मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट विहीबार हेटाैडाका ३ उद्याेगकाे अनुगमन गरिएकाे छ । काेराेना संक्रमणकाे कारण निषेधाज्ञामा समेत वन्द नगरिएकाे उद्याेगहरूले संक्रमणको समयमा उद्याेग व्यवस्थापनका सम्बन्धी अनुगमन गरिएकाे हाे ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा हेटौंडाको चुरीयामाइ मा रहेको रिद्धिसिद्धी सिमेन्ट उद्योग, एन्ट्राटीक बिस्कुट, आरएम केमीकल्स नेपालमा अनुगमन गरिएको हो ।
उद्याेग संचालनकाे समयमा मजदुरहरुलाई काममा परिचालन गर्दा स्वास्थ्य सुरक्षाकाे उपायहरू अवलम्वन नगरिएकाे, अावश्यक सावधानी नअपनाइएकाे अनुगमनमा पाइएकाे छ । अनुगमनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकिय अधिकृत देबचन्द्र गतौला, मकवानपुरका संचारकर्मीहरु लगाएतकाको सहभागिता रहेको थियो ।
मकवानपुर । मकवानपुरमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकले जिल्लामा जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
मकवानपुरमा काेराेना संक्रमणकाे जाेखिम रहेकाेले साेकाे राेकथामकाे लागि गत बैशाख १९ गतेदेखि जारी निषेधाज्ञालाई केन्द्रको बैठक केही खुकुलो बनाउँदै अत्यावश्यक सेवा, तरकारी, फलफूल, दुग्ध पदार्थ, खाद्यान्न लगायतका पसलहरु बिहान ८ बजेसम्म संचालन गर्न दिने निर्णय समेत गरेको छ ।
बैठकले बैंकहरुको हकमा भने स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर साताको ३ दिन आइतबार, मंगलबार र विहीबार विहान १० बजेदेखि २ बजेसम्म सञ्चालन गर्न दिने र अन्य वित्तीय संघ संस्था तथा सहकारीहरु पूर्ण रुपमा बन्द गर्ने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको पहलमा आइसोलेसन बुधबारबाट सञ्चालनमा आएकाे छ । संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले पल्पसा आइसोलेशन सेन्टर संचालनमा ल्याएको हाे ।
हेटौंडामा कोरोना संक्रमितको लागि आइसोलेसनको अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय मकवानपुरले स्वीकृति दिए पछि बुधबारबाट आइसोलेसन सञ्चालनमा ल्याइएको हो । बुधबार बागमती प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले पल्पसा आइसोलेशनको उद्घाटन गरेका हुन् ।
उद्घाटनमा नेता बानियाँले सरकार पद र सत्ताको लागि परेकाे बताए । ‘अहिलेकाे काेराेना सक्रमणबाट जनतालाई जोगाउनु पर्ने समयमा सरकार आफु बच्न लागि रहेकाे छ’ बानियाले भने । उनले ३ महिना भित्र सबै जनतालाई खोप लगाउनकाे लागि सरकारलाई खबरदारी गरेका छन् ।
आइसोलेसनमा अक्सिजन सहित पूरुषको लागि २० वटा र महिलाको लागि १० वटा छुट्टाछुट्टै वेडको व्यवस्था गरिएको छ। डेक्सले एम्बुलेन्स सेवा समेत सञ्चालन गर्दै आइरहेको छ । आइसोलेशनको लागि झुल, तकिया, टेलिभिजन, इन्टरनेटसहित नुहाउनको लागि चिसोपानी, तातोपानीसम्मको व्यवस्था गरिएको पल्पसा आइसोलेशन सेन्टरका संयोजक भुवनलाल श्रेष्ठले बताए । अब ईच्छुक संक्रमित आउन वा संक्रमितको परिवारले पल्पसा आइसोलेशनमा संक्रमितहरुलाई ल्याउन सक्ने श्रेष्ठले जनाकारी दिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, मुनु सिग्देल, हेटौंडा अस्पतालका अध्यक्ष राजेश प्रसाई, नारायणी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रमुख सोमेन्द्र सिं राठौर, हेल्प डेस्कका पदाधिकारी, मउवा संघका पदाधिकारी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख, हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुखले पल्पसा आइसोलेशन सेन्टरकाे मंगलबार अवलोकन गरेका थिए । कोभिड हेल्प डेस्क मकवानपुरका स्वास्थ्यकर्मीसहितको टिमले पल्पसा आइसोलेशन सेन्टर प्रभावकारीरुपमा संचालन गर्न मंगलबार गौरीटार आइसोलेशनको अवलोकन समेत गरेको थियाे ।
मकवानपुर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य रुपकराज दहालले कोभिड हेल्प डेस्क मकवानपुरलाई अक्सिजन सिलिण्डरको लागि दुईथान रेगुलेटर सहयोग गरेका छन् । कोभिड हेल्प डेक्स सचिवालयबाट दैनिक फोन सम्पर्कमार्फत काेराेना संक्रमितहरुको स्वास्थ्य अवस्था बुझ्ने कार्य भइरहेकाे छ ।
मकवानपुर । स्वर्गीय बाबुको स्मृतिमा हेटौंडाको एक परिवारले वृद्धाश्रमलाई सहयाेग गरेकाे छ ।
हेटौंडा–४, कर्रा निवासी यातायात व्यवसायी भेष खड्गीको परिवारले स्वर्गीय बाबु कृष्णबहादुर खड्गीको सम्झनामा ओम वृद्धाश्रमलाई ह्वील चियरदेखि खाद्यान्न सामग्री सहयोग गरेको छ ।
सोमबार हेटौंडा–२ चौकिटोलस्थित वृद्धाश्रममा खड्गी परिवारले ह्वील चियर, ह्वील स्ट्याण्ड, वैशाखी, लठ्ठी, कपडासहितका सामग्री सहयोग गरेको हो । आश्रमलाई खाद्यान्नमा चामल, दाल, पिठो, चिनी, फलफूललगायतका सामग्री सहयोग गरिएको दिपेश खड्गीले जानकारी दिए ।
कोरोना महामारीका कारण जारी निषेधाज्ञामा वृद्धाआश्रमलाई पनि असहज भइरहेको अवस्थामा बाबुको सम्झनामा वृद्धवृद्धाका लागि सहयोग गरिएको खड्गीले बताए । स्वर्गीय कृष्णबहादुरको श्रीमती कृष्णमाया खड्गी, छोराहरु केशव खड्गी, भेष खड्गी, राजेश खड्गी, सुरेश खड्गी, छोरी मिना खड्गीले आश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेललाई सामग्री हस्तान्तण गरेका थिए । अध्यक्ष पौडेलले कोरोना महामारीका कारण आश्रमलाई अप्ठेरो परिरहेको बेला सहयोग प्राप्त हुँदा ठूलो राहत पाइएको बताए । उनले आश्रमलाई अन्य सहयोगका लागि समेत खड्गी परिवारसँग आग्रह गरेका छन् ।
खड्गी परिवारले आश्रमलाई थप आवश्यक सामग्री सहयोग गर्ने प्रतिबद्धता गरेको छ । वृद्धवृद्धाको पालनपोषण गर्दै आइरहेको आश्रम सहयोगबाटै सञ्चालित हुने भएकोले आवश्यक सामग्री सहयोग गर्ने प्रतिबद्धता गरिएकाे दिपेश खड्गीले बताए।
मकवानपुर । हेटाैडामा ज्याला मजदुरी गर्ने र घरेलु हिंसाबाट प्रभावित महिलाहरुलाई खाद्यान्न सहयोग गरिएकाे छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका पार्टी सभापति ईन्द्रबहादुर बानियाँले ज्याला मजदुरी गर्ने र घरेलु हिंसाबाट प्रभावित महिलाहरुलाई खाद्यान्न सहयोग गरेका हुन् ।
माईती नेपाल हेटौंडाको संयोजनमा नेता बानियाँले सोमबार कोरोना महामारीको मारका कारण ज्याला मजदुरी गर्न नपाएका र घरेलु हिंसाबाट प्रभावित १५ जना महिलाहरुलाई चामल २५ किलो, तेल २ लिटर, नुन दुई प्याकेट, दाल ३ किलो, चना २ किलो, चिउरा ५ किलो, चिनी ३ किलो, चियापती एक प्याकेट, मस्यौरा २ प्याकेटलगायतका खाद्य सामाग्री सहयोग गरेका हुन्।
कोरोना महामारीको विषम परिस्थितिमा श्रम गरेर खाने महिलाहरुलाई परेको असरलाई थोरै भएपनि राहत होस् भनेर माईती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामाको समन्वयमा सहयोग गरेको नेता बानियाँले बताए । आगामी दिनमा यसरी ज्याला मजदुरी गर्ने र घरेलु हिंसाबाट प्रभावित महिलाहरुलाई रोजगारीको लागि विशेष पहल गर्ने समेत बाँनियाले जनाकारी दिए ।
कार्यक्रममा माईती नेपालकी कार्यक्रम संयोजक लामा, फिल्ड सुपरभाइजर मन लामा, महिला मुक्ति मञ्च मकवानपुरकी अध्यक्ष उर्मिला लटौलालगायतले नेता बानियाँलाई खाद्यान्न सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । साे अवसरमा कार्यक्रम संयोजक लामाले मकवानपुरमा ज्याला मजदुरी गर्ने र घरेलु हिंसाबाट प्रभावित महिलाहरुको अवस्था बारे जानकारी गराएकी थिइन् ।