मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले आइसोलेसन संचालन गर्ने तयारी थालेकाे छ । संघको स्वामित्वमा रहेको पल्पसा सभागृहमा पल्पसा सभागृहमा आइसोलेसन सेन्टर संचालन गर्ने तयारी गरेकाे हाे । पल्पसा सभागृहमा कोभिड संक्रमितहरुको लागि आइसोलेसन संचालनकाे लागि संघले बुधबार सम्बन्धित निकायका पदाधिकारीहरुसँग दुई चरणमा छलफल गरेको छ ।
आइसोलेसन सेन्टर संचालनको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट अनुमति प्राप्त भएपश्चात थप तयारीका साथ व्यवस्थापनमा खट्ने संघका अध्यक्ष कृष्ण कटुवालले बताए । आइसोलेसन संचालनका लागि मउवासंघबाट ४ लाख रुपैयाँ सहयोग गर्ने संघ अध्यक्ष कटुवालले जानकारी दिए । छलफलमा सहभागी अन्य प्रतिनिधिहरुले यथोचित सहयोग गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । संघका उपाध्यक्ष कृष्ण कुमार गुप्ताले आइसोलेसन संचालनमा यातायातको सुविधाको लागि आफ्नो सुमो निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् ।
छलफलबाट संघका अध्यक्ष कृष्ण कटुवालको संयोजकत्वमा उपस्थित संघ/संस्थाको प्रतिनिधि सदस्य रहने गरी आइसोलेसन सेन्टरलाई व्यवस्थापन गर्ने निर्णय गरिएको छ । साथै घरमै आइसोलेसनमा रहेका कोभिड संक्रमितहरुको अवस्था बुझ्न, स्वास्थ्य परामर्श तथा औषधीलगायत उपलब्ध गराउन स्थलगत रुपमा पनि खट्ने निर्णय गरिएको संघले जनाएको छ ।
एभरेष्ट ग्याँस उद्योग प्रालिका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य शिव प्रसाद घिमिरेले २५ थान अक्सिजन सिलिण्डर मकवानपुर उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेका छन् । यस्तै संघका उपाध्यक्ष कृष्ण कुमार गुप्ताले अक्सिजनका खालि सिलिण्डरहरू भर्न लाग्ने खर्च व्यहोर्ने बताए ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको छलफल कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतलगायत नारायणी यातायात व्यवसायी संघ, निर्माण व्यवसायी संघ मकवानपुर, नारायणी यातायात कम्पनी, उपभोक्ता हित संरक्षण मञ्च, नेपाल औषधी व्यवसायी संघ मकवानपुर, सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा, चुरेहिल हस्पिटल, मकवानपुर सहकारी अस्पताल, हेटौंडा मोडेल अस्पताल, मकवानपुर होटल एशोसिएसन, नारायणी पेट्रोलियम विक्रेता संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
मकवानपुर । राष्ट्रियसभा उपनिवाचनको लागि गृहमन्त्रीरामबहादुर थापा ‘बादल’ सहित एमाले नेताहरु हेटौँडा आईपुगेका छन् । भोली जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनको उम्मेद्वार समेत रहेका बादल आज हेटौँडा आएका हुन् ।
बागमती प्रदेश अन्तर्गत रिक्त भएको १ पदको उपनिर्वाचनमा एमालेको तर्फबाट गृहमन्त्री समेत रहेका बादल उम्मेद्वार बनेका छन् । उनको प्रतिस्पर्धीको रुपमा उमेद्वावारी दर्ता गर्दाको समयमा एमालेको नेपाल समूह, नेपाली कांग्रेस, माओवादी केन्द्र तथा जनता समाजबादी पार्टीको तर्फबाट डाक्टर खिमलाल देबकोटा रहेका छन् । बादलसँगै एमाले नेताहरु हेटौंडा आएका छन ।
मकवानपुर । मकवानपुरमा गएको २४ घण्टामा थप ७७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो संगै हालसम्म कोरोना मुक्त हुने संख्या ४ हजार ५ सय २६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मकवानपुरमा होमआइसोलेसबाट ६७ र आइसोलेसनबाट १० जना गरी थप ७७ जना कोरोना मुक्त भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
कोरोना संक्रमण मुक्त हुनेमा ४३ जना हेटौंडा उपमहानगरपालिकाका,१८ जना कैलाश गाउँपालिकाका, ७ जना मनहरी गाउँपालिकाका,थाहा नगरपालिका,भीमफेदी र मकवानपुरगढी गाउँपालिकाका ३/३ जना रहेको स्वास्थ्य कार्यलयले जानकारी दिएको हो ।
मकवानपुर । हेटाैडा उपमहानगरपालिका सहित मकवानपुरमा थप २ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । जेठ २ गते संकलन गरिएकाे ३ सय ७४ जनाको परीक्षणमा २ सय ५ जनामा संक्रमण पुष्टि भएको हाे ।
मंगलबार जेठ ४ गते प्राप्त रिपाेर्टमा १ सय २४ जना पुरुष र ८१ जना महिला काेराेना संक्रमित रहेका छन् । काेराेना संक्रमित मध्य सबैभन्दा धेरै हेटौडा उपमहानगरपालिकाका १ सय ५० जना रहेका छन् ।
यस्तै थाहानगरकामा २१ जना, मकवानपुरगढी गाउँपालिकामा १० जना, मनहरी गाउँपालिकामा ४ जना, भीमफेदी गाउँपालिकामा १ जना र जिल्ला बाहिरका ८ जना तथा ठेगाना नखुलेको ११ जना संक्रमित रहेकाे हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत भोलानाथ चौलागाईले जानकारी दिए ।

मकवानपुर । मकवानपुर प्रहरीले १ क्विन्टल गाँजा सहित ३ जना पक्राउ गरेकाे छ । निषेधज्ञा जारी रहेकै मकवानपुरमा ठुलो परिणामको गाँजा सहित मानिस पक्राउ गरिएकाे हाे । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर १ बाट प्रहरीले १ सय किलो गाँजा सहित पक्राउ गरेको हो ।
बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलिले नामटारबाट हेटौडा आउँदै गरेको ना २ ख ९८६२ नम्बरको ट्रकलाई जाँच गर्दा उक्त परिमाणको गाँजा सहित ट्रक चालक काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका ५ का ४९ बर्षीय आईते बहादुर ठाडामगर, गाँजा ओसारपसारमा संलग्न भिमफेदी गाउँपालिका ९ का ४१ बर्षीय ऐक्ला भन्ने राज कुमार तामाङ र कैलाश गाउँपालिका १० का ३६ बर्षीय सविन भन्ने सुबिन रुम्बालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताए ।

ट्रकको क्याभिनको हुटमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको १७ वटा पोकामा रहेको १ क्विन्टल गाँजा फेला पारेको मकवानपुर प्रहरीले जनाएको छ ।