मकवानपुर । नेपाल रेडक्रस सोसाईटी मकवानपुर शाखाकाे जिम्मेवारी लालबहादुर थापालाई दिएकाे छ । नेपाल रेडक्रस सोसाईटी केन्द्रीय समितिले मकवानपुर शाखा सभापति सूर्यचन्द्र न्यौपानेकाे नेतृत्वमा रहेकाे समितिलाई विघटन गर्दै उपसभापति समेत रहेका थापालाई सभापतिको जिम्मेवारी दिईएको हो ।
नेपाल रेडक्रस सोसाईटी केन्द्रीय समितिकाे कार्तिक २३ गतेकाे ३ सय ८ औं बैठकले वैधानिक दायित्व पालना नगरेकाेले मकवानपुर जिल्ला शाखाकाे न्याैपाने नेतृत्वकाे समिति विघटन गर्दै थापाको नेतृत्वमा ३ महिनाभित्र जिल्ला शाखाको अधिवेशन गर्नेगरि तदर्थ समिति निर्माण गरिएको हो ।
तदर्थ समितिको उपसभापति खेमराज सापकोटा र सुमित्रा काफ्ले चयन भएका छन । यसैगरी मन्त्री पिताम्बर बास्तोला, कोषाध्यक्षमा यसोदा श्रेष्ठ, उपमन्त्री सानु थापा, उपकोषाध्यक्ष हरिकृष्ण कार्की चयन भएका छन् । शाखा सदस्यहरु कमल विष्ट, कृष्णप्रसाद चौँलागाई, मंगल रखाल, राजु घले, मोहन कार्की, प्रेम लम्साल र जंगबहादुर गुरुङ चयन भएका छन् ।
रेड्क्रस अभियानमा लागेको २१ बर्षपछी थापा सभापति भएका हुन् । रेडक्रसको मूल्य र मान्यतामा रहेर नयाँ समितिले कार्य गर्ने थापाले बताए । सामाजिक संस्थामा पद भन्दा पनि सेवाको भावले लागेको र अहिले प्राप्त पदको उच्च मर्यादा राखेर काम गर्ने उनले बताए । थापा सभापति भएसँगै २ दशकदेखि न्यौपानेको नेतृत्वमा रहेको रेडक्रस मकवानपुरले नयाँ सभापति पाएको हाे ।

मकवानपुर । डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन) बागमती प्रदेशको आयोजनामा हेटौंडामा रक्तदान कार्यक्रमको गरिएको छ। क
ोभिड १९ को कारण रगतको उपलब्धतामा कमी आएकोले हेटौंडामा सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन) बागमती प्रदेशको आयोजनमा र रक्त संचार केन्द्र हेटौडाको सहकार्यमा रक्तदान कार्यक्रम भएको हो।
रक्तदान कार्यक्रममा १९ पुरुष र ३ महिला गरी २२ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक प्रल्हाद उप्रेतीले जानकारी दिए ।
मकवानपुर । नेकपा एमालेको राष्ट्रिय महाधिवेशनको लागि मकवानपुरबाट १७ जना प्रतिनिधि छानिएका छन् । ९ हजार २ सय ६८ जना संगठीत सदस्य रहेको एमाले मकवानपुरबाट राष्ट्रिय महाधिवेशनको लागि १ जना दलित सहित १७ जना प्रतिनिधि सर्वसम्मत चुनिएका हुन् ।
आउँदो कार्तिक २७ गते हुने महाधिवेशन प्रतिनिधि छनोटमा मकवानपुरमा ७३ जनाको उम्मेद्वारी परेको थियो । तर आजै सर्वसम्मत रुपमा प्रतिनिधि छानिएको क्षेत्र नंबर एकका निर्वाचन अधिकृत देवराज रिमालले जानकारी दिए ।
यसैगरि दलित कोटाबाट नारयण गजमेर सर्वसम्मत छानिएका छन् । दलित कोटामा ३ जनाको उम्मेद्वारी परेको थियो ।
१७ जना प्रतिनिधिको लागि क्षेत्र नंबर १ बाट ८ जना प्रतिनिधिको लागि खुल्ला कोटामा ३१ जना पुरुषको र २ जना महिला अनिवार्य कोटामा १० जना महिलाको उम्मेद्वारी परेको थियो भने क्षेत्र नंबर २ मा ८ जना प्रतिनिधि खुल्ला कोटामा २१ जना पुरुष र २ जना महिला कोटामा ८ जना महिलाको उम्मेद्वारी परेको थियो ।
क्षेत्र नंबर १ बाट सर्वसम्मत छानिएका प्रतिनिधिहरु
कृष्ण दाहाल, रामचन्द्र राई, बद्री लम्साल, कमल विष्ट, वीर बहादुर घिसिङ फुर्वा, फुर्वा दोर्जे लामा, जुनेली श्रेष्ठ, सिता विष्ट
क्षेत्र नंबर २ बाट सर्वसम्मत छानिएका प्रतिनिधिहरु
सुवास चन्द्र ठकुरी, एकलाल श्रेष्ठ, लाल बहादुर थापा, हिदम लामा,महेश बर्तोला,बिण्णु प्रसाद ढकाल, वरिना बल,सुमित्रा काफ्ले
मकवानपुर । मकवानपुरमा विभिन्न पार्टी परित्याग गरी ५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । राप्रपा जिल्ला सल्लाहकार रामकृष्ण तिवारीसहित ५ जना कांग्रेस प्रवेश गरेका हुन् । श्रीकृष्ण प्रणामी सेवा समितिका केन्द्रीय उपाध्यक्षसमेत रहेका तिवारी स्थानीय निर्वाचनमा राप्रपाबाट हेटौंडा–१६ मा अध्यक्षका उम्मेदवार थिए ।
त्यस्तै, नेकपा एमाले हेटौंडा–११ का पुराना नेता कृष्णप्रसाद सापकोटा, हरिप्रसाद सापकोटा, नेत्रप्रसाद ढकाल र माओवादीबाट हेटौंडा–७ का लिला गौतम कांग्रेस प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँ र भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेलले स्वागत गरेका थिए ।
मकवानपुर । मकवानपुर प्रहरीले १ सय २२ किलो लागु औषध गाजा सहित १ जनालाई पक्राउ परेका छन् । मनहरी गाउँपालिका वडा नंबर –९ जयसिंहबाट राक्सीराङ गाउँपालिका वडा नंबर २ का नरबहादुर मुक्तानलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
सडकमा गाजा कुरिरहेको अवस्थामा मोक्तानलाई पक्राउ गरिएको र सो स्थानबाट १ सय २२ किलो गाजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।