मकवानपुर । नेपाल शिक्षक संघ मकवानपुरले चियापान तथा सम्मान कार्यक्रम गरेकाे छ । सघ शुभ दीपावली,नेपाल सम्बत एवं छठ पर्वको अवसरमा चियापान,शुभकामना आदानप्रदान तथा शिक्षक सम्मान कार्यक्रम गरेकेा हाे।
शिक्षक संघ मकवानपुर अध्यक्ष राम कुमार अधिकारीको सभाध्यक्षता तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। प्रमुख अतिथि उपाध्याय ‘डिना’ले समाज परिवर्तनमा शिक्षकहरूको योगदान महत्वपूर्ण रहेको तथा शिक्षकले गरेको त्यागलाई सम्मान गर्नुपर्ने बताइन् ।
कार्यक्रममा शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विभिन्न विद्यालयमा कार्यरत तथा सेवा निवृत्त भएका शिक्षकहरूलाई सम्मान गरिएको छ। शिक्षक संघ मकवानपुरले शिक्षकहरू प्रमोद विडारी,राजेश घिमिरे,गोविन्द पोखरेल,नरहरीनन्द उप्रेती,पुष्कर केसी, गंगनदेव चौरसीया,सन्तविर पाख्रिन,मिरा गोर्खाली,सुभद्रा पाण्डे, ईन्द्रबहादुर गोले, सरस्वती शिवाकोटी, सुनिता भट्टराई, रमेश सुवेदी, अरूण कुमार सिंह, सारदा दाहाल न्यौपाने,कृष्ण माया लटौला मदन लामिछाने, ज्ञानु पौडेल, शंकर पराजुली, अप्सरा देवकोटा, राजेश्वर देवकोटा, विभा झा, गंगा चिमोरिया, राजेन्द्र बर्तौला, रंजन कठायत लगायत ५० जना शिक्षकहरूलाई सम्मान गरेकाे हाे ।
कार्यक्रममा नेपाल शिक्षक संघ बागमती प्रदेश वरिष्ठ उपाध्यक्ष दिपकलाल खतिवडा,बागमती प्रदेश सदस्य स्वेता कोइराला, नेपाली कांग्रेस मकवानपुर शिक्षा विभाग प्रमुख कृष्ण प्रसाद दाहाल, हेटौंडा -६ नम्बर वडाध्यक्ष अर्जुन प्रसाद चौलागाई,लेखक संघ मकवानपुर अध्यक्ष छवि अनित्य, शिक्षक संघ मकवानपुर उपाध्यक्ष गणेश प्रसाद हुमागाई, सचिव टिका प्रसाद दाहाल लगायतकाले दीपावली,नेपाल सम्वत,छठ पर्वको शुभकामना सहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा शिक्षक संघ मकवानपुरका प्रदेश,संघिय कार्य समिति तथा स्थानीय तह अन्तर्गतको विभिन्न पदमा रहेका शिक्षकहरूको सहभागी रहेको थियो।
मकवानपुर । मकवानपुरगढी गाउँपालिका प्रेस सेन्टरकाे गाँउपालिका समिति गठन गरिएकाे छ । शनिबार भएको भेलाले भेलाले निलम पाख्रिनको अध्यक्षतामा ७ सदस्यीय कमिटी सर्वसम्मत गठन गरेकाे हाे । समितिको उपाध्यक्षमा रजनी घिमिरे, सचिवमा मुकेश चौंलागाई, कोषाध्यक्षमा अक्षय कुमार घलान, सहसचिवमा सुरेश पाख्रिन, सदस्यमा सरला रुम्बा र कविना बराइली रहेका छन् ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटी सदस्य भिम पाख्रिनको प्रमुख आतिथ्य तथा मकवानपुरका प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन ‘पृथक’को विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रेस सेन्टर मकवापनुरकी संयोजक अञ्जली थापा, माओवादी केन्द्रकी मकवानपुरगढी गाउँपालिका कमिटी ईन्चार्ज मानकुमारी नेपाली, वडा नम्बर ४ का अध्यक्ष हेमबहादुर योञ्जन, समाजसेवी रविन थिङ लगायतको आतिथ्यता रहेको थियो ।
प्रेस सेन्टर मकवानपुरका सहसंयोजक एवं प्रतिनीधि सभा निर्वाचन क्षेत्र १ ‘ख’ का संयोजक एमपी शर्माको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । मकवानपुरगढीसहित सेन्टरले मकवानपुरको बागमती, बकैया, मनहरी, राक्सिराङ र कैलाश गाँउपालिका गरी ६ गाउँपालिकामा समिति गठन गरीसकेको छ भने बाँकी ४ पालिकामा पनि समिति गठन गरी जिल्ला सम्मेलन गर्ने बताईएको छ ।
मकवानपुर । हेटाैडा उपमहानगरपालिका १४ मा निशुल्क आँखा शिविर आयाेजना गरिएकाे छ सांग्रिला डेभलपमेन्ट बैंक हेटौंडा शाखाको प्रायोजन तथा हेटौंडा सामुदायिक आँखा अस्पतालको सहप्रायोजनमा आँखा शिविर आयाेजना गरिएकाे हाे ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ मयुरधापमा रहेको जनज्योति माविको प्राङ्गणमा निशुल्क आँखा शिविर भएको हाे । सांग्रिला विकास बैंकले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा गरेको सप्ताहव्यापी विविध कार्यक्रम अन्तर्गत आज निशुल्क आँखा शिविर सम्पन्न गरेको हो । विहान ९ बजेदेखि २ बजेसम्म संचालन गरेको शिविरमा हेटौंडा १४ लगायत अन्य क्षेत्रका ८० जना महिला र ७० जना पुरुष गरी १ सय ५० जनाले निशुल्क आँखा परीक्षण गराएका छन् ।
आँखा परीक्षण गराएका मध्ये २१ जनाको शल्यक्रिया गर्नुपर्ने खालको मोतिविन्दुको विरामी भेटिएकाे बैंकका शाखा प्रबन्धक रुपक मैनालीले जानकारी दिए । शिविरमा भेटिएका माेतिविन्दुका विरामीकाे हेटौंडा सामुदायिक आँखा अस्पतालमा निशुल्क उपचार गरिने भएकाे छ ।
मकवानपुर । नेकपा एमालेको मकवानपुरमा शनिबार ८ वटा पालिका अधिवेशन सम्पन्न भएकाे छ ।
शनिबार भएकाे अधिवेशनले इन्द्रसरोवर गाँउपालिका अध्यक्षमा देवकृष्ण पुडासैनीको नेतृत्वमा ६३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
यसैगरी कमिटीको उपाध्यक्षमा प्रताप भोम्जन, सचिवमा धनविर स्याङ्तान, उपसचिवमा बैकुण्ठ थापा र उमा लामा चयन भएका छन् । राक्सिराङ् गाउँपालिका र कैलाश गाउँपालिकामा यसअघि नै अधिवेशन सम्पन्न भइसकेको छ ।