मकवानपुर । नयाँ बर्ष २०७८ सालकाे पहिलाे दिन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।
प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री कार्यालयबाट देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुको सुख, शान्ति र समृद्धिको काम गरे। प्रधानन्त्री ओलीले कोभिड–१९ को महामारीका अवसरमा सबैलाई सुरक्षित रहन आग्रह गरेका छन् ।
सम्बाेधकाे क्रममा २०७७ सालमा जनतालाइ पहिलाे प्राथमिकतामा राखेर काम गरेकाे बताए । कोभिड–१९ को महामारीबीच वर्ष ७७ मा विकास निर्माणकाे कामकाे साथै काेराेनासँग लडेकाे बताएका छन् । सरकार हरेक किसिमले थप सफलता हासिल गर्न गत बर्षलाइ निरर्थक हुन नदिएको सम्बाेधनमा प्रधानम्त्रीले बताए ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनःनिर्मित कार्यालयबाट बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काठमाडौँबासीको दसकौँदेखिको सपना पूरा गरिएको र नयाँ नयाँ विकासका कामहरु पूरा गरिएको र त्यो क्रम जारी रहेको बताए । ‘जनताको जीवन बचाउन सकियो भने शिक्षालयहरू चल्नेछन्, उद्योग कलकारखानाहरू खुल्नेछन् । केही समयलाई बन्द रह्यो भने पनि जनताको जीवन बच्यो भने पछि चल्नेछन्, जीवन रहेन भने फेरि कुनै पनि कुरा चल्न सक्दैन’, उनले भने ‘अरू सबै कुरा भन्दा र मुलुकको अर्थतन्त्रभन्दा पनि नागरिकको जीवन पहिलो हो ।’
सम्बोधन क्रममा उनले वर्ष २०७७ मा विभिन्न क्षेत्रमा भएका उपलब्धि र चुनौतीबारे पनि उल्लेख गरिहेका छन् ।
मकवानपुर । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान अाजबाट सुरु भएको छ। यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनु अघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन्। नेपाली नयाँ वर्षसँगै रोजा पर्व सुरु भएकाे पहिलो पटक हाे ।
उर्दू क्यालेण्डर सूर्य उदाउने र अस्ताउने समयसम्म निराहार बस्नुलाई रोजा भनिन्छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ। रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन्। रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ महिना हो। रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ।
दान दिनु गरीब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो। रमजान व्रत बस्न आज साँझ मुसलमानहरुले चन्द्रमा हेर्न आकाशतिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर औधी रमाउने प्रचलन छ।
शरीरलाई चोखो राखेर मात्र रोजा बस्नु पर्छ। कुलतमा लागेका मानिस एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सकिने सुनसरी सोनापुरका हाजी मोहम्मद अब्दुलको भनाइ छ।
व्रतका बेला मुस्लिम समुदायले मस्जिदमा गई कुरानको केही भागका रुपमा नमाज पढ्ने गर्छन्। एक महिनापछि व्रत समापनका अवसरमा पनि सामाजिक दूरी कायम गरेर इदुल फित्र मनाइने तयारी भइरहेको बताइएको छ। त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछ। नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन्।
देशभरका मुस्लिम समुदायले भक्तिको महिनाका रुपमा मनाउने भएकाले यसबाट पाप नाश हुने धार्मिक विश्वास रहेको छ। वर्षमा कुनै त्रुटि भएको भए यसै अवसरमा अल्लाहसँग क्षमायाचना गर्ने मुस्लिम समुदायको परम्परा छ।
मकवानपुर । मकवानपुर जिल्लाको ११ औ राष्ट्रपति रनिङशिल्डको उपाधि बकैयको बुद्धमा माविले जितेको छ । बुद्ध माविले ६ स्वर्ण, ३ रजत र २ कास्य पदक सहित उपाधि जितेको हो ।
यस्तै बकैयाकै महेन्द्र माविले ४ स्वर्ण,४ रजत र ३ कास्य पदक सहित दोस्रो र थाहा नगरपालिकाको जनकल्याण माविले ४ स्वर्ण २ रजत र ४ कास्य सहित तेस्रो स्थान हासिल गरेको छ । गत वर्ष कोरोनाका कारण प्रतियोगिता हुन सकेको थिएन । २०७४ साल र २०७५ साल दुवै बर्ष लगातार जनक माविले शिल्ड लगेको थियाे ।
जिल्लाका दश वटै पालिकाको सहभागिता रहेको प्रतियोगितामा ४८ स्वर्ण पदकका लागि खेल भएको हो । प्रतियोगितामा भलिवल,कव्वडी,एथलेटिक्स, कराते ,तेक्वान्दो र उसुका खेल समावेश गरिएको जिल्ला खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुशराजले जानकारी दिएका छन् ।
मकवानपुर । नेकपा एमालेको नेपाल–खनाल समुहले छुट्टै राजनीतिक प्रस्ताव तयार पारेको छ। गत चैत्र ४ र ५ गते सम्पन्न आफ्नो राष्ट्रिय कार्यकर्ता भेलामा केन्द्रीय कमिटीमा नेता माधव कुमार नेपालले प्रस्तुत गरेकाे तथा भेलाबाट पारित राजनीतिक प्रस्ताव तयार पारेको हो।
प्रस्तावमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी र आन्दोलनलाई विभाजन र विघटनको दिशातर्फ धकेल्दै लगेको गम्भीर अवस्थाबारे उल्लेख गरिएको छ।
नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यक्रमको विपक्षमा उभिएका ओली नेतृत्वमा आएकैले एमालेभित्र समस्या देखिएको प्रस्तावमा भनिएकाे छ ।
मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार ४ हजार ३ सय ७८ जनामा पीसीआर परीक्षण गर्दा थप ४ सय ९६ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हालसम्म कारेना संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ३८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार १ सय ६५ पुगेको छ ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म ३ हजार ५३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।
नेपालमा नयाँ स्वरुपको कोरोना भाइरस
यसैगरी नेपाल हाल कोभिड–१९ को नयाँ स्वरुपको भाइरस देखापर्न थालेकाे छ । अहिले देखिएकाे काेराेनाकाे नयाँ भाइरसले युवा, किशाेर र बालबालकी बढी संक्रमण हुने गरेकाे विज्ञहरूले बताएका छन् । यससँगै थप सतर्कता अपनाउन समेत विज्ञहरुले सुझाव दिएका छन् । पहिले देखिएकाे भन्दा कडा खालको भाइरस रहेकाले विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिएका हुन् ।
पछिल्लो एक महिनादेखि यस कडाखालको भाइरसले गर्दा बिरामी पनि ह्वात्तै बढेको पाइन्छ । नयाँ खालको भाइरसले गर्दा अहिले दैनिक सङ्क्रमित बढिरहेका छन् । अाइतबार मात्र ३ सय ३ जना सङ्क्रमित देखिएका छन् ।
अहिले देशभर ८९ जना सघन उपचार कक्ष ९सघन उपचार केन्द्र० र १५ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।
यस्तै कोभिड–१९ को गत वर्ष पाँच प्रतिशत बालबालिका सङ्क्रमित भएका थिए भने अहिले १५ देखि २० प्रतिशत बालबालिका देखिएको छ। बालबालिकामा ज्वरो, झाडापखला, रुघा लाग्ने जस्ता लक्षण देखिएका छन् ।