मकवानपुर । नेकपा एमालेकाे दसाैं महाधिवेशन बुटवलमा हुने भएकाे छ । आउँदाे मंसिरमा एमालेले दसाैं महाधिवेशन बुटवलमा गर्ने बुटवलमा घोषणा गर्दै एमालेको पहिलो विधान महाधिवेशन आइतबार सम्पन्न भएकाे छ ।
यसअघि महाधिवेशनले ३ वटा प्रस्ताव पारित गर्नुका साथै आगामी निर्वाचनमा केन्द्रीत हुने अठोट गरेको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा असाेज १५ गते शुक्रबार सुरु भएको महाधिवेशनमा आइतबार राजनीतिक, सांगठनिक र विधान संशोधन प्रतिवेदन पारित गर्दै समापन भएको हो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सहभागी प्रतिनिधिहरूलाई धन्यवाद दिँदै अत्यन्तै सफलतापूर्वक र सानदार ढंगले महाधिवेशन सम्पन्न भएकोमा खुसी व्यक्त गरे ।
विधान महाधिवेशनमा पार्टीको निर्वाचन आयोग गठन गरिएको छ । महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए ।
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा उपचारपछि डिस्चार्ज भएका छन् । मुटुमा समस्या देखिएपछी असोज ४ गते उपचारकाे लागि अस्पताल भर्ना भएका शर्मा असाेज १४ गते डिस्चार्ज भएका हुन् ।
विगत ७ वर्षदेखि मुटु सम्बन्धि समस्याबाट ग्रसित रहेका प्रमुख शर्मालाई स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना भएका थिए । प्रदेश प्रमुख शर्माको स्वकीय उपसचिव पारशमणि फुयालका अनुुसार शर्माको शहिद गंगालाल हृदयरोग केन्द्र,उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भएको हो ।
प्रदेश प्रमुख शर्मा सफल उपचारपछि अहिले आफ्नै निवासमा स्वास्थ्य लाभ गरिरहेका छन् । प्रमुख शर्माले आफ्नो उपचारका लागि भूमिका खेलेका ३ वटै अस्पतालका मेडिकल टिमलाई धन्यवाद व्यक्त गरेका छन् । शर्माले आफू अस्वस्थ भई अस्पतालमा उपचाररत रहेका बेला स्वास्थ्य लाभका लागि कामना गर्ने अग्रज,शुभेच्छुक तथा शुभचिन्तकप्रति आभार व्यक्त गरेका छन् ।
प्रदेश प्रमुख शर्मा आगामी मंगलबार नियमित फलोअपपछि नियमित कार्यमा फर्कनुहुने स्वकीय उपसचिव फुयालले जानकारी दिए ।
मकवानपुर । नेकपा एमाले बागमती प्रदेशको ४ सय ७७ सदस्यीय कमिटी बनेकाे छ । याे सँगै एमालेले बागमती प्रदेश कमिटीले पूर्णता पाएको हाे ।
आनन्द पोखरेल अध्यक्ष र खेम लोहनी सचिव रहेको ४ सय ७७ सदस्यीय प्रदेश कमिटी बनेको हाे । कमिटीको इन्चार्ज एमाले केन्द्रीय सदस्य रामवहादुर थापा बादल, सहइन्चार्जहरुमा मकवानपुरका डोरमणी पौडेल सहित काशिनाथ अधिकारी, अरुण नेपाल, शेरबहादुर तामाङ र कृष्णगोपाल श्रेष्ठ रहेका छन् ।
यसैगरी प्रदेश कमिटि सदस्यहरुमा मकवानपुरका २७ जना परेका छन् ।
प्रदेश कमिटीमा अनन्त पौडेल,एकराज उप्रेती,कृष्ण प्रसाद दाहाल,महेश्वर सुवेदी,रघुनाथ खुलाल, रामचन्द्र राई,जुनेली श्रेष्ठ, सुवास ठकुरी,अणराज जर्गा, पद्मा पौडेल, कमल विष्ट,देवराज रिमाल,सुरेन्द्र पाठक,अर्जुन अर्याल,श्याम श्रेष्ठ, एकलाल श्रेष्ठ रहेका छन् ।
यसैगरी जयराम वाइवा, नवराज तिमल्सिना,भगवती पुडासैनी,सुन्तली चेपाङ,दिल बहादुर घिसिङ, भोजराज ढकाल,भारती पाठक,श्याम ढकाल,नारायण सापकोटा,बरीना बल / बलराम कालाखेती रहेका छन् ।
मकवानपुर । मकवानपुरमा बुधबार १ सय ८९ जना नेकपा एमाले पार्टी प्रवेश गरेका छन् । उत्तरी मकवानपुरकाे उत्तरी क्षेत्रमा रहेकाे थाहा नगरमा भएकाे एक कार्यक्रममा उनीहरु नेकपा एमाले प्रवेश गरेका हुन् ।
बुधबार भएकाे राष्ट्रिय युवा संघ नेपाल थाहानगरको अधिवेशनमा नेकपा माओवादी केन्द्र , नेपाली काँग्रेस लगायत विभिन्न पार्टी परित्याग गरी १ सय ८९ जना नेकपा एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गर्नेहरुमा माओवादी केन्द्रको पार्टी तथा जनसंगठनको जिल्ला तहमा रहेका नारायण बल, संजिव बल, बबिता बल, राजेश गहतराज रहेका छन् ।
त्यसैगरी सोही पार्टीको क्षेत्रीय समतिमा रहेका कृष्ण बल, शान्ता बल, दर्जा पाख्रिन, दिलबहादुर पाख्रिन, हरिचन्द्र घलान, सिर्जना सिन्तान, आकाश थिङ, अनिल सुनार, विकास सुनार, अजय आलेमगर लगायत रहेका छन् । उनीहरुलाई हालै एमाओवादी छाडेर एमाले प्रवेश गरेकी नेतृ बरिना बलले एमालेमा भित्र्याएकी हुन् । स्वतन्त्र युवा समूह थाहानगरका अध्यक्ष सुमन रायमाझीको नेतृत्वमा ४३ जना युवाहरु पनि एमाले प्रवेश गरेका छन् ।
त्यस्तै चित्लाङका ६५ जना युवाहरु एमाले प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेमा यसअघिको स्थानीय तह निर्वाचनमा समाजवादीबाट वडा अध्यक्षको उमेदवारी दिएका समेत रहेका छन् ।
त्यस्तै साविक आग्राबाट माओवादी परित्याग गरी ४१ जना कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् । एमाले प्रवेश गर्नेमा वाइसिएलका युवा नेता लिलाबहादुर थिङसमेत छन् । उता थाहा– ११ र १२ बाट नेपाली काँग्रेस परित्याग गरी ६ जना एमाले प्रवेश गरेका छन् ।
उनिहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा संघ इन्चार्ज महेश बस्नेत,जिल्ला इन्चार्ज रामेश्वर राना, जिल्ला सचिव एकालाल श्रेष्ठ, नगर इन्चार्ज विष्णुप्रसाद ढकाल, नगर अध्यक्ष अच्युत्तमप्रसाद ढकाल, युवा संयोजक प्रदिप भट्ट लगायतले स्वागत गरेका थिए ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ का निर्वाचित वडा अध्यक्षले एमाले राेजेका छन् । २०७४ को स्थानीय तहकाे निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका दिपक खड्का एमाले मै बस्ने भएका हुन् ।
एमाले र माओवादी एकता भएर बनेको नेकपालाई सर्वोच्च अदालतकाे निर्णयले एकता पूर्वकाे अवस्थामा नै ब्युँताएपछी खड्काले एमालेमा बस्ने निर्णय गरेका हुन् । खड्का माओवादी र एमाले एकिकरण हुदाँ नेकपाको संस्थापन अर्थात ओली पक्ष तिर खुलेरै लागेका थिए ।
सर्वोच्च अदालतलको फैसला पछि नेकपा एमाले र माओवादी ब्युँतिए पछि कुनै पार्टीमा खड्का खुलेका थिएनन् । उनले नेकपा माओवादीका नेताहरु पदमुखी भएपछी आफुले नेकपा माओवादी परित्याग गरी एमाले पार्टीमा बस्ने निर्णय गरेकाे बताए । यस अघी पार्टी हित विपरित कार्य गरेकाे भन्दै खड्का लागि नेकपा माऔवादी मकवानपुरले कारवाही समेत गरेकाे जनाएकाे थियाे ।