मकवानपुर । गर्मी बढेसँगै बागमती प्रदेशमा डेंगी संक्रमित बिरामीकाे सङ्ख्या बढीरहेकाे तथ्याङ्कले देखाएकाे छ । लार्भा खाेज र नष्ट गर अभियान चालिरहेकाे भएपनि प्रदेशमा डेंगी संक्रमितकाे सङ्ख्या बढीरहेकाे छ हालसम्म बागमती प्रदेशमा ४ जनाकाे ज्यान गुमिसकेकाे छ ।
डेंगीकाे कारण प्रदेशकाे ललितपुर जिल्लाका २ जना तथा धादिङ र मकवानपुरका एक/ एक जनाको डेंगु सङ्क्रमणको कारण ज्यान गएकाे छ । ललितपुर जिल्लाकाे इमाडोलकी ३८ बर्षीया महिला र थैवका ७१ बर्षीय पुरुषको डेंगु सङ्क्रमणको कारण मृत्यु भएको हाे । यता प्रदेशकाे राजधानी मकवानपुर जिल्लाकाे हेटाैंडा उपमहानगरपालिका ४९ वर्षीय पुरुष र चितवन जिल्लाकाे ७२ बर्षीय मिहलाकाे मृत्यु भएकाे छ ।
बागमती प्रदेशकाे स्वास्थ्य मन्त्रालयले महामारीकाे रुपमा संक्रमितकाे संङ्ख्याका नबढाेस् भनेर प्रचार प्रसारलाइ तिव्रता दिएकाे जनाएकाे छ । प्रदेशकाे स्वास्थ्य मन्त्रालयका अनुसार ९ भदौसम्म प्रदेशका १३ जिल्लामा ३ हजार ९२९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएका छन् ।
स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.रविन भुसालका अनुसार अहिले पनि लार्भा खाेज र नष्ट गर भन्ने अभियान जारी छ । प्रदेशका १३ जिल्लामा १ जनवरी २०२३ देखि हालसम्म सबैभन्दा बढी धादिङमा डेंगु पुष्टि भएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार धादिङमा २ हजार ५५३, काठमाडौँमा ४०६, मकवानपुरमा २५५, ललितपुरमा १९४, चितवनमा १७५, भक्तपुरमा १२९, नुवाकोटमा ७९, रामेछापमा ४२, काभ्रेपलान्चोक ३९, सिन्धुलीमा २७, सिन्धुपाल्चोक र दोलखामा १२/१२ जनामा डेंगु पुष्टि भएको छ ।
सबैभन्दा कम रसुवामा ६ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार जनवरीमा ५७, फेब्रुअरीमा ३०, मार्चमा २९, अप्रिलमा ५२, मेमा २७, जुनमा ११८, जुलाईमा ८६२ र अगस्ट २५ सम्म तीन हजार ९२९ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ ।
पछिल्लो एक साताको तथ्याङ्क अनुसार दोलखा, सिन्धुपाल्चोक र रसुवामा डेंगु सङ्क्रमितको सङ्ख्या स्थित रहेको छ भने धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर नुवाकोट, रामेछाप, चितवन, काभ्रेपलान्चोक, सिन्धुली र मकवानपुरमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।
डेंगु सङ्क्रमणबाट आफू र आफ्ना परिवारलाई जोगाउन लामखुट्टेको टोकाइबाट बच्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । सुत्दा झुलको प्रयोग गर्न, लामखुट्टेको टोकाइबाट बचाउने धुप तथा झोलको (रिपेलेन्ट) प्रयोग गर्न, ट्याङ्की र कुलरहरु कम्तीमा हप्तामा एक पटक सरसफाइ, वरपर पानी जम्न नदिने, पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउन र डेंगुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्थामा जानको लागि आग्रह गरिएको हो ।
भदौमा डेंगु सङ्क्रमण भएका बिरामीको सङ्ख्या बढेको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०१९ मा ४ हजार ५४ जना, २०२० मा ८६, २०२१ मा १२८ जनामा डेंगु सङ्क्रमण देखिएको थियो भने सन् २०२२ को जुलाईदेखि २०२३ को जुनसम्म यस प्रदेशमा ४२ हजार ७१४ जनामा डेंगु रोग सङ्क्रमण भएको मन्त्रालयको तथ्याङ्क छ । चालु आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयले डेंगु प्रकोप नियन्त्रणका लागि महामारीजन्य रोगहरू नियन्त्रण र रोकथाम गर्न विभिन्न शीर्षकमा तीन करोड १२ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको मन्त्रालयका सूचना अधिकारी डाक्टर भुसालले जानकारी दिए ।
बच्नकाे लागि के गर्ने
डेंगी संक्रमण फैलाउने लामखुट्टेले विशेष गरी बिहान, दिउँसो तथा साँझको समयमा टाेक्छ । यस्ताे बेला टाेक्ने लामखुट्टेको टोकाईबाट डेंगी लाग्न सक्ने भएकाेले विशेक सचेत रहनु पदर्छ ।
यसबाट बच्नको लागि लामखुट्टेबाट बच्न पूरै शरिर ढाक्ने लुगा लगाउने, घर, कार्यस्थल र सार्वजनिक स्थानमा पानी जम्न नदिने, पानी राखेको भाँडालार्ई छोपेर राख्ने, दिउँसो पनि लामखुट्टे भगाउने धूप बालौँ र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने, घरभित्र लामखुट्टे छिर्न नसक्ने गरी झ्याल ढोकामा जाली वा सुत्ने बेलामा झुल लगाएर सुत्ने, अध्याँरा कुना–काप्चामा किटनाशक औषधि छर्कने, कम्तीमा हप्ताको एक पटक एयर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएका प्लेटहरु राम्ररी सफा गर्ने गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले सल्लाह दिएका छन् ।
स्थानीय तहहरुले लामखुट्टे नियन्त्रणकाे लागि विशेष काम अभियान समयमा नै सुरु गर्नु पर्दछ । लामाखुट्टेकाे टाेकाइबाट बच्नु नै डेंगीकाे संक्रमणबाट बच्ने मुख्य उपाय हाे । विद्यालयहरुले पनि सभावित क्षेत्रमा लार्भा नियन्त्रणकाे लागि औषधिहरु छर्किनु पर्ने स्वास्थकर्मीहरुले पनि सुझाव दिएका छन् ।
थाहामा फिल्म फेस्टिवल हुने
Tags: No Comments
मकवानपुर । मकवानपुरकाे थाहा नगरपालिकाको पर्यटन प्रबर्धन गर्ने उद्धेश्यका साथ नगरपालिकामा क्रियाशिल थाहा कला केन्द्रले पर्यटनका लागि फिल्म फेस्टिवल भन्ने नाराका साथ आगामी मंसिर ९ गतेदेखि १५ गतेसम्म थाहा फिल्म फेस्टिवल–२०२३ को आयोजना गर्ने भएकाे छ ।
महाेत्सव अन्तरगत चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लग छायांकनको स्थल विकास तथा प्रचार गर्ने, थाहा नगरपालिकाको मुख्य पर्यटकीय क्षेत्रहरुको पहिचान गरि फेस्टिबलमा चलचित्रकर्मीहरुबीच प्रचार गर्ने चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो क्षेत्रका दिग्गज कलाकारहरुलाइ थाहाको बारेमा जानकारी गराउने उद्देशले महाेत्सव आयाेजना गर्न लागिएकाे हाे ।
कार्यक्रम अवधिभर थाहाको पर्यटकीय क्षेत्रको अवलोकन गर्ने थाहानगरको पर्यटन बढाउने तस्वीरहरु कार्यक्रम स्थलमा राखी अवलोकन गराइनेछ । यसैगरी चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लग तथा ईत्यादिका निर्माता, निर्देशक, कलाकार तथा निर्माण पक्षलाई थाहा नगरपालिकासङ्ग पारस्परिक गराउन प्रयास गर्ने आयाेजकले जनाएकाे छ ।
चलचित्र, लघु चलचित्र, म्युजिक भिडियाको निर्माता, निर्देशक तथा निर्माण समूहसंग विषेश अन्तरक्रिया गराइनेछ । मकवानपुर जिल्लामै पहिलो पटक फिल्म फेस्टिवलको आयोजना हुन लागिरहेकोले फेस्टिवलका विशेष आकर्षक हुने आयाेजककाे दाबि छ । फेसिटवलमा विभिन्न समूहबाट सहभागि भई आएका सामग्रीहरुबाट छानिएका डकुमेन्ट्रि, फिचर फिल्म र सर्ट फिल्महरुको प्रदर्शनी हुने बताइएकाे छ । कार्यक्रमको कुल लागत २७ लाख ८० हजार लाग्ने अनुमान गरिएको छ ।
मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा पर्ने साविक पहाडि गा.वि.सहरु दामन, पालुंग, बज्रबाराही, चित्लाङ्ग, टिष्टुङ र आग्राको सम्पूर्ण भुभाग मिलेर थाहा नगरपालिका बनेको छ । थाहा नगरपालिका पर्यटनको प्रचुर सम्भावना रहेको क्षेत्र हो । प्राकृतिक एवं भौगोलिक हिसाबले नै आकर्षक र मनमोहक रहेको यस क्षेत्रमा हाल पर्यटन प्रवद्धन गर्नका लागि नगरपालिका र विभिन्न निकायहरु विविध तवरबाट लागि परिरहेका छन् ।
यसकाे लागि थाह नगरपालिका र संस्कृृति, पर्यटन तथा सहकारी मन्त्रालय बागमती प्रदेशको प्रत्यक्ष सहभागिता रहेको छ । कला केन्द्रले आयोजना गर्न लागिरहेको फेस्टिवलले थाहा नगरपालिकाको पर्यटन प्रवर्धनमा थप टेवा पुग्नेमा आशा गरिएकाे छ ।
मकवानपुर । वर्षे धान रोपाइको मौसम सकिदा पनि यस वर्षको रोपाई सकिएको छैन । राम्रो वर्षा नभएको कारण पानीको मुल राम्ररी नफुटेपछि बागमती प्रदेशमा झण्डै ७ हजार ९५० हेक्टर जमिनमा धान रोपाई बाँकी रहेको छ ।
प्रदेशको कृषि तथा पशुपन्छ विकास मन्त्रालयका अनुसार यहाँको कुल १ लाख १३ हजार ५२३ जमिनमा वर्षे धान हुने गरेकोमा ७ प्रतिशत भूभागमा रोपाई बाँकी रहेको छ । बागमती प्रदेशमा हालसम्म ९३ प्रतिशत रोपाइ सकिएको मन्त्रालयका कृषि अर्थ विज्ञ अनुप अधिकारीले बताए ।
सिंचाइ सुविधा भएका जमिनमा थोरै वर्षा हुँदा पनि नदिको पानी खेतसम्म पु-याउन सहज भएपछि रोपाई सकिएको छ । यि क्षेत्रमा रोपो गोडेर समेत सकिएको छ, तर जहाँ सिचाइ सुविधा छैन र वर्षाको भर पर्नुपर्छ ति क्षेत्रहरुमा रोपाइ बाँकी रहेको अधिकारीले बताए ।
तथ्याङ्क अनुसार प्रदेशको रामेछाप जिल्लामा सबैभन्दा कम रोपाइ भएको छ। यहाँ हालसम्म ७५ प्रतिशतमात्रै रोपाई सकिएको छ । यसैगरी सिन्धुपाल्चोकमा ८९, काभ्रेपलाञ्चोक र मकवानपुरमा ९० प्रतिशत रोपाई सकिएको छ । सिन्धुली र चितवन जिल्लामा ९५ र धादिङ जिल्लामा ९६ प्रतिशत रोपाई भएको छ ।
नुवाकोट र रसुवामा ९९ प्रतिशत रोपाई सकिदा प्रदेशको उपत्यकाको ३ जिल्लामा भने सतप्रतिशत रोपाई सकिएको छ ।
बागमती प्रदेशमा हालसम्म कुल १ लाख ५ हजार ९६४ हेक्टर जग्गामा रोपाइ सकिएको अधिकारीले बताए ।
“कतिपय जमिनमा अझै सिचाइ सुविधा पु-याउन सकिएको छैन, प्रदशे सरकार यसको लागि लागिपरेको छ” अधिकारीले भने ।
रोपाइ सकिएको धानबालीमा रासायनिक मल दिने बेला भएकोले मलको माग पनि बढेको छ, तर मल बजार सहज उपलब्ध नहुँदा किसान आजित छन् । रोप्ने बेलामा बल्लबल्ल पाएको मल अब दोहोरो गोड्दाको बेलासम्म अर्को पटक दिनुपर्छ, मल पाउनै समस्या छ” मकवानपुर हेटौंडाकी रमा चौलागाईले भनिन् ।
बागमती प्रदेशमा ९३ हजार ८३ मेट्रिकटन युरिया मलको माग छ । यसैगरी डिएपी मल ३८ हजार ७८५ मेट्रिक टन र पोटास मलको माग २३ हजार २७१ मेट्रिकटन रहेको मन्त्रालयले जनाएको छ । रासायनिक मल प्रयोगलाई कमी गर्दै प्राङगारीक मल प्रयोग बढाउन मन्त्रालयले पहल जारी रहेको बताएको छ ।
बागमती प्रदेशको १३ जिल्लाहरु मध्ये चितवन जिल्लामा सबैभन्दबढी २४ हजार २४७ हेक्टर जमिनमा धान खेती हुन्छ । यसैगरी नुवाकोट, सिन्धुली, धादिङ जिल्लाहरुमा ११ हजार ५ सय हेक्टरको हाराहारीमा धान खेती हुन्छ । प्रदेशमा ५ लाख १३ हजार ७१८ हेक्टर खेतीयोग्य जमिन मध्ये १ लाख ५९ हजार ७८२ हेक्टरमा मात्रै सिँचाइ सुविधा छ । यद्यपि ३ लाख ८८ हजार ९८५ हेक्टर जग्गामा विभिन्न प्रकारको खेती भइरहेको प्रदेशको कृषि मन्त्रालयका सूचना अधिकारी कृषि अर्थ विज्ञ अधिकारीले बताए ।
मकवानपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२, चुरियामाईमा विहीबार विहानै भएको बस दुर्घटनाका मृतकहरुको ठेगाना खुलेको छ ।
राति तीर्थयात्री बोकेको बस मकवानपुर र बाराको सिमानामा दुर्घटना हुँदा घाइते भएकाहरुको पहिचान खुलेको छ । दुर्घटनामा परेर ६ भारतीय नागरिक र एक जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा भारतको राजस्थान बस्ने अन्दाजी ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ७० वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीया श्रीकान्त चतुरबेदी, ६७ वर्षीया बैजन्ती देवी, ६५ वर्षीया मिरा देबी र महोत्तरीको लोहारपटी नगरपालिका वडा नम्वर ५ बस्ने ४१ वर्षीय बिजय लाल पण्डित रहेका छन् ।
काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेर दुर्घटना हुँदा घाइते भएकोहरुको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परेर १७ जना घाइते भएका छन् । घाइतेमध्ये १४ जनाको हेटौंडा अस्पतालमा, एक जना चुरेहिल अस्पताल हेटौंडामा, एक जनाको सन्चो अस्पताल हेटौंडा र एक जनाको चितवनको पुरोना मेडिकल कलेज भरतपुरमा उपचार भइहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, प्रहरीका अनुसार, घाइतेमध्ये चितवनको पुरोना मेडिकल कलेज भरतपुरमा उपचार भइरहेका एक जनाको अवस्था गम्भीर रहेको र हेटौंडा अस्पतालमा उपचारत दुई जनाको डिस्चार्ज भएको छ ।
घाइतेहरुको मकवानपुर हेटौंडा स्थित चुरेहिल, सहकारी र सञ्चाे हस्पिटलमा उपचार भइरहेकाे छ ।
चुरेहिलमा उपचाररत
१, भारतको राजस्थान बस्ने अन्दाजी ४८ वर्षीय घनश्याम चतुरबेदी ९खुट्टा र शरिरको विभिन्न भागमा चोट, अवस्था मध्यम
मकवानपुर हेटौंडा स्थित सरकारी अस्पतालमा उपचाररतः
१ धनुषाको मौवा गाउँपालिका वडा नम्वर १८ जनकपुर बस्ने अन्दाजी ४१ वर्षीय घुरन मण्डल बाया घुडा, कम्मरमा चोट, अवस्था मध्यम० डिस्चार्ज
२ महोत्तरीको लोहारपति नगरपालिका वडा नम्वर ५ बस्ने अन्दाजी २६ वर्षीय जसबेन्दर पासवान ढाड र दाहिने हातमा चोट, अवस्था मध्यम डिस्चार्ज
३ भारतको राजस्थान बस्ने अन्दाजी ५३ वर्षीयन माया देबी दाहिने कुममा चोट, अवस्था मध्यम
४ सोही स्थान बस्ने अन्दाजी ३५ वर्षीय अनिल कुमार टाउकोमा चोट, अवस्था मध्यम
५ सोही स्थान बस्ने अन्दाजी ५० वर्षीया तारा वती चतुरबेदी निधार कम्मरमा चोट, अवस्था मध्यम
६ सोही स्थान बस्ने अन्दाजी ९ वर्षीया क्रितिका चतुरबेदी अवस्था सामान्य
७ सोही स्थान बस्ने ४८ वर्षीय श्याम लाल माली बाया खुट्टा छातिमा चोट, अवस्था मध्यम
८ सोही स्थान बस्ने ४७ वर्षीय हरवारी माली टाउकोमा ढाडमा चोट, अवस्था मध्यम
९ सोही स्थान बस्ने ७० वर्षीया चौथी देबी दाहिने खुट्टारछातिमा चोट, अवस्था मध्यम
१० सोही स्थान बस्ने ७२ को सुरेस चन्द्र चक्रवतीको दाहिने खुट्टा बाया कुममा चोट, अवस्था मध्यम
११ भारतको राजस्थान बस्ने ६३ वर्षीय धरम सिंह निधार छाति बाया खुट्टा फ्याक्चर, अवस्था मध्यम
१२ सोही स्थान बस्ने ६० वर्षीया ईन्दु धाकद निधार छातिमा चोट, अवस्था मध्यम
१३ सोही स्थान बस्ने १६ वर्षीया गर्बिदा चतुरबेदी ढाड छातिमा चोट, अवस्था मध्यम
१४ सोही स्थान बस्ने ५४ वर्षीय राम कुमार चतुरबेदी बाया घुडा छातिमा चोट, अवस्था मध्यम
हेटौंडाको सन्चो अस्पतालमा उपचाररत
१ महोत्तरीको जलेश्वर नगरपालिका बस्ने ३८ वर्षीय बिहारी मुखीया मुखमा चोट बाया खुट्टा भाचिएको, अवस्था मध्यम
चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत
१ भारतको राजस्थान बस्ने ७३ वर्षीय रामप्रसाद पिं छाति पेटमा चोट, अवस्था गम्भीर ।
दुर्घटनापछि बसका चालक र सहचालक प्रहरीको सम्पर्कमा नरहेको र उनीहरुको खोजी कार्य गर्नुका साथै घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
मकवानपुर । बागमती प्रदेशको स्थायी राजधानी हेटौंडा भएको पाँच वर्ष पूरा हुँदैछ तर, अझै पनि सांसदहरूले यहाँ बसोबासका लागि आफूलाई वातानुकूलित बनाउन सकेका छैनन् ।
अस्थायी राजधानी हुँदा पाँच वर्षका लागि स्थायी रूपमा कोठा लिँदा कति बेला छोड्नु पर्ने हो भनेर होटलमा बस्ने सांसदहरू अहिले पनि होटल मै बस्छन् । श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल सोमबार कार्यक्रमको सिलसिलामा हेटौंडा थिए, कार्यक्रम सकेर उनी तुरुन्तै काठमाडौँ फर्के । प्रदेश श्रम तथा रोजगार नीति सार्वजनिक समारोहमा अध्यक्ष गर्न आईपुगेका उनी कार्यक्रम सकिए लगत्तै काठमाडौँ फर्किए । ‘उता अर्जेन्ट काम छ,आजै फर्कन्छु,’ उनले भने ।
मन्त्री लम्साल उदाहरण मात्रै हुन् । संसद् नहुँदा कुनै मन्त्री र सांसद हेटौंडा हम्मेसि बस्दैनन् । संसद बस्ने दिन आफ्नो गृह जिल्लाबाट आउने र लगातार संसद् भए बस्ने नत्र संसद् सकिएकै दिन फर्कने गलत अभ्यास छ । यसले हेटौंडालाई विकास गर्दैन । प्रदेशको राजधानीमा संसदहरू हेटौंडामा कम्तीमा पाँच वर्ष स्थायी रूपमा बसोबास गरून् भनेर नै सरकारले आवास खर्च उपलब्ध गराएको छ ।
तर, अधिकांशले हेटौंडामा कोठा भाडामा लिएकै छैनन् । लगातार संसद् चल्दा उनीहरू एक/ दुई दिन होटलमा बस्ने र संसद् स्थगित हुनसाथ फर्कने गर्छन् । तर, आवास सुविधा बापतको खर्च भने मासिक १५ हजार बुझिरहेका छन् । संसद् बस्ने दिन हतार हतार आए पुग्ने र हाजिर भएर फर्किहाल्ने भन्ने मानसिकताबाट ग्रसित छन् सांसदहरू ।
सचिवालयले पनि उनीहरूलाई सहज हुने गरी नै संसद् बस्ने समय तोक्ने गरेको छ । सामान्यतः संसद् सुरु हुने दिन दिउँसो ३ बजेपछि संसद् बोलाइन्छ, जसले गर्दा काठमाडौँ केन्द्रित सांसदहरू फुर्सदले हेटौंडा आइपुग्छन् । संसद् सचिवालयका अनुसार सांसदहरूले नै पहिलो दिनको बैठक बोलाउँदा बाटोको समय राखेर खबर गर्नुपर्ने आग्रह गरेपछि यस्तो संस्कार नै बसेको छ बागमतीमा ।
लगातार संसद् बस्दा बिहान ९ बजे नै पनि संसद् बोलाउने गरिन्छ । अन्तिम दिन पनि बिहानै संसद् बस्ने र दिउँसो काठमाडौँ फर्किसक्छन् सांसदहरू ।
कुनै सार्वजनिक सवालमा मन्त्री वा सांसद भेट्नका लागि सरोकारवालाहरूले संसद् बस्ने समय नै कुर्नुपर्छ, अन्यथा मन्त्रालयका सचिव वा शाखा अधिकृतहरूसँग भेट्नुको विकल्प छैन । संसद् नचल्दाको समयमा हेटौंडा नै स्थायी बसोबास भएका बाहेक अरु सांसद यहाँ भेटिँदैनन् ।