मकवानपुर । मकवानपुर एक हजार ५ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार २२ जनामा काेराेना पुष्टि भए सँगै संक्रमितकाे संख्या एक हजार ५ सय नाघेकाे हाे ।
आइतबार सम्म मकवानपुर जिल्लामा १० हजार ४ सय ५८ जनाको पीसीआर जाँच गरिएको मध्य एक हजार ५ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे सामाजिक विकास मन्त्रालयले जनाकारी दिएकाे छ । तर, तुलनात्मक हिसाबले मकवानपुर जिल्लामा कोरोना संक्रमण दर कम हुँदै गएको देखिन्छ ।
मकवानपुरमा बिदेशबाट फर्किएकाहरु र यही रहेकाहरुमा कोरोनाको लक्षण देखापरेपछी पीसीआर जाँचको कामलाई तिव्रता दिइएको छ । पछिल्लो समयमा शहर बजार क्षेत्रमा कोरोना संक्रमित धेरै देखिन थालेको सेढाईले जानकारी दिए।
भीमफेदी सुमाे दुर्घटनामा थप एक जनाकाे मृत्यु
Tags: No Comments
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका ६ मा भएकाे सुमो दुर्घटनामा थप १ जनाको मृत्यु भएको छ । आईतबार दिउँसो हेटौंडाबाट काठमाण्डौ जाँदै ना १ ज ४१०६ नंबरको सुमो दुर्घटना भइ सडकबाट डेड सय मिटर तल खसेको थियो ।
सुमाे दुर्घटनास्थलमै २ जनाको मृत्यु भएको थियो भने १ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । घटनास्थलमै मृत्यु भएका मृतकको अनुहार क्षतविक्षत भएकोले चिन्न सकिने अवस्था नभएकाे मकवानपुर प्रहरीले बताएकाे छ । तर साथमा भेटिएको कागजपत्रका आधारमा उनीहरूकाे साथमा रहेकाे नागरिकता र पासपाेर्टकाे अाधारमा हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरी बस्ने २५ वर्षीय भिमबहादुर थिङ र मकवानपुरको राजन राना मगर रहेकाे प्रहरी उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए ।
उपचारकाे क्रममा मृत्यु हुनेमा झापा जोरपानी–७ की २५ वर्षीया देवीकुमारी गिरीको भीमफेदीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपश्चात् थप उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । यसै गरी दुर्घटनामा घाइते हुनेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ बसामाडी बस्ने ३० वर्षीया शर्मिला थिङ, रौतहट रङ्गपुर गाउँपालिका बस्ने २९ वर्षीय सुजनकुमार काफ्ले, मकवानपुरगढी गाउँपालिका–४ बस्ने २७ वर्षीय सोमबहादुर गुरुङ, सुमो चालक भीमफेदी–४ घर भई हाल सामरी बस्ने विष्णु मगर र अन्दाजी ५ वर्षीय एक बालक रहेका छन् ।
घाइते ५ जनाकाे हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भईरहेको बताइएकाे छ । घाइते मध्य ४ जनाको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।
चितवन। चितवनमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ। भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आइतबार बिहान ६:३५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए।
असोज १६ गते कोरोना सङ्क्रमणसहित उनी भरतपुर अस्पतालको कोभिड आइसीयूमा भर्ना भएका थिए। उनमा खोकी र स्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ। यससँगै कोरोनाका कारण चितवनका मात्रै २४ जनाको मृत्यु भएको छ।
मकवानपुर । लायन्स क्लब अफ हेटौंडा पाथिभरा गोल्डले दिव्य सेवा निकेतन, हेटौंडालाई खाद्यान्न सहयाेग गरेको छ ।
सहयाेग कार्यक्रममा दुई बोरा चामल, दाल, चिनी, चियापत्ति, तेल, विस्कुट, पिठो, नुन लगायतका सामग्री वितरण गरेको कार्यक्रम संयोजक अप्सरा मानन्धरले बताईन् । कार्यक्रम लायन्स क्लब इन्टरनेशनल ३२५ वि २ की क्षेत्रीय प्रमुख अंकिता सुमार्गीको प्रमुख आतिथ्य तथा लायन्स क्लब अफ हेटौंडा पाथिभरा गोल्डकी अध्यक्ष रश्मी बस्नेतको अध्यक्षतामा भएको हाे ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ वि २ की जोन चेयरपर्सन शोभा श्रेष्ठ, दिव्य सेवा निकेतनका केन्द्रीय अध्यक्ष टिआर निरौला, लायन्स क्लब अफ हेटौंडा पाथिभरा गोल्डकी पुर्व अध्यक्षहरु माधवी बोस, आशिका श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।
मकवानपुर । विहीबारबाट सुरु भएको नेपाल विद्यार्थी संघ (नेवि संघ) मकवानपुर र अनेरास्ववियूको संघर्ष कार्यक्रम अन्तर्गत शुक्रबार हेटौंडा उपमहानगरपालिकाको मुल गेटमा १ घण्टा धर्ना दिएका छन् । मकवानपुरका दुई विद्यार्थी संगठनले विभिन्न प्लेकार्ड सहित उपमहानगरपालिकामा धर्ना दिएका हुन् ।
यसै गरी संघर्षकाे कार्यतक्रम अन्तर्गत राष्ट्रिय परीक्षा बोर्डको कार्यालय हेटौंडा शाखा, प्याव्सन मकवानपुर, मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस र हेटौंडा स्कुल अफ म्यानेजमेन्ट क्याम्पसलाई लेखा शाखामा तालाबन्दी लगाउने लिखित जानकारी गराएको अनेरास्ववियू मकवानपुरका संयोजक किशन घिसिङले बताए । असोज १८ गतेदेखि सम्पुर्ण शैक्षिक संस्थाको लेखा शाखामा विद्यार्थी संगठनले ताला लगाउने भएको छ । यस्तै असोज १९ गते हेटौंडाको बुद्धचोकमा प्लेकार्डसहित प्रदर्शन गर्ने घिसिङले जानकारी दिए ।
मकवानपुरका संस्थागत विद्यालय तथा निजि क्याम्पसहरुले अनलाइन कक्षाकाे नाममा असुलिरहेको शुल्क समान गर्न, विद्यार्थीलाई विद्यालयसम्म जोड्ने कार्यक्रम सञ्चालन हुनुपर्ने, सबै विद्यार्थीलाई शिक्षाको पहुँचमा ल्याइनुपर्ने, विद्यार्थीको घरभाडा मिनाहा गर्नुपर्ने माग संगठनले गरेका छन् ।