मकवानपुर । मकवानपुरको हेटौंडामा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ । हेटौंडा ८ स्थित हेटौंडा औद्योगिक क्षेत्रमा रहेको हेल्पबक्स प्याकेजिंङ कार्टुन फ्याक्ट्रीमा आइतबार मध्यराती आगालागी भएको हो ।
काठमाडौ १९ का संजीव मानन्धरले संचालन गरिरहेको फ्याक्ट्री आगालागीबाट पुर्ण रुपमा जलेर नष्ट भएको तर मानवीय क्षति नभएको मकवानपुर प्रहरीले जनाएको छ । हेटौंडा उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा लागेको आगो ५ घण्टापछि नियन्त्रणमा आएको जनाइएको छ।
प्रहरीका अनुसार आगलागीको कारण थाहा भएको छैन । घटनामा भएको क्षतीको विवरण समेत हालसम्म प्राप्त नभएको मकवानपुर प्रहरीले जनाइएको छ।