मकवानपुर । मकवानपुरको बकैयामा खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ ।
बकैया गाउँपालिका वडा नं.६ स्थित बकैया खोलामा शनिबार डुबेर ती बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया ६ टिकुले टोल बस्ने चौर स्याङतानको छोरा ६ बर्षीय दिपक स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार बकैया खोलाको पानीमा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका दिपकलाई उपचारको लागि सामुदायिक प्रसुती गृह अस्पताल निजगढ लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।