मकवानपुर । सरकारले २०७८ साल बैशाखमा गर्ने गरी घाेषणा गरेकाे मध्यावधी निर्वाचनमा मकवानपुरका २ लाख ७२ हजार ४ सय ७८ जना मतदाताले मतदान गर्ने भएका छन् । जिल्ला निर्वाचन कार्यालय मकवानपुरको आयोजनामा निर्वाचन आचारसंहिता २०७७ मस्यौदामा भएका व्यावस्था सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरी यसका बारेमा जानकारी दिइएको हो ।
आचार संहिताका विषयमा जिल्लामा विहीबार राजनीतिक दल, मकवानपुरका सुरक्षा निकायका प्रमुखहरु, पत्रकार लगायतकाको सहभागितामा अन्तरक्रिया भएको हो । जिल्लामा १ सय ६५ मतदान स्थलमा ३ सय ३८ मतदान केन्द्र रहेकाे तथा मतदान गर्ने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्द प्रसाद पौडेलले बताए।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले निर्वाचन आचार संहिता सबैले पालना गर्नुपर्ने वताए । निर्वाचनका लागि सुरक्षा रणनीति तयार रहेको उनले बताए । बैशाखमा हुने प्रतिनीधिसभाको निर्वाचन स्वस्च्छ र धादली रहित वनाउनका लागि आफुहरु तयार रहेको रिजालले बताए ।
मकवानपुर । इन्द्रसरोवर गाउँपालिकाको आवधिक योजना तथा मध्यकालीन खर्च संरचना तर्जुमा अभिमुखिकरण कार्यशाला सम्पन्न भएको छ ।
कार्यशालामा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले आवधिक योजना निर्माण गर्न हिजोका दिनमा कुरा उठाउँदा विषयगत क्षेत्रका व्यक्तिहरुले आ-आफ्नो कर्तव्य र जिम्मेवारी बोध नहुँदा ढिला भएको औंल्याउदै अब निर्माण गर्ने दस्तावेजको लागि सबै सरोकारवालाहरुले प्रतिबद्ध भै सहयोग गर्न अनुरोध गरे।
कार्यशालामा बदलिँदो परिवेशमा तीन तहको सरकारको अन्तरसम्बन्ध र योजना तर्जुमा अभ्यास, योजना र विकास योजना, आवधिक योजना, विधि, प्रक्रिया र परिणाम, विषय क्षेत्रगत आधार सुचक र लक्ष्य सुचक, मध्यकालीन खर्च संरचना, योजना तर्जुमाको लागि आवश्यक निर्देशक समिती, विषयगत समिती र प्राविधिक समिती र तिनीहरुको कार्य जिम्मेवारी लगायतको विषयमा अभिमुखिकरण गरिएको थियो ।
गाउँपालिकाको आयोजना तथा गभर्नेन्स एण्ड डिजाइन सोलुशन चन्द्रागिरी, काठमाडौको सहजीकरणमा फाल्गुन ६ गते विहिवार मार्खुमा कार्यशाला सञ्चालन भएको हो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष उमा कुमारी लामाले कार्यशालाले आवधिक योजना र मध्यकालीन खर्च संरचनाको विषय र महत्व छर्लङ्ग भएको र यसबाट बनेको दस्तावेजलाई टेकेर आगामी दिनमा अगाडि बढ्ने बताइन् ।
जनप्रतिनिधि, राजनीतिज्ञ, शिक्षक, नागरिक, कर्मचारी लगायत विभिन्न सरोकारवाला व्यक्तिहरुको सहभागीतामा विषेश महत्वका साथ योजना निर्माण गर्नु पर्ने भएकाले आवधिक योजना निर्माणका लागि विभिन्न चरणमा तयारीका कार्यक्रम तथा गतिविधि सम्पन्न गरि ३ दिने कार्यशाला गोष्ठी गरिने भएको छ ।
मकवानपुर । नेपाली कांग्रेसले मकवानपुरले बिहीबार नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानकाे जिल्ला समिति गठन गरिएको छ । नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ७७ जिल्लामै उपसभापतिको संयोजकत्वमा प्रशिक्षण प्रतिष्ठान गठन गर्ने निर्णय बमोजिम मकवानपुरमा विहिवार जिल्ला समिति गठन गरिएको हो ।
नेपाली कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा ११ सदस्यीय प्रतिष्ठान गठन भएको हो । प्रतिष्ठानमा सहसंयोजक दोर्जे लामा स्याङ्तान, सचिव राजु गौतम, सदस्यहरु मिरा स्याङतान, जानकी लामा, निलम बजगाई देवकोटा, पोष्टराज अधिकारी कुमार, सुजन विडारी, विनोदकुमार चौलागाईं, मोहनप्रसाद ढकाल र मालती बिश्वकर्मा चयन भएका छन् ।
मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले ७१ औं प्रजातन्त्र दिवसको अवसरमा फाल्गुन ७ गते संगित थेरापी कार्यक्रम शुक्रबार संचालन गर्ने भएको छ ।
बिभिन्न समस्याका कारण तनावको अवस्था महसुस गर्ने आम नागरिकहरुलाई संगित थेरापी मार्फत तनाब मुक्त बनाउने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले शुक्रबार साँझ ४ बजे हेटौंडाको बुद्ध चोकमा संगित थेरापी कार्यक्रम संचालन गर्ने भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरिक्षक खडग बहादुर खत्रीले बताए ।
बागमती प्रदेश प्रहरी व्याण्ड गुल्मद्वारा बिभिन्न प्रकारका सांगितिक धुनहरु मार्फत तनाब व्यवस्थापनको प्रयाश गरीने हुँदा उक्त कार्यक्रममा स्वास्थ्य सुरक्षाप्रति पुर्ण सावधानी अपनाउँदै आम नागरिकहरुलाई सहभागी हुन समेत बागमती प्रदेश प्रहरी कार्यलय हेटौंडाले अनुरोध गरेको छ ।