मकवानपुर । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नंबर ३ मा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार प्रताप भोम्जन विजयी भएका छन् । ५ दलीय गठबन्धनलाई पराजित गर्दै भाेम्जन विजयी भएका हुन् ।
एमालेका भोम्जनले १ हजार १ सय ७६ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कृष्ण प्रसाद पुरीले ६ सय ७९ मत प्राप्त गरे ।
मन गहिरे
१.
देखेको भन्दा पनि यहाँ नसोचेका कुरा हुन्छन्
पुरा होलान् सपनाहरू कति अधुरा हुन्छन्
बिश्वास के हुन्छ खै घात प्रति घातको दोसाँधमा
मुखले राम राम भन्नेहरु कै बगलीमा छुरा हुन्छन् ।
२.
कैले लाभ हुन्छ त यहाँ कैले हानी हुन्छ
कसैको भुल्ने,कसैको सम्झने बानी हुन्छ
दुश्मनी मात्रै कति गर्छौ बाचुन्जेल यहाँ
शरीर त आखिर डढेर खरानी हुन्छ ।
३.
सुकुम्बासीलाई बास बनाउने पुर्जा मिलोस्
खेलमा सधैं जीतको झन्डी र बुर्जा मिलोस्
नपरोस् कहिले हजारौंको भिडमा एक्लै हुन
साथ र संगतले जीवन जिउने उर्जा मिलोस् !!
तानसेन,पाल्पा
मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तरगत मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकाको मतगणना कार्य भइरहेकाे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार हालसम्म मकवानपुरको १९ वडाको मतगणना पूर्ण रुपमा सम्पन्न भइसकेको छ ।
मकवानपुर जिल्लामा रहेका १ सय २ वटा वडा मध्ये हालसम्म १९ वटा वडाकाे मत परिणाम सार्वजनिक भइसकेकाे छ । जसमध्य ८ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ भने ७ वटामा माओवादी केन्द्रले जित हात पारेको छ । त्यस्तै ४ वटा वडामा नेकपा एमालेले नेतृत्व लिएको छ ।
कांग्रेसबाट भीमफेदी गाउँपालिका वडा नम्वर १ मा सोमबहादुर स्याङ्तान, कैलाश गाउँपालिका वडा नम्वर १ मा तेज बहादुर ब्लोन, कैलाश गाउँपालिका वडा नम्वर २ मा राजेन्द्र तामाङ घिसिङ, मनहरी गाउँपालिका वडा नम्वर १ मा शिव प्रसाद खनाल, मकवानपुरगढी गाउँपालिका वडा नम्वर १ मा आइत सिंह लो, मकवानपुरगढी ८ मा कुमार घिसिङ, इन्द्रसरोबर गाउँपालिका १ र २ मा क्रमश सुवास थापा र सुमन श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यसैगरी नेकपा माओवादी केन्द्रको तर्फबाट भीमफेदी–३ मा पृति लाल लामा, थाहा नगरपालिका–१ मा हेरमान गोपाली, थाहा–२ बमबहादुर सिंतान, बकैया–१ आशिश तितुङ, बकैया–२ विश्वराज स्याङतान, मनहरी–२ राजकुमार पाख्रीन र बागमती–१ यहुन्ना राई निर्वाचित भएका हुन् ।
नेकपा एमालेको तर्फबाट भने भीमफेदी–२ मा काशीराम बज्यु, भीमफेदी–४ मा सागर पाण्डे, कैलाश–१० मा सूर्य बहादुर ब्लोन र राक्सिराङ–१ मा बाबीराम मुक्तान निर्वाचित भएका हुन् । अहिले हेटौंडा उपमहानगरपालिकाको १,२,१८ र १९ नम्वर वडाको मतगणना अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर १ मा नेपाली कांग्रेस विजयी भएकाे छ । गढी १ नम्बर वडामा कांग्रेस नेतृत्वकाे अध्यक्ष सहित प्यानल नै विजयी भएको हाे ।
१ नम्बर वडाकाे अन्तिम मतपरिणाम अनुसार वडा अध्यक्ष पदमा कांग्रेसका आईत सिं लो सहित प्यानलनै विजयी भएका छन् । उनले ७९३ मत प्राप्त गरेका थिए भने एमालेका उम्मेदवारले ४११ र माओवादीका उम्मेदवारले १६५ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नम्वर १ को अन्तिम मत परिणाम अनुसार गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवारले ८१२ र एमालेका उम्मेदवारले ४०६ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा गठबन्धनका उम्मेदवारले ६३४ मत र एमालेका उम्मेदवारले ४२५ मत प्राप्त गरेका छन्।
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ मा वडा नेकपा माओवादी केन्द्र विजयी भएकाे छ । मनहरी २ मा माओवादीका राजकुमार पाख्रिन ५ सय ४५ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
पाख्रिनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ४ सय २४ मत,नेकपा एमालेका उम्मेदवारले ४ सय २० मत र स्वतन्त्र (पुतली) का उम्मेदवारले ३८ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेकपा माओवादी केन्द्रबाट महिला सदस्यका उम्मेदवार ५ सय ४८, दलित महिला सदस्य ५ सय ३७, खुल्ला सदस्य ५ सय २४ र खुल्ला सदस्य दुईमा ४८९ मतसहित जित हासिल गरेका छन् । मनहरी–२ मा कुल १ हजार ४ सय ८३ मत खसेको थियो ।