मकवानपुर । नेकपा एमाले मकवानपुर थाहा नगरपालिका अध्यक्षमा सुरेन्द्रमान प्रधान चयन भएका छन् । एमाले थाहा नगरपालिकाको तेश्रो अधिवेशनले अध्यक्षमा प्रधानलाई अध्यक्षमा चयन गरेकाे हो ।
यसैगरी कमिटि उपाध्यक्ष्य हेम कुमार थिंङ, सचिव सुजन रायमाझी, उपसचिव तुलसा बिष्ट, उपसचिव सूर्यबहादुर दोङ लगायतका चयन हुनु भएको छ ।
अधिवेशनमा नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौला, एमाले मकवानपुर इन्चार्ज देवि ज्ञवाली, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, एमाले नेताहरु बलराम बल, नवराज तिमल्सिना, एमाले मकवानपुरका सचिवालय सदस्य मदन कुमार दाहाल लगायतको उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । राष्ट्रिय सभा अध्यक्षका लागि सांसदद्वय नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन्।
नयाँ बानेश्वरको संघीय संसद् भवनस्थित निर्वाचन अधिकृतको कार्यालयले पुगेर सोमबार दाहाल र शर्माले उम्मेदवारी दर्ता गरेका हुन्। उम्मेदवारी दर्ता गर्न दुवै जना सँगसँगै संसद् भवन पुगेका थिए।
नेकपा (माओवादी केन्द्र)का तर्फबाट दाहालले उम्मेदवारी दिएका छन्। उनलाई नेकपा (एमाले), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) पाटीको समर्थन छ। सत्तारूढ गठबन्धनमा माओवादीलाई सघाउने सहमति बनेको थियो।
त्यस्तै, नेपाली कांग्रेसका तर्फबाट शर्माले उम्मेदवारी दिएका हुन्। यसअघि कांग्रेसबाट कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने तयारी गरिएको थियो। तर माओवादीले कांग्रेससँगको गठबन्धन छोडेर एमालेसँग सत्ता साझेदारी गरेको थियो। त्यसपछि सिटौलापछि हटेका थिए।
राष्ट्रिय सभा अध्यक्षका लागि सोमबार दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियोे । मंगलबार राष्ट्रिय सभामा निर्वाचन हुनेछ।
हाल राष्ट्रिय सभामा माओवादीका १७, कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका आठ, जसपाका तीन, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाका एक-एक सांसद छन्।
सरकारको सिफारिशमा राष्ट्रपतिबाट एक जना सांसदको मनोनयन हुन बाँकी छ। यसअघि मनोनीत सांसद विमला पौड्याल राईको पदावधि सकिएको थियो।
हिमालखबर अनलाइनबाट
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकाबाट प्रहरीले लागुऔषध नाईट्राभेट सहित एक जनालाई नियन्त्रणमा लिएको छ । बागमती ८ बस्ने वर्ष २९ को रमेश राईलाई नाईट्राभेट १ सय ८५ ट्याब्लेट सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय फापरवारी मकवानपुरबाट खटिएको प्रहरी टोलीले बुधबार उक्त परिमाणको लागुऔषध नाईट्राभेटसहित राईलाई नियन्त्रणमा लिएको हो । सडकमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा राईलाई खानतलासी गर्दा उनको साथबाट उक्त लागूऔषध नाईट्राभेट फेला परेको प्रहरीले जनाएको छ ।
मकवानपुर जिल्ला अदालतबाट ९ दिनको म्याद अनुमति लिएर राईलाई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा एक जना युवक मृत भेटिएका छन् । विहेमा सहभागी हुन गएका राक्सिराङ ५ चुरीडाँडा वस्ने २७ बर्षीय सोमलाल प्रजा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार उनी बुधबार राक्सिराङ ५ टङरङस्थित रिमलाल प्रजाको घरमा विहेमा गएका थिए । रिमलालको घरदेखि दक्षिणतर्फ रहेको बाख्राको खोर छेउमा सोमलाल घोप्टो अवस्थामा विहीबार बिहान मृत भेटिएको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट शव पोष्टमाटमका लागि हेटौंडा अस्पतालमा ल्याईएको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा सुमो दुर्घटना भएको छ । कान्तिलोकपथ सडक अन्तर्गत बकैया ११ सिमातमा यात्रुबाहाक टाटा सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
बुधबार बेलुका काठमाडौबाट हेटौंडातर्फ आउँदै गरेको ना.१ ज २३२२ नम्बरको सुमो बेक्र फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा चालकसहित सुमोमा सवार १० जना घाइते भएकोमा घाइतेहरुको उपचारको लागि हेटौंडा ल्याईएको छ । उनीहरुको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।
सुमो चालक राक्सीराङ गाउँपालिका वडा नं. २ बस्ने २२ बर्षीय सरोज प्रजा प्रहरीको नियन्त्रणमा रहेको बताईएको छ ।
घाइतेहरुको नामावलीः
सहकारी अस्पताल हेटौडामा उपचार भई रहेको:-
१. जिल्ला बारा बड्कानौतन बस्ने बर्ष अं. ४० की श्रीपती देवी साह दाहिने हात र टाउकोमा चोट सामान्य
२. ऐ. महागढीमाई न.पा. २ बस्ने बर्ष अं. ३४ को उपेन्द्र प्रसाद कुसवहा टाउकोमा सामान्य चोट
३. निजको छोरा बर्ष अं. ६ को रुपेश कु. कुसवहा च्यापुमा सामान्य चोट
४. ऐ.ऐ. बरियारपुर बस्ने बर्ष अं. ४१ को सुरेश कुसवहा टाउकोमा चोट अबस्था मध्यम
५. ऐ. बिन्दबासिनी गा.पा. २ बस्ने बर्ष अं. २३ को सागर कुमार चौरसिया दाहिने कुममा चोट अबस्था सामान्य
६. ऐ. बिरगंज म.न.पा. ६ गहवा बस्ने बर्ष अं. ३१ को अनुप चालिसे दाहिने हातमा चोट अबस्था सामान्य
हेटौडा अस्पतालमा उपचार भई रहेको:-
१. जिल्ला पर्सा बिश्रामपुर न.पा. ९ बस्ने बर्ष अं. २८ की सलोनी गुप्ता कलवार कुम र टाउकोमा चोट अबस्था मध्यम
२. जिल्ला काठमाण्डौ काठमाण्डौ म.न.पा. १४ कुलेश्वर बस्ने बर्ष अं. ३४ को चन्दन कुमार यादव टाउको, निधार र छातीमा चोट अबस्था सामान्य
३. ऐ.ऐ. बस्ने बर्ष अं. ३६ को सन्जु कुमार चौधरी ढाडमा चोट अबस्था मध्यम