मकवानपुर / मकवानपुर जिल्लामा सक्तरुढ ५ दलीय गठबन्धनका दलहरुले आज सोमबार चुनावि भागबण्डा सक्ने तयारी गरेको छ ।
आज सोमबार साँझ ५ बजे बैठक बसेर स्थानीय तहको भागवण्डा टुंग्याउनेमा दलहरुबिच सहमति भएको बताइएको छ । यसअघि सत्तारुढ गठबन्धनका दलहरुको ८ वटा बैठकमा सहमतिको विन्दु खोजिएको थियो । उक्त सहमतिले आज सोमबार साँझ ५ बजे बैठक बोलाइएको छ ।
हिजो आइतबार दिउँसो कार्यदलको बैठक बस्ने सूची भए पनि नेकपा माओवादी केन्द्रको मकवानपुर र चितवन कमाण्डको छलफल भएकाले बैठक सोमबारको लागि सारिएको थियो ।
नेकपा (एकीकृत समाजवादी) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलका अनुसार माओवादीको आन्तरिक छलफलले यताको सहमतिको लागि समय लम्बीएको थियो । पोखरेलले भने,‘सोमबारका बैठकले सबै विषयमा लगभग सहमति गर्ने छ र सहमति नबने प्रदेश र केन्द्रमा लेखेर पठाउने विषयमा सहमति हुनेछ ।’
यता, मकवानपुरका गठबन्धन दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच अहिलेका ६ स्थानीय तहमा सोही पार्टीलाई नै दिने विषयमा सहमति भएको छ । नेपाली कांग्रेसले बकैया र राक्सिराङ गाउँपालिका, नेकपा माओवादी केन्द्रले बागमती गाउँपालिका र थाहा नगरपालिका, नेकपा (एकीकृत समाजवादी)ले कैलाश र ईन्द्रसरोवर गाउँपालिका लिने विषयमा तीनै दल सहमत छन् ।
बाँकी ४ स्थानीय तहमा हेटौँडा उपमहानगरपालिकासहित देशभरका ११ उपमहानगरपालिका केन्द्रीय कार्यदलले जसलाई दिए पनि मान्य हुने गठबन्धनमा सहमति बनेको छ । हेटौँडामा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को दाबी छ । यसपछिको मनहरी, भीमफेदी र मकवानपुरगढी गाउँपालिका ३ दलले एक–एक वटा लिन तयारी गरेका छन् । त्यहाँ पनि मनहरीमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को दाबी कायमै छ ।
नेकपा (एकीकृत समाजवादी)ले हेटौँडा लिए मनहरी आफूहरुले पाउनु पर्ने कांग्रेसको दाबी छ । माओवादीको मनहरीमा अध्यक्षसहित अन्यमा उपप्रमुख पाउनु पर्ने दाबी छ ।
यसैगरी, पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी)ले गठबन्धनमा सम्मानजनक स्थान नपाए एक्लै भए पनि उम्मेदवारी दिने निर्णय गरिसकेको छ ।
गठबन्धनमा अध्यक्ष, उपाध्यक्षमा दाबी गर्ने र अध्यक्ष, उपाध्यक्ष नपाएको खण्डमा कुनै पनि हालतमा चार वटा वडा लिने निर्णय गरेको अध्यक्ष ज्ञानेन्द्र तामाङले बताए । अध्यक्ष वा उपाध्यक्ष नपाइएको खण्डमा समाजवादीले राक्सिराङमा वडा नम्बर ३, ४, ६ र ९ लिने निर्णय गरेको छ । यस्तै, उपाध्यक्ष पाइएको खण्डमा २ वटा वडा लिने निर्णय पनि भएको छ ।
बैठकले गठबन्धनले सम्मानजनक पद बाँडफाँड नगरे एक्लै चुनावमा जान पनि अध्यक्ष, उपाध्यक्षसहित ९ वडामै उम्मेदवार टुंगो लगाएको छ । तत्कालीन राक्सिराङ गाउँ विकास समितिका अध्यक्ष कृष्णबहादुर चेपाङ फेरि समाजवादीबाट अध्यक्षका उम्मेदवार सिफारिस भएका छन् । उनी समाजवादीको जिल्ला सचिवालय सदस्य र राक्सिराङ इञ्चार्ज हुन् ।
यस्तै, गठबन्धन भएमा उपाध्यक्षमा पार्टी अध्यक्ष ज्ञानेन्द्र तामाङको नाम सिफारिस भएको छ भने एक्लै लड्नु परेमा अध्यक्ष चेपाङका सारथीका रुपमा मिलनकुमारी लामालाई उपाध्यक्ष बनाइने भएको छ । पार्टीले वडा नम्बर १ मा बाबुराम मोक्तान, वडा नम्बर २ मा नविन्द्र थिङ, वडा नम्बर ३ मा ज्ञानबहादुर स्याङ्तान, वडा नम्बर ४ मा किशोरकुमार ब्लोन, वडा नम्बर ५ मा जुनियल प्रजा, वडा नम्बर ६ मा कृष्णलाल तामाङ, वडा नम्बर ७ मा जंगमान प्रजा, वडा नम्बर ८ मा सरोजकुमार प्रजा र वडा नम्बर ९ मा अम्मरबहादुर थिङलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
गठबन्धको आजको बैठकलाई जनसंख्या तथा स्वास्थ्य मन्त्री एवम् पार्टी स्थायी कमिटी सदस्य विरोध खतिवडा, स्थायी कमिटी सदस्य एवम् मकवानपुर इञ्चार्ज ललित बस्नेत, केन्द्रीय सदस्यहरु मुनु सिग्देल, सूर्यचन्द्र न्यौपाने, राजाराम स्याङ्तान लगायतका नेताहरुले सम्बोधन गर्ने छन् ।
यस्तै, बैठकमा १० स्थानीयमा समाजवादीले माग राखेका पदहरु, वडाध्यक्षका उम्मेदवारहरु र कार्यपालिका तथा जिल्ला समन्वय समितिमा माग गरिने पदहरुबारे पनि छलफल गरिने कार्य तालिका रहेको छ । १० स्थानीय तह इञ्चार्जहरुले रिपोर्टिङ गरेपछि गठबन्धनमा भएको छलफल र सहमतिको आधारहरु खोजिनेछ ।
गठबन्धनको बैठकमा समाजवादीलाई कैलाश र ईन्द्रसरोवर गाउँपालिका दिन अन्य चार दल सहमत छन् । हेटौँडा उपमहानगरपालिकामा उपप्रमुख र मनहरी गाउँपालिकामा उपाध्यक्ष पनि समाजवादीबाटै छन् । अहिलेको गठबन्धनमा मकवानपुरका २० पदमध्ये समाजवादीले ३ वटा प्रमुख र ४ वटा उपप्रमुख मागेको छ । कैलाश र इन्द्रसरोवरमा प्रमुख पाएसँगै हेटौँडा र मनहरीमा पनि प्रमुखको दाबी छ । यस्तै, चार उपप्रमुखमा पनि समाजवादीको दाबी छ । राक्सिराङ, वकैया, गढी र भीमफेदीमा उपप्रमुखमा समाजवादीको दाबी छ ।
मकवानपुर / आसन्न स्थानीय तहको निर्वाचनमा बालबालिका तथा १८ वर्ष मुनिका किशोर किशोरीलाई प्रचार–प्रसार गर्ने, भोट माग्ने, -याली वा विजय जुलुसमा संलग्न हुन जस्ता चुनावी प्रक्रियामा समावेश नगर्न माग गरिएको छ ।
यसबारे निर्वाचन आयोगद्वारा जारी ‘निर्वाचन आचारसंहिता, २०७८’ को पूर्णपालनाको सुनिश्चितता गर्न माग गर्दै सिविन नेपालले मकवानपुरमा ७ राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिलाई ज्ञापन पत्र बुझाएको छ ।
बालअधिकारको संरक्षण र प्रवद्र्धनको सवाललाई राष्ट्रिय गौरवको योजना बनाइनु पर्ने कुरामा ध्यानाकर्षण गराउँदै सिविन नेपालले राजनैतिक दलहरुलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएको हो ।
आसन्न निर्वाचनबाट बालबालिकाले लोकतान्त्रिक अभ्यास र शासन सञ्चालनमा नागरिक अधिकारको प्रयोग बारेमा जानकारी लिने अवसर समेत भएकोले उनीहरूलाई विभिन्न तरिकाले राजनीतिक गतिविधिहरू बुझ्न दिने तर त्यस्ता गतिविधिमा संलग्न गराइने र त्यसबाट बालबालिकाको शारीरिक एवम् मनोवैज्ञानिक हानी पुग्ने तर्फ सचेत हुन माग गरिए सिविनका प्रबन्धक ज्ञवलीले बताए ।
मकवानपुरको नेपाल कम्युनिष्ट पाटी (एमाले) का जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, नेपाली काँग्रेस जिल्ला सभापति बुद्ध लामा, नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रका जिल्ला अध्यक्ष सर्केश घलान, नेपाल कम्युनिष्ट पाटी (एसकृत समाजवादी) का जिल्ला अध्यक्ष श्रीधर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष शिवराम थापा, जनता समाजवादीका जिल्ला संयोजक सुविन मोक्तान, जनमोर्चा नेपालका जिल्ला सचिव दिनेश विष्टलाई छुट्टाछुट्टै ज्ञापन पत्र बुझाइएको सिविन बालहेल्पलाइन मकवानपुरका प्रवन्धक झबिन्द्र ज्ञवालीले जानकारी दिए ।

नेपाल सरकारले विभिन्न समयमा नीति, रणनीति, गुरुयोजना, योजना, कार्यव्रmम आदि मार्फत जारी गरेका बालबालिकासम्बन्धी प्रतिवद्धताहरूको कार्यान्वयनमा जिल्लाको सबै दलहरुले प्राथमिकताका साथ घोषणा–पत्रमा समावेश गर्न माग गरिएको छ ।
यसैगरी सडकमा आश्रित, अभिभावक विहिन, हिंसा, दुव्र्यवहार, शोषण (शारीरिक, मानसिक तथा यौन र श्रम शोषण), बेचबिखन, बालविवाह, मानसिक समस्या आदि लगायतका कारणबाट जोखिम अवस्थामा रहेका बालबालिकाकोे उचित संरक्षण, पुनस्र्थापना, विकास, सीप शिक्षा र परिवारको जिविकोपार्जनका विषयमा निश्चित योजना र कार्यव्रmम बनाउने प्रतिवद्धता घोषणा–पत्रमा उल्लेख गर्न पनि माग गरिएको छ ।
बालिका तथा किशोरी माथि भौतिक रूपमा वा विभिन्न अनलाइन मार्फत हुने गरेका यौनजन्य शोषण र अपराधलाई सम्बोधन गर्ने गरी आवश्यक नीति एवम् एकीकृत बालसंरक्षण प्रणालीको विकास र व्रिmयाशीलतालाई यस दलको घोषणा–पत्रमा प्राथमिकताका दिन पनि माग गरिएको ज्ञवलीले बताए ।

जन्मदर्ता, नागरिकता, राष्ट्रिय परिचय–पत्र आदिबाट वञ्चित भई हाम्रा बालबालिका राज्य विहिनताको अवस्थामा रहनु नपरोस् भन्ने हेतुले नागरिक परिचय–पत्रको प्रवन्धलाई सुनिश्चित गर्ने अहम् सवाललाई दलहरुले केन्द्रीय एवम् स्थानीय तहका साथै उम्मेदवारहरूले जारी गर्ने घोषणा–पत्र वा प्रतिवद्धता पत्रमा सम्बोधन गर्न माग गरिएको छ ।
यसैगरी घोषणा–पत्रमा बालबालिकाको संरक्षण, विकास र सशक्तीकरणका लागि कम्तिमा १५ प्रतिशत बजेट विनियोजन गरी बाल क्लब तथा किशोरी क्लबहरू गठन एवम् सञ्चालन गर्ने प्रतिवद्धता जाहेर गर्न, नेपाल सरकारद्वारा जारी बालमैत्री स्थानीय शासनलाई आत्मसात् गरी सो अवधारणाको कार्यान्वयन मार्फत हरेक विद्यालय, टोल, नगर, सेवा प्रदायक संघ–संस्था, हरेक व्यवसाय, सार्वजनिक पूर्वाधार र व्यवहार एवम् कार्यशैलीलाई बालमैत्री बनाउने अठोट गर्न, विपद् तथा कोभिड–१९ लगायत अन्य रोग वा विभिन्न कारणबाट अभिभावक गुमाएका बालबालिकाको अभिभावकत्व स्थानीय तहले ग्रहण गर्न, यी कारणहरूले गर्दा आर्थिक तथा सामाजिक रूपमा प्रभावित बालबालिकाको संरक्षण र विकासको जिम्मा स्थानीय तह वा राज्यले लिनेगरी बालबालिका केन्द्रित विपद् व्यवस्थापनको नीति, कार्यव्रmम र संरचनाको विकासमा यस दलको प्रतिवद्धता स्पष्ट उल्लेख गर्न माग गरिएको छ ।
यसैगरी हरेक बालबालिकाको निःशुल्क स्वास्थ्य बीमा, गरीव तथा जेहेन्दार छात्र–छात्राको निम्ति छात्रवृत्ति, विद्यालय टाढा भएको अवस्थामा यातायातकोे व्यवस्थाका साथै हरेक बालबालिकाको लागि समान, गुणस्तरीय एवम् व्यवहारिक शिक्षाको व्यवस्था गर्ने प्रतिवद्धता पनि माग गरिएको छ ।
विद्यालयहरू (१० जोड २ सम्म) मा कुनै पनि दलको भातृ संगठन नखोल्न्, बालबालिका र विद्यालयलाई राजनीतिक गतिविधिबाट टाढा राख्न, शिक्षकहरूलाई दलीय राजनीतिबाट टाढा राख्नुका साथै महिनौ अगाडिदेखि चुनावका्े नाममा विद्यालय बन्द गर्ने कार्य नगर्न ज्ञापन पत्रमार्फत माग गरिएको छ ।
बालबालिका, विद्यालय र बालबालिका रहने स्थानहरूलाई “बालबालिका शान्तिक्षेत्र हुन्” वा “विद्यालय शान्तिक्षेत्र” जस्ता अवधारणामा सबै राजनीतिक दलहरूले पटक–पटक जाहेर गरेको प्रतिवद्धतालाई निरन्तरता दिइ उक्त प्रतिवद्धताको व्यवहारिक सुनिश्चितताका सबै उपाय अपनाउन माग गरिएको छ ।
यसैगरी बालबालिकालाई प्रत्यक्ष नकारात्मक प्रभाव पार्ने मदिरा तथा सूर्तिजन्य पदार्थको नियन्त्रण एवम् नियमन र लागूपदार्थ बेचबिखन माथिको प्रतिबन्धलाई कडाइका साथ लागू गर्ने प्रतिवद्धता घोषणा–पत्रमा उल्लेख गर्न, जलवायु परिवर्तनका कारण बालबालिकाको अधिकारमा परिरहेको वा पर्ने नकारात्मक प्रभावलाई सम्बोधन गर्न पनि सिविनले माग गरेको छ ।
“अपाङ्गतामा रहेका, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायमा रहेका बालबालिकाको विशेष अधिकारलाई सुनिश्चित गर्न, पितृसतात्मक सोच र प्रविधिको दुरुपयोगको दुष्परिणामका रूपमा देखिएको विभेदपूर्ण लिङ्ग छनौट गरी भ्रुण हत्या गर्ने चलनको अन्त्य गर्न पहल गरियो भन्ने माग पनि हामीले राखेका छौ” प्रबन्धक ज्ञवालीले भने ।
मकवानपुर / आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेले चुनावी प्रचारप्रसारको काम तिब्र बनाएको छ । हेटौंडा–४ मा नेकपा एमालेको वडा कमिटीले ५ वैशाखदेखि नै चुनावको प्रचार प्रसार अभियान अन्तर्गत घरदैलो कार्यक्रम सुरु गर्ने भएको छ ।
हेटौंडा उपमहानगरपालिकाबाट अधिकांश वडाहरुबाट सिफारिस भएर आएका एमालेका उम्मेदवारहरुको नाम टुङ्गो लाग्न बाँकी रहँदा सर्वसम्मत उम्मेदवार टुङ्गो लगाएको हेटौंडा–४ मा भने चुनावी प्रचार गर्न थालिएको हो । नेकपा एमालेबाट हेटौंडा–४ का वडा अध्यक्षका उम्मेदवार तथा हालका समेत वडा अध्यक्ष नविन सिग्देलले आइतबार बिहान ७ बजे कर्रा चोकमा जम्मा भएर घरदैलो कार्यक्रम सुरु गर्ने जानकारी दिए ।
शनिबार हेटौंडा–४ मा भएको एमालेको वडा स्तरिय कार्यकर्ता भेला तथा निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रममा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले वडा तहबाट सर्वसम्मत नाम सिफारिस भएका उम्मेदवारहरुको नाम परिवर्तन नहुँने भएकाले सर्वसम्मत हुनुभएकाहरुले चुनावी प्रचारको अभियानमा होमिन निर्देशन दिए ।
प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाले हामीले हाम्रो समाजलाई इन्द्रेणी जस्तै बनाउने अभियानमा लाग्नुपर्ने बताए । वडा स्तरबाट नै इन्द्रेणीका रंगहरु झैं सबै नागरिक सुखी, खुसी, समृद्ध तथा आधारभूत आवश्यकताहरु पूरा हुनेगरी काम गर्न सक्षम नेतृत्वलाई जनताले रुचाउने उनको भनाई छ ।
उनले जेष्ठ नागरिकलाई सम्मान, साना बालबालिकालाई उचित स्नेह, रोजगारी, स्वास्थ्य, शिक्षा, खेलकुुदलगायतका क्षेत्रमा सबैको हित हुनेगरी काम गर्न एमालेको सरकार र एमालेका प्रतिनिधीहरुले मात्र सक्ने दाबी गरे ।
उनले आगामी निर्वाचनमा हेटौंडा नगरमा विजयी हुने जनप्रतिनिधीहरुले रोजगारीलाई प्राथमिकतामा राख्न अनुरोध गरे । जनप्रतिनिधीहरुले हेटौंडालाई रोजगारीको लागि उचित व्यवस्थापन गरी हेटौंडाबासी मात्र नभई अन्य स्थानका नागरिकहरुलाई पनि हेटौंडामा रोजगारी गरेर आफ्नो जिविकोपार्जन गर्न सक्ने स्थान प्रदान गर्नुपर्ने बताए ।
इन्चार्ज रानाले हेटौंडाका बासिन्दाले उपमहानगरपालिकाको कार्यालय प्रवेश गर्दा गर्व महसुस गर्न सक्ने र आफ्नो समस्या लिएर नगर प्रमुखको कार्यकक्षसम्म सहजै जानसक्ने बातावरण बन्नुपर्ने बताए ।
कार्यक्रममा एमाले हेटौंडा–४ वडा कमिटीले ३५१ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गरिएको छ । यस्तै कमिटीमा ४१ सदस्यीय सचिवालय निर्माण गरिएको पनि जनाइएको छ । यसैगरी नविन मिश्रको संयोजकत्वमा कार्यालय व्यवस्थापन तथा प्रचार प्रसार उपकमिटी, केशव बासुकलाको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपकमिटी, शिवहरी दाहालको संयोजकत्वमा प्रतिबद्धता लेखन उपकमिटी, प्रकाश सुवेदीको संयोजकत्वमा स्वयम्सेवक परिचालन उपकमिटी तथा भवानी शर्माको संयोजकत्वमा निर्वाचन अनुगमन उपकमिटी निर्माण गरिएको छ ।
नेकपा एमाले हेटौंडा–४ वडा कमिटीका अध्यक्ष राजेन्द्र बास्ताकोटीको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य तथा मकवानपुर सहइन्चार्ज जुनेली श्रेष्ठ, संविधान सभा सदस्य अनन्त पौडेललगायतकाको आतिथ्यता रहेको थियो ।
मकवानपुर/मानव अधिकारको विश्वव्यापी घोषणापत्रले मौलिक अधिकारलाई मानव अधिकारको रुपमा परिभाषित गरे पनि राज्यले उक्त अधिकार समान ढँगले प्रदान गर्न नसकेको बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले बताएका छन् ।
मानव अधिकारको विषय राजनितिसंग पनि जोडिने हुनाले राजनितिक दलहरुले मानव अधिकारका विषयलाई घोषणापत्र बाटै सम्बोधन र अँगिकार गर्नुपर्ने बताउँदै सभामुख श्रेष्ठले समृद्ध मुलुकबाट मात्रै मानव अधिकारका विषयहरु सुनिश्चित हुने बताए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयले आज हेटौंडामा आयोजना गरेको मानव अधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना सम्बन्धि प्रदेशस्तरीय कार्यक्रममा सभामुख श्रेष्ठले देशको आर्थिक स्थितीले मानव अधिकारको अवस्था दर्शाउने बताउँदै जनताले संविधान प्रदत्त अधिकार प्राप्तीका लागि देश समृद्ध र विकसित हुन आवश्यक रहेको औंल्याए ।
प्रदेशको सामाजिक विकास मन्त्रि कुमारी मोक्तानले सरकारले लिएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गराउने गरी कामलाई प्राथमिकताका आधारमा अघि बढाएको बताइन् । कार्यक्रममा प्र्रदेश नीति तथा योजना आयोग बागमतीका सदस्य प्रल्हाद लामिछानेले मानव अधिकारको विश्वव्यापी घोषणामा नेपाल पक्षराष्ट्र भएकोले कार्ययोजना अनुसार राज्यका सबै संयन्त्रले काम गर्नुपर्ने बताए । यस्तै पाँचौ राष्ट्रिय कार्ययोजनामा मौलिक अधिकार अन्तर्गत रहेको खाद्य अधिकारमा पोषण तथा खाद्य सुरक्षा तथा वातावण र दीगो विकास अन्तर्गत जलवायुको समस्यापनि कार्ययोजनामा समावेश गर्न सुझाव दिए ।
साथै कार्ययोजनालाई कायान्वयन गराउन तिनवटै तहमा व्यवस्था गरिएको समन्वय समितिलाई निर्देशन समितिको रुपमा पििरभाषित गरेमात्रै राज्यले लिएको लक्ष्यमा पुग्ने बताए ।
कार्यक्रममा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन सचिव नारायणप्रसाद पोखरेलले नेपालले सबैखाले संयन्त्रहरूको समन्वयमा मन्त्रालयका योजनामा मानव अधिकार कार्ययोजनाले समेटेका विषयलाई प्रदेशमा शान्ति सुरक्षा, कारागारमा बन्दिको अधिकार, आवास, शिक्षा, स्वास्थ तथा खाद्यको क्षेत्रलाई प्राथमिकताका साथ काम गर्दै आएको बताए ।
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले राज्यले लिएका जिम्मेवारी कार्यान्वयन पक्ष कमजोर देखिएको बताए । यसलाई कार्यान्वयन गर्नु सबैको दायित्व भएको भन्दै तिनै तहको सरकार र सरोकारवाला पक्षको समन्वय जरुरी रहेको बताए।
इन्सेक केन्द्रीय कार्यालय प्रलेख तथा पैरवि विभाग प्रमुख सम्झा श्रेष्ठले मानव अधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययाजना सम्बन्धि कार्यपत्र प्रस्तुत गरेकी थिइन् । इन्सेक बागमती प्रदेश कार्यालयका संयोजक कृष्ण गौतमले मानव अधिकारको विश्वव्यापी घोषणापत्र २०६१ देखि नेपालमा मानव अधिकारको सम्बद्र्धन र संरक्षण सम्बन्धि योजनाहरु कार्यान्वयन हुँदै आएको बताए । नेपालमा हालसम्म चारवटा योजना तर्जुमा भैसकेको बताउँदै पाँचौं कार्ययोजना कार्यान्वयनको चरणमा रहेकोले सबै मिलेर यसको कार्यान्वयन गर्न आग्रह समेत गरे ।
चितवन । नेपाली कांग्रेसबाट भरतपुर महानगरपालिकाको मेयर बन्न २५ जनाले मनोनयन दर्ता गरेका छन् । कांग्रेसले भरतपुर महानगरपालिकाको मेयर र उपमेयर पदको लागि आइतबार र सोमवार २ दिन खुला गरेको मनोनयनमा २५ जनाले मेयरमा र २४ जनाले उपमेयरमा नाम दर्ता गराएका हुन् ।
मेयरको उम्मेद्वार बन्नका लागि मनोनयन दर्ता गराउनेमा पार्टी केन्द्रीय सदस्य दिनेश कोइराला,पार्टीका निवर्तमान जिल्ला सचिव उत्तम जोशी, पूर्व सांसद जगन्नाथ पौडेल, महानगर सभापति चित्रसेन अधिकारी, भरत अधिकारी, शंकर कँडेल, तारानाथ पौडेल, रामप्रसाद अधिकारी, विजय शर्मा भुसाल, वर्तमान उपमेयर पार्वती शाह ठकुरी छन् ।
यस्तै दीर्घमान श्रेष्ठ, निलकण्ठ रिजाल, गौरी कुमारी श्रेष्ठ, मिनाकुमारी खरेल, सुबोध प्रधान,शम्भुप्रसाद अर्याल,भरत गुरुङ र मिलनबाबु श्रेष्ठ, प्रकाश अधिकारी, प्रा. डा.केशवभक्त सापकोटा, टेकप्रसाद गुरुङ, राजेन्द्र डोटेल, डा. सूर्यकान्त घिमिरे,हिरामणि अधिकारी र घनश्याम दवाडीले पनि नाम दर्ता गरेका छन् ।
उपमेयरका लागि टंकनाथ पौडेल, तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की, कल्पना पौडेल, देबेन्द्र गुरुङ, पूर्णबहादुर गुरुङ, राजिब न्यौपाने, बीरेन्द्र केसी, भुपतिदास सापकोटा, केदारनाथ बराल, रबिभद्र शर्मा खनालले मनाेनयन दर्ता गराएका छन् । यसैगरी निर्मलराज पौडेल,सुरवीर पोख्रेल, महेन्द्र श्रेष्ठ,एलिसा अधिकारी, सूर्यनाथ अधिकारी, गीता गुरुङ , बिनु रायमाझी पौडेल ,बिजय घले, गौरा खरेल अधिकारी, भोजराज कौडाल र बिदुर केसीले पनि उपमेयर बन्न दाबी पेश गरेको नेपाली कांग्रेस चितवनले जनाएकाे छ ।
आइतबार बिहान ११ बजेदेखि मनोनयन दर्ता सुरू भएर सोमबार दिउँसो चार बजे सकिएको कांग्रेस महानगर समितिले जानकारी दिएकाे छ । नेपाली कांग्रेसको केन्द्रीय निर्देशन र चितवन जिल्लाको परिपत्र अनुसार प्रमुख र उपप्रमुख बन्नेहरुको नाम दर्ता गरिएको हो ।