मकवानपुर । नेकपा माओवादी केन्द्र मकवानपुरले जिल्ला कार्यालयमा केन्दकाे बोर्ड राखेको छ । बुधबार नेकपा माओवादी केन्द्र मकवानपुरका इन्चार्ज कुमारी मोक्तान र अध्यक्ष प्रेम बहादुर पुलामीको उपस्थिीमा बोर्ड राखिएको हो ।
हेटौंडा ४ गादोईस्थित पार्टी कार्यालयमा नेकपा माओवादी केन्द्रको बोर्ड राखेपछि बोल्दै इन्चर्जा मोक्तानले अदालतको फैसला सम्मान गर्न माओवादी केन्द्रको बोर्ड राखिएपनि पुनः पार्टी एकता हुने बताइन् । ‘अहिले हामी फरक फरक भएका छौं, तर पनि छिट्ट हामी एक हुनेछौं’, उनले भनिन् ।
पार्टी अध्यक्ष पुलामीले अदालतकाे नेकपा दल सम्बन्धी निर्णयले नयाँ ढंगले राजनीतिक घटना अघि बढेको बताउँदै नेकपा नेकपाकै नाममा धेरै जनप्रतिनिधिले निर्वाचन जितेकाले यसबारे संबैधानिक ब्याख्या आवश्यक रहेको बताए । कार्यक्रममा नेकपा मकवानपुरका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
मकवानपुर । नेकपा प्रचण्ड-माधव समूहले अब पूर्वपार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै फर्किने निर्णय गरेको छ । पेरिसडाँडामा बसेको साविक नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले पूर्व एमाले र पूर्व माओवादी केन्द्र अलग-अलग भएर जाने निर्णय गरेको छ।
बैठकपछि पत्रकारसँग बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘एमाले र माओवादी केन्द्र बन्ने नै भयो। नेकपाको अन्तिम बैठक हो यो।’ समूहले सर्वोच्च अदालतको आइतबारको फैसलामा गम्भीर असहमति प्रकट गरेको छ ।
सोमबार कोटेश्वरको पेरिसडाँडामा बसेको दाहाल–नेपालसमूहको बैठकबाट बाहिरिएका नेता झलनाथ खनालले अदालतले राजनीतिक फैसला गरे पनि आफूहरु अलग अलग भएर जाने बताएका छन् । नेपाल पक्षले त्यसअघि राजधानीको एक होटलमा बसेर नेकपा एमालेमै फर्किएर संघर्ष गर्ने निष्कर्ष निकालेको थियो।
यसअघि सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिएको छ । यस्तै प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेकपा खारेज गर्दै अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएको छ।
नेता श्रेष्ठले सर्वोच्च अदालतको फैसला राजनीतिबाट प्रेरित भएको बताए । ‘सर्वोच्चको फैसला रिट निवेदकको मागदावी भन्दा बाहिर गएर गरिएको राजनीतिक फैसला हो । ‘पार्टीको नाम सम्बन्धमा परेको रिटमा नामका बारेमा निश्कर्ष निकाल्नुपर्ने, आदेश गर्नुपर्ने यसको उत्तरदायित्व जिम्मेवारी हुँदाहुँदै त्यसभन्दा बाहिर गएर फैसला गरिएको छ’ उनले भने ।
रिट निवेदकको माग दावीअनुसार फैसला भएको भए स्वागत गर्ने भन्दै नेता श्रेष्ठले कुनै राजनीतिक दलको एकता गर्ने वा नगर्ने र एकीकृत पार्टी विभाजन गर्ने फैसलाप्रति गम्भीर असहमति व्यक्त गरेको उनले बताए ।
मकवानपुर । जनयुद्ध तथा जनआन्दोलनका शहीद तथा बेपत्ता परिवारलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपा मकवानपुरको दाहाल–नेपाल पक्षले सम्मान गरेको छ । शहीद सप्ताहको अवसरमा पूर्वी मकवानपुरको बागमती गाउँपालिकास्थित झुरझुरेमा भएको कार्यक्रममा शहीद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको हो ।
फागुन २१ गते राज्य पक्षबाट हत्या गरिएका दिलबहादुर रम्तेल र सुखानी हत्याकाण्डको स्मृतिमा शहीद सप्ताह मनाउने क्रममा आयोजित समापन तथा सम्मान कार्यक्रममा शहीद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको छ । नेकपा मकवानपुरका सहइन्चार्ज तथा प्रदेशसभा सदस्य कुमारी मोक्तानले शहीद परिवारका एक जना तथा बेपत्ता परिवारका १३ जनालाई नगदसहित खादा ओढाएर सम्मान गर्नुभएको छ ।

नेकपा बागमती प्रदेश सदस्य तथा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा मकवानपुर जिल्ला अध्यक्ष मुनु सिग्देल तथा सचिव प्रेमबहादुर पुलामीको विषेश आतिथ्यता थियो । कार्यक्रमा प्रदेश कमिटी सदस्य वीरबहादुर घलान (ज्वाला), पार्टी जिल्ला कार्यालय सदस्य बद्री लम्साल, श्रीधर पोखरेल, प्रमिला पुलामी, सचिवालय सदस्यहरु लक्ष्मी पाख्रिन, ज्ञानसागर भ्लोन, सुमन पाख्रिन, लक्ष्मी माझी, सिर्जना थिङ, बागमती गाउँपालिका अध्यक्ष अरुण बललगायतको आतिथ्यता थियो ।
काठमाडौं । सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ । ‘हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता व्यक्त गरेकाले प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको छ’ एक मन्त्रीले भने, ‘दुबै वार्ता टोलीबीच भएको सहमति पनि अनुमोदन गरेका छौं ।’
सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको छ ।
मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भने, ‘प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्याएर छाड्न आजै निर्देशन भइसकेको छ, अन्यको हकमा सहजीकरण हुन्छ ।’
मन्त्रालयको निर्देशनपछि काभ्रेमा हिरासतमा रहेका विप्लव समूहका तेस्रो वरियताका नेता धमेन्द्र बास्तोलालाई शुक्रबार रिहा गर्ने तयारी छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी भुपेन्द्रबहादुर खत्रीका अनुसार बास्तोलालाई रिहा गर्ने प्रक्रिया सुरु भएको छ । ‘केही कागज तयार गर्न आज ढिला भयो, भोलि दिउँसोसम्ममा उहाँ छुट्नुहुन्छ’ उनले भने ।
चितवनका एसपी ओम अधिकारीले विप्लवका दाइ चन्द्रबहादुर चन्द वीरजंगलाई रिहा गर्ने प्रक्रिया अघि बढाउन नवलपरासीबाट मुद्दाको विवरण मगाएको बताए । उनले अनलाइनखबरसँग भने ‘उहाँको मुद्दा नवलपरासीमा थियो, उपचारका लागि मात्र यहाँ राखेका थियौं ।’
केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार २७ फागुन २०७५ मा प्रतिबन्ध लागेयता विप्लव समूहका २०९८ जना नेता कार्यकर्ता पक्राउ परेका थिए । तीमध्ये १२६ जना पुर्पक्षका लागि थुनामा छन् भने १८ जना अझै हिरासतमै छन् ।
गृह मन्त्रालयले विप्लव समूहका नेता कार्यकर्तालाई लगाएको मुद्दाको पूर्ण विवरण ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयसँग मागेको छ । अनलाइन खवरबाट साभार ।
मकवानपुर । सरकारले फाल्गुन ११, १४ र १७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् ।
मन्त्रिपरिषद बैठकले नेपाल न्याय सेवा सरकारी वकिल समूह, राजपत्रांकित प्रथम श्रेणी सहसचिवलाई सचिवमा बढुवा गर्ने देखी जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्धक नियुक्त समेत गरेको छ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू :