मकवानपुर । मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा नेकपा एमालेका युवा नेता महेश बर्तौलाले अग्रता लिएका छन् ।
सत्तारुढ गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई पछि पार्दै बर्तौलाले अग्रता लिएका हुन ।
८ हजार ७९६ मतगणना हुदाँ बर्तौलाले ४ हजार ८५४ मत प्राप्त गर्दा खतिवडाले ४ हजार ४४३ मत प्राप्त गरेका छन् ।
खतिवडा दोस्रो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले भने १ हजार १८७ मत प्राप्त गरेका छन् ।
मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर– १ मा गठवन्धनका उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) ले मतान्तर फराकिलो बनाउँदै लगेकी छन् । हाल सम्म यस क्षेत्रमा ११ हजार ५४ मतगणना भएको छ ।
जसमा डिनाले ५ हजार २१७ मत पाएकी छिन् । त्यस्तै सूर्य चिन्ह लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले ३ हजार ६९३ मत पाएका छन् । थापा भन्दा डिना १ हजार ५२४ मतले अगाडि छिन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दिपक बहादुर सिंहले १ हजार १० मत पाएका छन् । मतगणना जारी छ ।
मकवानपुर–२ मा नेकपा एमालेले अग्रता लिएको छ । यस अघि नेकपा एकीकृत समाजवादीका बिरोध खतिवडाले अग्रता लिएका थिए । ६ हजार ५१८ मत गणना हुँदा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता लिएका हुन । उनले २ हजार ७३३ मत पाएका छन् भने समाजवादीका खतिवडाले २ हजार ६८६ मत पाएका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले ५३४ मत पाएका छन् । यो क्षेत्रबाट २०७४ सालमा नेकपा एमालेबाट विरोध खतिवडा निर्वाचित भएका थिए ।
मकवानपुर प्रतिनिधिसभा –२ प्रदेशसभा (क) मा नेकपा एमालेका बिष्णुप्रसाद ढकालले अग्रता कायम राखेका छन् । यस क्षेत्रमा २२ सय ८३ मत गणना हुँदा ढकालले १५४ मतले गठबन्धनकी कुमारी मोक्तानलाई ढकालले पछाडी पारेका छन् ।
कुमारी मोक्तानले ८३३ मत प्राप्त गरेकी छिन् भने एमालका ढकालले ९८७ मत प्राप्त गरेका छन् । राप्रपाका रामबहादुर घलले १९८ मत प्राप्त गरेका छन् ।
मकवानपुर क्षेत्र नम्बर–२ को (ख) मा सत्ता गठबन्धनको नेपाली कांग्रेसका उम्मेदवार इन्द्र बहादुर बानियाँले अग्रता कायम राखेका छन् ।
बानियाँले २ हजार ४३१ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार लालबहादुर थापामगरले १ हजार ४११ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा गठबन्धनका बानियाँले सुरुदेखि नै आफ्नो अग्रता काम गरिरहेका छन् ।
यहाँ हालसम्म ४ हजार ३१३ मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना जारी रहेको छ ।
