मकवानपुर/भारतीय बजारमा थोत्रा भएका ट्रकहरु नेपाली बजारमा चलाउने गरेको भन्दै त्यस्ता थोत्रा ट्रकको डम्पिङ हटाउन माग गर्दै ट्रक व्यवसायीहरुले बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई ज्ञापन पत्र बुझाएका छन् ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघले बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई ७ दिनभित्र ट्रकको समस्या समाधान गर्न अल्टिमेटम दिएका छन् । आज मंगलबार ज्ञापन पत्र बुझाउँदै संघले ५ बुदे माग राखेको छ ।
इन्धन मूल्यसँगै भाडा नबढ्दा ट्रक चलाउनै नसकिने भएकोले ७ दिनभित्र मूल्य समायोजन गर्न महासंघले माग गरेको छ । तोकिएको समयमा माग पुरा नभए ट्रक ग्यारेजमा थन्काउने चेतावनी महासंघले दिइएको छ । वैज्ञानिक प्रणालीका आधारमा भाडावृद्धि गर्न सरकारले ट्रक व्यवसायीसँग सम्झौता गरे अनुसार ५ रुपैयाँ इन्धनको मूल्य बढ्दा भाडा बढाउने सहमति कार्यान्वयन गर्न सरकारलाई आग्रह गरिएको हो ।
महासंघका अनुसार भाडा वृद्धि गनुपर्ने, भारतीय र चिनियाँ सवारी साधन रोक्नु पर्ने, भारतमा इन्धन तस्करी रोक्नुपर्ने, ट्रकको पार्किङस्थल बनाउनु पर्ने लगायतको माग गरिएको छ । इन्धनको मूल्य १ सय ४ रुपैयाँ हुँदा बढेको भाडा इन्धनको मूल्य १ सय ३३ रुपैयाँ पुग्दा पनि नबढ्दा यातायात सञ्चालनमै समस्या परेको,मुलुकलाई चाहिने भन्दा बढी ट्रक हुँदाहुँदै पनि भारतीय गाडीहरु निर्वाध आइरहेको र कानुनले तोकेभन्दा बढी भारवहन गरिरहेको, नेपाली ट्रक भारतमा ५ किलोमिटर परसम्म जाँदा पनि प्रवेशका लागि दुतावासको सिफारिस लगायतको झण्झट रहेको, तातोपानी नाका हुँदै ठूला कन्टेनर नेपाल प्रवेश गर्दा त्यसक्षेत्रका नेपाली कन्टेनर व्यवसायी मारमा परेको जस्ता समस्याहरु दर्शाइएको छ ।
यसैगरी भारतीय सीमा क्षेत्रमा नेपालबाट भारततर्फ इन्धन तस्करी भइरहेको आरोप लगाउँदै यसको नियमन गर्न माग गरिएको छ । यसैगरी मुख्य राजमार्गमा पार्किङ स्थल नबनेकाले दुर्घटना बढेको औल्याउँदै ५० किलोमिटरको दूरीमा पार्किङ वे व्यवस्था गर्न माग गरिएको छ ।
मकवानपुर/जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा र अफिम नष्ट अभियान सुरु गरेको छ । ३० फागुनदेखि २ चैतसम्मको लागि लक्ष्यित गरी सुरु गरेको अभियानको पहिलो दिन २८ विगाह जमिनमा लगाइएको लागुऔषध अफिम नष्ट गरेको छ ।
गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत प्रहरी प्रधान कार्यालय लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौ, बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुर, मातहत कार्याबाट संयुक्त रुपमा प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको ६३ जनाको प्रहरी टोलिले लागुऔषध अफिम नष्ट गरेको हो ।
पहिलो दिन मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–४ अन्तर्गत राक्सिराङ, मान्छामुन्टी, जैसिङटार, मानछाप, छापडाँडा र सोही पालिकाको वडा ५ अन्तर्गत बमकिङ, लाफरलगायतको वडा क्षेत्रमा २८ बिगाहमा लगाएको अबैध लागुऔषध अफिम खेती फडानी गरी नष्ट गरिएको निमिक्त प्रहरी प्रहरी निरीक्षक राजकुमार सापकोटाले बताए ।
यसैगरी ईलाका प्रहरी कार्यालय फापरबारी मकवानपुरबाट प्रहरी निरीक्षक कमल कुमार लुङगेलीको कमाण्डमा खटिएको १२ जनाको प्रहरी टोलिले मकवानपुर जिल्लाको बकैया गाउँपालिका ६ ज्यामिरे, मोरङगेढापलगायतको क्षेत्रमा लगाएको ११ बिगाह अबैध लागुऔषध अफिम खेती फडानि गरी नष्ट गरीएको सापकोटाले बताए ।
मकवानपुर/जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध कारोवारमा संलग्न रहेको आरोपमा ७ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कर्याालय मकवानपुरका निमिक्त प्रहरी प्रवक्त प्रहरी निरीक्षक राज कुमार सापकोटाका अनुसार २ किलो २०० ग्राम लागुऔषध गाँजा सहित २ जना नियन्त्रणमा लिएको छ ।
मकवानपुरको भैसें प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले मकवानपुर जिल्ला भिमफेदी गाउँपालिका –२ मा सवारी जाँचको क्रममा लागु औषध गाँजा सहित २ जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्लाको कैलाश गाउँपालिका ४ बस्ने १९ वर्षीय अमृत मोक्तान र अर्का एक व्यक्तिले लुकाई ल्याएको लागु औषध गाँजा २ किलो २०० ग्राम सहित नियन्त्रणमा लिएको हो । यसबारे थप अनुसन्धान भईरहेको निमिक्त प्रहरी प्रवक्त सापकोटाले बताए ।
यसैगरी जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा १० बसपार्कबाट चितवन जिल्ला राप्ती नगरपालिका ८ बस्ने २६ वर्षीय अमृत सुनार र चितवन जिल्ला खैरहनी नगरपालिका ७ बस्ने २७ वर्षीय किसन विश्वकर्मालाई लागु औषध सहित नियन्त्रणमा लिएको छ ।
उनीहरुको साथबाट डाइजेपाम १७ एम्पुल, फेनार्गन १९ एम्पुल र नुर्फिन १५ एम्पुल तथा लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ २४० मिली ग्राम फेला पारेका छ ।
यसैगरी प्रहरीले १८० किलो लागुऔषध गाँजा सहित, पिकअप गाडी र ३ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले मकवानपुर मनहरी गाउँपालिका ७ को सडकखण्ड चैनपुरबाट हेटौडा तर्फ आउदै गरेको बा ७ च १६०६ नम्बरको पिकअप गाडीलाई चेकजाँच गर्ने क्रममा गाँजा र व्यक्ति सहित नियन्त्रणमा लिएको हो ।
सवारी चालक मकवानपुर हेटौडा १६ का बस्ने २९ वर्षिय बुद्धीमान वाईबा, पिकअपमा रहेका सोही स्थानका २९ वर्षिय अर्जुन स्याङतान र ३० वर्षिय बिनोद पाख्रिनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट लागुऔषध गाँजा १८० किलो फेला परेपछि अनुसन्धान भईरहेको सापकोटाले बताए ।
मकवानपुर । मकवानपुरको हेटौंडा–४ को एक हाडवेयर गोदाममा गएराति आगलागी भएको छ । गएराति करिब १० बजे लागेको आगलागी ३ घण्टा पछी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
हेटौंडा–४ मा रहेकाे प्रकाश इलेक्ट्रोनिक्स एण्ड हाडवेयर सप्यायर्सको गोदाममा लागेको आगो हेटौंडा उपमहानगरपालिकाको दमकलले ३ घण्टा पछि नियन्त्रणमा लिएको हो । हालसम्म आगलागीको कारण र क्षतीको विवरण नखुलेको तर विद्युत सर्टको कारण आगलागी भएको हुनसक्ने प्रहरीकाे प्रारम्भिक अनुमान छ ।
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ स्थित सडकखण्डबाट लागूऔषध नाईट्रोभेट स्पास्मो प्रोक्सीकोन सहित हेटौंडा १५ का २१ वर्षीय जलजला स्याङ्बो र बकैया गाउँपालिका ७ का २१ वर्षीय आशिष बोम्जनलाई पक्राउ गरेकाे हाे
उनीहरुलाई हेटौंडा ९ बाट लागूऔषध नाईट्रोभेट ५ सय ८५ ट्याब्लेट, स्पास्मो प्रोक्सीकोन २ सय ८८ ट्याब्लेटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए । बुधबार उक्त सडकखण्डमा ज ८ प ५६५ र ना ३६ प ६९६१ नम्वरको मोटरसाईकललाई रोकी चेकजाच गर्ने क्रममा लुकाई छिपाई ल्याएको उक्त परिमाणको लागूऔषध बरामद भएपछि स्याङ्बाे र बाेम्जनलाई मोटरसाइकलसहित पक्राउ गरेको सापकाेटाले बताए ।
पक्राउ परेका उनीहरुलाई बिहीबार मकवानपुर जिल्ला अदालतबाट १५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।