हेटौंडा । मकवानपुरमा थप ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ सय १५ जनाको स्बाब असोज २६ गते लिएकोमा १ सय ५३ जनाको परीक्षण रिपोर्टमा ७९ जनाको पोजेटिभ आएको हो ।
कोरोना संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ७६ जना,मकवानपुरगढी गाउँपालिकाका २ जना र बकैया गाउँपालिकाका एक जना गरी ७९ जना रहेका छन् ।

मकवानपुर । बागमती प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा टिका बल्भब सापकोटा नियुक्त भएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी ४ बर्षका लागि काभ्रेका सापकोटालाई उपाध्यक्षमा नियुक्त गरेको हो ।
यसैगरी मंगलबारकाे मन्त्रिपरिषद बैठकले प्रदेश सुशासन नियमावली २०७७ स्विकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए । यस्तै उद्योग, पर्यटन, वन तथा बाताबरण मन्त्रालयमा अस्थायी दरबन्दी स्विकृत गर्ने र भैसे भीमफेदी सडक आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा निर्धारण गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता मन्त्री ढुंगेलले जानकारी दिए ।
मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले नेपाल रेडक्रस सोसाईटी हेटौंडा शाखासँगको समन्वयमा रक्तदान कार्यक्रम गरेकाे छ। ६५ औं प्रहरी दिवस २०७७ को अवसरमा मंगलबार रक्तदान कार्यक्रम गरिएको हाे ।
बागमती प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय मकवानपुर, दंगा नियन्त्रण प्रहरी गण र सशस्त्र प्रहरी गण हेटौंडामा कार्यरत ५५ जना प्रहरी कर्मचारीहरुले रक्तदान गरेकाे बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले बताए ।
नेपाल प्रहरी स्थापनाको सु-अवसरमा हरेक बर्ष मनाईने प्रहरी दिवसमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले बिभिन्न कार्यक्रमहरु गरिरहेको छ । प्रहरी दिवसकै अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले सार्वजनिक महत्वका स्थलहरुको सरसफाई, वृक्षारोपण, प्रदेश प्रहरी श्रीमती संघबाट हेटौंडामा रहेका वृद्धाश्रमहरुमा फलफुल वितरण गर्ने लगायतका कार्यक्रम संचालन गर्ने तय भएको प्रवक्ता गिरीले जानकारी दिए । असोज ३० गते “६५ औं प्रहरी दिवस २०७७” मनाईने छ ।
मकवानपुर । मकवानपुरमा थप १ सय २५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । संक्रमित मध्य हेटाैडा उपमहनगरपालिकाका १ सय १० जना, बागमती गाउँपालिकाका १४ जना, मकवानपुरगढी गाउँपालिकाका १ जना रहेकाे हेटाैडा उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत भाेलानाथ चाैलागाइले जानकारी दिए ।
संक्रमित मध्य ७७ जना पुरूष र ४८ जना महिला रहेका छन् । ३ जना मकवानपुर जिल्ला बाहिरका रहेकाे चाैलागाइले वताए । असाेज २५ गते लिइएकाे २९६ जनाकाे स्बाबकाे परीक्षण नतिजा साेमबार राती अाएकाेमा उक्त संख्यामा संक्रमित देखिएकाे हाे ।

मकवानपुर । मकवानपुरमा थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका २९ जना र बागमती गाँँउ पालिकाका १३ जना रहेका छन् ।
२ सय ११ जनाको स्वाब परीक्षण हुँदा आइतबार राती आएको रिपोर्टमा थप ४२ जनामा कोरोना संक्रमण देखिएको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत भोलानाथ चौलागाईंले जानकरी दिए । आइतबार दिउँसो मात्रै हेटौंडा उपमहानगरपालिकाका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।