मकवानपुर । मानव अधिकार उल्लंघन भएको ठहरपछि उजुरी प्रक्रियामा आएका १५ प्रतिशत पीडितले मात्रै न्याय पाएका छन् ।
आयोगमा उजुरीपछि सिफारिस गरिएका सवालमा कार्यान्वयन पाटो फितलो हुदा मानव अधिकार आयोग स्थापनाको २३ औ उत्सव मनाईरहदा निराशा बढेको छ ।
मानव अधिकार उल्लंघनको सवाल कमजोर भन्दै आएको टिप्पणी हुन थालेको छ । आयोगले मानव अधिकार उल्लंघन भएको ठहर सहित गरेको सिफारिसमामा सरकारले १५ प्रतिशत कार्यान्वयनमा ल्याएको तथ्यांक छ । यो सवाल चिन्ताको सवाल रहेको आयोगको ठहर छ ।
मानव अधिकार आयोगको बागमती प्रदेश कार्यालयमा मानव अधिकारको उल्लङ्घन भएको भनी आ.व. २०७९/०८० मा ५० उजुरीहरू दर्ता भएका छन् ।
यस आ.व.मा दर्ता भएका उजुरी सहित हाल बागमती प्रदेश कार्यालयमा ६१४ उजुरी हाल विचाराधिन रहेका छन् । यस कार्यालयले मानव अधिकारसंग सम्बन्धित नागरिक तथा राजनीतिक अधिकार, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार लगायत विषयगत अधिकार सम्बन्धमा २१ पटक अनुगमन गरेको प्रदेश कार्यालय प्रमुख सहसचिव यज्ञप्रसाद अधिकारीले बताए ।
प्रदेश कार्यालयले यस आ.व मा पुराना र नयाँ गरी ७२ उजुरीमा अनुसन्धान सम्पन्न गरेको छ । आयोग स्थापनाको २३ वर्षमा १३ हजार १७९ उजूरी दर्ता हुन आएकामा ७ हजार ५३८ उजूरी फच्यौट हुँदा १ हजार ४०२ वटा उजुरीउपर सिफारिस गरिएको छ । जसमा नीतिगत सिफारिसहरु समेत रहेका छन् ।
यस आ.व. मा मात्र ३८२ वटा उजुरीउपर निर्णय हुँदा ९६ वटा सिफारिस गरिएको छ । तथापी आयोगका सिफारिस कार्यान्वयन तर्फ १५ दशमलव ३ प्रतिशत पूर्ण कार्यान्वयन ३९ दशमलव२ प्रतिशत आंशिक कार्यान्वयन र ४५ दशमलव ५ प्रतिशत कार्यान्वयन हुन बाकी छ ।
“आएका सबै उजुरीमा सिफारिस गर्दैनौ, प्रमाणको आधारमा सिफारिस गर्छौ, तर हामीले गरेको सिफारिस कार्यन्वयनको दर जम्मा १५.०३ मात्रै पुर्ण कार्यान्वयन भएको छ” अधिकारीले भने ।
“जीवन, मर्यादा समानता र स्वतन्त्रताको अधिकार दियो शान्ति र समृद्धिको आधार” भन्ने नाराका साथ राष्ट्रिय मानव अधिकार आयोगको २३औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयले उत्सव मनाइरहदा पनि उत्साही हुन नपाएको सहसचिव अधिकारीले बताए ।
यसैबीच आयोगको प्रदेश कार्यालयले २३ औं बार्षिक उत्सव मनाएको छ । बागमती प्रदेशको मानव अधिकारको अवस्था हेर्दा विकास निर्माणका कार्य प्रारम्भ हुनु अगाडी जोखिमको मूल्यांकन नहुँदा र जलवायु परिवर्तनको प्रभावले बाढी पहिरोको कारण विस्थापित भै महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति थप जोखिममा पर्न गएको बार्षिक उत्सव विशेष कार्यक्रममा अधिकारीले बताए ।
देशको राजधानीमा रहेको प्रदेश भएर पनि दलित समुदाय माथि विभेद भएको, लैंगिक हिंसा बढ्दो रुपमा रहेको, आमाको नामबाट नागरिकता लिनमा विभेदका घटना भएको उनले बताए । विद्यालयमै बालबालिका माथि शारीरिक दण्ड यौनहिंसा र विभेद भएको, प्रहरी हिरासत र कारागारमा क्षमता भन्दा अत्याधिक कैदीबन्दी रहेको कारण कैदी बन्दीको मानव अधिकार अवस्थामा खासै सुधार हुन नसकेको उनले गुनासो गरे ।
“अपाङ्गता भएका व्यक्तिको सहज पहुँचका लागि पूर्वाधार विकास हुन सकेको छैन भने बागमती प्रदेशसभाबाट पारित प्रदेश निजामती ऐनले अपाङ्गता भएका व्यक्तिको आरक्षण कोटा ५ प्रतिसतबाट घटाएर ३ प्रतिसमा पुयाएको विषय संविधानको धारा ४२ र संघीय निजामती ऐनको भावना अनुकुल देखिदैन” उनले भने ।
ज्येष्ठ नागरिक, तेश्रोलिंगी एचआईभी एड्स संक्रमित प्रति परिवार र समुदायबाट भएका दुर्व्यवहार र विभेदका कारणले बागमती प्रदेशको मानव अधिकारलाइ सन्तोषजनक नभएको अधिकारीले बताए ।
सिमान्तीकृत समुदाय चेपाङ, जिरेल, माझी, दुनुवार, दलित आदि समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षणका लागि तीनै तहको सरकारले थप लगानी गर्नुपर्ने उनले बताए ।
नेपालको संविधान (२०७२) ले नागरिकमा गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारलाई मौलिक हकमा समावेश गरेको छ । मौलिक हकको कार्यान्वयनमा प्रदेश सरकार स्थानीय तहको थप प्रभावकारी भूमिका आवश्यक छ ।
मकवानपुर । मकवानपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ नयाँबस्तीमा गौरबाट काठमाण्डौ तर्फ जादै गरेको ना ५ ख १७४० नम्बरको यात्रुबाहक बसले ठक्कर दिदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
आज बिहान नाम थर नखुलेको महिलालाई ठक्कर दिदा मृत्यु भएको हो । महिलाको हेटौंडा अस्पतालका डाक्टरहरुले मृत घोषणा गरेका थिए । बस र चालक भने प्रहरीको नियन्त्रणमा रहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
मकवानपुर । विश्वकप क्रिकेटको छनोटका १ दिवसीय खेलहरु असार ३ गतेदेखि हुने भएकाे छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने भएको छ ।
गत चैत २ मा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग टुमा शीर्ष तीनमा रहेको नेपालले सिधै विश्वकप छनोटमा स्थान बनाएको थियो । नेपालले ५ असारमा अमेरिका, ७ असारमा वेष्ट इण्डिज, ९ असारमा नेदरल्याण्ड्ससँग समूह चरणको खेल खेल्नेछ ।
सुपर सिक्स चरण राउण्ड रोविन प्रणालीमा खेलाइनेछ । त्यसबाट शीर्ष दुई स्थानमा रहने टिमले प्रतियोगिताको फाइनल खेल्नेछन् भने दुवै टिम भारतमा हुने विश्वकपका लागि छानिनेछन् ।
प्रतियोगिताअघि नेपालले कम्तिमा दुई अभ्यास खेलसमेत खेल्नेछ । नेपालले ३० जेठमा यूएई र ३२ जेठमा ओमानसँग अभ्यास खेल खेल्ने तालिका छ ।
नेपाल रहेको समूह ए मा सुपर लिगमा अन्तिम पाँचभित्र परेका वेष्ट इण्डिज, जिम्म्बावे र नेदरल्याण्ड्स छन् । अमेरिका प्लेअफबाट छानिएको टिम हो ।
मकवानपुर । तिम्रो माया मुटुमा राखी बोलको गीत सार्वजनिक भएको छ । कमान सिं घलानको शब्द रहेको गीतको लिरिकल भिडियो घलान कै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
सुर्य मुक्तानको स्वर रहेको गीतमा बिक्राम थापाको सङ्गीत र सुदिप कार्कीले एरेन्ज गरेका छन । हार्मोनिक स्टुडियोमा रेकर्ड भएको गीतमा बिजय राज भुर्तेलले सम्पादन गरेका छन ।
मकवानपुर कैलाशका स्थायीवासी युवा कमानको गीतमा बाध्यतामा परदेशिएकाको बियोग समेटिएको छ । युवालाई स्वेदशमै परिश्रम गर्न आफूले सन्देश दिन चाहेकाे उनले बताए ।