मकवानपुर/मकवानपुरको मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले दिएको भनेको राजिनामा अन्ततः अदालतले बदर गरेको छ । उपाध्यक्ष मनिला विष्टले आफूले राजिनामा नदिएको दावि गर्दै उच्च अदालत पाटन हेटौंडा इजलाशले उजुरी दिएकी थिइन् ।
बुधबार उच्च अदालत पाटनको हेटौंडा इजलाशमा न्यायाधीश मोहम्मद साबिर हुसेन र चण्डिराज ढकालको इजलाशले उत्प्रेषणको आदेशमार्फत राजीनामा सम्बन्धी सबै प्रक्रियालाई खारेज गर्नेगरी परमादेशमार्फत उपाध्यक्षको हैसियतले कामकाज सुचारु गर्ने बाटो खोलेकोे हो । परमादेश जारी भएसँगै अब उपाध्यक्ष बिष्टले साबिक झैँ संवैधानिक अधिकार प्रयोग गरी उपाध्यक्षको हैसियतले काम गर्न पाउनेछिन् । राजीनामा सम्बन्धी सबै प्रक्रियालाई अदालतले खारेज गरिदिएको बिष्टको पक्षमा वकालत गर्नु भएका अधिवक्ता मदनकुमार दाहालले बताए ।
अध्यक्ष एकराज उप्रेतिलाई राजिनामा दिएको र राजिनामा स्वीकृत भएको भन्दै उपाध्यक्ष विष्टलाई पालिकाले प्रदान गर्दै आएको सबै सुविधा खोसिएपछि उपाध्यक्षले अदालतको बाटो रोजेकि थिइन् ।
गएको मंसीर २९ गते उपाध्यक्ष बिष्टले राजीनामा दिएको समाचार सार्बजनिक भएको थियो । तर, राजीनामाको बिषयबारे जानकारी नभएको भन्दै सत्य बुझेर मात्रै समाचार सम्प्रेषण गर्न अध्यक्ष एकराज उप्रेतीले विज्ञप्ती प्रकाशन गरी ध्यानाकर्षण गराएका थिए । भने उपाध्यक्ष बिष्टले यसबारे प्रतिक्रिया दिएकी थिइनन् ।
तर, पुस १७ गते राजीनामा स्वीकृत गरेको भन्दै अध्यक्षले राजीनामा पत्रमा प्रमुख प्रशासकीय अधिकृतलाई आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गर्दै तोक लगाएर दर्ता गराएको बताइएको थियो । राजीनामा झुट रहेको भन्दै बिष्टले अन्तरिम आदेशको माग गर्दै उच्च अदालतमा मुद्दा दायर गरेकी थिइन् । उपाध्यक्षको राजीनामासँगै उनको कक्षबाट नेमप्लेटसहित हटाएर गाउँपालिकाले उपाध्यक्ष पद खाली रहेको भन्दै उपाध्यक्षको संवैधानिक अधिकार कार्यपालिकामार्फत अन्य जनप्रतिनिधिहरु मार्फत कार्यान्वयन गराउन थालेको थियो ।
आफूले हस्ताक्षर नै नगरेको र किर्ते हस्ताक्षरमा गाउँपालिका अध्यक्ष र कर्मचारी मिलेर आफूलाई फसाउन खोजिएको उपाध्यक्ष विष्टले बताउँदै आएकी थिइन् ।
मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नाे ३ वर्षे कार्यकालका उपलब्धी सार्वजनिक गरेका छन् ।
नेकपाकै केही नेताहरुले समानान्तर सरकार चलाउन खोजेकाले संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गर्नु परेको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले निर्वाचन तोकिएकै मितिमा हुने समेत बताए ।
प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको सरकारका उपलब्धिको पूर्णपाठ हेर्नुहाेस
मकवानपुर । कम्युनिष्ट सरकारले गरेकाे संसद विघटन कार्य प्रतिगमन भएको विरोदान नेपाली कांग्रेस केन्द्रीय निर्णायानुसार सोमबार देशभर विरोध प्रदर्शन गरिएको छ। साेही अनुसार नेपाली कांग्रेस मकवानपुरले साेमबार बागमती प्रदेश राजधानी हेटौंडामा विरोध प्रदर्शन गरेको छ ।
ओली सरकारले गरेको संसद विघटनको विरुद्ध सर्वसत्तावाद, भ्रष्टाचार असंबैधानिक कदम विरुद्धको अकर्मण्यता मुर्दावाद संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद भन्ने नाराका साथ हेटौंडामा विरोध प्रदर्शन गरीएको हो ।
बागमती प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता तथा जिल्ला पार्टी सभापति ईन्द्र बहादुर बानियाँको नेतृत्वमा पार्टी कार्यालयबाट निष्किएकाे प्रदर्शन कांग्रेस चोक, मानसचोक, चौकीटोल ओरालो हुदैं उद्योग वाणिज्य संघको भवन अगाडी पुगेर सभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै नेता बानियाँले कम्युनिष्ट सरकारले चालेको जुन संसद विघटन गरे त्यो प्रतिगमन उन्मुख रहेको बताए । विरोध प्रदर्शनमा प्रदेश सभा सदस्य सन्त चेपाङ, जिल्ला तहका पदाधिकारी, क्षेत्रीय, गाउँपालिकाका नेता, भातृसंगठनका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
मकवानपुर । शनिबार स्थानीय तह कर्मचारी युनियन मकवानपुरको तदर्थ समिति गठन भएको छ । हेटौंडामा भएको भेलाले राक्सिराङ गाउँपालिकाका अधिकृत चुननारायण श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा शान्ति हिमडुङ, सचिवमा लक्ष्मण अधिकारी र कोषाध्यक्षमा सीताराम रिमाल चयन भएका छन् । सदस्यहरुमा गोन्दिव अधिकारी, अमिर दाहाल र शिवध्वज गोदार रहेका छन् । नेपाली कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय तह कर्मचारी युनियनका केन्द्रीय महासचिव रामप्रसाद पौडेल, बागमती प्रदेश प्रमुख शिवजी भट्टराई, प्रदेश सचिव गोपाल घिमिरे, नेपाल निजामति कर्मचारी युनियन मकवानपुरको अध्यक्ष राजकुमार अर्याल, नेपाली कांग्रेस मकवानपुर काठमाडौं सम्पर्क समितिका अध्यक्ष पुरुषोत्तम ठकुरी, तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकलगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर । तत्कालिन विद्रोही नेकपा (माओवादी) नेतृत्वमा शुरू भएको जनयुद्धको सम्झनामा शनिवार २६ औं जनयुद्ध दिवस मनाइएको छ । संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै माओवादीले रोल्पा, सिन्धुली र गोरखाका विभिन्न प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको शुरूवात गरेको थियो।
दिवसकाे वसरमा मकवानपुर जिल्लाकाे जनयुद्धका शहिद रूद्र पाख्रिनकाे शालिकमा माल्यार्पण गरीएकाे छ भने सम्मान कार्यक्रम समेत गरी मनाइएकाे छ । कार्यक्रम मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ मा रहेको शहिद रुद्र बाटिका स्मृति पार्कमा शहिद रुद्र पाख्रीनको शालिकमा माल्यापर्ण तथा सम्मान कार्यक्रम गरी मनाइएको हो । दिवस कार्यक्रम नेकपा प्रचण्ड माधव समूह मकवानपुरले आयोजना गरेको थियो ।

नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा विघठित प्रतिनिधि सभाका सांसद तथा नेकपाका केन्द्रिय नेता बिरोध खतिवडा, नेकपा मकवानपुरका सचिव तथा प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, नेकपा मकवानपुरका नेतृ मान कुमारी पाख्रीन, बालकृष्ण चौलागाई, नेता बद्री लम्साल लगायत नेकपाका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
वि.सं. २०५२ साल फागुन १ गतेदेखि शुरू भएको सशस्त्र विद्रोह २०६२/६३ सालको जनआन्दोलनसँगै अन्त्य भएको थियो। जनयुद्ध शुरू भएको १४ दिनपछि गोरखाको पन्द्रुङ, जराङ ९हाल बारपाक सुलिकोट गापा-८० मा प्रहरीले चलाएको गोली लागि स्कुले विद्यार्थी दिलबहादुर रम्तेल मारिएका थिए। त्यसपछि राज्य र विद्रोही पक्षबाट गरी झन्डै १७ हजार नेपालीको सो युद्धमा ज्यान गएको थियो।

२०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि शसस्त्र विद्रोह औपचारिक रूपमा अन्त्य भएको थियो। शसस्त्र विद्रोह शुरू भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ।
जनयुद्ध हाँकेको माओवादी पार्टी भने अहिले छिन्नभिन्न भइसकेको छ। जनयुद्ध नेतृत्व गरेका अर्का नेता डा.बाबुराम भट्टराई नयाँ शक्ति पार्टी हुँदै अहिले जनता समाजवादी पार्टी संघीय परिषद्को अध्यक्ष भएका छन् । मोहन वैद्य ‘किरण’ ले नेकपा क्रान्तिकारी माओवादी र नेत्र विक्रम चन्द ‘विप्लव’ ले नेपाल कम्युनिष्ट पार्टी खोलेका छन्। विप्लवको पार्टीलाई भने वर्तमान सरकारले प्रतिबन्ध लगाएको छ।