मकवानपुर । मकवानपुरमा आइतबार थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार पुष्टि भएकाहरुमा १० जना पुरुष र ४ जना महिला रहेका छन् ।
९६ जनाको कोरोना परिक्षण गर्दा १४ जनामा संक्रमण भएको हो । सबै भन्दा बढी भीमफेदी गाउँपालिकाका ७ जनामा संक्रमण भएको उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत भोला चौलागाईले जानकारी दिए ।
आइतबार हेटाैडा १९ का २५ वर्षिय महिला, भीमफेदी गाँउपािलकाका २४ र ३६ वर्षिय महिला र ३६, ३६, २७,२६ र २५ वर्षिय पुरूषमा काेराेनाे पाेजिटभ देखिएकाे चाैलागाइले बताए ।
यस्तै राकसिराङ गाँउपालिकाका ५१ वर्षिय महिला र २५ वर्षिय पुरूषमा काेराेना पुष्टि भएकाे छ । थाहानगरका ३३, ४०, ४६ र ४९ वर्षिय महिलामा काेराेना पुष्टि भएकाे चाैलागाइले जानकारी दिए ।
१०३९ जनामा कोरोना संक्रमण पुष्टि, ११७३ जना डिस्चार्ज
यसै गरी पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरको प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गर्दा ३६५ महिला र ६७४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।यससँगै कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ । उनीहरुमध्ये ३४५ जनाको मृत्यु भएको छ भने ३८ हजार ६९७ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ११७३ जना डिस्चार्ज भएका छन् । देशभरमा १५ हजार ११७ संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कहाँ कति थपिए संक्रमित ?
काठमाडौं उपत्यकामा मात्र ५९७ जनामा संक्रमि थपिएका छन्, जसमध्ये काठमाडौंका ४८३ जना, भक्तपुरका ८१ जना र ललितपुरका ३३ जना छन् । यससँगै ललितपुर र भक्तपुरमा पनि संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ ।
यस्तै मोरङका ७१ जना, बर्दियाका ६१, धादिङका ३४, रुपन्देहीका ३१, चितवन र लमजुङका २७/२७ जना, सर्लाही २२, नवलपुरका २०, बाँकेका १७, धनुषा र कञ्चनपुर १४/१४ जना तथा नुवाकोटका ९ जनामा संक्रमण पुष्टि भएको छ ।
नवलपरासीका ८ जना, कास्की, गोरखा, तनहुँ, सुर्खेत र कैलालीका ७/७ जना, स्याङ्जाका ५ जना, पर्सा, बारा र कपिलवस्तुका ४/४ जना, सुनसरी, महोत्तरी, सिराहा र डडेलधुराका ३/३ जना, खोटाङ, सप्तरी, रामेछाप, गुल्मी, प्युठान, जुम्ला र अछामका २/२ जना तथा उदयपुर, झापा, रौतहट, काभ्रे, सिन्धुपाल्चोक, दाङ, पाल्पा, दैलेख र रुकुम पश्चिमका १/१ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
मकवानपुर/ बागमती प्रदेश सरकारलाई प्रदेश शिक्षा नीति २०७७ का सम्बन्धमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई नेपाल) ले सुझाव बुझाएको छ । शिक्षा नीतिको मस्यौदा बनाई नागरिकस्तरबाट सुझाव मागिरहेको अवस्थामा एनसीईले ४ पेजको सुझाव बुझाएको हो ।
एनसीई बागमती प्रदेश समन्वय समितिद्वारा भाद्र १८ गते अनलाइन माध्यममार्फत् गरिएको नागरिक छलफलबाट संकलित सबै सुझावलाई प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव दिपक काफ्लेलाई हस्तान्तरण गरिएको थियो ।
एनसीई बागमतीका संयोजक प्रकाश खतिवडा र मकवानपुर संयोजक बुद्ध लामाको नेतृत्वमा पुगेको टोलीले नीति र कार्यनीतिमा थप्नुपर्ने वा स्पष्ट हुनुपर्ने प्रावधानहरुलाई बुझाएको थियो ।
मन्त्रालयका सचिव काफ्लेले सुझाव पत्रका लागि धन्यवाद व्यक्त गर्दै विभिन्न जिल्लामा शिक्षाका क्षेत्रमा काम गरेको जानकारी गराउँदै शिक्षा नीतिलाई समयसापेक्ष, जनमैत्री बनाउन भूमिका खेल्ने बताएका थिए । प्रदेशको शिक्षा नीतिमा विद्यार्थीलाई प्रयोगात्मक र अतिरिक्त क्रियाकलापमा संलग्न गराउने पाठ्यक्रम हुनुपर्ने, तामाङ भाषाको बाहुल्य रहेकाले पढाइको माध्यम भाषा तामाङ पनि हुनुपर्ने, प्रदेश छिमेकी चीनसँग जोडिएकाले चिनियाँ भाषा सिकाएर सीमापार व्यापार गर्न सक्ने लक्ष्य लिनुपर्ने सुझाव पत्रमा उल्लेख छ ।
त्यस्तै, नीतिमा विद्यालय र विश्वविद्यालयसम्बन्धी व्यवस्था एकै ठाउँमा राखिएकाले छुट्टाछुट्टै शीर्षकमा राखी प्रदेशले गर्ने काम प्रष्ट राख्नुपर्ने, विद्यालय स्थानीय तहको अधिकारक्षेत्रमा परेकाले प्रदेशले समन्वय र सहयोग गर्ने शब्दहरु हुनुपर्ने, पाठ्यक्रम जसले प्रयोग गर्ने हो, उसैले निर्माण गर्न सक्ने बनाउनुपर्ने, प्राविधिक तथा व्यवसायिक शिक्षामा छात्राको सहभागिता बढाउन छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने लगायतका सुझाव दिईएको छ ।
मकवान्पुर । मकवानपुरमा आज शुक्रबार ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मकवानपुरमा एकै दिन यति धेरै संक्रमण पुष्टि भएको यो पहिलो भएको हेटौंडा उपमहानगर पालिकाक स्वास्थ्य अधिकृत भोलानाथ चौलागाईंले जानकारी दिए।
आज कोरोना संक्रमण पुष्टि भएका हेटौंडा उपमहानगरका रहेका छन् । विहिबार साँझ सार्वजनिक रिपोर्ट अनुसार सबैभन्दा बढि हेटौंडा वडा नम्बर ८ मा कामदारसहित १० जना संक्रमित छन् ।
मकवानपुर । पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न थप एक जना अभियुक्तलाई बारा प्रहरीले बिहिबार अपरान्ह बाराको कोल्हवी नगरपालिका ४ सपहीबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक रुद्र कडेलको नेतृत्वमा खटिएको टोलीले फरार अभियुक्त बारा महागढीमाई नगरपालिका–२ तेलकुवा निवासी तत्कालिन माओबादीका कार्यकर्ता ४५ वर्षीय हरेराम प्रसाद कुर्मी (पटेल) लाई अपरान्ह ३ बजे पक्राउ गरेको बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण पंगेनीले जानकारी दिए ।
बारा जिल्ला अदालतबाट दोषी ठहर भई झन्डै १३ वर्ष देखी लुकीछिप्पी बस्दै आएका पटेललाई पक्राउ गरिएको उनले जानकारी दिए । ईनर्वासिरा गाविस–९ हाल जितपुरसिमरा उपमहानगरपालिका–१९ ईनवौसिरा निवासी पत्रकार विरेन्द्र साहलाई ३४ बर्षको उमेरमा तत्कालीन नेकपा माओवादीका कार्यकर्ता समेत रहेका पटेल सहितका ५ जनाले अपहरण गरी निर्ममता पुर्वक हत्या गरेका थिए ।
पत्रकार साहको अपहरणमा संलग्न बाराका तत्कालिन जनसरकार प्रमुख लालबहादुर चौधरी, कुन्दन भनिने नरेन्द्र फौदार, हरेराम पटेल, रामएकबाल सहनी र मनेजर गिरी समेतले २०६४ असोज १८ गते ढोढियाको पिपरा बजारबाट अपहरण गरी टांगिया बस्ती नजिकको जंगलमा लगेर गोली हानी हत्या गरेका थिए । पत्रकार साहको शव अपहरण भएको ३४ दिन पछि साविक गाविस डुमरवाना–७ को टाँगिया बस्तीको जंगलमा गाडिएको अवस्थामा कातिक २२ गते फेला परेको थियो ।
पत्रकार साहका हत्यामा संलग्न रहेका साविक गाविस ईनर्वासिरा गाविस–९ बस्ने ३४ वर्षीय मनेजर गिरी, र साविक गाविस खोपवा–८ निवासी २६ वर्षीय रामएकबाल सहनीलाई बारा जिल्ला अदालतले २०६८ जेठ १६ गते सर्वस्व सहित जन्म कैदको फैसला गरेको थियो । गिरीलाई ०६५ असोज १९ गते तथा सहनीलाई ०६५ पुस २१ गते बारा प्रहरीले पक्राउ गरी अदालतमा पेस गरेको थियो ।
हत्याका मुख्य अभियुक्त कुन्दन भनिने नरेन्द्र फौदार, हरेराम प्रसाद पटेल र लालबहादुर चौधरीको हकमा पुनरावेदन अदालत हेटौडाले ०६९ साउन १६ गते र सर्वोच्च अदालतले ०७३ पुस २० गते फरार रहेकाले करार सुचीमा राखी मुद्दा मुल्तबिमा राखेको थियो । पत्रकार साहको हत्या अभियोगमा मनेजर गिरी, रामएकबाल सहनी र कुन्दन फौजदार वीरगंजमा कारागारमा छन । हत्याका मुख्य अभियुक्त लालबहादुर चौधरी अझै फरार रहेको प्रहरी उपरीक्षक पगेनीले बताए ।
स्वर्गिय पत्रकार साह तत्कालिन अवस्थामा एभिन्यूज टेलिभिजन, हिमाल पार्थी, नेपाल खबर पत्रिका, दृष्टि सप्ताहिक, रेडियो नेपाल, मनकामना एफएम लगायत आधा दर्जन बढी मिडियामा कार्यरत थिए ।
साहका श्रीमतिले हत्यारालाई फाँसीको सजाय दिन सरकारसित माग गरिन् ।
मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी गैरकानूनी तवरले रु १६ करोड ७२ लाख ५६ हजार ४९६ बराबरको सम्पत्ति आर्जन गरेकाे अभियोगमा संघीय आयोजना कार्यान्वयन एकाई विराटनगरका तत्कालीन इन्जिनियर काशीप्रसाद गुग्तासहित १३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
पदीय हैसियतले उनले गैरकानूनी आर्जन गरेको सम्पत्ति श्रीमतीसहित १२ जनाको नाममा खाता खोलेर रकम जम्मा गरेको पाइएपछि मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । आयोगले गुप्ताका आफन्तहरु अन्जुकुमारी महतो, उदित नारायणप्रसाद रौनियार, चन्देश्वर महतो, धिरजकुमार गुप्ता, प्रिति कुमारी गुप्ता, डा. रचनाप्रसाद शाहा, विकासप्रसाद गुप्ता, विनयकुमार सिंह, विभा रानी, संगिता साह रौनियार र सन्तोषकुमार गुप्ताविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ ।
आयोगले १३ जना विरुद्ध १६ करोड ७२ लाख ५६ हजार चार सय ९६ विगो दावी सहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको जनाएको छ । २०३८ पुस १२ गते ओभरसियर पदबाट सरकारी सेवा गरेका गुप्ता गतवर्ष असार ५ गते सिडिई पदबाट अवकाश पाएका थिए । अनुसन्धानको क्रममा सेवामा रहँदा उनले १७ करोड ८४ लाख २६ हजार चार सय ५९ रुपैयाँ आम्दानी गरे पनि वैधानिक आम्दानी भने एक करोड ११ लाख ६९ हजार नौ सय ६२ रुपैयाँ मात्र देखिएको आयोगले जनाएको छ ।
यसैविच अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल खानेपानी संस्थान पोखरामा कार्यरत कर्मचारी कृष्णहरि वाग्लेलाई २५ हजार घुससहित नियन्त्रणमा लिएको छ ।
सेवाग्राहीसँग खानेपानी उपभोग गरेबापत खानेपानी शुल्क तिर्न जाँदा विभिन्न बहानामा घुस लिएको आरोपमा प्रशासन सहायक वाग्लेलाई बिहीबार आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको हो ।
पोखरा महानगरपालिकाको ट्याक्सी चोक, बगर स्थित एक रेस्टुरेन्टबाट २५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिइएका वाग्लेमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।