मकवानपुर । बकैया गाउँपालिकामा ४ सय ८७ जना नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन् । बुधबार बकैया ३ मा भएकाे पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी ४ सय ८७ जना काँग्रेस प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेको भातृ संगठन युवा संघ बकैया सहसंयोजक दीपक बज्यु, माओवादी गाउँ कमिटि संयोजक देवकुमार मोक्तान, नेकपा एमालेका स्थानीय नेता मानबहादुर स्यांतान, आकाश न्यासुर, राप्रपाका स्थानीय नेता रमेश भोम्जन लगायत ४ सय ८७ जना पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका हुन् ।
उनीहरूलाई कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले स्वागत गरेका थिए । भक्तबहादुर भोलनको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सदस्य कृष्णप्रसाद दाहाल, महासमिति सदस्य धर्मराज लामिछाने, बकैया सभापति भुमिनन्द गौतम, विभिन्न वडाका अध्यक्षहरू, पार्टीका भातृसंगठन एवं शुभेच्छुक संगठनका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुर प्रहरीले वद मुद्दाका फरार प्रतिवादी १ जना पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका वडा नं. ६ का सागर थिङ रहेका छन् ।
मकवानपुर जिल्ला अदालत हेटौडाको २०७५ साल चैत २७ गतेको फैसलाले वन मुद्दामा ३ लाख ५७ हजार ४ सय ६० जरिवाना भुक्तान गर्न बाँकी थिङलाई मकवानपुर प्रहरीले पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
प्रतिवादी थिङलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले भदाै १६ बुधबार हेटाैडा उपमहनागरपािलका वडा नं. १० बाट पक्राउ गरी आवश्यक कारवाहीको लागि मकवानपुर जिल्ला अदालतमा उपस्थित गराईएको रिमालले बताए ।
मकवानपुर । बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णशर्मा खनालले राजीनामा दिएका छन् ।
एकीकृत समाजवादीका लागि मगलबार सनाखत गरेका उनले बुधबार विहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य समक्ष राजीनामा बुझाएका हुन् । खनालले राजीनामा दिएपछि अब बागमती प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यसहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र छन् ।
प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बर्खास्त गर्नु अघी नै मन्त्री खनालले पदबाट राजीनामा दिएका हुन् । मगलबार नेकपा एमलोको छोडेर नयाँ दल नेकपा (एकीकृत समाजवादी) सनाखत गरेसंगै बर्खास्त गर्ने तयारी भइरहेकै बेलामा खनालले पदबाट राजिनामा दिएकाे बताइएकाे छ ।
नेकपा एमाले पाटीको निर्देशन बुधबार नै मुख्यमन्त्री शाक्यले खनाललाई पदबाट हटाउने तयारी थालेकाे बताइरहँदा खनालकाे राजिनामा आएकाे हाे । खनालले मन्त्री बन्नुअघि नै मुख्यमन्त्री शाक्यलाई आफू माधव नेपाल समूह नछाड्ने जानकारी गराएका थिए ।
खनालसहितका बागमती प्रदेशसभाका १२ सदस्यले मंगलबार निर्वाचन आयोगको प्रदेश कार्यालय हेटाैडामा नेकपा एकीकृत समाजवादी दल राेजेका थिए । निर्वाचन आयोगले भदाै २२ गते सम्मकाे समय सिमा ताेकी दल राेज्न सूचना प्रकाशित गरेकाे छ । खनाल नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्यसमेत हुन ।
मकवानपुर । नेकपा एमाले बकैया- ५ को अध्यक्षमा लाल बहादुर जिम्बा चयन भएका छन् । साेमबार भएको वडा भेला तथा कमिटी गठन कार्यक्रमले जिम्बाको नेतृत्वमा ३५ सदस्यिय वडा कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा बिल बहादुर दोङ र सचिवमा राजन राई रहेका छन् ।
एमाले बागमती प्रदेश सदस्य पद्मा पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले मकवानपुरका जिल्ला सदस्यहरु दलबहादुर वाइवा, कृष्णप्रसाद चौलागाईं , बेलप्रसाद दाहाल ,सरला बोलखे,बकैया अध्यक्ष गोपाल दाहाल लगाएतको उपस्थिति रहेको थियो ।
यसैगरि वडा भेलामा नेपाली कांग्रेस,नेकपा माओवादी र राप्रपा परित्याग एक दर्जन बढी नेकपा एमाले पार्टी प्रवेश गरेका छन् । उनीहरुलाई प्रमुख अतिथि पौडेलले टिका लगाएत स्वागत गरेकी हुन् ।
मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध जस्तै देखिने पदार्थ सहित हेटाैडाबाट ३ जना पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा हेटौंडा–५ का ३२ वर्षीय एन्जल मास्के, हेटौंडा–१४ का ३० वर्षीय सरोज डंगोल र हेटौंडा–१ का ३४ वर्षीय शुशिल कुमार लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा–५ मास्केको घरकोठामा चेकजाँच गर्दा निजको साथबाट लागुऔषध खैरो हेरोईन जस्तो देखीने पदार्थ २ सय ५० मिलिग्राम फेला परेको हो ।
डंगोल र लामालाई लागुऔषध जस्तो देखिने पदार्थ खरिद गर्न मास्केको घरमा आएको बोला पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् डिएसपी जयश्वर रिमालले जानकारी दिए । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उनले बताए ।