछि विपक्षी दलले माग गरे पनि सरकारले बैठक राख्न सकेको थिएन ।
मकवानपुर । प्रेस सेन्टर नेपाल मकवानपुर अध्यक्षमा याम प्रसाद शर्मा पौडेल (एमपी शर्मा) चयन भएका छन् ।
सेन्टरको शनिबार हेटौंडामा भएको छैठौं अधिवेशनले शर्माको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । यस्तै उपाध्यक्षमा अशोकसुजन श्रेष्ठ र नवराज वाईबा, सचिवमा अनिल पराजुली, सहसचिवमा जमुना थिङ र सुरेश बल, कोषाध्यक्षमा राजेश थापा (गरिब) चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा सुमित विक, राजकुमार स्याङ्बो, केदार ढकाल, आशिष बल, युवराज बिमली, सीता कोइराला, विवेक सिन्तान चयन भएका छन् । बाकी सदस्य कार्यसमितिको बैठकले मनोनित गर्ने बताइएको छ ।
प्रेस सेन्टर नेपाल मकवानपुरकी अध्यक्ष अञ्जली थापाको अध्यक्षता तथा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाको प्रमुख आतिथ्यमा अधिवेशन भएको हो।
२०८१ माघ १० गते बिहीबारकाे सहीखबर साप्ताहिक पत्रिका यहाँबाट पढ्नु सक्नु हुनेछ
Barsh 13 Anka 24 Magh 10 Gate