मकवानपुर । मकवानपुरकाे भीमफेदी गाउँपालिकामा भिरबाट लड्दा १ जनाकाे मृत्यु भएकाे छ । असोज १२ गते दिउँसो भिमफेदी ३ बेसारघारी बस्ने ७० वर्षीय गणेश ब.स्याङतानकाे भिरबाट लड्दा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
प्रहरीका अनुसार स्याङ्तान घरदेखि डेड कि.मी पश्चिम तर्फ रहेको भिरमा घास काट्न जादाँ लडी मृत्यु भएको हाे । अहिले उक्त स्थानमा ईलाका प्रहरी कार्यालय भिमफेदीबाट प्रहरी निरीक्षकसहितकाे टाेली घटनास्थलमा गएकाे छ ।
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार मोटरसाइकल दुर्घटनामा चालक बागमती ६ ठाडीखोला बस्ने २२ वर्षीय सन्तोष दर्लामीको मृत्यु भएको हो । यस्तै मोटरसाइकलको पछाडि सबार बागमती ६ ठाडीखोला बस्ने २२ बर्षीय प्रदिप लोप्चन घाइते भएका हुन् ।
असोज ८ गते बेलुका बागमती ७ लामिटार स्थित मदन भण्डारी लोकमार्गमा झुरझुरे तर्फबाट हेटौडा तर्फ आउदै गरेको ना.३० प ३४८१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलिको पोलमा ठोकिन गई दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते दर्लामीलाई उपचारको लागि हेटौडा अस्पताल ल्याइएकोमा थप उपचारको लागी अन्नपुर्ण न्युरो अस्पताल काठमाडौ लगिएको थियो । उनको उपचारको क्रममा असोज १० गते राती डाक्टरले मृत घोषणा गरेको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
दुर्घटनामा घाइते लोप्चनको स्थानीय मेडिकलमा उपचार भइरहेको बताइएको छ । उनले नै प्रहरीलाई सम्पर्क गरि मोटरसाइकल दुर्घटनाको जानकारी दिएका थिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बढी भाडा लिने सवारी साधनलाई कारवाही
Tags: No Comments
मकवानपुर । बढी भाडा लिने सवारी साधनलाई मकवानपुर प्रहरीले कारवाही गरेकाे छ । दशैंको मौका छोपेर यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने सवारी साधनलाई मकवानपुर प्रहरीले कारवाही गरेको हाे ।
यात्रुबाट सवारी साधनले बढी भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरीले बढी भाडा लिने सवारी साधनलाई कारवाही गरेर बढी लिएकाे भाडा रकम यात्रुलाई फिर्ता गरेकाे छ । दसैं अवधिभर ट्राफिक प्रहरीले ८ सवारी साधनबाट बढी भाडा वापत २० हजार २५० रुपियाँ यात्रुलाई फिर्ता गराएको जिल्ला ट्राफिक कार्यालय हेटौँडा मकवानपुरका प्रमुख वसन्त आचार्यले जानकारी दिए ।
बढी भाडा लिने र ट्राफिक नियम पालना नगर्नेहरुलाई जनही १ हजारदेखि ५ हजारसम्म जरिवान गरिएको समेत आचार्यले बताए । ट्राफिक प्रहरीका अनुसार दसैं अवधिमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने १५ जना, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने १ सय ३७ सवारी र यात्रुकाे टिकट नकाट्ने ३१ सुमोलाई कारवाही गरिएको छ ।
हेटौँडा–काठमाडौं सुमोभाडा दर ६५० तोकिए पनि यात्रुसँग १८ सयदेखि १२ सयसम्म लिएको भेटिएपछि प्रतिव्यक्ति ५५०/१५० सम्म रकम फिर्ता गराइएको उनले जानकारी दिए । सर्लाही–काठमाडौं १२ सय भाडादर तोकिएको भए पनि दुई हजारसम्म लिएकोमा प्रतिव्यक्ति आठ सय रकम फिर्ता गराइएकाे छ ।
त्यस्तै, सिमरा–काठमाडौं सुमो भाडादर ८५० तोकिएको भए पनि एक हजारसम्म यात्रुसँग लिएको भेटिएकोमा प्रतिव्यक्ति १५० रकम फिर्ता गराइएको मकवानपुर ट्राफिक प्रहरीले जनाएको छ । निजगढ–काठमाडौं ८५० भाडादर तोकिएको भए पनि १५ सय लिएकोमा प्रतिव्यक्ति ६५० रकम फिर्ता गराइएको हो ।
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाबाट तास खेलीरहेका ९ जनालाई नियन्त्रणमा लिएको छ ।
विहीबार साँझ हेटौंडा–७, देवी बन टोल स्थित गोकुल नाथ पौडेलको घरमा तास खेलिरहेको अवस्थामा पौडेलसहित ९ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
तास खेलिरहेको स्थानबाट ४ लाख ६५ हजार ३ सय ९० रुपैयाँ नगद सहित हेटौंडा–८ बस्ने अजय खड्का, मंदिप पौडेल, रोहित कुमार के.बी., भरत तितुङ, हेटौंडा–७, बस्ने रुपक चौलागाई, बिरेन्द्र खत्री, सबिन चौलागाई, गोकुल नाथ पौडेल र हेटौंडा–१५ बस्ने ओम घलानलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुर गढी गाउँपालिकामा अटो दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
असोज ८ गते मंगलबार मकवानपुर गढी -७ दुम्सीडाडा स्थित भित्री कच्ची सडक खण्डमा दुम्सीडाडाबाट हेटौडा तर्फ आउदै गरेको ना. २ ह ५१७४ नम्बरको अटो आफै अनियन्त्रित भई सडकबाट ३५ फिट तल खस्दा अटोमा सवार ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
अटो दुर्घटनामा मकवानपुर गढी ७ सुकौरा बस्ने २३ वर्षीय मनिता मोक्तान, निजको २ महिनाको छोरी जानुका जिम्बा,सुकौरा बस्ने २९ वर्षीय कृष्ण बहादुर योन्जन निजको छोरी ८ वर्षीय सारोक्षा योन्जन, सुकौराकै २६ वर्षीय दिल माया योन्जन, २२ वर्षीय हिरा माया योन्जन र २२ वर्षीय बिकाश योन्जन मोक्तान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
घाइतेहरुको हेटौंडा अस्पतालमा उपचारको लागि ल्याइएकोमा मनिता मोक्तान, निजको २ महिनाको छोरी जानुका जिम्बाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रवक्ता भण्डारीले बताए । अन्य घाइते उपचार पछि डिस्चार्ज भएको बताइएको छ ।