मकवानपुर । मकवानपुरको बागमती खोलाले बगाउदा १ जनाको मृत्यु भएको छ ।
बागमती खोला तर्ने क्रममा बगाउँदा बागमती गाउँपालिका–१ स्थित ठुलोगुर्दुङ बस्ने ४६ बर्षीय लघुदोर्जे दोङको मृत्यु भएको मकवानपुर प्रहरी जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार बागमती नदी तर्ने क्रममा अचानक खोलाले बगाउँदा दोङको मृत्यु भएको हो।
घटनास्थल मुचुल्का तथा अनुसन्धान सहित पोष्टमार्टमको लागि शव हेटौडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुर प्रहरीले १ क्विन्टल लागूऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ कर्राबाट लागूऔषध गाँजा १ सय किलो ६ ग्रामसहित गोरखा पालुङटार ३ का ३७ वर्षीय दुर्गा दर्जीलाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार दर्जीलाई अस्थायी प्रहरी पोष्ट थानाभञ्ज्याङ मकवानपुरबाट प्रहरी सहायक निरीक्षक केदार विकको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो ।
हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ च १६८८ नं. को बोलेरो पिकअप गाडीलाई जाँच गर्दा गाडीको पछाडीको भागमा खाली क्रेटहरुको मुनी बोराभित्र राखेको उक्त परिमाणको गाँजा बरामद गरि दर्जीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
पक्राउ परेका उनीमाथि अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडा १५ राताेमाटेबाट ४७ लाख बराबरकाे सुन सहित १ जनालाई निययन्त्रमा लिएकाे छ । हेटौडा १५ रातोमाटे स्थित हेटाैडा पथलैया सडकखण्डमा काठमाडौंबाट बिरगंजतर्फ जादै गरेको ना १ ज ७४९० नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमाेका यात्रु प्रभु साह साेनारले ल्याएकाे सुन बरामद गरी नियन्त्रणमा लिइएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले बिरगंज महानगरपालिका वडा नम्बर–१ का ३५ वर्षीय सोनारमाथि शंका लागि शरीर तथा झोला खानतलासी गर्ने क्रममा निजको साथबाट भन्सार छली गरी ल्याएको पहेलो धातु सुन ४ सय ८९ ग्राम ३७ मिली ग्राम बरामद गरि नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले बताए ।
बरामद गरिएकाे सुनको विहीबारको बजार मुल्य ४७ लाख ३६ हजार ७ सय ५९ रहेको प्रहरीले जनाएको छ । पक्राउ गरिएका सोनारलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको छ ।
यसैगरी मकवानपुर प्रहरीले हेटौंडा १५, रातोमाटेस्थित सडकखण्डबाट साढे ३ लाखभन्दा बढीको कपडा तथा खाद्यान्न बरामद गरेको छ ।
प्रहरीले असार २५ र २६ गते हेटौडा पथलैया सडकखण्डमा सवारी जाँच गर्ने क्रममा यात्रुबाहक बसका डिक्कीबाट भन्सार छली ल्याइएको ३ लाख ५७ हजार ८ सय ८९ सय रुपैयाँ बराबरको कपडा तथा खाद्यान्न बरामद गरेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।
उक्त कपडा र खाद्यान्न प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो । बरामद गरेको कपडा तथा खाद्यान्न आवश्यक अनुसन्धान तथा कारबार्हीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
मकवानपुर । हेटौंडाबाट काठमाडौं जाने वैकल्पिक सडक कान्तिलोकपथ विहीबार साँझ आएको पहिरोका कारण अवरुद्ध भएको छ । बागमती प्रदेशको राजधानी हेटौडालाई संघीय राजधानी काठमाडाै जाेड्ने कान्तिलाेकपथकाे बकैया गाउँपालिका ११ स्थित सडकखण्डमा वर्षासँगै आएकाे पहिराेका कारण अवरुद्ध भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
कान्तिलाेकपथकाे मकवानपुरको बकैया ११ सिमात सडकखण्ड अन्तरगत साँझ ५ः१० बजेकाे समयमा वर्षासँगै पहाडबाट खसेकाे पहिरो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उक्त स्थानमा इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी सहायक निरीक्षक सुवास खतिवडासहितकाे प्रहरी टोली पुगेको र पहिरो पन्छाउने कार्य भइरहेको कार्कीले जानकारी दिए ।
मकवानपुर । मकवानपुर प्रहरीले ३ लाख ७५ भारतीय रुपैयाँसहित १ जनालाई पक्राउ गरेको छ ।
मंगलबार बिहान काठमाडौंबाट वीरगंजतर्फ जाँदै गरेको प्रदेश ३-००१ ख २५१६ नम्बरको यात्रु वाहक बसलाई हेटौंडा-१५ रातोमाटेमा चेक जाँच गर्ने क्रममा अवैध भारतीय रुपैयाँसहित भारतको बेतिया थाना बैरिया ग्राम मियापुर दवौली ७ बस्ने ४० वर्षीय रमेश साहलाई पक्राउ परेकाे प्रहरीले जनाएको छ ।
गुप्ताले उक्त रकम कम्मरको भागमा कपडाले बेरी लुकाई छिपाई ल्याएकाे अवस्थामा पक्राउ गरिएकाे हाे । उनलाई आवश्यक कारबाहीको लागि राजश्वव अनुसन्धान कार्यालय पथलैया बारा पठाइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।