मकवानपुर । मकवानपुरको हेटौडामा जारी प्रेस युनियनको ९औं महाधिवेशनमा आज मतदान हुंदैछ । केहि पदमा निर्विरोध निर्वाचित भएपनि बाँकी ८७ पदका लागि १७३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
नेपाली काग्रेसको शुभेच्छुक संगठन नेपाल प्रेस युनियनको चुनाबी कार्यतालिका अनुसार आज बिहान ११ बजेबाट अपरान्ह ४ बजे सम्म मतदान हुँदै छ । हिजो उम्मेदवारी दर्ता गराएका दुइवटा प्यानका बिचमा आज मतदान हुने भएको हो । देशभरका ७७ जिल्लाबाट आएका एक हजार ६ सय ५० जना प्रतिनिधिहरुले आज मतदान गर्नेछन् ।
प्रेस युनियनको चुनाबमा संस्थापन शेरबहादुर देउवा पक्षबाट अनिता बिन्दु र संस्थापन इतर समुह शेखर कोइराला समुहबाट शिब लम्साल्को प्यालन चुनाबी प्रतिस्पर्धामा छ । यसैगरी अध्यक्ष पदमा भुवन भट्टले पनि उम्मेदवारी दिनु भएको छ । प्रेस युनियनको वरिष्ठ उपाध्यक्ष पदमा एक पदको लागि दुइ जनाले उम्मेदवारी छ । बरिष्ठ उपाध्यक्षमा प्रेम केसी र सरोज अधिकारीले उम्मेदवारी दिएका छन् ।
८ वर्षपछि हुन लागेको कांग्रेस निकट प्रेस युनियनको महाधिवेशन आगामी ३ बर्षको लागि ले नयाँ नेतृत्व चयन गर्नेछ । प्रेस युनियन केन्द्रमा पदाधिकारी, केन्द्रीय सदस्य र केन्द्रीय लेखा समिति समेत गरी १२० जनाको प्रतिनिधित्व रहनेगरी विधानमा व्यवस्था गरेको छ । जसमध्ये अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष १२, महासचिव १, उपमहासचिव ६, सचिव १७, कोषाध्यक्ष १ र केन्द्रीय सदस्य ७६ जना समेत गरी कुल ११५ जना रहने व्यवस्था छ ।
त्यस्तै, केन्द्रीय लेखा समितिमा संयोजक १ र सदस्य ४ जना समेत गरी ५ सदस्य रहने व्यवस्था छ । यस्तै कुल १२० वटा पदमध्ये ११८ पदका लागि उम्मेदवारी परेको छ । दुई पदका लागि कुनै पनि मनोनयन दर्ता भएको छैन भने उम्मेदवारी परेका ३१ पदमा निर्विरोध निर्वाचित भएको घोषणा भइसकेको छ ।
मनोनयन दर्ता नभएको पदमा अल्पसंख्यक महिला कोटाको केन्द्रीय सदस्य र उपत्यका महिला कोटाको केन्द्रीय सदस्य पद रहेको छन् । अल्पसंख्यक महिला केन्द्रीय सदस्यतर्फ १ जनाको कोटामा कुनै पनि मनोनयन दर्ता भएन । उपत्यका प्रदेशको महिला केन्द्रीय सदस्यमा २ जनाको कोटामा १ जनाको मात्रै मनोनयन दर्ता भयो । बाँकी ८७ पदका लागि भने आज निर्वाचन हुँदैछ । यसका लागि १७३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
उपाध्यक्ष खुल्ला दुइ वटा पदमा चार जनाको उम्मेदवारी परेको छ । उपाध्यक्ष खुल्लामा राममणि दाहाल, नकुल अर्याल, भिष्मराज ओझा र शेखर रेग्मीले उम्मेदवारी छ ।
उपाध्यक्ष समावेसी पदमा भने संखुवासभाका दिपेन्द्र वान्तवा निर्बिरोध निर्वाचित भैसकेका छन् । यसैगरी ११ जना अरु उपाध्यक्षका लागि दुइ प्यानलबाट उम्मेदवारी दिएर प्रतिस्पर्धा हुने भएको छ । यसैगरी महासचिब पदमा जगन्नाथ दुलाल र दिलिप पौडेलका बिचमा प्रतिस्पर्धा हुँदै छ । अध्यक्ष देखि सदस्यसम्म दुइ प्यानलमा बिभाजित भएका छन् ।
मकवानपुर । मकवानपुरको हेटौंडामा आजबाट सुरू भएको प्रेस युनियनको ९ औं केन्द्रिय महाधिवेशनमा उम्मेद्वार बन्नको लागि शुल्क धेरै निर्धारण गरेको भन्दै प्रतिनिधिहरुले बिरोध गरेपछि उम्मेदवारी दस्तुरमा हेरफेर गरिएको छ ।
नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय अधिवेशनमा उम्मेद्वारहरुले तिर्नुपर्ने मनोनयन दस्तुर बारे बिरोध भएपछि घटाईएको निर्वाचन अधिकृत प्रविण हुँमागाईले बताए ।
नयाँ निर्णय अनुसार अध्यक्षको उम्मेदवारीको लागि २० हजार तोकिएको छ । बरिष्ट उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष र केन्द्रीय लेखा आयोग संयोजकको उम्मेदवारी शुल्क अब १०/१० हजार मात्रै तिरे हुने भएको छ ।
यसैगरी केन्द्रीय सदस्य र केन्द्रीय लेखा समिति सदस्यको लागि ५/५ हजार मात्रै शुल्क लाग्ने भएको हो ।
यस अघि अध्यक्षको उम्मेदवारको लागि ३० हजार, वरिष्ठ उपाध्यक्षको लागि २५ हजार र उपाध्यक्षको लागि २० हजार दस्तुर तोकिएको थियो । यसैगरी महासचिवको लागि २५ हजार, उपमहासचिव,सचिव, केन्द्रीय लेखा समिति संयोजक र कोषाध्यक्षको लागि २०/२० हजार तथा केन्द्रीय सदस्यको लागि १५ हजार तोकिएको थियो ।
मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकारको आडमा आक्षेप लगाउने क्रम बढेको भन्दै युगले निष्पक्ष पत्रकारीता मागेको बताएका छन् । बागमती प्रदेशको राजधानी हेटौंडामा प्रेस युनियनको केन्द्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
नेपाली कांग्रेसको सभापति समेत रहेका देउवाले पार्टी शुभेच्छा संस्था नेपाल प्रेस युनियनको ९ औंं महाधिवेशन उद्घाटन गर्दै पत्रकारसँग देशको भविष्य जोडिएकोले प्रमाणको आधारमा र निष्पक्ष भएर कलम चलाउन अनुरोध गरे ।
प्रधानमन्त्री देउवाले पछिल्लो समय नियोजित रुपमै लान्छना लगाउने क्रम बढेको भन्दै निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउने धारणा बताए । ‘राजनीतिक स्थायित्वको बिषयमा पत्रकारिता जगतले कलम चलाउनुपर्ने आवश्यक छ । परिवर्तनका लागि भएको नेपालको आन्दोलनमा प्रेसको भूमिका महत्वपूर्ण रहेको छ ।’, देउवाले भने ।
कोरोनाकालमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको उनले स्मरण गरे । ‘सत्यतथ्य सूचनाले मात्रै मुलुकको विकास हुन्छ । लोकतन्त्रलाई बलियो बनाउन स्वच्छ पत्रकारिता गर्न जरुरी छ ।’, उनले कांग्रेस लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताप्रति सदैव प्रतिबद्ध रहेको जनाए ।
प्रधानमन्त्री देउवाले निकट भविष्यमै प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मिति तोकिने बताए । ‘हामी आमनिर्वाचनको तयारीमा छौं । निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादित बनाउने गरी कलम चलाइदिनुहुन अनुरोध गर्दछु ।’, प्रधानमन्त्री देउवाले भने ।
सूचना तथा सन्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए । नेपाल श्रीलंकाको बाटोमा जाादैछ भनेर अफवाह फैलाइएको भन्दै उनले यस बिषयलाई मिडियाले चिर्नुपर्ने बताए । ‘हाम्रो देशको अर्थतन्त्रमा केही समस्या छन् तर, श्रीलंकाको पथमा जाँदैन । नेपाल छिट्टै सबल अर्थतन्त्र भएको मुलुकमा दर्ज हुनेछ ।’, उनले भने ।
नेपाल प्रेस युनियन अध्यक्ष बद्री सिग्देलको अध्यक्षतामा महाधिवेशन भएको हो । नेपाली कांग्रेसको शुभेच्छुक संगठनको रुपमा रहेको युनियनको महाधिवेशनमा सहभागी हुने देशभरबाट पत्रकार, प्रतिनिधि तथा शुभेच्छुक गरी करिब दुईहजार जना हेटौंडामा भेला भएका छन् । भेलाले तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वको विषयमा दुई खेमामा विभाजन भएर उम्मेदवारी घोषणा सुरु भइरहेको छ ।
मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवा आज हेटौंडा आउने भएका छन् । नेपाली कांग्रेस सभापति समेत रहेका देउवा पार्टी शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेसनको उद्घाटन गर्न हेटौंडा आउन लागेका हुन् ।
हेटौंडाको रोयल पार्टी प्यालेसमा हुने सभामा देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी पोष्टराजले बताए ।
उद्घाटन कार्यक्रममा देउवासंगै कांग्रेस उपसभापतिद्वय पुर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकास शर्मा, सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम आज ६ गते उद्घाटन सत्र र भोली ७ गते शनिबार निर्वाचन हुने प्रेस युनियनको राष्ट्रिय महाधिवेसनको तयारी पुरा भएको युनियनले जनाएको छ ।
शुक्रबार बिहान मकवानपुर उद्योग वाणिज्य संघ अगाडीबाट प्रभातफेरी गरिदैं कार्यक्रम स्थल रोयल पार्टी प्यालेसमा महाधिवेसन कार्यक्रम सुरु हुने बताईएको छ ।
महाधिवेसनमा संघीय संरचना अनुरुप विधान संसोधन सहित निर्वाचन कार्यक्रम रहेको छ । देशभरबाट सोह्र सय भन्दा बढी प्रतिनिधिहरुको उपस्थिती रहेको युनियनले जनाएको छ । महाधिवेशनले ७५ सदस्यीय केन्द्रिय समिती निर्वाचित गर्ने छ ।
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय सदस्यमा मकवानपुरबाट ४ जना मनोनीत भएका छन् ।
पार्टी केन्द्रिय कमिटीको आज बसेको बैठकले मकवानपुरका दिपक बहादुर सिङ, नवराज बिस्ट, रामहरि न्यौपाने र राम थोकर केन्द्रिय सदस्यमा मनोनीत गरेको हो ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, संगठन सुदृढीकरण, दोस्रो चरणको संघर्षका कार्यक्रम, आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको तयारी लगायत विषयमा छलफल भएको थियो । बैठक भोलिसम्म चल्ने बताइएको छ।