मकवानपुर /हेटौंडा उपमहानगरपालिका –१३ मा रहेको कृषक जागृती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कृषकहरुले पालेका गाई भैसीको लागि लिभरटोनिक र नाम्ले जुगाको औषधि निशुल्क वितरण गरेको छ ।
संस्थामा नियमित दुग्ध विक्री गर्ने ६० जना कृषकलाई औषधि वितरण गरिएको संस्थाका अध्यक्ष केशबप्रसाद मुडवरी बताए । हेटौंडा उपमहानगरपालिका–१४ का वडा अध्यक्ष मनोजकुमार वाईबाको प्रमुख आतिथ्य तथा राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्यालको विशेष आतिथ्यमा औषधि वितरण गरिएको हो ।
कार्यक्रममा पशुसेवा उपकेन्द्र उपप्रमुख हेम दुलालको समेत उपस्थिती रहेको संस्थाका टेकराज सापकोटाले बताए । पशु सेवा उपक्रेन्द्र पदमपोखरीको सहयोगमा औषधि वितरण गरिएको अध्यक्ष मुडवरीले बताए ।