मकवानपुर । हेटौंडा–१६, हटियास्थित त्रिभूवन माविका विद्यार्थीलाई स्कूल वितरण गरिएकाे छ । हेटौंडा–४ निवासी कुश रिजालले बुबा रामनाथ रिजाल र आमा मायादेवी रिजालको स्मृतिमा त्रिभूवन माविका ५० जना विद्यार्थीलाई मंगलबार व्याग वितरण गरिएको हो ।

विद्यालयको ६१ औं वार्षिकोत्सव एवम् सरस्वती पुजाको अवसरमा आयोजित कार्यक्रममा कुश रिजालको परिवार नै सहभागी भई त्रिभूवन माविका कक्षा ६, ७ र ८ मा अध्ययनरत ५० जना विद्यार्थीलाई व्याग वितरण गरिएको हो कुश रिजालले बताए ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण कोइरालाले विद्यार्थीलाई व्याग वितरण गरेका थिए ।
यसैबीच हेटौंडा -२ मा रहेको सिद्धार्थ माविमा अध्ययन गरेकाे पूर्व विद्यार्थीहरूले विद्यालयलाइ विभिन्न सामाग्री सहयोग गरेका छन। विद्यालयबाट २०६९ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरेका पूर्व विद्यार्थीहरूले प्राथमिक स्वास्थ्य सामाग्री सहितकाे बक्स, डस्टविन,घडी लगायतका सामाग्री सहयोग गरेका हुन।
सरस्वती पूजाको अवसर पारेर आफूहरूले शिक्षा आर्जन गरेको विद्यालयलाई ३२ वटा डस्टविन,३० थान भित्तेघडि,२ थान प्राथमिक उपचार सामाग्री सहितको फस्टएड बाक्स सहयोग गरेको विद्यालयका पूर्व विद्यार्थी सन्तोष धितालले बताए।
उक्त सामाग्री बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद शर्मालाई हस्तान्तरण गरेका हुन्।

यस्तै नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ चितवनको आयोजनामा वसन्त पञ्चमीको अवसर पारेर शैक्षिक सामग्री वितरण गरिएको छ ।
भरतपुर- २९ स्थित राष्ट्रिय आधारभूत विद्यालय स्याउली, भोर्ले र फेवाटार गरि तीन विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको सम्पूर्ण किताव नारायणगढका लेखराम सापकाेटाले जनाकारी दिए ।

यस्तै नेपाली कांग्रेस मकवानपुरकी नेतृ तथा समाजसेवी जानकी गिरीले विद्यालयमा गोलघर निर्माण गरेकी छिन् । गिरीले सरस्वती पुजाको अवसर पारेर हेटौंडा १ चाइनाक्वाटरमा स्थित अमर माध्यामिक विद्यालयलाई गोलघर निर्माण गरी सहयोग गरेकी हुन् ।

स्थानीयबासी गिरीले विद्यालय परिसरमा एक लाख खर्चमा बालबालिकालाई खाजाखाने गोलघर निर्माण गरी सरस्वती पुजाको दिनमा उद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरेकी छिन् । साना साना विद्यार्थी भाइबहिनीलाई खाजा खानेबेला सहज होस भन्ने हेतुले आफ्नै खर्चमा गोलघर निर्माण गरिएको गिरीले बताइन् । गिरी नेपाली कांग्रेस मकवानपुरको जिल्ला सदस्य समेत हुन् ।
मकवानपुर । हाम्रो घर बालगृहलाई मंलगबार हेटौंडा लेडी जेसीसले शैक्षिक सामाग्री सहयोग गरेको छ । सरस्वती पुजाको अवसर पारेर हेटौंडा ५ मा रहेके बालगृहलाई शैक्षिक सामाग्री तथा मनोवैज्ञानिक उपयोगी पुस्तक सहयोग गरिएको वर्ष २०२१ का अध्यक्ष प्रतिमा श्रेष्ठले बताईन् ।
हेटाैडा उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष राजेश बानियाँको प्रमुख अतिथ्यता भएको कार्यक्रममा बानियाँले बालगृहको संरक्षक इन्दिरा न्यौपानेलाई सामाग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा लेडी जेसीसका पूर्व अध्यक्ष रश्मि बस्नेत सहित जेसीस पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा ७१ औ प्रजातन्त्र दिवस भव्य रुपमा मनाईने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार बसेको तयारी बैठकले प्रदेश स्तरमा ७१ औं प्रजातन्त्र दिवश आगामी फागुन ६, ७ र ८ गते तीन दिन भव्य विभिन्न कार्यक्रम गरेर भव्य रुपमा मनाउने निर्णय गरेको हो ।
बैठकले प्रजातन्त्र दिवश मनाउन प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा प्रदेश स्तरीय प्रजातन्त्र दिवस समारोह समिति गठन गरेको छ । मुख्यमन्त्री कार्यालयमा समारोह समिति गठन गर्न साेमबार बसेको बैठकले प्रजातन्त्र दिवसका अवसरमा आगामी फागुन ६, ७ र ८ गते गरिने विभिन्न कार्यक्रमको समेत तय गरेको छ ।
बैठकले दिवशका अवसरमा हेटौंडामा अन्तर मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता, परिसम्वाद कार्यक्रम, सरसफाई कार्यक्रम, रक्तदान कार्यक्रम, फलफुल वितरण कार्यक्रम, खुल्ला दौड प्रतियोगिता, म्यूजिकल थेरापी कार्यक्रमलगायत सार्वजनीक स्थानमा झण्डा फहराउने तथा तीनै दिन दिपावली गरेर मनाउने निर्णय गरेको छ ।
यस्तै फागुन ७ गते व्यापक जनपरिचालन सहितको ¥याली तथा दिवशका अवसरमा आयोजित विभिन्न प्रतियोगिताका बिजयीलाई पुरकार वितरण कार्यक्रम गर्ने बताईएको छ । दिवश मनाउन जनपरिचालनको जिम्मा जिल्ला समन्वय समिति मकवानपुरलाई, अन्तर मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिताको जिम्मा सामाजिक विकास मन्त्रालयलाई, परिसंवाद कार्यक्रमको जिम्मा प्रदेश सञ्चार रजिस्टार कार्यालयलाई, सरसफाई कार्यक्रमको जिम्मा हेटौंडा उपमहानगरपालिकालाई, फलफुल वितरणको जिम्मा कृषि तथा सहकारी मन्त्रालयलाई, रक्तदान कार्यक्रमको जम्मेवारी कर्मचारी मिलन केन्द्र मकवानपुरलाई, खुल्ला दौड प्रतियोगिताको व्यवस्थापनको जिम्मा जिल्ला खेलकुद विकास समितिलाई, म्यूजिकल थेरापिको जिम्मा प्रदेश प्रहरी कार्यालयलाई दिएको छ ।
अन्तर मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश १० हजार, ७ हजार र ५ हजार र खुल्ला दौडमा विजयी हुने प्रथम, द्वितीय, तृतिय र सान्त्वना हुनेलाई क्रमश १५ हजार, १२ हजार, १० हजार र ५/५ हजार पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
दिवशकाे अन्तिम दिन भुटनदेवी माविको चौरबाट ¥याली सहित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अाएर विशेषा कार्यक्रम हुने बताईएको छ । कार्यक्रम प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईको प्रमुख आतिथ्यता एवम् सभामुख सानुकुमार श्रेष्ठको विशेष आतिथ्यतामा हुने छ ।
यसैबीच मुख्यमन्त्री पौडेलले सबैलाई प्रजातन्त्र दिवशको कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् ।
दिवश तयारी बैठकमा प्रदेशका आर्थिक मामिलामन्त्री कैलाश ढुंगेल, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामा, भौतिक पुर्वार्धार मन्त्री रामेश्वर फुँयाल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रमुख सचिव मान बहादुर बिकलगायत विभिन्न मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिको सहभागिता थियो ।
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध काठ र अटोसहित हेटौंडा दुई जनालाई नियन्त्रणमा लिएको छ । अटो चालक हेटौंडा १५ बस्ने २४ वर्षीय बुद्ध लामा लोप्चन र अटोमा सवार सोही ठाउँका २५ वर्षीय बिक्रम रुम्बालाइ अवंध काठ र अटाे सहित प्रहरीले पक्राउ गरेकाे छ ।
हेटौंडा वडा नम्बर १५ चित्रपानी सामुदायिक बनबाट सालको गोलिया काटि प्रदेश ३–०३–००१ ह ०१४० नम्बरको अटोमा लुकाई छिपाई ओसारिरहेको अवस्थामा अबैध सालको काठ २.५० क्यु फिटसहित उनीहरुलाई ईलाका प्रहरी कार्यालय पशुपतीनगर मकवानपुरबाट खटिएको प्रहरी गस्ती टोलीले गतराति नियन्त्रणमा लिएको हो ।
प्रहरीले बरामद काठ र अटोसहित उनीहरुलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय मकवानपुर पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाले बताए । यसैगरी प्रहरीले सोही जंगलमा सालको काठ काटी बेवारीसे अवस्थामा राखेको अबैध सालको काठ २०.५४ क्यु. फिट काठ नियन्त्रणमा लिई डिभिजन वन कार्यालय मकवानपुर पठाईएको रानाले जानकारी दिए ।

यस्तै माघ २ गते राती २०:३५ बजेको समयमा ईलाका प्रहरी कार्यालय मकवानपुर गढीबाट खटिएको प्रहरी गस्ती टोलीले अवैध रुपमा नदिजन्य पदार्थ ढुंगा सहित ट्याक्टर नियन्त्रणमा लिएकाे छ । मकवानपुर गढी गाउँ पालिका वडा नं. ६ स्थीत सामरी खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थ ढुंगा लोड गरेको ना ६ त ४६० नम्बरकाे ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी जिल्ला समन्वय समितिको कार्यालय पठाईएको प्रवक्ता रानाले बताए ।
मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नाे ३ वर्षे कार्यकालका उपलब्धी सार्वजनिक गरेका छन् ।
नेकपाकै केही नेताहरुले समानान्तर सरकार चलाउन खोजेकाले संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गर्नु परेको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले निर्वाचन तोकिएकै मितिमा हुने समेत बताए ।
प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको सरकारका उपलब्धिको पूर्णपाठ हेर्नुहाेस