मकवानपुर । संसद विघटन र मध्यावधी निर्वाचन घाेषणा विरूद्ध विपक्षी गठबन्धन साेमबार आज सर्वाेच्च अदालत जाने भएकाे छ । प्रतिनिधिसभा विघटन र मध्यावधी चुनावको मिति घोषणाविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेको असन्तुष्ट पक्षका सांसद हस्ताक्षरसहित आज अदालत जान लागेका हुन् ।
गठबन्धनको शनिबार बसेकाे संयुक्त बैठकले १ सय ४९ सांसदको हस्ताक्षरसहित सर्वोच्च जाने तथा प्रतिनिधि सभा विघटनविरुद्ध राजनीतिक र कानुनी लडाईँ लड्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आइतबार उनीहरुले हस्ताक्षर गरेर रिट तयारको प्रक्रिय सुरु गरेका थिए तर अदालत जाने समय अभावका कारण सोमबारमात्र अदालत जाने भएका हुन् । विपक्षी गठबन्धनले भौतिकरुपमै बहुमत सदस्यसहित अदालतमा उपस्थित हुने तयारी गरेको छ ।
गत शुक्रवार मध्यराति राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनकातर्फबाट शेरबहादुर देउवाले प्रस्तुत गरेको दाबी कानुन अनुसार नपुग्ने सरकारको सिफारिसमा संसद विघटन गरी मध्यावधि निर्वाचनको मिति समेत घोषणा गरेकी थिइन् ।
संसद विघटनविरुद्ध विपक्षी गठबन्धनका तर्फबाट गोविन्द बन्दी, मुक्ति प्रधान, योगेन्द कार्की, सतिशकृष्ण खरेल र खम्बबहादुर खातिले रिटको मस्यौदा तयार पारका हुन् । अधिवक्ताहरुले तयार पारेको रिटलाई अन्तिम रुप दिने जिम्मा वरिष्ठ अधिवक्तासमेत रहेका राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारी, सांसद देव गुरुङ र कांग्रेस नेता रमेश लेखकलाई दिइएको छ ।
- पारस भट्ट “प्यासी”
१
नाँक मुख छोप्ने गरि माँक्स लगाई राख्नुस है
रोग लाग्न नदिने उपाय अपनाई राख्नुस है
ठुला ठुला बिज्ञ,डाक्टर यही भनिरहएका छन
समय समयमा बेसार पानी खाई राख्नुस है ।
२
सारा जनतालाई रुवाइरहेको छ काेराेना भाइरसले
सताउँन सम्म सताइरहेको छ काेराेना भाइरसले
हे भगवान निर्मुल कहिले हुन्छत भनिदेउँन छिटो
दिनदिनै ज्यान खाइरहेको छ काेराेना भाइरसले ।
३
किन आफ्नो पावर देखाउँछस ए काेराेना निर्दयी
किन यसरी जनतालाई रुवाउँछस काेराेना निर्दयी
लाखौँलाइत खाइसकिस तैंले कुपुलुक्कै पारेर
अझ यसरी कत्तिलाई उठाउँछस ए काेराेनानिर्दयी ।
४
रातदिन काेराेनाकै बारेमा सोचेर बस्यौँ भने
रोग लाग्न सक्छ भिडभाडमा गएर बस्यौँ भने
जति बेलापनी समचारै सुनेर बस्नुभन्दा हजुर
फाइदा होला भिडियो मुभी हेरेर बस्यौँ भने
५
ज्यान लिनलाई आत्तिरहेको छ ख्याल गर्नुहोस
हावाहुरी तुफान जस्तै आइरहेको छ ख्याल गर्नुहोस
आफू पनि बच्नुहोस अरुलाई पनि बचाउँनुहोस
काेराेना भाइरस जताततै फैलिरहेको छ ख्याल गर्नुहोस ।
मेलौली २ “सुन्दर भुमी” सेलि बैतडी
मकवानपुर । हेटाैडा उपमहानगरपालिका– २ मा रहेकाे सिद्धार्थ माध्यामिक विद्यालयमा स्थानीय तहले विद्यालय व्यवस्थापन समिति गठन गरी अध्यक्ष नियुक्त गरेपछि यसकाे बदर गर्न माग गरिएकाे छ ।
हेटौडा उपमहानगरपालिकाले विद्यालय व्यवस्थापन समिति अध्यक्ष नियुक्त गरेपछि बदरकाे माग गरिएकाे हाे । हेटाैडा उपमहानगरपालिकाकाे नगर शिक्षा समितिकाे निर्णयानुसार २ नं. वडा कार्यालयले जेठ २ गतेकाे पत्रबाट सिद्धार्थ माध्यामिक विद्यालयमा पुरानै समितिका पदाधिकारी रहने गरी अस्थायी समिति गठन गरी अध्यक्ष समेत नियुक्ती गरिएपछी केही अभिभावकले साे विरूद्ध ध्यानाकर्षण भएकाे बताउँदै पत्रकार सम्मेलन गरी अध्यक्ष नियुक्ति बदर गर्न माग गरेका हुन् ।
विद्यालयले गत पुस २४ गते अभिभावक भेला गरी विद्यालय व्यवस्थापन समितिकाे म्याद समाप्त भएकाेले निर्वाचन कमिटी गठन गरी अभिभावक मध्येबाट उमेदवारी दिन लगाइएकाेमा २६ जनाकाे उमेदवारी दर्ता भएकाे थियाे । तर लामाे कसरतमा उम्मेदवारहरूबीच सहमति हुन नसेकाे भन्दै पहिलेकाे अध्यक्षलाइ नै अस्थायि अध्यक्षमा पुन नियुक्ती गरिएकाे थियाे ।
शिक्षा ऐन विपरीत कदम चाल्न लागेकाेले पटक पटक त्यसकाे विराेध गर्दै आएकाे र स्थानीय तहबाटै गलत कामलाइ साथ दिएपछि आफूहरू त्यसकाे विराेधमा उत्रेकाे प्रेस विज्ञप्तिमा भनिएकाे छ । पटक पटक छलफल गर्दा निवर्तमान अध्यक्ष मधु बजगाँइकाे विकल्पमा अन्य व्यक्तिकाे नाम सहमति जुट्ने अवस्था रहँदा रहँदै विद्यालय प्रशासनबाट वडा कार्यालयलाइ पत्राचार गरिएकाे प्रति समेत ध्यानाकर्षण भएकाे जनाएकाे छ ।
साथै हुदै नभएकाे अभिभावकलाइ अभिभावक भएकाे देखाउँन विद्यालयका प्रध्यानाध्यापकले विद्यार्थीकाे कृर्ते हाजिर समेत गराउने गरेकाे विज्ञप्तिमा भनिएकाे छ । यसैगरी हेटाैडा उपमहानगरपालिका २ नं. वडा कार्यालयले अहिले बनाएकाे अस्थायी विद्यालय व्यवस्थापन समितिका ३ जना सदस्य समेतले राजिनामा दिएका छन् । ‘गलत क्रियाकलापमा संलग्न विद्यालयका प्रअकाे राजिनामा र याेग्यता नपुगेका व्यक्तिलाइ गरिएकाे अध्यक्षकाे नियुक्ती बदरकाे गरी यथाशीघ्र विद्यालय व्यवस्थापन समिति गठनकाे लागि हामी जाेडदार माग गर्दछाै’ विज्ञप्तिमा भनिएकाे छ ।
मकवानपुर /काेराेना संक्रमणकाे भइ उपचाररत रहेका बिरामीलाइ अक्सिजन सहज रूपले उपलब्ध गराउँन मकवानपुरका समाजिक संस्थाहरूले सहयाेगलाइ निरन्तरता दिंइरहेका छन् । यसैक्रममा अाइतबार जिल्ला युवा समिती मकवानपुरले पुनः ५० थान अक्सिजन सिलिन्डर हेटौंडा अस्पताललाई हस्तान्तरण गरेको छ ।
मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा अक्सिजनको अभाव भएसंगै जिल्ला युवा समिति मकवानपुरले नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुसङ्गको समन्वयमा बारा जिल्लाबाट ल्याइएको ५० थान अक्सिजन सिलिन्डर एक कार्यक्रम गरि हेटौंडा अस्पताललाई हस्तान्तरण गरेको हो ।
युवा समितिले अस्पताललाइ यस अघि पनि ५० सिलिन्डर हस्तान्तरण गरेको थियो । मकवानपुर जिल्लामा कोरोना महामारीको रुपमा दिनप्रतिदिन समुदाय स्तरमा फैलिरहेको र संक्रमितको संख्या पनि तिब्र रुपमा वृद्धि भैरहेकोले हेटौँडा अस्पतालमा अक्सिजनको समस्यालाइ टार्नको लागि अक्सिजन उपलब्ध गराइएको जिल्ला युवा समिती मकवानपुर अध्यक्ष शिबहरि दाहालले जानकारी दिए । अध्यक्ष दाहालले जिल्ला युवा समिती मकवानपुरले कोभिड महामारी सूचना तथा सहजीकरण केन्द्रको गठन गरि काम समेत गरिरहेको बताए ।
संबिधान सभा मन्चका अध्यक्ष माननिय अनन्त पौडेलले अस्पताल बिकास समितिका सदस्य हिरा वाइवालाइ अक्सिजन हस्तान्तरण गर्दै कोरोना महामारी बिरुद्द सबै एकजुट भै अगाडि बढ्नुको बिकल्प नभएको बताउदै सरकारलाइ सबैले साथ दिएर अगाडि बढन अनुरोध गरे । नेता पौडेलले मुलुकलाई समस्या परेको समयमा जिल्ला युवा समितिले यस्तै प्रकारका सृजनशिल काम गर्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, सुनचाँदी ब्यबसायी संघ बागमती प्रदेश समितीका सभापति ज्योतिरत्न बज्राचार्य, हेटौंडा उपमहानगरपालिका ३ नं वडा अध्यक्ष रामकुमार पुडासैनी, जिल्ला युवा समितिका अध्यक्ष शिवहरी दाहाल, युवा संघ नेपालका स्थाइ कमिटी सदस्य सन्तोष चौलागाइ, अनेरास्ववियुका केन्द्रिय सदस्य किसन घिसिंङ, राष्ट्रिय युवा संघका केन्द्रिय नेताहरु कृष्ण लामिछाने, नरेन्द्र भण्डारी, बिश्व राई, चन्द्र शाही, तिर्थ रोक्का तथा समाजसेवी जनार्दन नेपाल लगायतकाको उपस्थिति रहेको थियो ।

- गीताश्री शर्मा
हो ! म त्यही पीपलको बिरुवा हुँ
जो, ढुङ्गाको कापबाट चेप्टिएर
उकुश मुकुश भई संसार हेर्ने
उत्कृट इच्छा लिएर
शिर निकालेको मात्र के थिएँ
मेरा हात र शिरसँगै तानिंएँ छु
अनि इलामे झार र उन्युसँगै
म बञ्जर धरामा बजारिन पुगेंछु
रातको शीत र पवित्र पवनको काख
पाएर फेरि यस बञ्जर र निर्जीव
भूमिमा पुनर्जन्म लिएँ !
पालुवाको रूप फेर्दै, नयाँ ढाँचामा
अर्को जन्म भएको महसुस् गरें ,
सुनौलो संसारको अनुभव आभास पाएँ ।
अचानक एक दिन मलाई
दोबाटोमा बसाइँ सारियो,
ढुङ्गा माटो पन्साएर खाडलको
सानो झोपडीमा राखियो
मैलै केही आनन्दको जीवन महशुश गरेँ ।
बाटो हिँड्नेहरूको ठोकर सहेर पनि टेकिंदै ,
चुँडिदै अनि घरि घरि टुप्पा निमोठिंदै
मुस्किलले पह्लाएका मुनाहरूलाई
दह्रो बनाउँदै म अब त निकै
पूजिन योग्य भएर पातहरू लिएर
झाँगिएकी छु , फस्टाएकी छु ।
चराचुरुङ्गीहरू आएर सैसैला खेल्छन् ,
माया पीरति लाउँछन् , घर बनाउँछन् ,
अनि जयजन्म गराउँछन् ।
तर ! लाजै बिना गलहत्याउँदै
हिंड्ने बटुवाहरूको पनि म
शीतलता दिने छहारी भएकी छु
भारी बिसाउने भरियाहरूको म
चौतारी बनेकी छु,
एउटी आमा सरह बनेर मैले
शीतलता र शोभा दिएकी छु ।
हिजो मलाई टेक्दै,च्यात्दै
हिंड्नेहरूको काख भएकी छु ,
चुनाव हारेर लखतरान भएका
तथाकथित नेताहरूका
ढल्किने शिरानी भएकी छु ,
मनलाई शान्तवना दिने चौतारी भएकी छु ,
हिजो मलाई च्यातेर फ्याँक्नेहरूका निम्ति
सत्यनारायण पूजामा चढाउने पाती भएकी छु !
मेरै गोडामा साष्टाङ्ग दण्डवत गर्ने
पवित्र बर-पीपलकी देवी-देवता बनेकी छु ,
अनि मलाई घरि घरि
वर र पर तल र माथि बसाइँ सार्नेहरू नै
प्रातःकालमा शुद्ध शरीर लिएर
मेरो बलिष्ठ र पवित्र शरीरमा
शुद्ध हातले कातेको धागो बाँधेर
शान्ति र सुरक्षाको कामना राख्ने
आस्था भएकी छु ।
म पनि , पुराना छल-कपट,
रीस-राग, दुश्मनी-दोस्ती
सबै बिर्सिदिएर तथास्तु !
चिताएको, आँटेको र ताकेको
सबै सबै पूरा होस् भनिदिन्छु ।
र अन्त्यमा यति चाहिँ पक्कै भनिदिन्छु –
स्वार्थी, निष्ठुरी, पापी , द्रोही ,
लोभी र कन्टक कदापि नहुनू ,
छेउको सियो घुमेर बीचमा
एकदिन अवश्य आइपुग्छ
संसारको नियम र विधान नै यस्तै छ ।
गान्तोक, सिक्किम, भारत