मकवानपुर । मकवानपुरमा थप ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडामा गरिएको १ सय ५३ जनाकाे स्वाब परीक्षण गर्दा ३९ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका स्वाथ्य अधिकृत भोलानाथ चौलागाईले बताए ।
काेराेना संक्रमित मध्य ११ जना महिला २८ जना पुरुष रहेक छन् । संक्रमित हेटाैडा उपमहानगरपालिकाका ३१ जना, भीमफेदी गाउँपालिकाका २ जना र थाहा नगरपालिकाका ६ जना रहेका छन् । याे संक्रमितको संख्या ३४ प्रतिशत रहेको छ।

मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको नेपालकै लामो मानिने फलामे भर्याङमा छायांकन भएको गाजालु आँखैले बोलको गीत सार्वजनिक भएको छ । हेटौंडाका गायक आशिष अस्लामी मगरको स्वरमा रहेको गीत थाहानगर निवासी विवेक पाख्रिनले रचना गरेका हुन् ।
पर्यटकीय नगरीको सुन्दर दृश्य सहित तामाङ जातिमा हुने सोल्टा सोल्टीनीको प्रेम दर्शाइएको उक्त गीतमा कलाकारहरु भुपेन्द्र राना र सुजु मगर मुख्य भुमिकामा रहेका छन् । स्थानीय लोक संस्कृतिको झल्को दिने शैलीमा युवा युवतीका प्रेम देखिन्छ ।

गायक मगरको क्या राम्री बोलको गीतको श्रृङखला दुईको रुपमा आएको गाजालु आँखैको निर्देशन थाहा कला केन्द्रका अध्यक्ष सानुबाबु मोक्तानले गरेका हुन् । म्युजिक भिडियोमा एजे टिम हेटौंडाले छायाँङ्कन रहेकाे छ भने संगीत संयोजन अमृत ल्वागुनले गरेका हुन् । गीतमा सञ्चारकर्मी अमृत चिमरिया, कृपा गोपाली, सुब्बु रिजाल र सानुबाबु मोक्तान समेतको अभिनय रहेको छ ।
हेर्नुहाेस भिडियो
मकवानपुर । खानेपानीको समस्या झेल्दै आएका लोपोन्मुख जाति वनकरियावस्तीमा खानेपानीकाे लागि ट्युवेल निर्माण भएपछी खुसी भएका छन् । खोल्साको पानी पर्याप्त नहुने र कुलोको पानी प्रदुषित हुने भएपछि वनकारियाहरु खानेपानीको समस्यामा थिए । मनहरी गाँउपालिका ट्वाङ्ग्रेमा वसाेबास गर्ने वनकरियाकाे लागि खानेपानीकाे १० वटा ट्युवेल संचालनमा आएपछि उनीहरू खुसी भएका हुन् ।
२० घर रहेको वनकारियावस्तीमा तीन लाख ३० हजार रुपैंयाको लागतमा १० वटा ट्युवेल निर्माण गरिएको छ । ट्युवेलको मनहरी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष ध्रुव खड्काले आईतबार उद्घाटन गरे । ट्युवेल निर्माण गर्न सन्तोषी वनकारियाको संयोजकत्वमा खानेपानी व्यवस्थापन समितिले समन्वय गरेको थियो । वनकरिया महिला विकास संघकी अध्यक्ष माया वनकरियाले ट्युवेल निर्माण भएपछि भाँडा माझ्न, लुगा धुन कुलोको मलमुत्र मिसिएको पानी प्रयोग गर्नबाट मुक्ती पाएको बताईन् । आदिवासी मामिलाहरुको लागि अन्तर्राष्ट्रिय कार्य समूह(आईडब्लुजीआईए)को आर्थिक सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघमार्फत् ट्युवेल निर्माण गरिएको हो ।

यस्तै कोरोना भाईरस(कोभिड–१९)का कारण बेरोजगार भएका वनकरिया महिलालाई खाद्यान्न वितरण गरिएको छ । १९ वनकारिया परिवारका महिलालाई चामल १ बोरा, तेल र नुन प्रदान गरिएको थियो । साथै राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले वनकरिया समुदायमा भूमी अधिकारसम्वन्धी वकालत कार्यक्रम गरेको छ । कार्यक्रममा महासंघकी कोषाध्यक्ष निर्मला भुजेल र सचिव सावित्रा चेपाङले सहजिकरण गरेका थिए ।
ट्वाङ्ग्रे डाँडा वनकरिया विकास समितिकी अध्यक्ष सन्तमाया वनकरियाको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका ४ का वडा सचिव विदुर पाठक, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी कोषाध्यक्ष निर्मला भुजेल, सचिव सावित्रा चेपाङ लगायतको आतिथ्य रहेको थियो ।
मकवानपुर / महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले बालबालिकाको क्षेत्रमा कार्यरत सस्थाहरुलाई सरकारसँंग सहकार्य गरि बाल अधिकारका नीति तथा कानुनहरु कार्यान्वयनमा सहयोग गर्न अपिल गरेका छन् ।
सरकारले बालअधिकारको संरक्षणका लागि दीर्धकालिन रणनैतिक योजना ल्याई स्थानीयत तह देखिनै समग्र बाल संरक्षण प्रणाली कार्यान्वयनमा ल्याउन लागेको उनले बताए । मन्त्री श्रेष्ठले राष्ट्रिय बाल संरक्षण संजाल नेपालको नबौ बार्षिक साधारण सभामा यस्तो बताएका हुन् । साधारण सभाको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले बाल संरक्षणको क्षेत्रमा राष्ट्रिय बाल संरक्षण सञ्जालले पुर्याएको योगदानको प्रशंसा गरे ।
भर्चुअल प्रविधिबाट भएको कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलन राज धरेलले बाल बालिका ऐन २०७५ आएपछि राष्ट्रिय बाल अधिकार परिषदले पुर्णता पाएको बताए । ‘अब बालबालिका सम्बन्धि कानुनको कार्यान्वयनको पाटो महत्वपुर्ण भएकोले हामि कानुनको पालनामा कृयाशिल छौ भन्न्े देखाएको छ’ उनले भने । निर्देशक धरेलले परिषदले घटना व्यवस्थापन प्रणाली, बाल हेल्पलाईन १०९८ को हाल भएको संख्या १२ बाट बढाएर २५ सम्म पु¥याउने, खोज तसाल केन्द्र १०४ लाई सबलिकरण गर्ने, बाल संगठनलाई बिस्तारलगायत, बाल मैत्रि ढंगबाट कृयाशिल भई काम भइरहेको उनले बताए ।
यसैगरि श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका उपसचिब सुजन जोजिले सरकारले बाल श्रम अन्त्य गर्ने कार्ययोजना अगाडि ल्याएको बताए । उनले सात बटै प्रदेशमा बाल श्रम अन्त्य गर्न सामाजिक संस्थाहरुलाई समन्वय र सहकार्यको लागि आग्रह समेत गरे ।
कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरि मन्त्रालयका सहसचिब बुद्ध गुरुङले मन्त्रालय बाल अधिकारको संरक्षण को लागि कृयाशिल रहेको बताए । सातै प्रदेशमा सरकारी नीति कार्यान्वयन र बाल अधिकार सम्बर्धनका लागि राष्ट्रिय बाल संरक्षण संजाललाई समन्वय र सहकार्यको लागि आह्वान समेत गरे ।
बार्षिक साधारण सभामा संजाल महासचिब अनिता पाण्डेले सस्थाको कार्यक्रमिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष ज्ञान भक्त महर्जनले सस्थाको आर्थिक प्रगती प्रतिबेदन तथा लेखा परीक्षण प्रतिबेदन प्रस्तुत गरेको राष्ट्रिय बाल संरक्षण सञ्जालका सचिब प्रकाश खतिवडाले बताए ।
मकवानपुर । साथी हत्या गरि फरार मकवानपुर बकैया गाँउपालिका भीमराज भोलनलाई मकवानपुर प्रहरीले शनिबार साँझ पक्राउ गरी आइतबार सार्वजनिक गरेकाे छ ।
कार्तिक २१ गते शुक्रबार बकैया ४ नयाँ दमार सिमाद खोला किनारको फुटबल मैदानमा सोही गाउँका २० वर्षीय विकास वाईवा र भोलनको विवाद हुँदा भोलनले विकासमाथि खुकुरी प्रहार गरेका थिए । चौरमा बसी चुरोट खाइरहेको अवस्थामा विवाद हुँदा भोलनले आफ्नो साथमा बोकेको धारिलो हतियार खुकुरीले एक्कासी प्रहार गरी घाइते बनाई लखेटी शरीरको विभिन्न भागमा प्रहार गरी घाँटी छिनाई शरीरबाट टाउको अलग गरी फरार रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्र बहादुर रानाले जानकारी दिए ।
घटनापछि भागेका भोलनलाई जिल्लाका सबै नाकामा प्रहरी परिचालन गरेर खोज्ने क्रममा २७ घण्टापछि प्रहरीले पक्राउ गर्न सफल भएको हो । भोलन भागेर ललितपुरको बागमती गाउँपालिका २ माल्टामा पुगेका थिए । स्थानीयले उनको गतिविधि शंकास्पद लागेपछि नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका थिए। स्थानियको खबरपछि ईलाका प्रहरी कार्यालय ठिंगन र प्रहरी चौकी भट्टेडाँडा ललितपुरको प्रहरी टोलीको सहयोगमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा भोलनलाई ल्याइएको प्रबक्त्ता रानाले बताए ।
भोलनलाई आवश्यक अनुसन्धानको लागि हिरासतमा राखी कर्तव्य ज्यान सम्बन्धी कसुर अनुसारकाे कारवाहीकाे लागि अनुसन्धान भइरहेको रानाले जानकारी दिए ।