मकवानपुर । हेटाैँडा अस्पताललाई मदनभण्डारी स्वास्थ्यबिज्ञान प्रतिष्ठानबाट अलग नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
बागमती प्रदेश सरकारले हेटाैँडा अस्पताललाई मदनभण्डारी स्वास्थ्यबिज्ञान प्रतिष्ठानबाट अलग गरेर चितवन सार्ने निर्णय गरेको थियो । सर्बाेच्चकाे संबैधानिक ईजलाशले आज यस्ताे आदेश गरेकाे हाे । न्यायिधश दिपक कुमार कार्कि, विश्वम्भर श्रेष्ठ, ईश्वर प्रसाद खतिवडा, आनन्दमाेहन भट्टराई, हरिकृष्ण कार्किकाे ईजलाशले प्रतिष्ठानबाट हेटाैँडा अस्पताललाई अलग गर्नुकाे कारण सहित उपस्थीत हुन बागमती प्रदेश सरकारलाई आदेश दिएकाे छ ।
सरकारले अध्यादेश मार्फत अस्पताललाई प्रतिष्ठानबाट अलग गर्ने निर्णय गरेकाे थियाे । मन्त्री परिषदकाे निर्णय उपर प्रतिष्ठानले सर्बाेच्चमा उत्प्रेषण परमादेशकाे रिट दायर गरेकाे थियाे । प्रचिलत संघीय कानुनसँग बाझिने गरि बागमती प्रदेश सरकारले अध्यादेश जारी गरेकाे भन्दै रिट दायर भएकाे हाे।
अघिल्लाे सरकारकाे गाैरबका आयाेजना निस्प्रभावी पार्दै आएकाे राजेन्द्र पाण्डे नेतृत्वकाे सरकारले मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई कमजाेर बनाउने नियत राखेर ऐन संसाेधन गरेकाे भन्दै आलाेचना भएकाे थियाे । हेटौंडा अस्पताललाई रिफरसेन्टरकै अवस्थामा फर्काउन लागेको भन्दै स्थानीयले बिरोध जनाउदै आएका छन् ।
मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन २०७९ को मैन अवधीमा मकवानपुरको बकैयामा मतदाता ‘फकाउन’ आचारसंहिता विपरित बाड्न लैजाँदै गरको खानेपानीको पाईप स्थानीयले रोकेका छन् ।
पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा निर्वाचन आचारसंहिता विपरित बाड्न लैजाँदै गरेको खानेपानीको पाईप स्थानीयले रोकेका हुन् ।
बुधबार दिउँसो बकैया ७ को हर्दा हुँदै माथिल्लो विकट गाउँमा मतदातालाई प्रभावित पार्ने उदेश्यले खानेपानीको पाईप बाड्न लैजाँदै गरेको अवस्थामा एमालेबाट बकैया ७ का उम्मेद्वार सहित स्थानीयले रोकेका हुन् ।
बा ११ च ७९११ नंबरको पिकअप भ्यानमा लैजाँदै गरेको ३ क्वाईल खानेपानीको कालो पाईप नेपाली कांग्रेसले बाड्न लागेको स्थानीयले आरोप लगाएका छन् । स्थानीय र सवारी चालकबीच विवाद भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
भ्यान चालकले पाईप सडकमै झारेर फर्किएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । घटनास्थल नजिकै मतदान स्थल बुथ रहेको र बुथ छोड्न नमिल्ने भन्दै प्रहरीले खानेपानीको पाईप सोही स्थानीमा छोडेको बताए ।
उक्त खानेपानीको पाईप हालसम्म पनि सोही ठाउँमा अलपत्र रहेको र कसैले पनि जिम्मेवारी लिन नआएको बताईएको छ । यसबारे थप अनुसन्धान हुन बाकी रहेको प्रवक्ता कार्कीले बताए ।
मकवानपुर । मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा छुट्टा–छुट्टै स्थानमा २ जनाको शव फेला परेको छ ।
पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाको दुई स्थानम २ वटा शव फेला परेको हो । मनहरीको वडा नंबर ७ को मनहरी बजार र वडा नंबर ९ को रजैयामा गरी एकएक जनाको शव फेला परेको ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । दुबै शव मृतकहरूकै घरमा नै भेटिएको प्रहरीले जनाएको छ ।
मनहरी बजारका ५७ वर्षीय राजु प्रसाद रौनियार गएराति आफ्नै घरको छतबाट खसेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
निरीक्षक थापाले रौनियार आफ्नो तीन तलाको घरको छतमा सुत्ने गरेको र आज बिहान परिवारले शव देखेपछि प्रहरीलाई खबर गरेको बताए । उनले शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको बताए ।
यसैगरि,मनहरीकै रजैयामा एक महिलाको शव झुण्डिएको अवस्थामा फेला परेको छ । प्रहरी निरीक्षक थापाका अनुसार स्थानीय ४२ वर्षीया अनिता गौपाली आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको हो ।
गौपाली आफ्नै घरमा एक्लै बस्दै आएको र आज बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको थापाले बताए । उनले घटनाको आवश्यक थप अनुसन्धान भईरहेको बताए ।
मकवानपुर । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका भीसी विश्वराज जोशीलाई निलम्बन गर्ने बाग्मती प्रदेश सरकारको निर्णय कार्यान्वयन नगर्न सर्बोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
सर्बोच्चका न्यायधिश कुमार चुँडालको इजलाशले भिसी जोशीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको हो । सर्बोच्चको अन्तरिम आदेशसंगै भिसी जोशीलाई पदमै रहेर काम गर्ने बाटो खुलेको छ ।
बागमति प्रदेश सरकार मन्त्री परिषदको निर्णयबाट उनलाई निलम्बन गरिएको थियो । निलम्बन गर्ने प्रदेश सरकारको निर्णय बिरूद्द उनी अदालत गएका थिए । अदालतले सरकारको स्वेच्छाचारि निर्णयमाथि लगाम लगाउँदै दुबै पक्षलाई छलफलका लागि समेत झिकाएको छ ।
मकवानपुर । शुक्रबार हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ मा हेटौंडा उपमहानगरपालिकामा मेयरको उम्मेदवार रहेका व्यक्ति नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा समाजबादीबाट हेटौंडा उपमहानगरपालिकामा मेयर उमेदवार रोमनाथ भुर्तेल एमाले प्रवेश गरेका हुन् । भुर्तेललाई नेकपा एमालेका केन्द्रिय सल्लाहकार परिषद सदस्य डोरमणि पौडेलले पार्टीमा स्वागत गरेका थिए ।
एमालेमा देखिएको जनलहर र एमालेले गरेको बिकास समृद्धिका कारण एमाले रोजेको उनले बताए । देशमा अरु कुनै पार्टीको अस्तित्व नरहने र एमाले नै देश विकासको संवाहक भएको उनले बताए । उनको समर्थन एमालेका उमेदवार अनन्त पौडेललाई भएको बताए ।
कार्यक्रममा एमाले केन्द्रिय सदस्य एबम मकवानपुर सह इन्चार्ज जुनेली श्रेष्ठ, मेयर पदका उमेदवार अनन्त पौडेल, उपमेयर पदका उमेदवार सुमित्रा काफ्ले, एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, सचिव एवम् वडानम्बर ४ का वडाध्यक्षका उमेदवार नवीन सिग्देल, नेता श्रीधर पोखरेललगायत नेताहरु सहभागी थिए ।