मकवानपुर । हेटाैडामा भएकाे रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् । हेटौंडा इन्फिल्डर्स मकवानपुरले कोभिड संक्रमणको समयमा भएको रगतको अभावलाई कम गर्नको रक्तदानको आयोजना गरेकाे हाे ।
हेटौंडाको बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेकाे हेटौंडा इन्फिल्डर्सका अध्यक्ष दीपेन्द्रचन्द ठकुरीले बताए । अध्यक्ष ठकुरीका अनुसार नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा विभिन्न संघसंस्थामा आबद्ध व्यक्तिहरु रक्तदानमा सहभागी भएका थिए ।
मकवानपुर । हेटाैडामा अन्य पार्टी परित्याग गरी १ सय ५ जना नेकपा एमालेमा प्रवेश गरेका छ । उनीहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाली कांग्रेस तथा अन्य दलहरु परित्याग गरी एमाले प्रवेश गरेका हुन् ।
शनिवार हेटौँडामा भएको कार्यक्रममा राप्रपा हेटौँडा उपमहानगर वडा नंबर ८ का सचिव विजय खतिवडा, तरुण दलका वडा सदस्य विधान कार्की, दिपेन्द्र मोक्तान, कांग्रेस कार्यकर्ता तथा ब्यवसायी बलराम थापा, अर्जुन खतिवडा, रोशन कार्की, माओवादी केन्द्रका सरोजकुमार कार्की, राजु मोक्तान, राप्रपाका राजु गिरी, सपना गिरी, निशा कार्की लगायत १ सय ५ जना एमालेमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई वागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेल, एमालेकी केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, वडा नंब ८ का वडा अध्यक्ष गोपाल श्रेष्ठ लगायतले स्वागत गरेका थिए ।
मकवानपुर । नेपाल खेलकुद महासंघ जिल्ला कमिटी मकवानपुरकाे वार्षिक कार्यक्रम तालिका सार्वजनिक भएकाे छ । शनिबार हेटौैंडामा पत्रकार सम्मलेन गरेर महासंघ मकवानपुरका संयोजक सविन लामाले वार्षिक कार्यक्रम तालिका सार्वजनिक गरेका हुन् ।
कार्यक्रम अन्तरगत आगामी फागुन २४ गते नारी दिवसको अवसरमा ५ किलोमिटर महिला दौड प्रतियोगिता गर्ने लामाले जानकारी दिए । महासंघले आगामी चैत १० देखि १२ गतेसम्म राष्ट्रिय बुद्धिचाल प्रतियोगिता, चैत्र १७ गतेदेखि १९ गतेसम्म ७ ‘ए’ साइड फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । चैत्र २४ देखि २६ गतेसम्म अन्तरपालिका स्तरीय भलिवल प्रतियोगिता, चैत्र २९ गते प्लेयर अफ दि इएर घोषणा र पत्रकारलाई सम्मान कार्यक्रम रहेको छ ।
तालिका अनुसार २०७९ साल बैशाख ९ र १० गते जिल्ला स्तरीय तेकवान्दो प्रतियोगिता, सोहि महिनामा राष्ट्रिय शिनक्युकेसिन प्रतियोगिता, जेठ १४ गते ५ किलोमिटर खुल्ला दौड, असार ४ गते साईक्लिङ प्रतियोगिता, श्रावण १२ देखि १४ गते जिल्ला स्तारीय बुद्धिचाल प्रतियोगिता, भदौ महिनामा प्रदेश स्तरीय जुडो प्रतियोगिता, मंसिर १४ गते स्थापना दिवसको कार्यक्रम, पुस महिनामा खुल्ला भलिवल प्रतियोगिता, माघ ८ गते स्वर्गीय विरेन्द्र राई स्मृति मावि स्तारीय हिज्जे प्रतियोगिता कार्यक्र हुने भएको छ ।
कार्यक्रममा नेपाल खेलकुद महासंंघका केन्द्रीय समितिका निवर्तमान उपमहासचिव धरम लामा, निवर्तमान केन्द्रीय सचिव दीपक न्यौपाने, बागमती प्रदेश कमिटीका सचिव जनरल श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर । नेकपा माओवादी केन्द्र थाहा नगरपालिका अध्यक्षमा विनोद लामा थिङ निर्वाचित भएका छन् । शनिवार सम्पन्न निर्वाचनमा अर्का उम्मेदवार अरुण रायमाझीलाई पराजित गर्दै थिङ निर्वाचित भएका हुन् ।
थिङले ३१ मत पाउँदा रायमाझीले २८ मत प्राप्त गरेका थिए । ५९ मतदातामा सबैले मतदान गरेका थिए । कार्यसमितिकै सदस्यहरुले मतदान गर्ने गरी शनिवार अध्यक्ष पदको लागि निर्वाचन भएको हो ।
नेकपा विभाजनपछि भएको प्रथम सम्मेलन अन्तरगत माओवादी केन्द्रले थाहा नगरपालिकामा गएको मंसिर ११ गते ५९ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको थियो । अब अन्य पदाधिकारीको छनौट बैठकले गर्ने सहमति भएको छ ।
मकवानपुर । समाजवादी प्रेस संगठन नेपाल,मकवानपुरको अध्यक्षमा शिव चौलागाईं चयन भएका छन् ।
शनिबार हेटौंडामा भएको संगठनको प्रथम भेलाले चौलागाईको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा गोविन्द न्यौपाने, मञ्जु पुडासैनी र सचिवमा पुष्कर गोले रहेका छन् ।
समितिको सहसचिवमा विकल्प चौलागाईं, कोषाध्यक्षमा राजु बस्नेत तथा सदस्यहरुमा शंकर लामा, शुक्र अतित, सिर्जना सत्याल, स्वस्तिका राई, श्रीकृष्ण पुडासैनी, पवन चेपाङ र गीता बानियाँ चयन भएका छन् ।