मकवानपुर । नेकपा एमाले मकवानपुरले मंसिर ७ गते मंगलबार हेटौंडामा बृहत मोटरसाइकल र्याली गर्ने भएको छ । एमालेकाे चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनको जानकारी दिन हेटौडामा ७ सय भन्दा बढी मोटरसाइकलसहितको र्याली गर्ने भएको हो ।
पार्टी महाधिवेशनको मकवानपुर प्रचार प्रमुख नविन सिग्देलले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै हेटौंडाको हुप्राचौरबाट मोटरसाइकल र्याली सुरु हुने बताए । त्यस पछी मोटरसाइकल र्याली मेनरोड, एचआइडी, गौरीटार रंगशाला, चौघडा, कान्तिराजपथ, मानस चोक, चौकिटोल, बुद्धचोक, राप्तिरोड, वाइपास, टिसियन रोड हुँदै सीमा चोकमा आएर समापन हुने छ ।
सिग्देलले चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा मकवानपुर जिल्लाबाट ३५ हजार कार्यकर्ता सहभागी हुने जानकारी समेत दिए । ‘झण्डै १० हजार संगठित सदस्यसहित ३५ हजार कार्यकर्ता २ हजार मोटरसाइकल, ५ सय साना सवारी र २ सय वटा बसमा महाधिवेशनमा सहभागी हुने छ’ सिग्देलले भने । यसको लागि एमाले मकवानपुरले १० वटै स्थानीय तहमा निर्देशन गरिसकेको र विभिन्न कामको समेत जिम्मेवारी बाँडफाँड गरिसकेको छ ।
महाधिवेशनमा विदेशीहरु पनि आउने भएकोले मकवानपुरले आफ्नो पहिचान सहितको सांस्कृतिक झझल्को दिने पञ्चे बाजा, नौमति बाजा, धिमे बाजा, तामाङ बाजा, कौडा नित्य, चेपाङ झाकी, खैजडी, न्याउलि बजा लगायतको प्रदर्शन गर्ने व्यवस्था मिलाएको छ ।
महाधिवेशनमा सहभागि हुन तथा जनपरिचालन गर्न अध्यक्ष बद्रि लम्सालको संयोजक र सचिव एकलाल श्रेष्ठ रहेको २ हजार १ सय सदस्यीय जनपरिचालन समिति गठन गरिएको छ । यस्तै गोपाल श्रेष्ठको संयोजनमा रहने गरी आर्थिक समिति निर्माण गरिएको छ । १० औं महाधिवेशनमा मकवानपुरबाट सहभागी हुन एमालेको २२ वटा जनवर्गिय संगठन चुस्त बनाइएको छ । चितवनमा हुने अधिवेशनमा मकवानपुरको केही नेताले केन्द्रिय सदस्यमा आफ्नो उम्मेदवार दिने तयारी समेत गरेका छन् ।
नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको लागि उद्घाटन र बन्द सत्र हुने स्थानमा आवश्यक पूर्वाधार निर्माणलाई तीव्र पारिएकाे छ । उद्घाटन स्थलको मञ्चमा अत्याधुनिक प्रविधिसहितको उपकरण जडान भइरहेकाे छ भने महाधिवेशन स्थल ड्राेनले निगरानी हुनेछ ।
मञ्च नेपालमा प्रयोग भएको सबैभन्दा अत्याधुनिक प्रविधिको प्रयोग गर्दै निर्माण भइरहेको मञ्च व्यवस्थापन समिति संयोजक एवं एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठले बताए । प्रचार सहयोग समिति चितवनले महाधिवेशनको तयारीका सम्बन्धमा सोमबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक श्रेष्ठले पाँच लाख नागरिकले सजिलै हेर्न मिल्ने गरी मञ्च निर्माण भइरहेको जानकारी दिए । उनका अनुसार एकै स्थानबाट पाँच लाख मानिसले उद्घाटन सत्र अवलोकन गर्न नसक्ने भएकाले विभिन्न स्थानबाट लाइभ प्रशारण गरिनेछ । उद्घाटन सत्र लाइभ गर्न भिडियो क्यामेराका साथै कम्तिमा दुई वटा ड्रोन क्यामेरा प्रयोग गरिने श्रेष्ठले बताए ।
९ मंसिरमा हस्तान्तरण गर्ने गरी मञ्च निर्माण भइरहेको श्रेष्ठकाे भनाइ छ । उनले हालसम्म मञ्च निर्माणको ४० प्रतिशत काम सकिएको बताए । त्यसैगरी, सौराहामा बन्द सत्र हुने हल निर्माण समेत आइतबारदेखि नै सुरु भइसकेको उनले जानकारी दिए । ‘बन्द सत्र हुने सौराहाको होटल सेभेन स्टार नजिकै खाली चौरमा आल्मुनियमको संरचना बनाइएको छ,’ उनले भने ।
पत्रकार सम्मेललनमा अनुगमन समितिको संयोजकमा काशीनाथ अधिकारीले महाधिवेशनको कामको नियमित अनुगमन भइरहेको बताए । समितिले कामलाई थप गति दिन आवश्यकताअनुसार जनशक्ति व्यवस्थापन समेत गरेको उनको भनाइ छ । महाधिवेशन तयारीले हिजोदेखि गति समातेको अधिकारीले बताए । जनसहभागिता जुुटाउन गाउँगाउँमा घरदैलो कार्यक्रम समेत जारी रहेको उनकाे भनाइ छ ।
१० मंसिरमा हुने उद्घाटन सत्रमा सहभागी हुन विभिन्न ६ स्थानबाट र्याली निकाल्ने तयारी भइरहेको अधिकारीले बताए । गैँडाकोट, आँपटारी, विशाल चोक, केन्द्रीय बस टर्मिनल, त्रिचोक, बेलचोकबाट र्याली निकाल्दै ब्यापक जनसहभागिता जुटाउने गरी तयारी भइरहेको अधिकारीको भनाइ छ ।
प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले जिल्लामा विभिन्न ६ वटा समिति निर्माण गरेर काम अगाडि बढाएको बताए । व्यापक जनसहभागिता जुटाउन जिल्लाका ९८ वटै वडा कमिटी, दुई वटा शाखा कमिटी र पार्टीका सबै जनवर्गीय संगठन परिचालन भइरहेको सुवेदीले जानकारी दिए ।
नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जिल्लामा निर्माण गरिएका सबै समितिले आफ्नो कामलाई तीव्र रुपमा अगाडि बढाइरहेको बताइन् । जिल्लामा रहेका सुरक्षा निकायहरूसँग सहकार्य गरेर ट्राफिक व्यवस्थापनसहित सुरक्षा प्रबन्ध मिलाउने रावलले जानकारी दिइन् । राजधानीबाट
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको संघिय क्षेत्र नंबर १ को सभापतिमा दामोदर खनाल निर्विरोध निर्वाचित भएका छन् । सभापतिका अर्का उम्मेदवार धर्मराज लामिछानेले उम्मेद्वारी फिर्ता लिएपछि खनाल निर्विरोध निर्वाचित भएका हुन् ।
यसैगरी क्षेत्रीय सहसचिवमा ईन्द्रबहादुर मोक्तान र मुना पाठक कठायत निर्विरोध भएका छन् । महाधिवेशन प्रतिनिधितर्फ खस आर्य खुलामा केशवप्रसाद धिताल र मिठाराम दाहाल निर्विरोध निर्वाचित भएका छन् । खस आर्य महिलातर्फ राधा कोइराला निर्विरोध भएकी छिन् ।
जनजाति महिलातर्फ लक्ष्मी श्रेष्ठ, लक्ष्मी थिङ र अमृता थापा निर्विरोध भएका छन् । दलिततर्फ गोपिलाल विक र अल्पसंख्यकतर्फ रूद्र ढकाल खान निर्विरोध भएका छन् ।
मकवानपुर । नेकपा (माओवादी केन्द्र)को देशव्यापी कार्यक्रम अन्तरगत मकवानपुरका सबै वडाको प्रथम सम्मेलन सम्पन्न भएको छ । शनिबार साँझसम्म वडा सम्मेलन नभएको विवरण प्राप्त नभएको माओवादी केन्द्र मकवानपुरका प्रचार विभाग प्रमुख कमानसिं पाख्रिनले बताए ।
यसैबीच हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ को भेलाले राजेश मग्रातीको अध्यक्षतामा ३५ सदस्सीय वडा कमिटी गठन गरेको छ । समितिको उपाध्यक्षमा रुपा आचार्य, सचिवमा सोमलाल घलान, कोषाध्यक्षमा महेश थापा लगायत रहेका छन् । नेकपा माओबादी केन्द्र मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामी ‘छिन्तु’को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा माओवादी केन्द्र मकवानपुरका प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन, जिल्ला सदस्य कमलचन्द्र सुमन लगायतको आतिथ्य रहेको थियो ।
त्यस्तै, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ को भेलाले बासु कटुवालको अध्यक्षतामा ३५ सदस्सीय वडा कमिटी गठन गरेको छ । समितिको उपाध्यक्षमा शिब प्रसाद लम्साल र हेमकान्त पौडेल, सचिवमा राधिका बिक, कोषाध्यक्षमा भानुभक्त दंगाल लगायत रहेका छन् ।
नेकपा माओबादी केन्द्र मकवानपुरकी केन्द्रीय सदस्य एवं बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा माओबादी केन्द्र मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामी ‘छिन्तु’, प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन लगायतको आतिथ्य रहेको थियो ।
मकवानपुर । नेकपा एमाले जिल्ला कमिटी मकवानपुरको बिस्तारीत बैठक बसेको छ । चितवनमा हुने १० औं महाधिवेशनको तयारीको सन्दर्भमा पार्टीका जिल्ला अध्यक्ष बद्री प्रसाद लम्सालको अध्यक्षता एबम स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा विस्तारित बैठक बसेकाे हाे । बैठकले महाधिवेशन ऐतिहासिक बनाउन लाग्ने उद्घोष गरेको छ ।
‘नेकपा एमालेको महाधिवेशन ऐतिहासिक हुनेछ’ कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य रायमाझीले भने ‘अधिवेशन सफल बनाउन पार्टीको सम्पुर्ण शक्ति एकजुट हुन्छ।’ उनले नेपाली राजनीतिको मूलधार नेकपा (एमाले) भएको बताए। रायमाझीले एमालेले अङ्गालेको समृद्ध नेपाल, सुखी नेपालीको नारा र त्यसका लागि अवलम्बन गरेको समाजवाद उन्मुख बाटो र जनताको बहुदलीय जनवादका कारण एमाले आगामी निर्वाचनमा समेत प्रथम शक्ति बन्ने जानकारी दिए।
नेता रायमाझीले केपी ओली नेतृत्वको सरकारले देशको आर्थिक र सामाजिक रुपान्तरणका लागि गरेको कामबाट देशीविदेशी शक्तिहरु आत्तिएको र परमादेशको सरकार स्थापना गर्ने सम्मको हर्कत भएको स्पष्ट पारे। नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन चाहनेहरुले अझै पनि एमालेलाई प्रहार गरिरहेको उनले बताए । बैठकमा नेकपा एमालेका केन्द्रिय सदस्य एबम् बागमती प्रदेशका सह इन्चार्ज डोरमणि पौडेल, केन्द्रिय सदस्य रामेश्वर राना, प्रदेश कमिटी सङठन बिभाग प्रमुख अनन्त पौडेल सांसद कृष्ण प्रसाद दाहाल लगायत सहभागी थिए ।
महाधिवेशनका लागि विभिन्न समिति
नेकपा एमाले मकवापुरले केन्द्रिय महाधिवेशनमा सहभागिताका लागि जिल्ला अध्यक्ष बद्री प्रसाद लम्सालको संयोजकत्वमा २ हजार १ सदस्यीय जनपरिचालन समिती निर्माण गरेको छ । त्यसैगरी सचिब एकालाल श्रेष्ठको संयोजकत्वमा र्याली ब्यबस्थापन समिति, जिल्ला सदस्य बिश्वराज राईको संयोजकत्वमा यातायात ब्यबस्थापन, सचिवालय सदस्य नवीन सिग्देलको संयोजकत्वमा महाधिवेशन प्रचार प्रसार समिति, उपाध्यक्ष गोपाल बहादुर श्रेष्ठको संयोजकत्वमा आर्थिक ब्यबस्थापन, उपसचिव लालबहादुर थापाको संयोजकत्वमा सास्कृतिक झाँकी जातीय भेषभुषा ब्यबस्थापन समिति निर्माण गरिएको छ ।
यस्तै कार्यक्रममा सहभागिताका लागि मकवानपुरको बागमती गाउँपालिका सहजकर्तामा खेम जर्घा र शर्मिला बिक, बकैयामा कृष्ण चौलागाईं र बेलप्रसाद दाहाल, मकवानपुर गढीमा बिदुर हुमागाई र मेम्बर लो, भिमफेदीमा हिदम लामा र पार्वती राना, इन्द्र सरोबरमा डीके पुडासैनी, थाहानगरपालिकामा बिष्णु ढकाल र बुद्ध रत्न मानन्धर, कैलाशमा बच्छु ढुंगाना र बुद्धि ब मोक्तान , मनहरीमा हेम उप्रेती र गौतम लामा, हेटौंडामा नवीन सिग्देल फुर्वा लामा, सुनिल मोक्तान,मदन दाहाल, ध्रुब चौलागाईंलाई जिम्मेवारी दिइएको सचिब एकालाल श्रेष्ठले बताए ।
यसैगरी प्रदेश कमीटीमा रहेका अणराज जर्गा र जयबहादुर वाइवालाई बागमती, पद्मा पौडेललाई बकैया, हर्कमाया रुम्बा र नबराज तिमल्सिनालाई मकवानपुरगढी, भगवती पुडासैनीलाई भीमफेदी, सुभाषचन्द्र ठकुरी, देबराज रिमाल, नारायण सापकोटालाई ईन्द्रसरोबर, सुभाषचन्द्र ठकुरी र बरिना बलाई थाहा, महेश बर्तौलालाई कैलाश, सुन्तली प्रजालाई राक्सिराङ, एकराज उप्रेती, श्याम ढकाललाई मनहरी, अनन्त पौडेल, रघुनाथ खुलाल र जुनेली श्रेष्ठलाई हेटौंडा उपमहानगरपालिका, मधुसुधन खतिवडा, अर्जुन अर्याललाई इलाका, मजदुर र पेशागत महासंघको रधुनाथ खुलाललाई जिम्मा दिइएको छ ।
यस्तै सडकमा स्वागत द्वार, झन्डा, घडाहरु राख्ने, ब्यानर र पर्चा गाउँ गाउँ पुर्याउने, रेडियो टीभी अनलाइन तथा पत्रिकामा सूचना व्यापक बनाउनेलगायतका निर्णय गरेको नेकपा एमालेका जिल्ला सचिब एकालाल श्रेष्ठले बताए ।